Category Archives: नेपाली काव्य

Poetry

कविता : हिजो जस्तो लाग्छ

~हरिमाया भेटवाल~ आमाले भनेको – ‘घाम र तँ सँगै–सँगै आयौ यो धर्तीमा एकाबिहानै’ मलाई सम्झना छैन पहिलो चोटी म यो धर्तीमा आएको तर सम्झनामा अरु थुप्रै कुरा छन् आज पनि मसँग ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समिश्रण हो ‘जीवन’

~हरिमाया भेटवाल~ हिँड्दा–हिड्दै शरीरभरी चिसो हावा खसेजस्तो अलिपर पुगेपछि झिल्को आगो पसेजस्तो अझ पर हिँड्दै जाँदा फूलमा मौरी बसेजस्तो सम्बन्धले सम्बन्धलाई बिष घोली डसेजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : म सडकतिर जान्छु

~हरिमाया भेटवाल~ बिद्रोह सदियौ देखि … मेरी आमाले बाचेको जिन्दगी हेरेर अब म बाकी यात्रा तय गर्ने छैन तिमी बिद्रोही भन वा जे भन गुन्रुक हाले झैँ खाल्डोमा मेरा सपनाहरु पुरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : मभित्रको मन मौलाएको छैन !!!!!

~हरिमाया भेटवाल~ तिमीलाई धेरैदिन पछि देख्दा तिमी मैलिएको देखेँ, खै के के ले हो साह्रै मैलिएछौ तिमी ! सायद तिमी मैलिएको तिम्रो आँखाले नै देखेनौ तिमीले तर मैले परबाट नै तिमी मैलिएको देखे मेरो आँखाले, तिमीले आफ्नै अनुहार हेर्‍यौ कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उखाडिंदैछ

~युद्धप्रसाद मिश्र~ प्रचण्ड निम्न वर्गमा उठी उठी बहादुरी विपन्न पूँजीवादीता छ भत्कँदै गयो धुरी बुझिसक्यो मनुष्यका दिमागले सही कुरा अकाट्य देश मुक्तिको खुलिसक्यो दिशा पूरा

Posted in कविता | Tagged | Leave a comment

कविता : के पढ्ने

~नयराज पन्त~ अहिले कसको छ हातमा प्रभु–शक्ति, प्रभुको विचारमा। कुन वस्तु छ, के गरीकन हुन जाला प्रभुको खुशी मन।। यति वस्तु गरेर चिन्तन कवितामा त्यति वस्तु ल्याउन।

Posted in कविता | Tagged | Leave a comment

गजल : थियौ साह्रै सोझी कलेज पढ्न !!!

~ज्ञानु पन्त~ थियौ साह्रै सोझी कलेज पढ्न काठमाडौंमा आकी तिमी राम्री थियौ साह्रै लामो-लामो कुर्ता सुरुवाल लाकी तिमी! कती छिटो बितिसकेछन दिनहरु आजकाल कती ठुलि भाकी तिमी बिर्सिएछौ आतितहरु लत्याएर गाउघरलाई रेस्टुरांमा धाकी तिमी

Posted in गजल | Tagged | Leave a comment

कविता : सत्य-सन्देश(ग)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ विद्याको, वयको र बुद्धिको, बलको, सौन्दर्यको, मानको प्रज्ञाको, कुल-जातिको, इलमको,

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्य-सन्देश(ख)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ मेरा जीवन-पुष्पको जगतले पाओस् मिठो बासना आओस् सौरभ

Posted in कविता | Tagged | Leave a comment

कविता : विवेक-बाटिकाको सानू फूल (ख)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ होच्याई अरूलाई क्यै किसिमले आफू ठुलो भैकन बस्ने खायस गर्छ धेर दुनियाँ,

Posted in कविता | Tagged | Leave a comment

कविता : विवेक-बाटिकाको सानू फूल (क)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ केही विद्वान कहन्छन् ऋषिमुनितकले ब्रह्माचिन्हू छ गाह्रो ।

Posted in कविता | Tagged | Leave a comment

छोक : केदार दर्शनको रहस्य

~कवी शिरोमणी लेखनाथ पौड्याल~ लाखौँ चोसे र मोसे विषयसुख-शिलाशैल चिर्दै बहेकी श्रद्धा-मन्दाकिनीको विकट तटतटै भै चनाको विवेकी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सधैं-सधैं मेरो सपनामा

~भुपी शेरचन~ सधैं-सधैं मेरो सपनामा असङ्ख्य युवति आमाहरू मेरो अगाडि आउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~हरीभक्त कटुवाल~ बा, पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको खिया लागेका कलका पुर्जाहरू जस्तै गणितका शुत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने केवल इतिहास पानाहरूमा, मैले त बाँच्नुपर्छ आउने दिनहरूमा इतिहासको गतिलाई उछिनेर इतिहासभन्दा बढी अरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : छोडी गयो

~विभोर बराल~ थाहा छैन कहिलेको हिसाब छोडी गयो जिन्दगीले टेबलमा किताब छोडी गयो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यो दलन

~भुपी शेरचन~ माथि माथि अरूहरू तल म छु छायाँ एक्लै जन्म उस्तै, मृत्यु उस्तै बाँच्नुपर्ने ढङ्ग बेग्लै

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~भुपी शेरचन~ नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर छानामाथि वैशाख हिँडिरहेछ भारी अल्छी पाइला सारेर

Posted in कविता | Tagged | Leave a comment

कविता : भैरहवा

~भुपी शेरचन~ टाढा-टाढासम्म जता हेर्यो उतै मैलो, फुस्रो धरती उजाड, उदाङ्ग आदिदेखि अन्तसम्म एकनास

Posted in कविता | Tagged | Leave a comment

कविता : 'भूपि' शेरचन

~भुपी शेरचन~ केही लेख्छन् यसो हेर्छन् चित्त बुझ्दैन अनि केर्छन् पुन: लेख्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी

~भुपी शेरचन~ हामी जतिसुकै माथि उठौं, जतिसुकै यताउति दगुरौं, जतिसुकै ठुलो स्वरमा गर्जौं तर, हामी फगत् पानीको थोपा हौं

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो चोक

~भुपी शेरचन~ साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन? सबथोक छ असङ्ख्य रोग छ, केवल हर्ष छैन,

Posted in कविता | Tagged | Leave a comment

कविता : घुम्ने मेच माथी अन्धो मान्छे

~भुपी शेरचन~ दिनभरि सुकेको बाँसझैँ आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर, दिनभरि रोगी मलेवाझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : दाल भात डुकू

~लक्ष्मीप्रसाद देवकोटा~ दुःखको लामो सडकमा पीरको केही छडकमा चल्दथे ‘टुक टुक टुकू !’ आफूजस्तै लाख हेरी बेला-बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : पागल

~लक्ष्मीप्रसाद देवकोटा~ जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई संबाद लिन्छु ।

Posted in कविता | Tagged | 1 Comment

कविता : घाँसी

~भानुभक्त आचार्य~ भर् जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एक मन चित्त लगाइ चाकरी गर्या

~भानुभक्त आचार्य~ एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि । मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : खोल

~भैरब अर्याल~ अस्पतालको सगाल पलङमा सेतो सुकिलो ओच्छ्यान पाई नयाँ रोगी रम्दछ पहिले खोल र तन्ना सुम्सुम्याई अहा ! कस्तो सफा विच्छौना, हातको मयल पनि सर्ला जस्तो कति नरम औ कति मनोरम खोपीभित्रको शैय्या जस्तो ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कारिन्दा

~भैरब अर्याल~ उठ् पुछ् खा चुठ् दुगुर्–दुगुर् स्वाँ–स्वाँ बस् धस् हस् हजुर लुखुर–लुखुर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : वैशाख चतुर्दशीकी चाँदनीसँग

~लक्ष्मीप्रसाद देवकोटा~ “हिम-स्तनी ए ! हिउँमा टेकी, किन आ’की ?” “दिवस-ज्वरको ज्वलनको आगो निभा’की ! ”

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो प्यारो ओखलढुंगा

~युग कवी सिद्दीचरण श्रेष्ठ~ जब म चढेर भावको डुंगा सयर गर्छु स्मृतिको प्रिय गंगा स्वप्न गगनबाट सुशीतल जल सुख-स्मृतिको बर्सिन्छ रिमझिम मेरो प्यारो ओखलढुंगा !

Posted in कविता, नेपाली गीत | Tagged | Leave a comment

कविता : आन्दोलन

~पारिजात~ चुँडालेर बन्धनबाट आँप, बेल र पीपलको पातहरूका एउटी विवश बेहुलीको चाहना जस्तो उम्कन नसक्ने होइन मुक्ति पर्यावरण नमिलेको माटोमा फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति

Posted in कविता | Tagged | Leave a comment

कविता : जूनी काट्नु एउटा बाजी

~पारिजात~ धमिरा लागेको धरतीमाथि उभिएर माटोको माया ? एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति म कसरी व्यक्त गरुँ ? मैले जमिन नखोजेको विरोध

Posted in कविता | Tagged | Leave a comment