Category Archives: कविता

Nepali Poems

कविता : झझल्को उनको

~जीवराज बुढाथोकी~ हुन्थ्यो उनको, चिठी नआए, हुन्थ्यो उनको, फोनले नगाए, विरक्तीमा सधैं, हराएको पहर्, हुन्थ्यो उनको, मन नपलाए !! हुन्थ्यो उनको, याद नसताए, उनको झल्कोले, नअल्मलाए,

Posted in कविता | Tagged | Leave a comment

कविता : मर्दा मुस्कुराउने मान्छे

~शमिक्षा थपलिया~ चारै तिर मुजै मुजा परेको अनुहार जुन अनुहारमा मुस्कान देख्न पाइदैन सबै मानिस जन्मदा रुदै जन्मिए पनि जिवन भरि हासी रहेका हुन्छन अरु भन्दा पृथक छ सायद उस्को मन त्यसैले कहिले मुस्कुराउदैन उ आफ्नु जन्मनु अघि हल गोरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यौवनको आक्रोश

~अमृत सिङ थिङ~ मर्द हौ भने देखाउ छातीको रौ एक एक गरी गन्ने छु पाएँ शिवजीलाई भनी पार्वती मातालाई भन्ने छु ।। म पग्लेर निस्केको वाफको बास्नाले

Posted in कविता | Tagged | Leave a comment

कविता : के गर्छौ ?

~गेहेन्द्र अधिकारी~ हरचिजमा नक्कल तिमि के गर्छौ, भाग्यमै छैन भने खोस्न तत्पर किन पर्छौ जाल झेल र निरङ्कुस छिरेको यो जाली दुनियाँमा!! बिश्वासको पसल राखेर तिमि के गर्छौ!! थिच्नेले थिचेकै छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : उजाडिएको बस्तीको गुलाफको फूल

~शैलेश थपलिया~ मनभरी आशा बोकी आङ्मा उम्रिएका तिखा काडाको ब्येथालाई आफैभित्र लुकाएर चारैतिर, ति सुनसान बाताबरणमा आफ्ना मन्त्रमुग्ध बासनाले नया किरण को आगमन गरिरहेछ ! उजाडिएको बस्तीको गुलाफको फुल !!

Posted in कविता | Tagged | Leave a comment

कविता : भगवानको विरोध

~सागर भण्डारी~ मलाई जिउन सिकाउने ए मेरी प्यारी आमा मुटु दरो पारिराख है ठूलो भुकम्प जान सक्छ पृथ्वी बोक्न सक्ने तिम्रो शरिर वायुमा डगमगिन सक्छ अविश्वासका छालहरु उठ्न सक्छन् विद्यवसंका कल्पनाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : ज्ञानी सानु स्कुल जाऊ

~सोम डेमनडौरा~ ज्ञानी सानु हाम्रो सानु छोरा तिमी स्कुल जान थालेछौ खै किन हो, तिमीलाई स्कुल पठाउँदा मन कटक्क खान्छ बाटोमा तिमी निराश भै नबोल्दा गेटमा पुग्दा जब तिमी भक्कानिएर रुन्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : मधु तिमी

~ललिता ‘दोषी’~ वासन्ती फूलजस्तै सधैँ मगमगाउनु मधु तिमी लाखौँको हृदयमा यसरी नै अटाउनु मधु तिमी दिनदिनै शिखर चढ्दै चढ्दै जानु मधु तिमी बेली, चमेली, वास्मतीझैँ सुगन्ध छर्दै जानु मधु तिमी

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एउटा बाहुला नभएको बुसर्ट

~विमल निभा~ मेरो साथीका लागि मलाई खरिद गर्नु थियो एउटा बुसर्ट एकातिर बाहुला नभएको बुसर्ट जनआन्दोलनताका महेन्द्रको सालिकनेर पुलिसको गोलीले मेरो साथी ढलेको थियो र उसको एउटा हात काट्नुप-यो त्यसबेलादेखि मेरो साथीलाई अलि भिन्न प्रकारको बुसर्ट चाहिन्छ एकातिर बाहुला नभएको

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : प्यार ! आऊ पुगौँ सच्चिदानन्दमा

~निर्मोही व्यास~ बाँसुरी म, प्रिया ! हौ तिमी रागिनी सिन्चिदेऊ ममा प्रीति–सञ्जीवनी सृष्टि–सौन्दर्यकी सार यौटै तिमी अंश तिम्रो लिई रम्य छिन् मेदिनी ० आज प्याला भरी घोल सातै सुर प्राप्ति आजै त हो, भोलिको के भर ?

Posted in कविता | Tagged | Leave a comment

कविता : म सिरक भित्रको बन्दी

~बिमल गुरुङ~ नीलो आकाशमा चपक्क टाँसिएको सेतो चन्द्रमा निसास्सिने बिभत्स वातावरणले रुझेका, आफ्नो प्रतिबेदन पेश गर्दै आफूलाई अतितका पाइलाहरु खोज्दै धरतीका तलाउहरु आँखाभरि भरि राखेर माटोको कन्तुरबाट पैसा चोरेर झिकेको आरोपमा मुछिएर सिमलीको लठ्ठीले भिषण चुटाई खाएको अबोध बालक झैं

Posted in कविता | Tagged | Leave a comment

कविता : एक तरङ्ग

~लक्ष्मी प्रसाद देवकोटा~ क. एक छिनको तरङ्ग भनूँ कि ? चाख लिनेले मार सुनूँ कि ? किनकि , कानेखुशीको एक कुरो हो ! लहड चरो हो ! एक तरङ्ग ! सनकी ! ख. ठोस जमीनमा उभ्भिरहेथेँ । चट् अल्प्यो ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्तमान परिप्रेक्षमा -१

~भुवन निस्तेज~ वर्तमान परिप्रेक्षमा ओझेलमा परेका छन् कतिपय परिप्रेक्षहरू ! वर्तमान परिप्रेक्षमा हामी डराएर जूनकिरीसङ्ग खाटमुनी लुकेका छौं र पढ्दैछौं हाम्रो वीरताको इतिहास !

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरीहरू

~रघु पन्त~ छोरीहरू छन् र त घर रमाइलो छ । भुनभुन–गुनगुन माहुरीझैं भुन्भुनाउँछन् चिरबिर–चिरबिर चराहरूझैं गाउँछन् बतासले सुस्तरी छोएको रूखका पातझैं छुनुमुनु–छुनुमुनु नाच्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिलाषा

~राधा कार्की~ तिम्रो अजश्र सम्मानको ओतले मेरो हृदयाकाशको खुसी लतपत नभए पनि म भित्रका दुर्घटित सपनाहरू क्रमशः उकालो चढ्नेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा कवि मरेर गयो

~कमल कुमार~ कवितामै भए पनि एउटा सुन्दर फूल फूल्दथ्यो सपना उदाउँथ्यो हरेक विहान अन्धकार झर्दथ्यो शीत भएर हिमाल रातै रंगिन्थ्यो बालक हाँस्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : धरानका चोकहरू

~मदन राई ‘लामाखुले’~ अत्यन्त समृद्धचोकहरू कतै नलर्खरावस् कतै नबरालियोस्, उभियोस् अटल छाती साँगुरी भन्ज्याङ्ग भएर

Posted in कविता | Tagged | Leave a comment

कविता : तितो यथार्थ

~छविरमण सिलवाल~ मुहारमा हिलो पोतेर हिलो-हिलो पानी-पानीसँग सम्झौता गर्न शालीन दस्तावेजहरू गरिबी लुकाएर हाँस्छन् पीडा लुकाएर बाँच्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा परदेशीलाई सम्झेर

~तारा पराजुली~ प्रभातले सप्को खोल्न नभ्याउंदै दुइचार धर्का मिरमिरे भुइंमा खस्न नपाउदै गर्भिणी क्षितिजहरु चिसो घाम कोरल्छन लाखिएर पल्लो भूखण्ड  पुग्छन् अपांग शरणार्थी सपनाहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तेल उघाएर पानी खोजिरहेका बालुवाहरु

~प्रकाश सुनुवार ‘निराकार’~ शाक्तिका भोका लालचीहरु युद्धमा सल्केको कालो बादलमा रमाउंछन् युद्ध जितेर जनताको सार्वभौमसत्ता लुट्ने नियती बोकेर प्रजातान्त्रीक प्रणालीलाई धाराशाही वनाएर वहुसंख्यक जनताको अस्तित्वलाई मास्ने इरादाले सारा देश जलाउन युद्धको घोषणा गर्छन् । तातो हावाले बालुवाहरु पोलिइरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र आँधी

~रामेश्वर राउत ‘मातृदास’~ समयका सिर्जनाहरू हुन् यी अग्ला शृङ्खलाहरू धरती/आकाश, समुद्र मान्छेहरू, फूल फुलिरहेका छन् ढकमक्क गीत गाएर नाचिरहेका छन् चराचुरुङ्गीहरू के छैन यहाँ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्य सुबेला

~कणाद महर्षि~ अहिलेभन्दा पहिले राम्रो लेख्थेँ भनूँ भनूँ लाग्यो आफूले आफैँलाई सोध्न मन लाग्यो – हो कि होइन? अब उत्तर म के दिऊँ सोधेको आफैँले

Posted in कविता | Tagged | Leave a comment

कविता : देश खोजिरहेका हामी

~इन्दिरा प्रसाई~ तिमीलाई गुमाएका मर्मान्त मुटुहरू र तिम्रो अँगालोमा पुग्ने व्यग्रतामा छटपटिएका छातीहरू शरणार्थी शिविरमा भेटेर, देखेर र सुमसुम्याएर ए देश । म तिमी नहुँदाको अनुभूतिको सूक्ष्म आभासले पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘सरकार ! मैने देश का नमक खाया है’

~प्रदीप लोहागुण~ गब्बर सिंहजस्तै जब्बर छ देश गब्बर सिंहभन्दा मैलो र घिनलाग्दो छ सरकार गब्बर सिंहभन्दा क्रूर छ देशको व्यवस्था । अधिकार माग्ने जो कोहीलाई शंका गर्छ सरकार आधारातमा रोगी आमाको औषधि किन्न निस्केको बेरोजगार युवकलाई आतंकवादी घोषणा गर्छ देश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जात-जातमा टुक्रिएको प्राणी

~अनुष्कर पुष्कर गुरुङ~ साइला दाजु कता कुद्न लाग्यो हौ सोधेछ मृगले बनेललाई बनेलले भनेछ तिमीलाई थहाँ छैन र आज जनसभा छ नि हामीले जात -जातको झण्डा पाउने छौ ए……….. सुन्नुस न घरबार याद गर्दै गर्नुस है म पर जनसभामा गोएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म पिउने भएको छु

~दीपेन्द्र के.सी. ‘अपजसी’~ हो, नपिउने भन्दाभन्दै पिउने भएको छु म । तिम्रो डोली अन्मिएपछि सुनसान छ गाउँ; त्यसपछि चढ्न थालेको छ अर्कै नशा मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : सिन्का

~निभा शाह~ नजोडे–त्यही सिन्का कुल्चिएर धुलोमाटो हुन्छ जोडे– त्यही सिल्का गुँड हुन्छ सृष्टि र सिर्जना हुन्छ । नजोडे– त्यही सिन्का

Posted in कविता | Tagged | Leave a comment

कविता : छत

~प्रमोद अधिकारी~ बर्खे झरीमा गरिवीको छतबाट तप्प चुहिएको मध्यरातको पानिले मलाई कहिल्यै छोएन । अर्धनिन्द्रामा कुम्लो बोकेर ठाउँ सर्नु परेन । देखिरहेको सपना

Posted in कविता | Tagged | Leave a comment

कविता : जोडौं संबन्ध हामी

~निर्मला अवस्थी~ आजकल मेरो देश एक्लिएको छ आत्तिएको छ निस्सासिएको छ जताततै लुटपाट, अपहरण,हत्याले कमजोर बन्दै गएको छ एक अर्कासंगको संबन्ध छुटेको छ भाइचाराको नाता टुटेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त ऋतु

~सोमनाथ सिग्देल~ उदय भो अब सन्त वसन्तको, प्रकटभो छवि, चित्र-विचित्रको कम भयो बल शीतल शीतको, रुचिर भो अनि सर्ग निसर्गको ।।१।। सब हिमाल हिमालयका खुले, नव सरोज सरोजलमा फुले । अब पलाश पलाशमहाँ चढे, तब अशोक अशोक भई बढे ।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : माया थरीथरीका

~बैधनाथ ठाकुर~ मायाको संसारमा थरीथरीका माया हुादा रहेछन् कसैको माया आल्मुनियमको भााडोजस्तो भेटे तातिन्छ छुटे चिसिन्छ कसैको माया फूलहरुमा घुमिरहने भमराजस्तो आज एउटासाग, भोलि अर्कैसाग

Posted in कविता | Tagged | Leave a comment

कविता : फलैंचामुनिको केतुकीको नाम्लो

~शान्ति प्रियवन्दना~ १. थन्कियो धेरै दिन नाम्लो फलैंचामुनि नाम्लो थन्किनु यसरी र बस्नु चुपचाप दबिएर तिम्रा अध्याँरा जीवनका पाटा र आर्तनादहरु हुन् हर्कबहादुर दाइ । २. कथन कागको नै जोर्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment