Category Archives: नेपाली काव्य

Poetry

गजल : मनपराएँ

~कृष्ण प्र. पाण्डे~ पैले , हिजो , आज सदा मनपराएँ त्यताबाट चल्ने हावा मनपराएँ इन्कारको तिम्रो कला मनपराएँ प्यार , प्यारो नै भो घ्रिणा मनपराएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवनको शुन्यता !

~अप्सना अधिकारी~ भुकम्पको झट्काबाट, बँचेको छ जिवन तर, सबै आशाका लहराहरू चुटिएकाछन् रूखबाट सुकी झर्ने पातझैँ अनि, मेरा सपना? सपना लडेका छन् धरहराझैँ, सायद, अब कहिले नउभिने गरी!

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको झण्डा

~बिष्णु सुवेदी ‘दोलखे’~ सुनसान रात चिर्दै भीरको बाटो उकालो–उकालो खुइय गर्दै म थुम्की निस्केको छु ! लामो जङ्घार तरेर काँढै काँढाको यो बस्तीमा अलिकता उज्यालो पर्खेको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : के राम बिहारी अनागरिक हो

~प्रमित आचार्य ‘लिबाङी’~ आज राम बिहारी मौन छ,जिबनको उत्तरार्ध तिर आएर खोतली रहेछ आफ्नो जिबनको बहीखाता जहाँ उ केवल भेटि रहेछ घाटा र नोक्सान का खातहरु आज राम बिहारी मौन छ,आज उ थकित छ, अनुहारमा निराशा छ सुकेका नशामा जेनतेन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : संघीयता चाहिंदैन

~गिरीप्रसाद बुढा~ हामीलाई दुःख बिछ्याएर सपना देख्न मिल्ने एक एक वटा झुप्रो चाहिन्छ हामीलाई निष्पि्कक्री भएर टेक्न मिल्ने आफ्नै स्वामित्वको आँगन चाहिन्छ हामीलाई आागनमा जीवन लुटिने रीति चाहिँदैन हामीलाई राष्ट्रियता खरानी पार्ने सङ्घीयता चाहिँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा किसान बा

~प्रवीण बानियाँ~ उनी धानको बिरुवासँगै जिन्दगी रोप्छन् रोप्छन् हरिया सपनाहरू पसिनाले हो कि पानीले भिजाउँछन् पहाडी खेतको छाती !

Posted in कविता | Tagged | Leave a comment

कविता : कैयौँ पटक

~श्रीबाबु कार्की ‘उदास’~ कैयौँपटक, एकै दिनमा कैयौँ पटक मेरो पकेट मारियो म निरास एवम् हतास भएँ । कहिले झोलाबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कविताको अन्तिम पृष्ठ

~राजेश्वर कार्की~ हामी छिया-छियामा विभक्त भएर अनेकौँ भूगोल बाँच्यौँ कतै कातर भएर बाँच्यौँ त कतै बहादुर भएर कहिले सीमातीत घृणामा बाँच्यौँ त कतै क्षणभरको प्रेममा बाँच्यौँ प्रेमको एउटै महासागर भएर त कुन भूगोलमा हामी बाँच्यौँ र !

Posted in कविता | Tagged | Leave a comment

कविता : पीपलबोटे पण्डित

~रमेश पौडेल~ गन्हाएको मोजामा अत्तर छर्केर जुत्ता खोले- टिलिक्क टल्किनुपर्छ अनुहार ! धर्मयुग पल्टाउँदै गैँडा मार्का सल्काए लामो सर्को ताने, फुके- घुमिरह्यो चुरोटको धूवाँ पीपलबोट वरिपरि ! खुट्टा छिराए र, निहुरिएर हेरे आफ्नै अनुहार !

Posted in कविता | Tagged | Leave a comment

कविता : कोटकोट्याँस ट्याँस

~उषा हमाल~ हि्वस्कीको बोतलको बिर्कोमा विमोचित हुन्छ कविता र हुन्छ, कविताको लोकार्पण होटल र ब्याङ्केटका रंगीन साँझहरूमा । चियर्समा वाचन हुन्छ कविता र, गरिबी र हिंसाको संवेदनामाथि लेखिएका कविताका ध्वनिहरू सुनिरहेका हुन्छन् वेटरहरू उठाउँदै जुठा प्लेेट र रित्ता बोतलहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म नारी

~भरत बागलुङे~ म नारी पुरुषहरूकी कमारी जीवन भन्नुको अर्थ यद्यपी हैन भने म हारि रहेछु युग–युग भरी । आउ लोग्ने मान्छेहरू म बैंश पोखेर नाङ्गा सडकहरूमा सर्वाङ्ग उत्तानो परिदिन्छु अनियन्त्रित भोग मलाई म दुखे पनि नदुखे झैँ सहीदिन्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कामरेडको मनुस्मृती

~निभा शाह~ आमा सती पठाउने गाइलाई माता बनाउने यहि हो मनुवाद ।। यो मनुवादका बिरुध्द हतियार नउठाउने अछुतहरुको साहदत हुँदैन बध हुन्छ ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : समयसँगको संवाद

~गोपीकृष्ण प्रसाईं~ समयसँगको संवाद यो शून्य समय मैले छातीभरि सजाएको मायागरि मुटुभरि अड्याएको बाहिरका पालुवाहरुसंगै वयली खेल्छ मलाई म्वाई खाएर झंकृत पार्छ माया धेरै भएर छायाँसंगै आए यो धरती संगका अनौंठा नाताहरु समयसंग यसरी प्रान्जल भएर निक्ले यक्ष प्रश्नहरु प्रश्नहरुसंगै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : रङ्गिन दुनियाँ

~जे पि दाहाल~ सोचदा सोच्छै दिन गए,रुदा रुँदै रात किनाराम भिद्या कहाँ पाइन्थ्यो साथ सिरानीका तस्वीरमा रोधनले छेएँ मनद मनद आशामा लुवालोले छोपेँ

Posted in गजल | Tagged | Leave a comment

कविता : आँपको रुख

~राजन मुकारुङ~ दस वर्षअघि अन्तिम पल्ट ढोगेथेँ यो आँपको रुखलाई मेरो डाइले भन्नुहुन्थ्यो– यो उम्रिएकै साल म पनि जन्मेको अरे ! यही आँपको रुखमुनि म केही क्षण सुस्ताउथेँ शीतल ताप्थेँ र परपरसम्म हेर्थेँ यो फराकिलो मैदान यी खेतका गराहरु सोच्थेँ– … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खरानीको थुप्रो

~राजकुमार बगर~ जिन्दगीको परिभाषा भत्केर बेअर्थ बाँचेको छु हिरोसिमाझैँ मलाई छुँदा तिम्रो खुसीको मस्र्याङ्दी सुक्छ भने भैगो मलाई नछोऊ भुन्टी, भैगो मलाई छुँदै नछोऊ आँखाबाट बगिरहेको अनगिन्ती पीडा देखेर बिचरा भन्नेहरू धेरै भेटेँ सहानुभूति पग्लेर बैसाखी बन्छु भन्नेहरू पनि भेटेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी शहरमा र म गाँउमा

~ओनिक अज्ञात~ तिमी शहरमा म गाँउमा फरक यति छ तिम्रो आयु छोटिदै छ तर, मेरो बढ्दै तिमी पिजा र बर्गर खान्छौ म सिस्नु र साँग फरक यति छ तिमी रोगी भई रहन्छौ तर, म तन्दुरूस्त र स्वस्थ्य

Posted in कविता | Tagged | Leave a comment

कविता : भूकम्प

~सारदा पाठक~ हेलो आयो आयो रे आजभोलि जति खबर आउछ भुकम्पको आउछ पराकम्पनको आउछ गणतन्त्र दिवशको दिन पाँच चोटी सलामी आउछ हेलो आयो आयो रे आज भोलि जताततै भुकम्प छ पिउने पानीमा भुकम्प खाने दाल चामलमा भुकम्प

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रमभंगता

~विजय याेजीत~ अचेल मान्छेहरु हिंडेजस्तो गरेर दौडिएजस्तो गरेर अनि उडेजस्तो गरेर त्यहीं छन् त्यहीं पुगेका छन् र त्यहीं झरेका छन् ! सहरेहरुले बगरेहरुलाई फुकेका अफवाहहरुमा सेतीको बगरमा हथौडा छोडेर

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनर्निमाणका लागि

~पुरु लम्साल~ म तिम्रो घरको जग खन्छु तिमी मेरो घरको गाह्रो लगाऊ यो पुनर्निर्माणको बेला हो आऊ, हामी मिलेर बनाउँ हाम्रो घर म तिम्रो घरको झ्याल बनाउछु तिमी मेरो घरको छानो लगाऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : लाभाहरुको जन्म

~खगेन्द्र पन्धक लिम्बू~ कुनै नानी रुन्छ र, कि मेरो छाती चर्किन्छ कि धर्ती हल्लिन्छ पहाडको गर्भे पेटमा कान टाँसेर सुन्दैछु– लाभाहरुको जन्म हुँदैछ चिराइतोको पात चपाउदै समय गुराँसका थुँगाहरुमा बसाइँ सर्दैछ अँगेरीको नश्लसँग अब कुनै बिखुमा आक्रोशित हुने छैनन् । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँचालो

~मीनराज ‘बसन्त’~ उसले कसैलाई गराएन जानकारी आउछु भनेर केहिले अनुमान मात्रै लगाएका हुन् ऊ जुनसुकै बेलापनि अतिथि बनेर आउन सक्छ अझैपनि चिन्दैनथे कतिपयले उसलाई कहाँ थाहा थियो उसको स्वभाव, गुण–अवगुण तर यति जरुर थियो कि

Posted in कविता | Tagged | Leave a comment

छोक : आज नि धक्का दियो रे !

~जीवन देवान ‘गाउँले’~ अस्ति कैले चर्काएर मुसा मार्ने साँचो जस्तो धराप भा’छ रे घर हामी त ‘बाँच्दुङना’ होला आमा भन्नु हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म, मेरो छोरा र पश्यताप

~देश सुब्बा~ मेरो छोरा स्कूलबाट आयो शिक्षकले सजाय दिएको सुनायो र सम्झी सम्झी आँसु बगायो… त्यसले चिर्यो छाती म दुःखिरहे उसको घाउलाई मायाले मुसारिरहें ममताको रेखा कहाँ टुङ्गीन्छ सोचें जब यो हिँड्छ, शीत पर्छ छातीमा आँखामा वर्ष्षा हुन्छ कतिपय उसको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चियाको बुट्टा – म

~कविता राई ‘गाउँले’~ प्रिय ,… तिम्रो केवल एक नजरले बर्षौ बाचेकीछु- म । सधै-सधैं एउटै जिन्दगी बाँच्नुको पीडा बाँच्नेलाई मात्र थाहा हुन्छ प्रिय , ठुट्टीएर पनि बुट्टा बाँच्नु पर्ने – मेरो बाध्यता आकाश छुने रहर भएर पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँदर, मदारी र हामी

~गोविन्द रावत~ अनारकली… रामकली… या यस्तै कुनै ‘कली’ नाम पाएकी बाँदर्नीले पहिरिएर दुरुस्त मान्छेको लुगा नाच्छे– डिमिडिमि, डिमिडिमि, डिमिडिमि डमरूको तालमा । त्यस्तै, धर्मेन्दर…

Posted in कविता | Tagged | Leave a comment

गजल : सुकेको छ देश

~घमराज लुइँटेल~ सागर थियो कुलो बनी सुकेको छ देश नेपालीकै मुटुभित्र दुखेको छ देश ढुङ्गो-माटो देखाउँदै नेपाल भन्छन् कोही यथार्थमा लजाएर लुकेको छ देश

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : काँडाले घोच्छन्

~सुजन बैरागी~ फूल देखाई काँडाले घोच्छन् भन्ने के थाहा आफन्तले नै पराया सोच्छन् भन्ने के थाहा

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तलमाथि हुन्छ जीवन

~राम कृष्ण आचार्य~ ब्यस्तता र सुस्तताले तलमाथि हुन्छ जीवन।। इष्ट सम्झी हाँसी कहीँ मजबुरीले रुन्छ जीवन।। लक्ष्य अनि उद्देश्यका पहाडहरु माँझ हुँदा, उत्ताउलो मनको कुरा सधैं सधैं सुन्छ जीवन।।

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रिय नेपाल बन्दैछ लाक्ष्यागृह कसो गरुँ ?

~पुरुषोत्तम दाहाल~ प्रिय नेपाल बन्दैछ लाक्ष्यागृह कसो गरूँ ? शकुनी सोचका पासा भिल्लका हातमा चरु बाल सन्ततिका साथ आमा कुन्ती निरीह छिन् । जनता जल्न खोज्दैछन् खरानी हुन के गरूँ ? लोक पूर्व दगुर्दै छ तन्त्र दक्षिण पश्चिम हिमाली काख … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जसोतसो जिउने मान्छे

~राजकुमार बास्तोला~ अनिश्चितताले रुमलिएको जीवन बाधाहरूले भरिएको बाटो जिउनेको जीवन छैन हाँस्नेको मन छैन आशा छ, पूरा हुने सपना छैन र पनि हाँसेको छ जसोतसो जिउने मान्छे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा सपनाको पछाडि

~नवीन रायमाझी~ एउटा सपनाको पछाडि दौडिरहेको छु के थाहा ? यो सपना पूरा हुन्छ कि हुँदैन सपना फुल्छ कि फुल्दैन ? तैपनि, एउटा आशाको दियो बालेर निरन्तर दौडिरहेको छु निरन्तर पदचाप बनाइरहेछु ।

Posted in कविता | Tagged | Leave a comment