Category Archives: नेपाली काव्य

Poetry

कविता : अट्टहास

~नेकी धनेन्द्र~ हामी सगरमाथा पुग्न लागेकालाई खुट्टा तान्ने मुलुकका मान्छे तर सगरमाथाबाट झरेका विचारहरुलाई महान मान्छौ आधार मान्छौ त्यो त पानीको थोपा हो

Posted in कविता | Tagged | Leave a comment

गजल : जीत ठानेको छु

~नेकी धनेन्द्र~ धेरै चोटी हारेरै बाँचे, जीत ठानेको छु ।। संघर्ष नै जिन्दगीको मित ठानेको छु ।। छेपारा झै रङ्ग फेर्ने आफन्तको चाला जति जालमा पारेपनि हित ठानेको छु ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रश्न

~दोभान राई~ प्रविधिको झ्यालबाट म हेर्दछु, आफ्नो भविष्यलाई, आकाशलाई, गन्तव्यलाई अनि देख्दछु आफ्नो अतितलाई, धर्तिलाई अनि परिवेशलाई । एक्काइसौ शताब्दि कतै म आफै हो कि भन्दै, प्रविधिको उन्मादमा म उड्दछु चंगाझै। तर, यथार्थको कच्चा धागो चुडिएर, फ्यात्त भुइमा खस्दछु, केहि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : के ईश्वरै छैन र ?

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : शार्दूलविक्रीडित हेर्ने सुन्दर नेत्र औ बिच दिए राखेर यो नासिका सुन्ने कान दिए र दाँत मुख औ जिब्रो दिए भाषिका । हिँड्ने पाउ दिए र टेक्न धरती पाएर हिँड्दै छ जो “छैनन् ईश्वर” भन्छ त्यो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नयाँ वर्षको शुभकामना

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : स्रग्विणी होस् नयाँ वर्ष यो शान्तिको हर्षको सभ्यता फैलियोस् पूर्वीयाऽदर्शको । दुःख दारिद्र्य पीडा हटुन् दूरमा बस्न कोही कतै नपरोस् कष्टमा ।।१।। राष्ट्रको होस् विकासै नहोस् भ्रष्टता न्याय पाउन् सदा होस् सदाचारता । दण्ड कोही … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मनका विषाणु

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : उपजाति‌ बसी घरैमा म त लड्न सक्छु यो बाह्यको कोरन जित्न सक्छु । मभित्रकै कोरनले सतायो क्वारेनटाईन भए म बस्छु ।।१।। म सेनिटाईजर नै घसूँ कि । वा आइसोलेसनमा बसूँ कि ए वैद्य बा साबन … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : खालि हात गए

~नेकी धनेन्द्र~ लोभ गर्ने अनकनाए खालि हात गए ।। कोही आफैलाई खनाए खालि हात गए ।। कति आए बास बस्न यो बाटोम यात्री सुनकै दरबार बनाए खालि हात गए ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : दशरथको व्यथा

~पोषण पाण्डे~ तिमीले हान्यौ हात्ती ठानेर तर पर्‍यो ठहरै श्रवणकुमार प्यासले छटपटाउँदै, छटपटाउँदै उसका अन्धा बाबु र आमा एउटै चितामा जले त्यो चिताको लपलपाउँदो ज्वाला त्यो त्यस्तै थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरु

~नेकी धनेन्द्र~ हिमालका फेदीहरुमा, पहाडका टुप्पामा तराइका फाँटहरुमा फुलेका फूलहरु एकै वर्णका हुदैनन् तर, भिरपाखामा फूलेका फूलहरु सजिलो ठाउँमा फूलेका फूलहरु जुनसुकै ठाउँमा फूलुन फूलहरु एउटै लक्ष बोकेर फूल्छन् तराइमा फूलेका फूलहरुले तराइको शोभा बढाइदिएका हुन्छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : आकार बनाउनु पर्छ

~नेकी धनेन्द्र~ यो जिन्दगीको आकार बनाउनु पर्छ समय अनुसार बनाउनु पर्छ इच्छा आकांक्षा असिमित भएपनि

Posted in गजल | Tagged | Leave a comment

कविता : हाम्रो संघर्ष

~नेकी धनेन्द्र~ चट्टानहरु फोरेर उदाउँदैन घाम चिलगारी जस्तै माथी माथी आउँछ माथी माथी जान्छ यो घामले पनि संघर्ष गर्न पटक्कै सिकाएन !! बरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभ-कामना

~नेकी धनेन्द्र~ यतिखेर सोचिरहेछु सौर्यले पृथ्वीलाई पृथ्वीले सौर्यलाई आज सम्म कति फन्का लगाए होलान् ? अनुमान बाहेक यसको उत्तर को सँग छ होला ? पृथ्वीले तिनसय पैंसट्ठी

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रा यादहरु

~बिनोद खड्का~ तिम्रा ती चन्चल चालहरु भित्र मैले आफैलाई हर्राईदिए तिम्रा मन्द मुस्कानहरु भित्र मैले आफैलाई बिर्सिदिए । तिम्रा ती टम्म अनारदानाहरु भित्र मैले एउटा चमक पाएँ मृगनयनी मदहोश तीर लाग्दा मैले आफैलाई घायल पाएँ ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : चिन्ता

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : भुजङ्गप्रयात कतै छैन खाने कुराको र चिन्ता कतै हुन्छ धेरै र छान्ने छ चिन्ता कसैमा छ सम्पत् र कोही विपद्मा मिलेमा त हामी नि हट्ला कि चिन्ता ।।१।। कसैले त फुर्सद् नपाएर चिन्ता छ कोही … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कृष्ण बाउसेका पाँच मुक्तकहरू

~कृष्ण बाउसे~ १ कुरीकुरी लाग्ने तमासा देखाउँदैछौ बाटोमा लाग्छ, तिमीलाई कुनै गौरव छैन यस माटोमा सायद ‘तमासे बन्नू’ भनेरै लेखेको हुँदो हो सधैँ सिउँडी उम्रने तिम्रो निधारको पाटोमा ।। २ न त हो सुम्पने मञ्चस्थ विदूषक वा खलनायक डफ्फालाई न … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : सृष्टिको दियो

~पोषण पाण्डे~ लडाइँ त देव–दानवको थियो लडाइँ त समुद्र–मन्थनको थियो लडाइँ त अमृत–हलाहलको थियो। किन त्यो फिरन्ताले जानाजान हलाहलजति सप्पै आफैले पिउनुपरेको… ?

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मन मनुजको लोभनगरी

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : शिखरिणी मरेका देख्दैछन् प्रतिदिन कयौँ जीव जगमा हरेका छन् आफै मनुज अरुको प्राण भवमा । अझै सोच्दैनन् खै म पनि यसरी मर्दछु भनी यहाँभन्दा धेरै छ अझ कुन आश्चर्य-धरणी ।।१।। कहाँ सोच्ला भोगी गरुडमुखभित्रै छ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

​ कविता : आकाश

~मन्जुल~ एक दिन आकाश मेरो चियाको कपमा लुक्न आयो मैले त्यसलाई हृदयभित्र राख्न खोजेँ र छिटोछिटो चिया पिएँ तर कप रित्तो भयो र आकाश फेरी उडेर माथि गयो । फेरि मैले कपमा चिया भरें आकाश फेरी कपमा झर्यो कसैले भन्यो, … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : सरकार ??

~नेकी धनेन्द्र~ कलिला हातहरुले घाँस दाउरा काट्दै गोबर सोर्दै कुटो कोदाली चलाउँदै, कुना कन्दरा भीरपाखा चहार्दै गाई भैंसीको आहार खोजेर

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कान चिरेका जोगीहरु

~कुबेर काका~ १ यो व्यासको जन्म भूमि जन्मना साथ सालनाल सहित  आत्मनिर्भर बन्न हिडने नवजात शिशुहरुको हो यो माटो यो सिध्दार्थको ज्ञान भूमि बृद्ध भएर मृत्यु बरण गर्नु भन्दा मृत्यु टार्न अग्रसर हुने नवयुवकहरुको हो यो माटो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : देश बन्नु किन पर्यो!

~अर्जुन पराजुली~ आँगनमा बसेर छिमेकीले सुन्ने गरी धारामा पानी आएन किन भन्नु पर्यो?! रिनको ब्याज कति लाग्यो भन्दै दिनका दिन औँला भाँचेर गन्नु किन पर्यो?! बिरामी हुँदा सिटामोल पाइएन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : रात

~दोभान राई~ दिनभरि भाग्दा भाग्दा, यथार्थलाई ढाक्दा ढाक्दा , जब घाम डुब्छ, सन्ध्याको रक्तिम आकाश अध्यारिन्छ र रात पर्छ, तब ऊ खुल्छ । मान्‍छे नाईटफ्लावर हो। घाम डुबे पछि नै, रात परे पछि नै,

Posted in कविता | Tagged | Leave a comment

कविता : रारालाई भेट्दा

~दमन बहादुर सिंह~ रारा स्मरणीय छ रमणीय छ मननीय छ स्वर्गको उपमा दिए हुन्छ शिरमा लिए हुन्छ विश्वको आश्चर्यमध्ये एउटा अर्को आश्चर्यको उपमा दिए हुन्छ क्या अलौकिक

Posted in कविता | Tagged | Leave a comment

कविता : जे गरे नि हुन्छ यहाँ

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ जे भए नि होस् भित्र खोल राम्रो भए हुन्छ यहाँ यस्तै छ संसारको हाल मित्र समूह हाम्रो भए हुन्छ यहाँ । योग्यताको कदर हुन्न चाप्लुसी गर्न सके हुन्छ यहाँ झुठो कुरा बदर हुन्न साँचो रुन्छ यहाँ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नियति

~नेकी धनेन्द्र~ चट्टानहरु फोरेर उदाउँदैन घाम बन्जड धरती च्यातेर आउदैनन जुनतारा पसिना नबगाएरै कुनै संघर्ष नगरेरै किन चिल्ला चुपुल्ला सुकिला मुकिला देखिन्छन तिनका मुहार

Posted in कविता | Tagged | Leave a comment

कृष्ण बाउसेका तीन मुक्तकहरू

~कृष्ण बाउसे~ -१- हदै नाघ्यौ , अब मित्रताको वाटिका कसरी सजाउनु अँगालो हालेर घाँटी निचोर्नेसँग कसरी मीत लगाउनु तर्दातर्दैको तुइन काटेर मान्छे कालीमा बगाइदियौ नि पापी ! तिमी बौलाएकै हौ , तर अब कसरी मनलाई बुझाउनु !

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : परिवर्तनको लालीमा

~कृष्ण बाउसे~ मैले एउटा सपना देखे डाँडाका चुली – चुलीमा गीत गाउँदैगरेको देखें। एउटा हातमा उषाको लाली बोकेर अर्को हातमा पुर्नेको जून च्यापेकी भर्खरै फक्रेको फूलजस्तै देखिने एउटी नव -युवतीलाई देखें।

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : छवि

~सरोज पाण्डे~ विषय फेरिन्छ कबि एउटै हो, दिन फेरिन्छ रवि एउटै हो, गणतन्त्रमा हाम्रो देशको कुरा गर्दा

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : त्यसैले त

~लक्ष्मी बिष्ट~ त्यसैले त, भनिन्छ जिन्दगीको कुनै भरोसा छैन, न त, जिवनमा आएका जिवीत मान्छेको नै ।। आफै भित्र पाल्नुपर्दो रहेछ मधुरो भसोरा, गन्तव्यमा पुगिदो रहेछ मात्र हमेसा।। आकाशमा उड्ने चरासग्ग पनि त नक्सा कहाँ छ र, तरपनि आफ्नो गन्तव्यमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खाईमा

~अभागी मिनम घायल असफल~ कहाँ गए मेरा ती मिठा पलहरु खोज्दा खोज्दै बर्सौ बिताई सकेछु। कहाँ गए मेरा खुसिका आस्थाहरु

Posted in कविता | Tagged | Leave a comment

खण्ड-काव्य : लक्ष्यवेध

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ पात्रहरु : ऋतक्रथु महर्षि भारद्वाज परमेश्वर (परमात्मा) सूत्रधार कवि सन्दर्भ : महर्षि भारद्वाजका शिष्य राजकुमार ऋतक्रथु आफ्नो अध्ययन समाप्तिपश्चात् गुरुकुलबाट बिदा हुने बेलामा

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कविता : छिमेकी

~निरज भट्टराई ‘मनोरोगी’ ~ जब जब म रोगले,सोकले र भोकले ग्रष्त हुन्छु तिमी छिमेकी मेरो परिवार जग्गा खाने धमिरा बनि उर्लिन्छौ बर्खामा मेरो सम्म जग्गा मा मानो खान लाएको धान तिमी छिमेकी म डुबि तिम्रो जन धन रक्षा गर्छु अनि तिमि … Continue reading

Posted in कविता | Tagged | Leave a comment