Category Archives: नेपाली काव्य

Poetry

कविता : यो रूख यतिमात्रै होइन

~वासु शशी~ यो रूख यतिमात्रै होइन जति कि देखापरेको छ ! योसँग आफू सुकेर जाने अवस्था छ आगामी वसन्त पनि छ ! यसलाई उताबाट हेर यसको अर्कोर्को आकारलाई हेर !

Posted in कविता | Tagged | Leave a comment

कविता : सबभन्दा एक्लो जीव

~वासु शशी~ सबभन्दा एक्लो जीव रूख हो जो कसैसित भेटन जाँदैन ! के आफ्नो छायाको मान्द्रो विद्याउँछ जो उसकै हावाले च्यातिदिन्छ ! अरूहरू उसका कोही छैनन् ऊ आफूबाट उडेर जाने चरासित जतिकै निशंग छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : पछि जति निहुरन परे पनि

~वासु शशी~ पछि जति निहुरन परे पनि रूख धरतीलाई छुदैनन ! ! कुतूहलले उठेका थिए यिनी प्रभात आउने बाटो हेर्न ! हाँगाहरू फैलिएका छन यिनका किरणहरू संगाल्न ! पात पात छन् प्यासा हेर आफूमा आकाशको रङ्ग उतार्न !

Posted in कविता | Tagged | Leave a comment

कविता : रूख उभिरहन्छ

~वासु शशी~ रूख उभिरहन्छ निरूपाय ऊ लाचारीग्रस्त छ ! संपूर्ण आकाश खुला छ उसका अगाड़ि किन्तु ऊ उड्न सक्तैन ! आफूजस्ताहरू धेरै भए पनि आसपासमा ऊ बहुत एक्लो छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो भागको मेरो बिहान

~वासु शशी~ मेरो भागको मेरो बिहान मैले सित्तै फालिदिएँ । दुइजना तरुणीहरू दुइ-दुइ पल्ट मकहाँ आए मैले उनीहरूको वास्तै गरिनँ । यो मेरो मन मैले यसमा मनपरी कुरा खेलाएँ ! रूखबाट झरिरहेका थिए फतफती पातहरू मलाई त्यही हेरिरहन मनलाग्यो, हेरिरहे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यहाँ यस बस्तीमा

~वासु शशी~ यहाँ यस बस्तीमा श्री जो रूखहरू खड़ा छन् सो यही भन्छ कि धरती यहाँ पनि बाँकी छैन, कि प्रकृति यहाँ पनि निथ्रिसकेकी छैन ! र यहाँ पनि यी रूख रूख नै हुन् सो शायद यही सावित गर्छ कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा यस्तो फूल चाहिन्छ

~वासु शशी~ हाज त्याग्न सकोस वासु शशी वासु शशी वासु शशी वासु शशी देवतालाई चढ़ाइएर प्रसाद बन्ने भाग्यलाई जो त्याग्न सकोस् मालामा गुँथिने रहरलाई, म त्यस्को रातो सौन्दर्यलाई आँखाले उठाएर लगी रगतमा घोलिलिनेछु, मेरो मुटु र नसामा बगाएर मेरो उमेरभरको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु सत्ताको यथार्थ

~भीम विराग~ अस्थिर, आक्रान्त मस्तिष्कको संस्कार, आचार र सिद्धान्त बलात्कृत भइरहेछन् अहोरात्र बाँच्ने बाध्यताको उपक्रमले लखेटिरहेछ मान्छेलाई । आडम्बरको खोक्रो खोलभित्र जत्तिकै अट्टाहास गरे पनि त्रासको अव्यक्त आहालमा डुबेका छन् मान्छेहरू । अरूलाई छेकबार लाएर दुनो सोझ्याउने खेलाडी भइरहेछ मान्छे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो वर्ष पनि

~उपेन्द्र श्रेष्ठ~ यो देशमा यो वर्ष पनि सडक कति भैरहने म ? मेरोलागि छैन यहाँ च्यातेको एक टुक्रा सुख मेरोलागि छैन यहाँ फाटेको एक टुक्रा शान्ति, यो वर्ष पनि यो देशमा मर्नेहरू मरेकै छन् मार्नेहरूले मारेकै छन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्वतसँग संवाद

~श्यामल~ त्यसै फेदीबाट लागेको थिएँ उकालो त्यसै फेदीमा आइसकेंछु पर्वत उक्लनु भनेको त झर्नु हो शिखरमै, अल्झनु भनेको त मर्नु हो । मूसाहरूले खनेर सगरमाथा ढलेको छैन अहिलेसम्म फेदीमा नपुगी शिखर कसैले चुमेको छैन अहिलेसम्म तिम्रो उचाइ भनेको महासागरको अतल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

हरिभक्त सिग्देल ‘महेश’का पाँच मुक्तक

~हरिभक्त सिग्देल “महेश”~ १ डोको तिमी बोकी हिँड नाच्न सिकाई दिउँला घाँस काटी डोकोभरि हाँस्न सिकाई दिउँला । चौतारीमा भारी बिसाई काखमा सुस्ताएर जोरीपारी आखा छल्दै बाँच्न सिकाई दिउँला ।। **************** २ मेरो माया लाग्छ भने रुवाएर नजाऊ मन्दिरमा पुजेको … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : कति ताप्छौ बलेको आगो मात्रै ?

~ध्रुव थापा~ कति ताप्छौ बलेको आगो मात्रै कहिले काहिँ आफै सल्काएर त हेर बर्खामा भिजेको दाउरालाई कालो मुस्लो धुवाको रापमा एक फेर स्वास फेरेर त हेर अनि थाहा पाउछौ कस्तो हुन्छ बाल्न दाउरालाई ! कति सजिलो छ यहाँ अरूले बालेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : .. फेरि बैँस फर्की आउने छ !

~ध्रुव थापा~ वसन्त ऋतु सँगै फेरि हासेको छ जीवन ऋतुहरु संगै फेरि बाचेको छ जीवन लाचार र विवश भई झरेका पातहरू मक्किएर ,गलेर फेरि उर्बर मल बनेर फेरि त्यहाँ नयाँ जीवन यौवन बनेकोछ मेरो घर नजिकको एउटा मेपलको रुख। हरेक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अनुतरित प्रश्न

~ध्रुव थापा~ अहिले म प्रशान्त महासागरको किनारमा उभिएर आस्ताउनै लागेको लालिमय घामलाई हेरी रहेछु दिनभरी सबैलाई भत भति पोलेको यो घाम निरिह र उदाश भएर प्रशान्त महासागरको गर्वमा लुक्दैछ पारि छितिजमा माझीहरु आफ्नो डुंगा किनारा लाउदैछन चरा चुरुंगी गुडमा फर्कने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हो बा तिमीले रोकेर अब रोकिन्न

~ध्रुव थापा~ जनताको अधिकार अब खोसिन्न् जनता आफै बुझ्ने र जान्ने भइसके कसलाई काखा र कसलाई पाखा लाउने यसको ज्ञान अब जनतामा पलाई सके त्यसैले तिम्रो बमको प्रहारले पनि रोकिन्न तिम्रो आतंक र बिद्रोहले पनि रोकिन्न चक्का जाम र टायरको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के सबै भत्किएकै हो त

~तारानाथ शर्मा~ के लेख्नु? मनको घाउ कोट्ट्याऊँ अति दुख्तछ नलेखूँ? मनको घाउ भित्रैदेखि चिलाउँछ समस्या भित्र मनमा गाँठा पर्दै उदाउँछन् समाधान कहाँ खोज्नु? रिँगटा नै छुटाउँछन् (१) नेपाली भई जन्मेँ म ठूलो गौरव मान्दछु इतिहास उज्यालो छ वीरताको म ठान्दछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्लाई रजाएर लगे

~ममता मृगतृष्णा~ मैले राजी खुशी गरे तिम्लाई रजाएर लगे ।। तिमी सजिएर गयौ मलाई सजाएर लगे ।। म माल्किन झैँ बसिरहेँ लाटी अनी बहिरी भै तिम्लाई भने स-साना काम कजाएर लगे ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : कविको निमित्त एउटा कविता

~मनप्रसाद सुब्बा~ ऊ कवि हो । त्यसैले उसलाई उसका कविताहरूमा कहिल्यै नखोज्नू । त्यहाँ हुँदैन ऊ । बरू तिमी हुन्छौ, म हुन्छु र हामीजस्तै थुप्रै अरूहरू हुन्छन् । ऊ त आफूलाई आफ्नो कोठाभित्रै छोडिराखेर निस्कन्छ कवितामा – तिमी-हरू अनि म-हरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यस धर्तीको पानीमा

~विजय मल्ल~ एक अँजुली पानी उठाएर ओठसम्मन् जब जब लान्छु बागमतीको अकस्मात् बज्र गिरेझैँ आकाशबाट या नजिकैबाट कसैले फू गरेर मन्त्र फुकेझैँ, या छली रामले बालीलाई हानेझैँ वाण या शकुन्तलालाई दिएझैँ श्राप दुर्वासाले परिवर्तित हुन्छ त्यो पानी रातो बाफिलो रक्तमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले जीवन देखेकी छु

~कृषा के. सी~ कथा सबैको हुन्छ भोगाइ आफ्ना आफ्नै ब्यथा सबैको हुन्छ कोहि बोल्छ भन्छ सुनाउँछ कोहि चुपचाप रहन्छ!! म भन्छु आफ्नै कथा सपना सजाएको आरती गर्छु जीवनको साम्राज्यमा रमाएको परिवर्तनै परिपर्तनको!! कयौँ भोटाहरु च्यातिएर गए कयौँ हन्डर भित्र हराइयो

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन यो वरदान हो

~हरिभक्त सिग्देल “महेश”~ मुक्तिकाे धाम हाे काँशी आफैँ समाधिमा कठै सद्गतार्थ छ यो पानी शवयात्रा जताततै ।। टाेलमा छन् अझै डुङ्गा शहर जलले भरी स्रष्टा छन् हर बन्ने यी मृदङ्ग ठाेक्दछन् हरि ।। उत्तराखण्ड त्यस्तै छ पाकिस्तानतिरै पनि इन्दु नद … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मतदान

~हरिभक्त सिग्देल “महेश”~ मतदान छ यो देश दान नै आत्मा ठान्दछु सधैँ झुठ सधैँ ढाँट कत्ति खप्नु म जान्दछु । बाँडेर सपना सारा देश स्वर्ग बनाउने जनताका सधैँ चिन्ता नेता दुस्ख बढाउने ।। हौँ अमर म मर्दिन लान सक्छु सबै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राप

~पुरुषोत्तम सुवेदी~ टेलिफोनको तारमाथि नाचे भँगेरा, काग र धोबिचरा अनि बगे आवाजहरू भित्रभित्र प्रेम, करुणा र कोमलताका सहअस्तित्वको सद्भावसाथ अर्कातिर बगे पूरै दम्भसाथ दलाली, व्यभिचार र पतनका विषालु झुसिला डकारहरू पनि । भोका मान्छेको पेटभित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~श्री कृष्ण श्रेष्ठ ‘साँखु’~ बरदान हो हाम्रो जीवन जसरी पनि जिउनुपर्छ । मुस्कान मात्र होइन जीवन आँशु पनि पिउनु पर्छ ।। ढुंगा, माटो हो जीवन

Posted in कविता | Tagged | Leave a comment

कविता : झुसिल्किरे ताराहरू चबाइरहेछन्

~वासु शशी~ झुसिल्किरे ताराहरू चबाइरहेछन रातका तिमिरे पातहरू ! म अनुभव गरिरहेछु मलाई भोली बिहानको कुनै जरूरत छैन ! यो धमिलो चन्द्रमा केही बेर मेरो जुत्ता लगाएर जानेछ ! वर्तमान सिध्दिँदै जानेछ मेरो मुटुबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : उदास जिन्दगी

~राजेन्द्रप्रसाद अर्याल~ आगोमा फ्याकिएको रवरझैँ खुम्चिएको नीमको मन्जनभन्दा तीतो पिठ लागेको खच्चरझै अरर्रिएको ऐनासरी झर्लम्म फुटेको हुरीले उँडाएको पत्कर बनी कोलमा निबुवा झैँ निचोरिन बिवस दु:खी र उदास जिन्दगीमा पनि जीजीविषा पलाउँदो रहेछ। दमको रोगिलेझैं हर पल सुसाउँदै

Posted in कविता | Tagged | Leave a comment

गजल : दाउ चाल्यौ तिमीले

~ममता मृगतृष्णा~ आफ्नै बाजी जित्ने दाउ चाल्यौ तिमीले प्रेमको आगो झोसी झोसी गाल्यौ तिमीले सपना सारा मिठा थिए बुनिएका सजिएका इच्छा माथी वासनाको दिप बाल्यौ तिमीले

Posted in गजल | Tagged | Leave a comment

कविता : धन्य शहर

~नेकी धनेन्द्र~ धन्य शहर वर्षौ देखिको मेरो रहर आज पुरा हुँदैछ चितुुवा जस्तै सिकारका लागि निर्दोष मान्छेलाई दोवेर बसेका अपराधिहरु पालेको रैछस धन्य शहर वर्षौ देखिको मेरो रहर आज पुरा हुँदैछ बकुल्ला जस्तै माछा मार्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : सुशासनको चाहना

~डिल्लीराज आचार्य~ सुकिला मान्छेहरुको वस्ती बन्न सक्दछ जंहा शानले जब बस्दछन् रमाउदै सम्बृद्धिका साथमा सबैको जीवन फुल्ने बाटीका बन्दछ जुन पवन नभई अभाव कंही कतै, सदा शान्ति र अमनचयन ।१। त्यही हो सुशासन भूमि यही हो चाहना सबको नलागेर कर्ममा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानीप्रतिको मोहभङ्गता

~डिल्लीराज आचार्य~ बत्ती आएन न तातो पानीले नुहाउन पाइयो न कम्प्युटर चलाउन पाइयो धत् ! कस्तोवेला राजधानी आइयो ।१। बत्ती थियो तर गयो सबै काम ठप्प भयो न्यायका उपभोक्ताहरु रन्कीन थाले असक्षमताका पित्ले माँखांहरु आप्mनै नाक अगाडि भन्किन थाले राजधानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धिक्कार छ !

~कृष्ण बाउसे~ भत्कुन पर्ने धराप भत्किसक्यो फेरी पनि भत्काउने कुरा गर्नु बेकार छ चर खनेर नयाँ घरको जग राम्ररी उठाउनु पर्ने दिन आइसक्यो अझ पनि मात्र टोल्हाएर समय बिताउनु बेकार छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : किसानको चेहेरा

~नेकी धनेन्द्र~ सधै बदल्ने गर्दछ किसानको चेहेरा कहिले काही उसैले मार्छ हालेर घेरा लेखेको हुँदैन कसैको निधारमा पनि घरमा यत्ति आम्दानी हुनेछ भनी तेरा

Posted in गजल | Tagged | Leave a comment