Category Archives: नेपाली काव्य

Poetry

कविता : परदेशी

~वसन्त कुमार गौतम~ एक जुग पछि फर्केर हेरेँ आफू आएको बाटो लामो भइसकेछ बिरानो भइसकेछ, बास बसेका ती पाटीहरु यात्राका अनगिन्ती मोडहरुमा ओझेल परिसकेछन्;,

Posted in कविता | Tagged | Leave a comment

गजल : म अर्थ्याऊँ कसरी ?

~रमेश चौलागाईं~ मेरो दिल को दशालाई म अर्थ्याऊँ कसरी ? ममा तिम्रो नशालाई म अर्थ्याऊँ कसरी ? जसमा पनि तिम्रै मुहार खोज्न थाले यि आखाँले हरपल तिम्रो सम्झनालाई म अर्थ्याऊँ कसरी ? तिम्रै बारे सोधूं, बुझूं, तिम्रै कुरा गरूं लाग्छ … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : नयाँ युग जन्मिने छ

~सत्य नारायण रावत~ “नयाँ युग जन्मिने छ” अबको नया युग पाल मुनि बाट सुरु हुनेछ ! सच्चा नेपाली पाल मुनि बाट जन्मनेछ ! एकता को गोलबन्द घेरा मा बाधिनेछन् ! नव युवाको नया जोशमा देशलाई हाक्नेछन ! संस्कृतिक धरोहरले नयाँ … Continue reading

Posted in कविता | Tagged | 1 Comment

गजल : लोग्ने हुँ म त तैपनि रोएँ ।

~गोविन्द रावत~ लोग्ने हुँ म त तैपनि रोएँ मनको मैलो आँशुले धोएँ ।। देउराली भाकेर गरेको वाचा सम्झेरै आज एकलै रोएँ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : आँगनीको खेल

~शेखर ढुङ्गेल~ छोडी आएँ परदेश यो पराईको ठाउँ सम्झी आएँ पहाडमुनि गुराँस फूल्ने प्यारो मेरो गाउँ उ…उ…उ…हो…हो……हो धेरै हण्डर थोरै सुख आरामको त छँदै छैन नाउँ

Posted in कविता | Tagged | Leave a comment

कविता : बिपत्ती

~कर्ण नाल्बो~ अकल्पनिय पिडा दिएर गयौ ! मलाई एक्लै छाडेर गयौ !! घाउ नै घाउ मात्र दिएर गयौ ! मल्हम कहाँ छाडेर गयौ !!

Posted in कविता | Tagged | Leave a comment

बाल छन्द कविता : पढ्ने आतुरता

~डा. लेख निरौला~ (अनुष्टुप्) पढ्न जान्छौँ सबै हामी बस्दैनौँ अब पढ्दछौँ खुला मैदानमा राखी पढाए पनि पढ्दछौँ । पाल त्रिपाल पाए झन् पढेरै सब छोड्दछौँ जसरी सजिलो हुन्छ पढ्न पाऔँ पुकार्दछौँ ।। घर बेघरको चिन्ता बिर्सिई अब पढ्दछौँ पढेरै देशमा … Continue reading

Posted in छन्द कविता | Leave a comment

गजल : मान्छे बनायो त बनायो, दैबले किन मन …..बनायो

~पदम कार्की~ मान्छे बनायो त बनायो, दैबले किन मन …..बनायो बिकाउ नै भए बैशका फूल, दैबले किन यौबन बनायो खै कहाँ छ माया, बस् आउछन् ……खेल्छन जान्छन बाँच्नु नै छ एक्लै भने, दैबले किन ……मीलन बनायो

Posted in गजल | Tagged | Leave a comment

कविता : फेरि उदाउनेछ अस्त पछिको रात

~बिक्रम श्रेष्ठ “सागर”~ ****फेरि उदाउनेछ अस्त पछिको रात **** अस्त पछिको रात यो आज। फेरि भोलि उदाउनेछ ।। सेवा, सदभाव र प्रेमको आज। सबलाई यसको खाँचो छ ।।

Posted in कविता | Tagged | 1 Comment

छन्द कविता : विश्वास

~डा. लेख निरौला~ पैह्राले घर भत्कियो र पुरिए सारा कुरा तत्क्षणै हेर्दै ध्वस्त बने अनेक टहरा भाँडाकुँडा घर्घरै बाटो बन्द भयो दगुर्न नसकी हेर्दै लडे झन् कति साँच्चै प्राकृत आपदाबिच परी लाखौँ भयो दुर्गति ।। सारा सोत्तर छन् यहाँ मनुजका … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बजार

~शेखर ढुङ्गेल~ यो संसार एउटा बजार अनगिन्ती छन् बस्तु त्यति नै गन्तीका जार हो यो संसार जार हरुको सौहार्दतामा ‘वस्तु’ साटासाट गर्ने कतै सानो कतै ठूलो हाटबजारको भीड हो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिक ढलेपछि

~मन्जु निरौला~ ईतिहासको बुर्जामा अवस्थित निर्जीव पत्थरको सालिक ढालेर पुरुषार्थ देखाउने पौरखीहरु मन्दिर टँुडाल अनि पाटी पौवा भत्काएर देशलाई निर्लज्ज बनाउने भष्मासुरहरु ऐतिहासिक परिपाटी ढालेर किन असभ्यताको पूरक बन्न थालेका छौ हिम्मत छ भने देशको कुटिल राजनीतिलाई ढाल

Posted in कविता | Tagged | Leave a comment

गजल : ताराहरु सबै सबै टल्कने

~गिरिराज बाँस्कोटा~ ताराहरु सबै सबै टल्कने पो कहा छन् र – आखहरु सबै सबै पल्कने पो कहा छन् र – प्यार सग नशा जाग्दा जिम्मेदारी साथै हुन्छ शिरहरु सधै सधै ढल्कनेे पो कहा छन् र –

Posted in गजल | Tagged | Leave a comment

गजल : घाउ सम्हाल्न आऊ

~होम न्यौपाने~ घाउ सम्हाल्न आऊ व्यथा बढेको दिन । यो शिर ओताउन आऊ झरी परेको दिन ॥ अँध्यारोले ढाकेको क्षण जीवन थाकेको क्षण । दियो जलाई आऊ जुन ढलेको दिन ॥

Posted in गजल | Tagged | Leave a comment

कविता : निराश हुन दिन्न म

~सुमित्रा पौडेल~ देख्दैछु उदासी तिमीलाई, तर निराश हुन दिन्न म बल्झिए झैँ लाग्छ घाउहरु, तर, पीडा हुन दिन्न म छचल्किएका तिम्रा नयनमा, यी हातहरु थापी दिनेछु नझारिदेऊ तिम्रा ती अमुल्य आँशुहरु तिम्रै लागि म बाँचिदिनेछु ।

Posted in कविता | Tagged | Leave a comment

गजल : कायम आफ्नो पहिचान राख्नु

~ज्ञानुवाकर पौडेल~ कायम आफ्नो पहिचान राख्नु ! जारी तिम्रो अडान राख्नु ! सानालाई गर्नु धेरै माया ठूलाको संधै मान राख्नु !

Posted in गजल | Tagged | Leave a comment

कविता : त्यो को आइरहेछ ?

~आभास~ टाउकोमाथि टोपी र टोपीभित्र मथिँगल मथिँगलमा अनेकौं अमूर्त चित्र र निधारमा तिनै चित्रका सहीछाप विलकुल मेरो हुलियासँग मेलखाने म जस्तै मतिर त्यो को आइरहेछ ? नकमाथि चस्मा र चस्माभित्र निर्दोष आँखा

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्युँझेको ब्यथा

~युद्धप्रसाद मिश्र~ गर्ने शीघ्र समाप्त पाशविकता जीवित विद्या पढी यौटा वर्र्गीय चेतना हृदयमा राखी अगाडि बढी आर्थिक शैक्षिक शोषणादिहरूका धक्का परी ज्यानमा आएको छ व्यथा उठेर अहिले संघर्ष मैदानमा आस्था ज्योतित निर्विकार हुन गै हाम्रा खुलेका गति आकांक्षा नव पूर्ण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : राजा द्यौता,बुद्ध दैत्य,लत्याउने मान्छे कस्ता!

~डा ज्योतिपुञ्ज सुरेश~ राजा द्यौता,बुद्ध दैत्य,लत्याउने मान्छे कस्ता! तातो तेल सत्य माथि,खत्याउने मान्छे कस्ता! गाढ्या लास ब्युँताउँछु,बन्दुकैले मन्त्र हानी, ढोँगी आज बाबा भयो,पत्याउने मान्छे कस्ता!

Posted in गजल | Tagged | Leave a comment

गजल : प्रभातलाई निचोरेर ढाकिरहे जस्तो लाग्यो

~श्याम लामा~ प्रभातलाई निचोरेर ढाकिरहे जस्तो लाग्यो प्रातलाई उत्साहमा डाकिरहे जस्तो लाग्यो मडारियो फर्किएर बादल फेरी यतै तिर असिना बर्षाउन ताकिरहे जस्तो लाग्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : मान्छे – सगरमाथाको परिधी भित्र – २

~बिबश बिप्र~ हिउँ र मान्छे ! शीतलता–एक अनुभव ! अनुभव–बस् स्मृति ! मस्तिष्क… एक भण्डार–बिचलित प्रचलनको ! सगरमाथा– एक पिरामिड्- सालीन आत्माहरुको !

Posted in कविता | Tagged , | Leave a comment

कविता : अकर्मण्यता वा अस्तित्वहीनता

~शरद निरोला~ कति नै कोशिस गर्दा पनि यस हृदयभित्र रहेको निराशाको कहालीलाग्दो अंध्यारो चूकभन्दा पनि कालो भइदिएर मेरो अस्तित्व कालाम्य हुन पुगेको छ । मेरो चारैतिर मेरा अकर्मण्यताका

Posted in कविता | Tagged | Leave a comment

गजल : खहरेलाई उराल्नमा

~भरत पौडेल~ खहरेलाई उराल्नमा, वलेंसीको दोष हुन्छ तातो छेउमा पग्लिएको, नौनीलाई के होश हुन्छ रंगिन फूलले नहर्ने भा, मनमुटु बैंशालुको जवानीको पारखीलाई, भ्रमरसँग के रोष हुन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : बेरोजगार देश

~जयन्ती गौडेल~ मेरो बेरोजगार देश भोकै उभिएको छ नाङै उभिएको छ रोजगार नेताहरु ऋण खाईरहेका छन् छिमेकीहरु ब्याज असुलिरहेछन् सिमानामा केबल एक टुक्रा राष्ट्रिय झण्डाले

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वागत नव बर्ष

~ठाकुर मान लामा~ तरङ्गित मौषम उन्माद त्यस्तै पार्न मनमा उल्लास खुशी तनमा भर्न स्वच्छन्दताको पवन बहार बहदै आउ नव बर्ष स्वागत छ सधै तिमीलाई आशा यही बिजारोपण हुदै हुर्कदै फुल्न सपना रंगीन सबले यही देखि साँच्न शितलता ती जुनका लेप … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लथालिङ्ग घर मेरो भताभुङ्ग देश

~चिरञ्जीवी सुवेदी~ बुट्टे साडी ल्याईदेउ बाबु तिम्री बुढीलाई मजेत्रो नि छैन अरे ठूली दिदीलाई आमा थिइन बिमार बरै! ओछ्यानको छेउ खोकी रहन्छिन बाह्रै मासे खकार सँगै लेउ

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युफूल

~खगेन्द्र पन्दाक लिम्बु~ मलामीहरुको माझ रौसिएर चिहानघारीको स्वर्णिम बसाईंपछि मुर्कुट्टाहरुको रेखदेखमा-मृत्युफूल अस्तुहरुको पिरामिड उक्लिएर मनग्गे फुल्छ – सुनाखरी झैं झुप्पा-झुप्पा ! अस्थिपन्जरका हाँगाहाँगा ! नारायणहिटीछेऊको बुढोरुखबाट चमेरे पेन्डुलम जीवनको गीत लिएर मसानघाटको रोदीमा झर्नू चुँडेलहरुको प्रेमिलो सालैजोसंग नाच्नू-नचाउनू निरबाँध छमछम-कंकाल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रुदैछिन् आमा

~सुमित्रा पौडेल~ रुदैछिन् आमा पिंडीमा बसी टुकीको साथमा । सुख र खुशी चाहन्छिन् उनी दिन र रातमा ॥ पस्दैछन् सन्तान मुग्लान पारी तिनै हुन साहरा । दर्द र पिडा अँगाली सारा खोज्दैछन् ती चारा ॥ मनग्ये थियो तै आफ्नो देशमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : शहर बिरामी छ

~नारायण गाँउले~ भत्किएर च्यातिएर शहर बिरामी छ देख्दैन क्वै सायद सिङ्गो नजर बिरामी छ ! झ्याल-ढोकाले हेपिएको ठान्छन् ,धुरी पनि आन्दोलित छन् इँटाहरू यो घर बिरामी छ

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो छोरो फेरिएर आयो

~अतृप्त कमल~ हेर आमा तिम्रो छोरो फेरिएर आयो आज काठको यो बाकसमा बेरिएर आयो आज दु:ख चिर्न बिदेशमा भासिएको तिम्रो छोरो छिया-छिया बनि आफै चिरिएर आयो आज

Posted in गजल | Tagged | Leave a comment

कविता : म

~रामकुमार परियार~ गन्तव्यहिन जिन्दगीको गोरेटोमा लरखराउँदै हिँड्ने यात्री हुँ म । तीन पाङ्ग्रे जीवन रथको वाहक उहीँ दुखी सारथि हुँ म ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नसम्झेको कहाँ छ र ?

~ज्योति जंगल~ देखेकी छौ के नबगेको नदी ? छामेकी छौ के नउडेको बतास ? पलपल नबिसाइकन बोकीहिँड्छ मुटुले ढुकढुक त्यसैसँग चल्दैछ जिन्दगीको पाइला र तिम्रो सम्झना समानान्तर मैले तिमीलाई नसम्झिरहेको कहाँ छ र ?

Posted in कविता | Tagged | Leave a comment