Category Archives: नेपाली काव्य

Poetry

गजल : बादलका टाटा हेर

~बाबुराम आचार्य~ आकाशमा देखिएका बादलका टाटा हेर धरतीमा बल्झिएका घाउका खाटा हेर । कति छर्छौ खोक्रा आडम्बरी सपनाहरू कृषि अनि अर्थतन्त्रमा आएको घाटा हेर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : ए साथी

~डिल्लीराम रेग्मी~ तिमी कलमको टुप्पो तिखार्दै जाउ म सङ्गीनको धार तिखार्छु तिमी मुक्तिको बाटो खन्दै जाउ मा बाधा बनेका झाडी निखार्छु तिम्रो र मेरो पसिना झर्ने एउटै सुन्दर जगत मिल्या’छ…

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी परिवर्तन हौ

~रेशम वि.सी.~ तिमी परिवर्तन हौ नारी तिमी परिवर्तन हौ बिहानीको लाल किरणसँगै उदाउने तिमी प्रभात हौ अँधेरी रातमा तिमी पूर्णिमाको जुन हौ

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा कथा

~तितेपाती~ एक शोडषी सुन्दरी बजारमा निर्बन्ध घुम्दै थिइन् निर्वस्त्र हरमा मात्र थियो एक हाते रूमाल गुप्ताङ्गको पहरेदार भएर अनुहारमा किरिङमिरिङ रेखा बायाँ काँध वरपर घाउका खाटा उनी यद्यपि स्लिपनट रहिछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो धरती बाँचिरहोस्

~कुन्ता शर्मा~ उर्लिरहेको विशाल सृष्टिसिन्धुको एउटा सुक्ष्म विन्दु म सुन्दर फोका भएर हराऊँ लहर तरङ्गहरूमा या बिलाउँ बालुवाका विराट व्यूहहरूमा म नरहे पनि युगले मेरो कथा कहे पनि नकहे पनि मानव सभ्यता हाँसिरहोस् मेरो धरती बाँचिरहोस् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रेल र देश

~हेमबहादुर गन्धर्व~ एउटा क्षितिजबाट अर्को क्षितिज छुने इन्द्रेणी जस्तै लामो रेल कोठैकोठा र, बेडै–बेडहरूले भरिएको विशाल हस्पिटल जस्तै रेल तब, त्यो लामो र विशाल रेल चल्न

Posted in कविता | Tagged | Leave a comment

कविता : कुर्सी, कुर्सी, कुर्सी

~शिशिर शर्मा~ कुर्सी, कुर्सी, कुर्सी किन चाहियो सबलाई कुर्सी ? के छ आखिर कुर्सीमा ? कुर्सीमा धेरै चीज छ, कुर्सी छ त धन छ, कुर्सी छ त आलिशान महल छ, कुुर्सी छ त “पावर” छ,

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : विदेशबाट ल्याएको संघीयताले

~नारायण शर्मा~ संविधान बनाउने मेसै पाएनन नेताले विदेशबाट ल्याएको संघीयताले चार–चार वर्ष बेकारमा फाले हाम्रा नेताले विदेशबाट ल्याएको संघीयताले

Posted in गीति कविता | Tagged | Leave a comment

गजल : नेताहरू

~कल्पना पौडेल ‘जिज्ञास’~ जुलुस जम्मा पार्दै भाषण छाँट्छन् नेताहरू चिप्ला कुरा गर्दै दिमाख चाट्छन् नेताहरू नौलो क्रान्ति ल्याउँछौं देशमा अब भनेर

Posted in गजल | Tagged | Leave a comment

गजल : लोग्ने को हो?

~मनु ब्राजाकी~ स्वास्नीलाई बेश्या भन्ने लोग्ने को हो? जन्म दिने तिम्रो आमा भोग्ने को हो? लोग्नेमान्छे, स्वास्नीमान्छे दुवै मान्छे, स्वास्नीलाई मान्छे हुन रोक्ने को हो?

Posted in गजल | Tagged | Leave a comment

कविता : कविता लेख्न देऊ

~पवन भन्डारी “किरण”~ बेपत्ता र मृत्युका होइन मलाई जीवन्त कविता लेख्न देऊ । सुन्दर सूर्र्योदयको मुस्कान हरियो आँगनसरी सिंगारिएको शान्त धर्ती

Posted in कविता | Tagged | Leave a comment

कविता : माछाको अनुरोध

~गोविन्दप्रसाद आचार्य~ यो नदीमा पानी सुक्यो मरिसक्या छु थोरै थोरै पाउँ भनी विन्ति ग¥या छु तड्पिएर सानो सानो रह खोज्या छु विन्ति हजुर हात जोडेर पानी माग्या छु

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल आमाको आह्वान

~सानु शर्मा~ हेर, तिमीहरूको लागि म चट्टान भएर उभिएकी छु। आऊ, त्यो अग्लो पर्वतमा चढेर हेर, तिमीहरूका आँखाले देखेजति त्यो सबै तिमीहरूकै हो। मलाई तिमीहरूको खाँचो छ, तिमीहरूको लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : वीर खुमप्रकाश वाग्ले जिन्दावाद !

~हेमन्त श्रेष्ठ~ खुमप्रकाश वाग्ले जसको पवित्र बाहुलीबाट बडेबडे सामाजिक संस्था र पाठशालाहरुको समुद्घाटन भएको छ जसले गरेको उद्घाटन पछि मात्रै   

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्ता भित्रको अङ्कगणित

~गोबिन्दसिंह रावत~ सत्तामा भित्रिए पछि बाहिरिन कोही मान्दैनन् सत्ता रोहण गर्नेले बाहिरका लाई मान्छे नै ठान्दैनन् किनभने ब्ाहिर चर्को घाम छ सडक जाम छ जताततै लामैलाम छ भित्र मीठो माम छ नजराना र प्रत्येक बोलीमा दाम छ बाहिर वर्षा बाढी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हाँस्न लाज भो

~भुपेन्द्र महत~ स्वाभिमानलाई बन्धकी राखी हाँस्न लाज भो आत्मसम्मान यो उधारोमा टाँस्न लाज भो बेसुरा लौ कती धेरै बिना गुदीका टाउका हल्लाको यो खेती भित्र विश्वाश गाँस्न लाज भो

Posted in गजल | Tagged | Leave a comment

कविता: डाँडामाथिको घाम

~समर चेम्जोंग “आभाष”~ सखारै मझेरीमा चिरबिराउँछन् चराहरु टिप्छन् धान, मकै कोदो र तोरिका दाना झुत्तिखेल्छन् आँगन छेउ थांक्राहरुमा गर्छन् होड्बाजी को भन्दा को कम। चराहरुसँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~रश्मिला कवाङ ‘रश्मि’~ तिमीलाई पहिलो पटक देख्दा खासै केही भेटिएन र त तिम्रो अस्तित्व नि झल्कीएन जब तिम्रो अनुपस्थितिम तिम्रा पहिलाका डोबहरु देखिन थाल्यो तब लाग्यो तिमी एक, एकदमै साँगुरो युगको केबल एक शब्द को भरमा संसार चकित पार्ने सुचना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश सम्झेर

~त्रिभुवनचन्द्र वाग्ले~ मैले भातखाने थालले मलाई सम्झन्छ ? जुवा हारेको खाल जस्तै रित्तो र निराश उसलाई भनिदेऊ म थालभरि भात भर्सन पराई चुलोमा छड्किरहेछुु पसिनाको खोले सानो छोरोजस्तै

Posted in कविता | Tagged | Leave a comment

गजल : रवीलाई फाँसी दिनै पर्छ

~हेम जङ्ग कार्की~ दिन दुःखीको सारथी बन्छ । रवीलाई फाँसी दिनै पर्छ । वेचियका चेलीको उद्दार गर्छ, रवीलाई फाँसी दिनै पर्छ । घरमा पनि छट्पट् छट्पट् गर्ने, सुत्ने खानेको टुङ्गो छैन, तस्करीको अड्डा खोजी गर्‍यो, रवीलाई फाँसी दिनै पर्छ ।

Posted in गजल | Tagged | 1 Comment

कविता : एक दिन

~ऋतिक यादव~ हरेक क्षणहरु सदाका लागि यथावत् रहने छैन एक फरक संसारको उदघोषले जन्म लिनेछ एकदिन मानवको कर्मको अजिब फल देखिनेछ मायारुपी संसारमा बर्वादीको अहंकार फैलिनेछ ! एकदिन ठुल्ठुला इमारतहरु मात्र खडा हुनेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : मलाई बोलाई रहन्छ

~अमृत सिङ थिङ~ तिम्रो न्यानो अगाँलोले मलाई बोलाई रहन्छ चञ्चल तिम्रो आखाँहरु सधै सताई रहन्छ काउकुती पो लाग्न थाल्छ मेरो सामु तिमी हुँदा त्यसैले त लाजहरु सधै शर्माइ रहन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : दोप

~दिल थापा~ यो सहर मेरो आंखाको थकाई मेट्ने सहर आज कस्तो शून्यता यी साना ठुला ,अग्ला होचा घरहरुले नै शोकधुन बजाई रहे जस्तो म आफैको शोकसभामा आफै आए जस्तो बिहानीले रातको मौनता भङ्‌गता तोड्न नसकेजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : पश्चात्ताप

~भवानी पाण्डे~ बिहान उठ्न अल्छी भएँ गृहकार्य थाती साथीभाइ स्कुल पुगे म मात्रै छु बाँकी ढिला भएँ गेटबाहिर परेँ म आज साथीसँगी सबैमाझ परेँ म लाज दिनैपिच्छे फरक–फरक गर्थें बहाना

Posted in कविता | Tagged | Leave a comment

कविता : शोषकको स्पष्टोक्ति

~गेहराज थापा~ म त एउटा शोषकै हुँ शोषण मात्रै गर्ने अरू चाहे भोकै मरून् आफ्नै भुँडी भर्ने शोषण गर्न पाइनँ भने मलाई हुन्छ डाह अरूको भोक, पिर–मर्का मलाई के थाह ? ईश्वरैले मलाई शोषक बनाएको जान मेरो विरोध ईश्वरैको विरोध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सुक्नुभन्दा अघि उठौँ

~केशव गाह~ शरीरको तातो खुन सुक्नुभन्दा अघि उठौँ सगरमाथाको शिर झुक्नुभन्दा अघि उठौँ तनभरी जताततै काटिएका घाऊहरू भित्रभित्रै झन बढी दुख्नुभन्दा अघि उठौँ

Posted in गजल | Tagged | Leave a comment

कविता : यात्रा

~देवेन्द्र कुँवर~ अघि बढेका छन् तिम्रा पाइला पछि हट्नु हुन्न अब रोकिन्छ पाइला तिम्रो तब पूरा हुन्छ महान लक्ष्य जब । आउछन् हजार विघ्नवाधाहरू तिम्रो हिड्ने बाटामा

Posted in कविता | Tagged | Leave a comment

गजल : अब बसिदिन सक्छु

~निर्मला अवस्थी~ तिम्रै नजिक आई अब बसिदिन सक्छु थाहै नदिई तिम्रो मनमा पसिदिन सक्छु ।। मलाई छोडी अन्त कतै जान खोज्यौ भने बाहुपासमा तिमीलाई कसिदिन सक्छु ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : रुखमा निन्द्रा पाकेको छैन

~बिमल गुरुङ~ रातभरि प्रतिपक्षी सेनाहरुसङ्ग लड्दा लड्दा रुखमा निन्द्रा पाकेको छैन । हातले भक्कु रगड्दा निस्केका मयलका टुक्रा जत्रै थिए ती सेनाहरु । ती सेनाहरु झ्याम्म उज्यालो नभएसम्म

Posted in कविता | Tagged | Leave a comment

हीरारत्न श्रीशाक चौध हाइकुहरु

~हीरारत्न श्रीशा~ १ बिग्रँदो राष्ट्र पुरुषको बखेडा नारीको इज्जत् २ आकास आधा सुनसान छ धर्ती अज्ञानी धेरै

Posted in हाइकु | Tagged | Leave a comment

गजल : लासका खालहरू

~कल्पना पौडेल~ बढ्दै छन् दिनहुँ लासका खालहरू रगतले रङ्गिँदैछन् नयाँ सालहरू हत्या हिंसा बढ्दैछ हाम्रो देशमा

Posted in गजल | Tagged | Leave a comment

कविता : जन्माऊ क्रान्ति

~राहुल पुन~ विचरा ! झोलीको सोगी खरावीको भोगी विचारको रोगी आखिरीमा काठमाडौं छिरेकै अलच्छिनले गिरेकै लोभिभाँडो भिरेकै

Posted in कविता | Tagged | Leave a comment