Category Archives: नेपाली गीत

Nepali Songs

गीत : दुःखी जीवनमा …

~सुरेन्द्र ईङ्नाम~ तिमी आयौ वहार ल्यायौ मेरो आँगनमा, खुसी ल्यायौ उमंग ल्यायौ दुःखी जीवनमा भत्किएथे मनहरु उजाड उजाड थियो कहाँ थियौ आजसम्म मनले खोज्दै थियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो जन्मदिवस

~पूर्ण ओली~ तिम्रो चौबीसौँ जन्मदिवस आई गयो परी तिमीविना यो हामीले यहीँ मनायौँ, तिमीले कहाँ मनायौ ? चौबीसलाख पाला माझेर स्मृतिका सङ्गालिएका अश्रुधारा खन्यायौँ सल्कायौँ दिल फिजियो अँध्यारो कहाली लाग्दो क्षण यो के बनायौँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सम्झना आँखामा आईदिदा

~घनश्याम प्याकुरेल~ सम्झना आँखामा आईदिदा ती दिनहरू मनमा अल्झिदा ती दिनहरू रमाईला क्षणहरू कहाँ गए मेरा मिठा अतित हरू? कहिले उस्ले मलाई हेर्थी म उस्लाई हेर्थे

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : भत्किँदै किल्लाहरू

~डा. दीनबन्धु शर्मा~ अहङ्कार-दरबारहरू लोभ पापका भारहरू बढारिँदै छन् बाढीसँगै उर्लिई युगका ज्वारहरू भत्किँदै किल्लाहरू—- शाश्वत भन्नु त केही छैन मिथ्या हुन् सब सारहरू नाटकलीला झिल्के नाच्यो भाँचिन्छन् अब बारहरू भत्किँदै किल्लाहरू—-

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : म भक्त हुँ यो देशको

~कृष्णहरि बराल~ म भक्त हुँ यो देशको म रक्त हुँ यो देशको कहिले पछि नसर्ने म शक्ति हुँ यो देशको हिमालको काखको म लालीगुराँस हुँ सुवास शान्तिको म फुक्ने बतास हू

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : माया दुख्या जस्तो लाग्दैनथ्यो

~राजकुमार मोक्तान~ सँगै छँदा माया दुख्या जस्तो लाग्दैनथ्यो टाढा हुँदा तीरले मुटु छोचोलेको जस्तो भो लाउँदा लाउँदै छुट्ने भए विछोडमा दुख्ने भए खै माया केलाई लाई भो र? वसन्तको मन्द हावा बग्छ उही श्वास रोकी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जिन्दगी को के भर छ र

~कुमार कान्छा~ जिन्दगी को के भर छ र आज वर भोली को पर ए माया मारेर X2 नजाउ मलाई एक्लै पारेर ।। वैश जाला पानी झैँ तर्केर गयो जोवन आउँदैन फर्केर भाग्य भन्नु हातै ले लेखिन्न

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नखाएको बिष

~शशीकला थापा सुब्बा~ गल्ती मेरो हुदैहोइन तर किन दोष लाग्यो मनबुझाउने के ले हजुर नखाएको बिष लाग्यो बिस्वासको घरभत्क्यो बालुवाको महलसरी मैले चिन्न नसकेको शत्रु रैछन वरिपरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कैले न आउने

~अनन्त निरौला~ कैले न आउने भेट्न कैले न आउने भन्दा भन्दा थाकिसके बानि न जाने सानिको भेट्न न आउने। बोली मिठो सानिको सुनि रहुँ लाग्ने हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सुन चाँदीको जलपले

~रुमानी राई~ सुन चाँदीको जलपले सजाउन त सक्तिन म स्वार्थी हुन्छ मन हजुर रिझाउन त सक्तिन म । व्यवहारमा कहिलेकाही तलमाथि पर्न सक्छ कहिले हाँस्नु पर्छ अनि कहिले रुनु पनि पर्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : नेपालीको छातीमा हिमाली छायाँ छ

~लक्ष्मण लोहनी~ नेपालीको छातीमा हिमाली छायाँ छ नेपालीलाई नेपालको बिछट्टै माया छ जनक जन्मे यही देशमा वुद्ध जन्मे ज्ञानी बीरहरूको रगतले सिंचिएकी रानी

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : तिमी यसै लजायौ म उसै धकाएँ

~दिनेश अधिकारी~ तिमी यसै लजायौ म उसै धकाएँ नबोल्यौ तिमी नै न मैले बोलाएँ कति स्वप्न आए परेलीमा बस्न नसोध्यौ तिमीले न मैले सुनाएँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आउँछौ कि त यो होलीमा

~दिवाकर स्वप्नील~ प्रतिक्षा छ आज मलाइ आउँछौ कि त यो होलीमा । समृद्धिका रङ्गहरु ल्याउछौ कि त त्यो झोलीमा । बेरङ्गको भो माया प्रिती रङ्ग भरे कस्तो होला ? मुहारमा अलिकति हाँसो छरे कस्तो होला? मिठो मुस्कान् लठ्ठ धुन सुन्न … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

हास्य गीत : सिङ्गडामा आलु हुन्छ म:म: भित्र मासु

~निश्चल श्रेष्ठ~ सिङ्गडामा आलु हुन्छ म:म: भित्र मासु छोरी चै लाटी रैछ चलाख रैछ सासू (रेलिमाई)X3 कपाल भित्र चायाँ हुन्छ मान्छे पछी छायाँ ब्युटी केटी देखे पछी लाग्छ उस्कै माया (रेलिमाई)X3

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : के गर्दै होली मायालु मेरी

~दिनेश अधिकारी~ ढोकामा बत्ती कोठामा बत्ती शहरभरि झलल बत्ती तैपनि आँखाभरि आँखा उज्यालो छैन सम्झन्छु खाली घरकै टुकी के गर्दै होली मायालु मेरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पुरानो डुंगा

~बि. बि. थापा~ पुरानो डुंगा पानीको छाल पार गरुँ कसरी उनी छिन पारी तरेर लौन (भेटुँ म कसरी)२ पुरानो डुंगा बिधिले यस्तो अन्न्याय गरी झुक्क्ययो मलाई -२

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कसरी भनुँ

~शीतल कादम्बिनी~ खै उसले जितेर गयो कि हारेर गयो कसरी भनुँ मरेर गयो कि मारेर गयो नयनको यो मदिरा माग्यो पिलाइदिएँ बिचरोले सद्दे बानी बिगारेर गयो आउँदा भरी देखिन्थ्यो जाँदा रित्तो–रित्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : उस्तै हुन्छ माया

~सुरेन्द्र राना~ सबैले दिने उस्तै हुन्छ माया तर म नौलो प्रीत दिन्छु तिमीलाई नै सम्झी, सम्झिरहेको मुटुभरिको चोखो गीत दिन्छु भन्दिन म तिमीलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मायाले मुलबाटो भुलेछ

~बुद्धवीर लामा~ मायाले मुलबाटो भुलेछ नौरंगी फुलबारी देखेर दिनदिनै मेरो रोइरन्छ मन तिमीलाई सम्झेर दिलको चोट झिकिदेऊ भनेर मनको आशा मानेमा ओइलियो कडा कतै अल्झ्यो कि दुख्दैछ छाती सम्झेर राति क भयो भनेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी बिना

~दिलिप योन्जन~ दिलिप योन्जनतिमी बिना उराठ-उराठ भो जिन्दगी तिमी बिना खल्लो-खल्लो भो जिन्दगी न हेरेर प्यास मेटिन्छ, न कल्पेर याद भेटिन्छ तिमी बिना एक्लो-एक्लो भो जिन्दगी। तिमी बिना फुल पनि काँडा भयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : झिरमा ऊनिनु

~राजेन्द्र थापा~ झिरमा ऊनिनु त्यो एउटा कुरा पिरमा ऊनिनु त्यो एउटा कुरा नभिज्ने आँखा कसको छ र तर झर्नु नझर्नु त्यो अर्कै कुरा मैले कहाँ भनेँ र पिरै पिर भो भनेर तल तल खस्दा भिरै भिर भो भनेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी बिनाको जीवन

~आनन्द अधिकारी~ तिमीबिनाको जीवन सोच्न पनि म सक्तिन फूलबिनाको बासना सोच्न पनि म सक्तिन बरू जाओस् मेरो जीवन माया मार्न म सक्तिन कसले देख्यो र देउतालाई देउता भन्नु तिमी हौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : डाली डाली फूल फुल्यो

~तुलसी घिमिरे~ डाली डाली फूल फुल्यो पात पात म फुलें फूल भूल्यो भँमरामा कुन्नि केमा म भुलें किन होला हिजोआज बरालिन्छ मन यो जति बाँधिराखुँ भन्छु उति उँड्छ मन यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गैरी खेतको शीरै हान्यो

~यादव खरेल~ गैरी खेतको शीरै हान्यो वर्षायामको दरौंदीले नौनी जस्तो मेरो मन चिरा पार्यो उसको रुपको करौंतीले मर्स्याङ्दीमा जालै हान्यो माझी दाइले आज

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तगारोमा रुमाल राखी

~बिनोद गौचन~ (तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले)—२ (त्यही रुमालमा पन्चासेको त्यही रुमालमा पन्चासेको फुल राखे मैले)—२ तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले (भिर थियो पाखा थियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आज किन साथी मलाई रुँ रुँ लाग्छ

~पुष्प नेपाली~ आज किन साथी मलाई रुँ रुँ लाग्छ आज किन साथी मलाई रुँ रुँ लाग्छ जीवन हाम्रो बित्ने हो कि बिदेशैमा बसी मुटु मेरो गाँठो पर्छ घर सम्झी सम्झी आज किन साथी मलाई रुँ रुँ लाग्छ शिउपुरीको झरना छेउ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : खस्यो पुजा थाली

~राजकुमार श्रेष्ठ ‘दीप’~ मन्दिरकै संघार मा खस्यो पुजा थाली दैव पनी मेरो निम्ती बन्यौ किन जाली बजेनन् ती घण्टाहरू मैले बजाउदा पछ्यौरीमा अल्झ्यो हात चुरा सजाऊदा टुक्रिएर झर्यो भुईमा भयो खाली खाली

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हातमा चुरा

~दिनेश अधिकारी~ हातमा चुरा, निधारमा टिको, न पोते गलामा म कति टिपूँ आँसुको फूल वैँशको बेलामा ? बोलाए हुन्थ्यो बादलले सँगै म जान्थे उडेर लगे नि हुन्थ्यो खोलाले सँगै म जान्थेँ बगेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सधैँ सुन्न पाऊँ

~दिनेश अधिकारी~ सधैँ सुन्न पाऊँ खबर तिम्रो खुसीको धोएर जाऊ साथी मनमा भए नमिठो बिछोड भन्नुहुन्न यो रीति हो सबैको छेकेर छेकिँदैन सुवास पिरतीको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मैले मन दुखाउन छोडेँ

~दिनेश अधिकारी~ मैले मन दुखाउन छोडेँ अरूसँग रिसाउन छोडेँ दुख्ने पनि आफ्नो मन त हो मैले आफूलाई सताउन छोडेँ संसार हो यो संसारमा सयौँथरी मान्छे हुन्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मै मरिगए

~दिनेश अधिकारी~ मै मरिगए सम्झना राख्नू— माटो भो नभन्नू काँडा नै थिएँ भने नि मनको घाउमा सम्झिनू तर, क्वै बेला सम्झिनू मलाई, क्वै थियो भन्दिनू व्यर्थैमा चित्त दुखाएँ हुँला आँखामा उस्तै धुवाँएँ हुँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो भन्नु ओताउन

~दिनेश अधिकारी~ मेरो भन्नु ओताउन छानु पनि छैन पैँचो दिन अन्न छैन, मानु पनि छैन कसोगरी काट्नु जुनी ? कहाँ राख्नु मन ? किसान हुँ तर आफ्नो खेतबारी छैन कतिचोटि प्यास पनि पसिनाले मेटेको छु

Posted in नेपाली गीत | Tagged | Leave a comment