Category Archives: नेपाली काव्य

Poetry

कविता : गुहार बुद्ध गुहार

~बिमल गौतम~ मुर्ति बिरोधि तिम्रै मुर्तिहरुले गल्लि गल्लि ढाकिसके शान्ति प्रिय नेपाली आँखाहरु बाटो हेर्दै थाकिसके मौलिक हक र अधिकारहरु नावातामे भएर ढलिसके सह अस्तित्व, सहकार्य र सहमति पत्कर सरि जलिसके नेपाली जनताले शान्ति पाउनु पर्छ हो बुद्ध तिमि फेरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनका मूल्यहरू

~भवानी पौडेल~ जीवन अस्ताउँछ अस्ताउँदैनन् जीवनका मूल्यहरू जीवन ढल्दछ ढल्दैनन् जीवनका रंगहरू फूल झर्दछ झर्दैनन् फूलका सुवासहरू फूल मर्दछ मर्दैनन् फूलका सौन्दर्यहरू हिम बग्दछ बग्दैनन् हिमालका शिखरहरू धुवाँ उड्दछ

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो प्रवास

~दुर्गा खनाल~ दिनभर तातो घाममा काम राति खोर जस्तो बासस्थान हरेक हप्ताको बिहिबार साँझ खोज्छौ तास र रक्सी कहाँ छ ४ सयको कमाइमा ४ हजारको गफ ४ सयकै लागि बग्छन पसिना तपतप

Posted in कविता | Tagged | Leave a comment

गजल : क्रान्ती फलोस् देशैभरी

~लालकाजी श्रेष्ठ “कमल”~ यही गजलको जन्म सँगै आँधी चलोस् देशैभरी, राष्ट्रघाती बिरुद्धमा राँको बलोस् देशैभरी, अरबौँका भत्ता कुम्ल्याई सम्बिधाननै नतुर्‍याउने, लज्जाहिन बेशरमका मियो ढलोस् देशैभरी ,

Posted in गजल | Tagged | Leave a comment

छोक : हाँस्दै भन्छ कोपिला

~अनुराधा थापा~ हाँस्दै भन्छ कोपिला फूल भई फुल्न देऊ शिक्षाको न्यानो घामले यताउता डुल्न देऊ । शीतल जून-ताराको साथी भई भुल्ने छौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्धकारको यात्री

~पुरुषोत्तम दाहाल~ पेट खाली थियो तर खाने केही थिएन आज थाल भरी छ खाना अरुचिले अघाएको छु, भोक हराएको छ । परिवार बसाउन घरबास खोज्दाखोज्दै सबै क्षणहरू, समयहरू, दिनहरू कटे, अहिले परिवार बसेको छ, उमेर घटेको छ आयु आफैँ किनारा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म ओइलाएको कोपिला

~लालकाजी श्रेष्ठ “कमल”~ नटिप हेर कसैले मलाई म त ओइलाई झरेको फूल हुँ मेरो कर्म यस्तै छ,मर्म नलेउ सिर्जनाको एक महाभुल हुँ कुनै फूलमा बस्न पाउछौ भने नाशम्झ मलाई म त्यसतै छु मेरो त गन्ध आउछ,दुसित बनाउला

Posted in कविता | Tagged | Leave a comment

कविता : एकबारको यो जीवन निस्वार्थ जीएर त हेर!

~रिता राई~ अरुलाई प्रकाश छर्ने अनि आँफै जल्ने उदार मैन बत्ती झै पग्लिएर त हेर पवित्रआत्माको शिखर भएर हिमाल झै सधै अग्लिएर त हेर। जीवन बचाउन मात्र जीऊनेहरु हो ! अनर्थ स्वर्थी मायाको नसा पीऊनेहरु हो ! कोमल हृदयमा धोकारुपी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो सन्देश तिमीलाई।।।

~रिता राई~ नसोध मालीलाई फुलको मुल्य कती हो? भनेर, सोध बरु सुनगाभालाई आँधीबेरी र खडेरी सहेर पहारामा मुस्कुराऊनाले कति प्रशांसनिया बनिन्छ भनेर। नत्याग आफ्नो देशलाई बिदेशमा गई सुख, शान्ती र सम्रिदी पाइन्छ भनेर,

Posted in कविता | Tagged | Leave a comment

कविता : मरीगाको आमा संम्झेर

~गोपाल मगर~ थाहा छ,तिमी छैनौँ यहाँ थाहा छ, तिम्रो आत्मा पनि छैन यो देशमा तर,बाटो छेऊ तिम्रो नामको कपुरखान छ । महान सहिद लेखेको तिम्रो नामको चौतारो छ बाटोमा । हावा भइगयौ की ? पानी भइगयौ की ? चरा भएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीन्दगी

~कविता नेपाल ‘असफल अबोध’ ~ सहि बाटो हिड्ने क्रममा अन्धकारमा हराएकी छु । बाहिर जति शान्त भए पनि ु भित्र बेदनाले कराएकी छु हाँसोको सुवास छर्दा–छर्दै अनायसमा रोएकी छुु जीवन सजाउँ भन्दा भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्यक बिचिन्तनाको मनमाधुर्यता

~रमेश कंडेल~ सौन्द्रर्य चेतनका अवशेष मन माधुर्यताका बशमा उष्णताका छालहरु अधैर्यता अनि अर्थहिन गाम बेशिमा लुकामारी खेल्छ अक्षरहरुको साम्राज्य बन्छ बनाउनु चेतले कल्पेको कुरा तासका महल नबनाउनु ति ढल्दा तिमी सडकमा हुन्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : परिचय

~अपुर्व~ केही पाएको जस्तो केहि हराएको जस्तो, परिचय तिम्रो मलाई बसन्त आए जस्तो । केहि सोचेको जस्तो अनि केही सपना जस्तो, परिचय तिम्रो मलाई जीवन तृष्णा जस्तो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मायाको खेल

~सारा प्रधान~ कसले देख्छ मन जलेको यहाँ कसले देख्छ आखाँ भरी आँशु लुकेको यहाँ जलेको मन लिएर बाच्नु पर्ने यहाँ आशुले भरिएका आखाँ लिएर हास्नु पर्ने यहाँ विश्वास गरुँ कसको यहाँ मनको व्यथा कसको सामु पोखुँ लाग्छ सबै स्वार्थी छन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक आत्मीय साथीको लागि…

~चन्द्र गुरुङ~ चियादोकानहरूमा– पहिलो कपबाट अर्को खाली कपमा आधी जति सार्दै चियाको घूँट घूँट हामी बाँड्छौँ सहृदयता । क्लासरूम,

Posted in कविता | Tagged | Leave a comment

गजल : हाँसूँ म कसोरी?

~अभिमन्यु बस्याल ‘सन्तोष’~ तिम्रो आँशु देखीदेखी दिलखोली हाँसूँ म कसोरी? पिर ब्यथा बुझीबुझी दिलखोली नाचूँ म कसोरी? तिमी हाँस्दा सब हाँस्छन् रूँदा रून्छन् नाता यो गजब्को नाता यस्तो तोडीतोडी नयाँ नाता गाँसूँ म कसोरी?

Posted in गजल | Tagged | Leave a comment

गजल : मनको घाउ बल्झ्यो कि?

~अद्रिश्य~ उदास तिमी किन छौ मनको घाउ बल्झ्यो कि? गहमा आँशु भरेर गलामै शब्द अल्झ्यो कि? दुख्यो कि त मन सारै रोएर तिमी थाकेनौ फुकाउँ भन्दा झनै पो उल्झनहरू उल्झ्यो कि?

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरोमा त जमेर आउँछ

~अद्रिश्य~ खै अरुकोमा कसरी आउँछ दशैं त्या’र मेरोमा त जमेर आउँछ हरसाल लोकल बिजुलीपानीको झट्का बनी रोमरोममा छाउँछ बढी भोल्टेज दिने सिलवाला पिउने पिलाउने बानी छैन क्या मेरो भुन्टेकी आमाले दे’की दुई घुट्कोसँगै मेरो गलाले मालश्री गाउँछ

Posted in गजल | Tagged | Leave a comment

कविता : नया नेपाललाई शुभ-कामना

~सुवेश घिमिरे~ फैलोस्‌ लोक भरी सुवाष अब ता नेपालको मग् – मग, मौलाएर बढोस् ‌ धरा अब सदा सद्‍मार्गमा पल्‌ – पल, नांगा प्रस्‍तरमा, मधेश, हिमका अग्ला चुली, शैलमा, नेपाली पसिना फुलोस्‌ अब सदा पाखा पखेरा महाँ ॥

Posted in कविता | Tagged | Leave a comment

कविता : भागवण्डा

~रमेश पल्लव~ बैठक बस छलफल गर ताल बेतालका क्ररा गर कुनै निष्कर्ष ननिकाल झगडा गर लुछाचुँडि गर आफ्नै मात्र स्वार्थका कुरा गर जनताका विश्वासमाथि घात गर देशको भविष्यमाथि बलात्कार गर आफू पनि नगर अरुलाई पनि गर्न नदेऊ बनाउन त परै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमको प्याला

~बिनोद खड्का~ प्रेमको प्याला बोकी तिम्रै ढोका धाएँ बदलामा तिरष्कारको तीतो जवाफ पाएँ। निष्ठूरी तिमी जस्तो अर्को मैले देेखिन मेरो माया यस्तो होला कहिल्यै सोचिन।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको माटो

~सुनिता गिरी~ आहा! कति मलिलो छ मेरो देशको माटो लालीगुरास फक्रीएर सजिएको पाटो बिहानीको झिसमीसेमा झोला बोकी आएँ प्रदेशको यो जिन्दगीमा आफु एक्लो पाएँ डँाडापाखा हरियाली गाँउघरको मायाँ छाती भरी छल्किरह्यो हिमालको छायँा लुटुपुटु खेल्ने आगन कस्तो भयो होला गोठमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~चन्द्र राइ ‘आकाश’~ सधैंं झैं आजकाल झनै उदास नीरशताले लुटेको खुशी समयले लुटेको आशा वर्षौ–वर्षदेखिका सपना र विपना ताजै छ ।

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : नयाँ बिहानी

~मनु लोहोरुङ राई~ नयाँ साल उमंगको,नयाँ बिहानी यो आज देखि शुरु होस्,मिठो कहानी यो हामी सबै मिली रोपौं गुलाफको बिज

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : आवाज दबाउन खोज्ने

~राकेश कार्की~ आवाज दबाउन खोज्ने, हत्यारा गोली हेर आखिर सकेन छेड्न लोकतन्त्रको बोली हेर खहरे भइ सुके पनि बाढी आइ उर्ले पनि आखिर सकेन मोड्न आंशू रगतको खोली हेर

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको फूलबारी

~राजेन्द्र~ यो माया ममताले सिंचिएको, उत्साह उमङ्गले रमाईलो वातावरणमा रहेको, यो मनको सुन्दर फूलवारीमा, तिमी कोपिला भए फक्रिने छौ । फूल तिमी सूर्यमुखी, संधै सूर्यसंगै मुस्कुराउछौ, त्यो तिम्रो चोखो मुस्कानलाई चुम्न भनी, सूर्य सधै विहानीमा उदाईरहनेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यतिबेला मेरो देश र मनहरु

~केशर थुलुङ~ चैतका दिनहरु झैं फुङ्ग उडेका मनहरु पनि यतिबेला, सङ्कल्पित छन् उच्छ्वसित देखिन्छन् सुनाखरी, लालुपाते र लालीगुराँस झैं मनहरु मात्र होइनन् सिङ्गो मेरो राष्ट्र/देश

Posted in कविता | Tagged | Leave a comment

गजल : आज कता गयो

~महेन्द्र बिक्रम कुंवर~ तिम्रो मेरो नाता सब आज कता गयो जिवन भरी साथ दिने बांचा कता गयो =१= जन्मौ जन्मको कुरा गर्थ्यौ आज छाडी गयौ हामी बिचका खुशी सब आज कता गयो

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी सिक्

~महेन्द्र बिक्रम कुंवर~ स्वार्थी मात्र हैन तिमी सहयोगी बन्न सिक् एक अर्काको दुखमा पिडाहरु भुझ्न सिक् संघर्षा गर्न सिक तिमी परी श्रमी बन्न सिक् सुखमा मात्र हैन दुखमा हासेर बाच्न सिक

Posted in कविता | Tagged | Leave a comment

कविता : रूपान्तरण

~हरिमाया भेटवाल~ भृत्युसँगको जम्काभेटले म बदलिएकी छु मैले देखेँ कुइरोले आत्माहत्या गर्दै तल झरेर पानी बनेको पानीले आत्महत्या गर्दै आकाशिएर कुइरो बनेको आहा … ! कति आनन्ददायी रूपान्तरण प्रकृतिसँग प्रकृतिको

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी लेखौ प्रेम कविता …….?

~हरिमाया भेटवाल~ तिमी प्रेम कविता लेख भन्छौ मलाई .. आफ्नै पहिचान पत्तो नपाई को हो ! को हो भन्दै उडेको कोयेली चरो झैँ पंख फिजाउन खोज्दा आकाशमा….. म ठोकीनेगर्छु पर्खालमा अनि पछारिन्छु आफ्नै आगनमा हो त्यो बेला म कसरि लेखौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मनमाया को सपना !!!

~हरिमाया भेटवाल~ तप्किए झैँ बलेसीमा सीत को थोपा किन तप्प तप्प झर्छ होला मनमायाका स साना सपनाहरु ………..? उसैको आखा अगी , पानी जमिनमा भिज्छ माटोको प्यास बुज्छ.. मनमाया तिर्खाउछे हिजो पल्लोघरको सुबेदी बाजेले भनेको सम्झन्छे उ …

Posted in कविता | Tagged | Leave a comment