Category Archives: नेपाली काव्य

Poetry

गजल : डर मलाई ‘कुरो’ को भो

~भिम बहादुर थापा~ भनौं भने बोली पासो, डर मलाई ‘कुरो’ को भो नबोलौं त कुरा साँचो, मनको आगो ‘जुरो’ पो भो ** पर्खी बसें मझेरीमा, मौका आउला फुकाउँला यो रात बिती अभ्रख जस्तो, नामर्द नि सुरो पो भो

Posted in गजल | Tagged | Leave a comment

छोक : सङ्कल्प हाम्रो फलोस्

~लक्ष्मी प्रसाद देवकोटा~ संसारै घुमियो भएर विषयी मीठो विषै पो पिएँ, लेख्थें धेर वितर्क तर्क मनमा उल्टो भई पो जिएँ, आयो धेर तनै प्रलय भो आगो जल्यो लौ जलोस्,

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो सोध्दै यतैकतै

~आर.एम्. डंगोल~ बाटो सोध्दै छु यतैकतै बाटो पछ्याउँदै पछ्याउँदै हिँडिएछ यहाँसम्म यहाँसम्म आइपुग्दा आफ्नै जस्तो नलाग्ने स्वभावले पछ्याइरहेको छ मलाई ।

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमी कहाँ थियौ ?

~सीता थारू ‘निश्छल’~ जिन्दगीमा हाले चिठ्ठा, तिमी कहाँ थियौ ? तिम्रै लागि माँगे भिक्षा, तिमी कहाँ थियौ ? हातमा लिएर बरमाला र सिंदूर–थाली घरि–घरि थापें टीका, तिमी कहाँ थियौ ?

Posted in गजल | Tagged | Leave a comment

कविता : रक्सीको मात

~प्रणिका कोयु~ रक्सीको मात? मिठो हुन्छ तिम्रो माया जस्तै आफ्नोपनमा रत्ताउने रक्सीको मात? तितो हुन्छ तिम्रो तिरस्कार जस्तै चुपचाप निल्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : नेपाल सुनौलो

~सजना गुरुङ~ छन्द – मत्तकासिनी वीरैले बनाको नेपाल सुनौलो | त्यागैले सजाको नेपाल सुनौलो | तोड्ने त्यो नसोचौ मोती सब एकै धागोमा लगाको नेपाल सुनौलो |

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो देश कतै भेटिएन

~सागर कार्की~ बिचरी माईली काकी- महाकालीको किनारमा जिन्दगी खोज्दैछिन् अझै । भन्छीन्, यो माटो होईन मेरो छोरा-बुहारीको अस्तु हो । मेरो नातीको दुई भित्ते ज्यान अनि मेरी नातीनीको काँचो बोली

Posted in कविता | Tagged | Leave a comment

कविता : कति

~विमल निभा~ कति एसिडका बोतलहरु, चिसो सिमेन्टको कोठा र विषकन्याहरु कति कति हाडहरुका पिरामिड, बौलाहा हात्तीको दौड र कोतपर्वहरु कति कति इलेक्ट्रिक सक, शरीरमा नीला–नीला डाम

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : छाडा गाली

~केदार शर्मा~ मेरा शिष्ट, सभ्य र शालीन पाठक तपाईँ जस्तै म पनि कवितालाई आदर गर्छु अत्यन्त सम्मान गर्छु शब्दशिल्पलाई कवितालाई अपशब्दहरूले बिटुल्याउनु हुन्न वाग्देवीको कृडास्थल हो कविता, फोहोर पार्नु हुन्न तपाईँका सामु मैले मेरो रिस देखाउनु हुन्न मैले त शिष्ट … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : झण्डा फहराइरहेछ

~बिमल गुरुङ~ झण्डा फहराइरहेछ घडीको काँटा कबिता गुन्गुनाउँदै सडक हिंडिरहेछ बतास चलिरहेछ टेलिफोनको पोलमाथि हँसिया र हतौंडाको रातो झण्डा फहराइरहेछ आकाशलाई रातले हिर्काइरहेछ आकाशको आँखाभित्र पिडापूर्ण आँसुको

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा

~सुवास भट्ट~ म एक लामो यात्रामा मिल्टनको प्याराहाइज खोज्दै निरन्तर एक लामो अनि कठिन बाटोमा हिंडिरहेछु । मेरो बाटोमा तलवारहरू छन् धारिला तरवारमा टेक्दै, म कुनै घाउहरूको पर्वाह नगरी

Posted in कविता | Tagged | Leave a comment

कविता : म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ

~प्रेम प्रसाद पौडेल~ आजभोलि म लेख्दिन भन्छु लेख, रचना र कविता लेख्दिन भनेर लेखिरहँदा आफैं लेख वा कविता बनिँदो रहेछ म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ ।।१ खै मलाई थाहा छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~त्रिभुवनचन्द्र वाग्ले~ हिउँदका चीसा रात कहाँ पाउनु मातृवात्सल्यको न्यानो काख शिशुहरू बेबी क्यारियरमा मातृ–काखको ताप धिताइरहेका छन् कुकुरका छाउराले मम्मीको काखबाट बेबी क्यारियरमा ब्यङ्ग्य भरिरहेका छन् आमाको मान्यता र शिशुको मूल्य विषयक कविता लेख्न बस्दा मौनता सिवाय विषय फुर्दैन, फुर्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : असल मान्छे छान

~बाबुराम पन्थी ‘गुल्मेली’~ आए बथान नेताका चुनावमा भोट मलाई भनी दौडी रहेछन् गाँऊ गाँऊमा जनता फकाउँदै यिनी आश्वासन विकासका गाँऊमा छर्न पछी परेनन् दिएकै हो भोट पहिले पनी विकास शुन्य गरेनन् आयो चुनाव जब छिमेकमा वैरी भाव बड्दो छ सम्बन्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन

~राम बहादुर तामांग~ जसरी छोडेर गएका थियौ खाँदाखाँदैको आधा गाँस गोड्दागोड्दैको आधा पाखो रुँदारुँदैको आधा आँसु हो त्यहीँबाट सम्बोधन गरिरहेछु तिमीलाई । सायद मेरो पत्र बोकी जाने विमान हराई जाला धमिलो आकाशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : निदरी

~राजेश दाहाल~ बन्द परेलीमा बस्न मन पराउँदै आयौँ सब मस्तक गलाउँदै दुःखका सम्झ्नाहरूमा बिर्सनाको दियो जलाउँदै । थकानका अनुभूति भित्र पस्यौ सुस्त सुस्त तनमा जीवन–मृत्यु बिसाइदियौँ अमूल्य एक क्षणमा ।। छैन कुनै भोक, प्यास, तृष्णा, सजिलो सब जनको

Posted in कविता | Tagged | Leave a comment

कविता : बेदना र चित्कारका आशुहरु

~राजेन्द्र पाण्डे~ नयाँ नेपाल बनाउछु भन्ने नेताहरु ठुला ठुला सपनाहरु बादनेहरु के तिमीहरले पिडा र गरीबीले छतपतायी रहेको आत्मालाई देखेका छौं रोजगारीको आस देखाउनेहारु एुबाहरु देशका शक्तीहुन भन्नेहरु तिनिहरु खै कता गये तेस्को करण खोज्ने गरेको छौं गाउका गाउ रितिनेगरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उ उर्फ ………

~निश्चल काउचा~ खोल्सीहरू रसाउन छोडे पछि अभावमा पुर्णेको उज्यालोले गाऊ पोत्न नसके पछि आफ्नै माटोको स्‍मृति पेरुङ्गे मनमा सम्हाल्दै पिरहरूको पहाड उक्लिदै शहर पस्यो उ

Posted in कविता | Tagged | Leave a comment

कविता : डल्ली,पुड्की जे भए नि आमा भनेकी आमा नै हुन

~आचार्य प्रभा~ भ्रममा नपरौ कोही ठुलो देशमा गएर सानो देशलाई मानसपटलबाट निकाल्छु भनी त्यसो —होइन , भौगोलिक स्वरूप सानो भएर के भो ? आखिर —‘हीरा’सानो भएपनी प्रज्वलित हुन्छ , आफ्नी आमा ”डल्ली ”,”पुड्की ” भएपनी जन्म दिने आमा नै हुन्छिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनको बिहान

~राज महर्शी~ सारी-चोलो र चुराको सौदर्यमा चमक थप्न चेलीको गास-कपास र दैनिक गर्ज टार्न परिवारको जीवन- सम्भाबनाको खोजिमा परदेश लागे पुरुषहरु – सपनाको क्यानभास खोज्दै ओझेल परे गाउँ र बस्तीहरु ! एक चोक्टा जुनले कालरात्रीलाई भगाउन नसकेर

Posted in कविता | Tagged | Leave a comment

गजल : मृत्यु उत्सव मनाऊ

~निश्चल क्षेत्री~ लाज पचाई नामर्द भै आफ्नै मृत्यु उत्सव मनाऊ के नै दिन सक्थ्यौ तिमी आप्mनै प्यारो स्वर्ग बनाऊ रातदिन नभनेर जनताले कर तिरे चर्केको घाउमा तिमी नुन चुक अझै खनाऊ के नै दिन……….

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : म मरेपछी !

~दिवाकर स्वप्नील~ छन्द : झ्याउरे म यदि मरे कुनैदिन् भने नरुनु पियारी । मनमा धैर्य गरेर तिमी बस्नु है स्याहारी ।। त्यो बेला तिमी झक्झकाउँदै धड्कन सुन्नेछौ । नहुदा सास तनमा हरे धेरै नै रुँदीहौ ।। माता र पिता पिटेर … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : अनर्थ वातावरण

~प्रकाश प्रधान~ आरोप आक्षेप आरिस आघात आशङ्का एक भयङ्कर अभिशाप मानव जीवनमा चाहे व्यक्तिगत, सामाजिक जीव होस्, चाहे राष्ट्रिय जीवन समायोजन सन्तुलन सुसञ्चालन जीवनयापनमा विवेक छवि र इमानकै तराजु असन्तुलित गर्ने यस्ता शब्दहरू शब्दकोशमा भए पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : पर पर क्षितीजमा

~कमल कुमार~ पर पर क्षितीजमा अस्ताउँदो सूर्यको लालीमा बादलका रङ्गीचङ्गी धर्काहरु आकाशको छाती नाप्थे, बादलका अमूर्त ढिक्काहरुमा रुमानी कथाहरु बुनिन्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : पृथकतावाद

~गोविन्दप्रसाद आचार्य~ पृथकतावादको न देश हुन्छ न हुन्छ संसार सोचाइ हुन्छ डडेको चित्त भत्काउ बिगार पृथकतावादी धूर्तको धावा अखन्ड देशमा मानिसजस्तो देखिन्छ तर सर्पको सोचमा पृथकतावादी चर्केर थुक्छन् विदेशी नसाका पृथकतावादी अखन्ड डस्ने देशको दसाका

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो तस्बिर

~अरुणबहादुर खत्री “नदी”~ तिम्रो सुन्दर मुहारको सजिएका तस्बिरहरू हरेक साँझ, हरेक बिहान निहालेकै हुन्छु हरपल तिम्रो याद बोकेर मुस्कुराइरहेकै हुन्छु

Posted in कविता | Tagged | Leave a comment

गजल : दिल खुश भैहाल्छ

~केडी रेम्नीसीङ~ कुहरोभित्र पारीलाई हेर दिल खुश भैहाल्छ, पहाडमुनी झरीलाई हेर दिल खुश भैहाल्छ । आवाजभित्र अशान्त छ मन धुलोभित्र धुलाम्मै, चुपचाप नगरीलाई हेर दिल खुश भैहाल्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : सघन तमिस्रा प्रति

~लक्ष्मी प्रसाद देवकोटा~ क. ए आलोक–विलोपिनी ! घन–कजली निशि ! लाश दिवसकी निस्पद ! रुप, रागका वैभव बहुविध अस्ताचलमा सल्काई, ध्वान्तजटा बाक्ला बिखरी, विश्वभस्मालेपा ? बाँध्यौ अचल समाधि, निस्तब्ध, विलीन हिमाली डाँडामा ? महामृत्युकी छाया सरि ए ! विशाल शून्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : संविधान खै लेखिएन

~बबिन नेपाल ‘राजेश’~ चार चार वर्ष बित्नै आँट्यो संविधान खै लेखिएन न्यूयोर्क जस्तै बनाउँछौं देश भन्थ्यौ खै देखिएन माओवाद खोक्दै हिंड्यौं राता झन्डा बोक्यौ मात्र देशमा शान्ति ल्याउँछौं भन्थ्यांै अशान्ति खै मेटिएन

Posted in गजल | Tagged | Leave a comment

कविता : भुकम्प

~अन्जना पौडेल~ कम्पन दिदै भित्रै विथोलि दिदै मन तन पारिदिदै चिरैचिरा छर्किदिदै नुनचुक रसाइदिदै आँखा हम्फाल्दै आइदिन्छ कताबाट हल्लाईदिन्छ अग्लै पहाड धस्काईदिन्छ अग्लै पर्खाल उम्लेझै भुलुक्क पानी खट्खट्,खट्खट्् टङ्टङ् टङ्टङ्

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गीत

~अशोक ‘खलानको मान्छे’~ न तिम्रो आँशु पुच्नसके न बैसभारी मायाँ दिन सके अभागी यो चोला बोकी संम्झेर मत्र बाच्न सके के गर्नु त दुखीया को जिन्दगी नै यस्तै ह्रैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : जिउँदो लास

~बालकुमार गुरुङ~ नचलाइदेऊ कसैले धोकैधोकामा विचलित मेरो मुटुलाई नझस्काइदेऊ कसैले बगरैबगरमा दौडिरहेको मेरो भावनालाई स्नेहहीन छ, विरानो लाग्न थाल्यो आफैं भुलिदियौं माया मेरो, भाव बहल भयो जीवन विश्वासघात थिएछ त्रि्रो वाचा र बन्धन कुनै रंगमञ्च थिएछ त्यो शृङ््गारको दिन ।

Posted in कविता | Tagged | Leave a comment