Category Archives: नेपाली काव्य

Poetry

कविता : हरिया झिंगाहरु

~निश्चल काउचा~ सुन्दर शान्त नेपाल कुनै दिन थियो होला आजकल सधैंको कचिंगल हरिया झिंगाहरुको बेमौसमी समागम छुट्टाउन गार्हो भो ईस्त्रिलिंग की पुलिंग

Posted in कविता | Tagged | Leave a comment

कविता : मोदनाथ प्रश्रीतको भाषण

~बिमल गुरुङ~ नेपाली टोपी पुरानो ज्याकेट फ्याङ्ल्याङ सुरुवाल छालाको कालो जुत्ता खाइलाग्दो शरिर होचो कदको मान्छे तर बिचार अग्लो । चिच्याउँदैनन् उनी

Posted in कविता | Tagged | Leave a comment

गजल : गुराँस छ

~रवि प्राञ्जल~ आँखाभरि गुराँस छ छातीभरि पलाँस छ । कस्को हो पदचाप यो ? फूललाई त्रास छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : विकाश तिमी आऊ

~कुन्दन काफ्ले~ विकाश तिमी आऊ पानीको फोहरा बनेर सुखः, शान्ति र समृद्धिको लागि मोहरा बनेर विभेद र विसंगतिलाई किच्ने लोहोरा बनेर अनिकाल र अभावलाई थिच्ने पहरा बनेर तिमी आऊ जन–मनको भेष अनि भाषा बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : उहिले र अहिले

~टंक सम्वाहाम्फे~ उहिले त्यस्तो थिएन अमनचयन थियो न्याय निशाफ थियो जीवनको मुल्य थियो त्यसैले अघाउन्जेल हास्न पाइन्थ्यो कुनै व्यवधान थिएन बाचुन्जेल जिवन जीउन पाईन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : विचारका प्लेटहरु

~प्रकाश सुनुवार ‘निराकार’~ मान्छेहरुको भिड थियो भिडमा मान्छेहरु हराएका थिए त्यहि भिडवाट अस्पष्ट आवाजहरु आइरहेका थिए कोहि भन्दै थिए अधिनायकवाद माथि बिजय हासिल गर्नु छ कोहि भन्दै थिए स्वतन्त्रताको शुरुवात गर्नु छ कोहि भन्दै थिए एकल विरासतलाई परास्त गर्नु छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्द् बन्न नसक्ने सिद्दार्थ गौतम

~प्रणिका कोयु~ विरक्तिएर घर छोडेको सिद्दार्थ गौतम वर्षौंपछि बुद्द बने र एकदिन आफ्नै आँगन आए यशोधराले भिक्षा दिइन् क्षमा दिइनन् बुद्दत्वको उत्तर दिने बुद्द निरूत्तर फर्के विरक्तिएर नै मैले नि देश छोडें वैरागिएको मन नौलो ठाउँमा फकिन्छ कि भनेर नयाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मेरी मृत्तिका

~हुसैन खाँ~ छन्द : पाचचामर मृत्तिका देशको चुम्न पाऊँ सधैँ राष्ट्रकै मट्टिमा रम्न पाऊँ सधैँ । मृत्तिकाले दिइन् रत्नझैँ जिन्दगी सम्झनामा रहून् यी पला औ घडी ॥ ओममा शान्तिकी छ्यौ किनारा तिमी सत्यमा जीतकी सत्य नारा तिमी ।

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : टाङ्टाङ् टुङ्टुङ्, भाङ्भाङ् भुङ्भुङ्

~सिद्धिचरण श्रेष्ठ~ (१) चन्दागिरिमा ढाक्रे हिंड्छन् । यू.एन्.ओ. मा वहस छ छिन् छिन् । पाटन गाउँछ दिनभर टुङ्टुङ् । भारी खोल्दछ सँगा भांज्याङ् । (२) भटमास मकै गुन्द्रुक सीतन । जल्छ चितामा हरहर भृतजन । बोकी यात्री हिंड्दछ रेल । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भुतुचा

~भवानी भिक्षु~ जन्म, जीवन सम्झनाको मार्गले ‘जीवनी’ उत्री रहेछ आज यस मेरो व्यथामा । सेती ‘भुतुचा’ कलिली, राम्री, रक्त रातो आङमा उम्ली रहन्छ; त्यहाँ छ रमणीत्व बन्दी मौनतामा, तैपनि, झल्की रहन्छ; वेगमय पुरुषत्व, पौरुषयुक्त नरताको गरम उच्छ्वासमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सान्ध्य गीत

~माधवप्रसाद घिमिरे~ झुक हे सन्ध्या ! अलसी काला परेला ढालेर उज्ज्वल शुक्र ताराको फूल केशमा हालेर रङ्ग र रुप मेटिद्यौ सारा वन र पाखामा दौड र धूप रोकिद्यौ सारा भोलिको भाकामा दुःखको भारी विसाइ देऊ सुस्केरा हालेर झुक हे सन्ध्या … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यान्त्रिकता

~विजय मल्ल~ सडक-सडक, होटल-होटलमा कागजका कोरा पर्चाहरूमा केही लेखिएजस्तो, केही कोरिएजस्तो यन्त्रमानव

Posted in कविता | Tagged | Leave a comment

कविता : रिँगटा

~सैलेन्द्र साकार~ रामायण, महाभारतका सम्पूर्ण ठेलीहरू बाइबल, कुरान र पुराणका थाकहरू ज्ञानविज्ञान किरिङमिरिङ करोडौँ अक्षरहरू मानवसभ्यताका लाखौँ हारजितका कथाहरू औषधीशास्त्र, नियमकानुनका थुप्रै पुस्तकहरू फटाफट–फटाफट कसले पल्टाइरहेछ मलाई रिँगटा लागिरहेछ । आँखाले नभ्याइँदा लाखौँ चीलहरू उडिरहेछन् छानामाथि

Posted in कविता | Tagged | Leave a comment

कविता : जब मानवताको मूल्य छ बिक्री कौडीमा !!

~कुलमणि देवकोटा~ ईश्र्वर-प्राप्ति हुँदैन रे, जब मानवताको मूल्य छ बिक्री कौडीमा ! मानव जड रे ! जो घृणित लांछना लांछित जगतीका गल्ली गल्लीमा, रुन्छन्, मुर्दा हाँसो झिक्छन् भोक खटाउन, ती मानिस हैनन्, ईश्र्वर हुन् ईश्र्वर साक्षात् ! जन्मदिंत, शोषित, पीडित, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्म दिन

~अशोक ‘खलानको मान्छे’~ संगै हुँदा बिर्शियको छुटियर संझियको जन्म दिन हो रे आज आकाश को जुन को संगै हुँदा…

Posted in कविता | Tagged | Leave a comment

गजल : बयान भएन अरे

~रिता खड्का ‘त्रिलता’~ मैले लेख्ने शब्द शब्दमा उनको बयान भएन अरे बिहान बेलुका भर पर्ने, नुनको बयान भएन अरे यस्तै यस्तै गुनासो आउन, थाल्यो है हिजो आज सधैँ जुन सँगै बसेर नि, जुनको बयान भएन अरे

Posted in गजल | Tagged | Leave a comment

गजल : निस्ठुरी तिमी

~मन्जील दिप सुब्बा ‘गरिब’~ आधा बाटोमै छोडीजाने निस्ठुरी तिमी मुटुभरी चोट दिने पापीनी तिमी आफ्नो हृदयभित्रै मारेर मलाई प्रेमको हत्या गर्ने अपराधी तिमी

Posted in गजल | Tagged | Leave a comment

गजल : झरे जस्तै लाग्यो

~डि. पि. खकुरेल~ अचम्म भो यहाँ जुन झरे जस्तै लाग्यो अन्त हैन मेरै काख्-मा परे जस्तै लाग्यो हिजो अस्ति बोलाउँदा झर्किएर हिड्थी च्याखुरिले आज माया गरे जस्तै लाग्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : मैले मन पराउन नसकेको मान्छे

~प्रमोद अधिकारी~ जब देखें तिमीलाई भेटे देखी तिमीलाई छाल उठे कतै मनभित्र उछिल्लिए भाबहरु उठिरहुँ भएन बसिरहुँ मन मानेन । रंगिन सपनिले रातहरु मस्तीमा बिते ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दलहरुका कुरा

~निर्मला अवस्थी~ कांग्रेसीको बानी त्यस्तै बसी कुरा काट्ने मात्र काम केही गर्ने होइनन् ठूला भाषण छाँट्ने मात्र।। आफ्नो हुती केही छैन अरुसंग ठ्याक्क मिली कहिले यता कहिले उता एमाले चै चाट्ने मात्र।।

Posted in कविता | Tagged | Leave a comment

गजल : टाउको दुख्न थालेको छ ?

~सोम खनाल~ किन अचेल धेरै टाउको दुख्न थालेको छ ? बिना सित्ति ओठ-तालु सुक्न थालेको छ । कर्म के हो, लक्ष केहो, बिर्षिएको जस्तो अकर्मण्य हुंदा शीर झुक्न थालेको छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : लाग्छ किन ?

~जीवराज बुढाथोकी~ तनमा आगो, लाग्छ किन ? पानीको प्यास, जाग्छ किन ?? पाइन्न कतै, खोजी उत्तर्, तैपनि आत्मा, माग्छ किन ??

Posted in गजल | Tagged | Leave a comment

कविता : सृष्टिसौन्दर्य

~फणीन्द्र नेपाल~ पहेँला किरणहरू अट्टालिकामा पोतेर जब पल्टन्छ निस्तेज सूर्य हिमालका छाती र शिरहरूमा गेरु रङले धरतीको सम्पूर्ण शरीर शिथिल पार्छ र धरती बिरामी पर्छ शान्ति सुदूर क्षितिजको गोरेटामा सुस्ताउँछ झ्याउँकीरीका प्रार्थनाहरू पहाडबाट ब्युँझेर चट्टानमा विलीन हुन्छन् गोधूलि समयमाथि खसेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आहालमुनिको हिमाल

~मञ्जुल~ तिमी यति सानो आहालमा सुतिरहेको देखेर माया लाग्यो तिमी त आकाशको विशालतामा सुत्नुपर्ने तिमी तल–तल नुहेको देखेर दुःख लाग्यो

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : तिहार आउँदा र भाई नहुँदा

~प्रेम प्रसाद पौडेल~ छन्द : शार्दूलवीक्रीडित बालीए झलमल्ल दीप जगतै गरी उज्यालो तर भाई नै नहुँदा परी विरहमा साह्रै अँध्यारो घर । भैलीनीहरु आउँछन् नजिकमा मै रुन्छु छाती पिटी मैले लौ मन यो बुझाउँ कसरी बुझ्दैन सीतीमिति ।। १ छेवै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मृत्यु पचपन्न

~मञ्जुल~ बिउँझिने र हिँड्ने मात्र होइन ऊ मसँग सुत्छ पनि अरु कसैले नसुन्ने, थाहा नपाउने भाषामा बोल्छ पनि उसले मसँग कुरा गरेपछि म रङलाई मात्र होइन रङको रङलाई पनि देख्छु स्वादलाई मात्र होइन म स्वादको स्वादलाई पनि अनुभव गर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : तलब आएपछि

~केडी रेम्नीसीङ~ ए हजुर! – हजुर !! मेरो नयाँ सारी कहिले किन्ने? साथीहरू जागिरेको परिवार भन्छन् । – तलब आएपछि ।। – हेलो ! हेलो छोरा सञ्चै छस् ? – ढोग गरें, बाँचेको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा यस्तो बिहान

~महेश प्रसाईं~ हरेक बिहान यहाँ पहिरो जान्छ हरेक दिउसो यहाँ असङ्ख्य निर्दोषहरूको एउटा शोकगीत मरणासन्न हुन्छ, त्यसैले पहिरो गयो त के भयो जान देऊ, त्यसैले तिम्रो निर्दोषितामा वज्र पर्योर त के भयो पर्न देऊ, कथङ्कदाचित् शोकगीत नगाऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : म गाेली हुँ

~विक्रम पवन~ म गाेली हुँ – मात्र गाेली हुँ म शिरफुल हैन तिम्राे शिरमा सजाउन मिल्ने म फूल हैन तिम्राे काेठामा सजाउन सकिने म लकेट पनि हैन – गलामा नझुन्याउ म त गाेली हुँ – मात्र गाेली हुँ म चाहेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माथि को हुनुहुन्छ ?

~मीनबहादुर विष्ट~ बाहिर छाडा साँडेहरू जुधिरहेछन् संसारकै जग हल्लाइदिने गरी बाहिर काला कागहरू उडिरहेछन् संसारलाई नै अँध्यारो बनाउने गरी यता आगोका लप्काहरू उठिरहेछन् संसारलाई नै डढाइदिने गरी तल कलिला बालक र फूका बोटहरू काँपिरहेछन् संसारमै कोही नभए झैं गरी माथि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रूरको सौन्दर्यप्रेम

~राजव~ बाज पनि मुग्ध छ यो बिहान आफ्ना नङ्ग्राहरू हाँगोमा गाडेर मोहित महसुस गर्दै छ आफ्ना पखेटाका काप–

Posted in कविता | Tagged | Leave a comment

कविता : रगत, आगो र संवेदना

~राजेन्द्र शलभ~ अखबारका पानाहरूबाट उछिट्टिएर रगत मनभित्र जमेछ रगत पखाल्नलाई पानी मनसम्म पुग्दैन र आँसुले रगत पखालिँदैन । हजुरआमाले भात पकाउँदै गरेको आगो कसरी हो उछिट्टिएर देशभरि सल्किएछ

Posted in कविता | Tagged | Leave a comment