Category Archives: कविता

Nepali Poems

कविता : अन्त्यमा

~गण्डकीपुत्र~ सुसेली हाल्दै झंरु तिम्रो स्निग्ध्ताको पवित्र फांटमा गाउँ जङ्गलको आबाज टिपेर गीत फूलको रङ्ग पैचों मागेर चित्र उतारुं तिम्रो आँखाको र शब्दकोष बाट चोरेर सुन्दर शब्दहरु लेखौं तिमीलाई कवितामा । आकाशलाई अलि माथि उचालेर बनाउँ तिम्रो लागि अग्लो घर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सहनाइ

~द्वारिका नेपाल~ घामले हिमालमा सिंदूर छर्न नपाउँदै घामले आँगनमा पाइला टेक्न नपाउँदै चराहरुले उषाको प्रशंसामा गीत गाउन नपाउँदै हरेक बिहान जाग्छ एउटा सपना हरेक बिहान जुरूक्क उठ्छ एक जोर दौरासुरूवाल अर्थात् साइँलो दाइ चिनिएको नाम साइँलो दमाई अनि ऊसँगै उठ्छन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : क्षितिज उघ्रिएको बेला

~घमण्डबहादुर कार्की~ भिन्नताका भुमरीभित्र गाँठैगाँठाहरु मेरो देशको मरणान्त सभालय असरल्ल छरिएका कुरुप बहस दिवास्वप्नाको मध्यनिद्राबाट उठेर क्षितिज उघ्रिएको बेला स्वर्णिम लोकतन्त्रको पारिलो घाममा खाडी र अरब तातो हावामा जलिरहेका वयस्क वसन्तका आँकुराहरु सुनौलो सूर्योदयमा समागम आफ्नै आँगनको ओथारोमा हुनेछन् पुनरागमन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो पनि समवेदना

~यशोदा तिम्सिना~ धेरै वर्षअघि डेराको एउटा कोठामा सँगै बसेर पढेको यार केही पछि बेपत्ता भो । कोही भन्थे, मुग्लान भासियो कोही भन्थे, गाउँ फर्कियो तर, सत्य/तथ्य पत्ता लागेन । म चासो राख्थेँ बरोबर उसका बारेमा कहिलेकाहीँ डेरा भाडा तिर्न नसकेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काव्य, मेरो मित्र

~विमल कोइराला~ मेरा सपनाको उर्वर भूमिमा फूल रोप्दै कहिले छक्काउँदै, कहिले जिल्याउँदै बडो गर्वसाथ टुकुटुकु हिँडिरहन्छ, मलाई छिनभरमै गलाउँछ, एकैछिनमा थकाउँछ मेरो कल्पनाको भावभूमिमा मायाको कडी जोड्दै काव्य – भर्खर टुसाएका दाँत देखाउँदै हाँसिरहन्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा धूर्त बकुल्लो

~चन्द्र गुरुङ~ आँखाहरू बन्द छन् अनुहारभरि फैलिएको छ मौनता … एक खुट्टामा उभिएर ध्यानमग्न छ बकुल्लो । कति शान्त कति सौम्य कति शालीन र, भद्र अनुहार ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दमनको पराकाष्टामा नीरिह कलम!!

~नवीन लामा `सुरेश`~ लेख्दैछस् ? लेखीबस्!! अरु के नै गर्न सक्छस् र ? तेरो स्याही नसकुञ्जेल लेख हुनेवाला केहि होईन आखिर । हिम्मत राखेर लेख तेरो बिरोधमा धेरै हातहरु उठ्दैछन् तँलाई थुचुक्क बसाउँछन् हेर्दै जा । मायाँ प्रेमका कुरा लेख्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनामा रोबोट

~माधव मूल~ हिजोको सपनाले छाडेको छैन मानिसहरू भन्दा रोबोट बढी हाडै हाड कम्प्युटरले काम सम्पन्न गरिरहने छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : एक पक्ष निदाउँदा

~रामकृष्ण सुनुवार आँकाला~ स्वप्नमा आकाशको अर्ध चन्द्रमा ग्वार्लम्मै धर्तीतिर घुँईिकंदा चुक घोप्टिए झैं अँधेरी रातले मस्त निद्रामा आलिङ्गन गर्यो मलाई ऐंठन परेछ क्यारे ! एक्कासी म भौंतारिएर बकबकाउन थालेछु । पानी उस्तै हुन्छ महासागरहरुको लोभि मान्छेले सिमाना लगाउँदछ अँशबण्डा गर्दछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आखिर ऊ जन्मियो

~प्रतिमा के सी~ दशकौंको गर्भाधारण र बर्षौंको प्रसव पीडा सहेर ऊ भर्खर जन्मियो ऊ जन्मेको खुसियालीमा विस्वासको तेल हालेर सहिष्णुताको ज्योति बनाई मनको ढोकामा वत्ती बाल्नु पर्छ आँगन आँगनमा दीपावली गर्नुपर्छ कहालीलाग्दो गर्भाशयबाट अत्यासलाग्दो प्रसव पीडाबाट छोरा जन्मियो या छोरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अपिल: अर्जुनहरूलाई !!

~नारायण रेग्मी~ हे अर्जुनहरू हो ! बन्द कोठामा, आफ्नो महत्वाकांक्षाका खातिर नदिपारीको बस्ति नदेख्ने केहि धृतराष्ट्रहरू प्रदेशको सीमांकन र नामांकनका नाममा बन्धुहरूलाई लडाईरहेछन्, भाईचारा भत्काई रहेछन्, शान्ति र सद्भाव बिथोलीरहेछन्, फगत! आफ्ना आसेपासेको भबिष्य सुरक्षित गर्न।१।

Posted in कविता | Tagged | Leave a comment

छोक : होसियार

~धनबहादुर मगर~ ऐनाहरू छली हुन्छन् भनी ठान्थे म अनुहार पो ढँटुवा हुँदो रहेछ। होसियार चिनारु अपरिचित अनुहारहरूसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : खारापानी र सजायहरूको चेकबुक

~सरस्वती प्रतीक्षा~ स्मृतिहरुको एल्बममा उफ्रीउफ्री नाचिरहेछ–दुःस्वप्न समवेदनाहरुको लस्करमा लुखुरलुखुर हिँडिरहेछ– यहाँको किशोरी घाम हो, यो त्यही उजाड बस्ती हो जहाँ बबण्डरमय बाढीले एकदमै भद्दा चित्र कोरेर गएको थियो कैयन्का ओजस्वी सपनाहरुलाई अजिङ्गरले निलेझैं निलेको थियो प्रकृतिको रौद्ररुपले यहाँको हावामा

Posted in कविता | Tagged | Leave a comment

कविता : ऋतु फर्केपछि

~रञ्जना उदास~ घामले छोएका दिनहरु आँगन र संघारहरुबाट उक्लँदै मेरो जिन्दगी : ऋतु फर्कने प्रतीक्षा गर्छ । गनेर इन्द्रधनुका रंगहरु नाप्न खोज्दै सूर्यका किरणहरु धर्साधर्सी अरु थाुपरिएछन् चेहरामा तैपनि म, बदलिने ऋतुको पर्खाइमा टीकाटिप्पणी गर्ने गर्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बा

~शम्भु दंगाल~ मन लाग्छ… सानो बालक बनुँ अनि समाउँ ‘बा’को हात र मागू आकासको चम्किलो एउटा जुन मन लाग्छ… कतै टाढा ‘बा’सँगै पैदल हिँडू

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना निर्वाण

~दिपा राई पुन~ तिम्रो सपनाको कित्तामा आत्मा ज्योति बलोस साँझ बिहान प्रेमील आस्थाको बिश्वास सार्थक रूपमा फुलोस मनको कामनाको बिस्कुन ढुकढुकीले लेखेको अक्षर तिम्रै नाममा खामबन्दी छ जीवन बग्ने नागबेली किनारमा मेरो पनि रहरको एउटा मुल छ त्यो पनि तिम्रै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन

~कृष्णभुषण बल~ काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सकदैन काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन । नाघ्नुपर्छ पैतालाहरुले अब भन्ज्याङहरु टेक्नुपर्छ आँखाहरुले अब सारा पहाडहरु उड्नुपर्छ निश्चित लक्ष्यहरुमा अब यो छिमलका चराहरु ज्वालामुखीभैंm फुट्नुपर्छ अब यो पिढीका स्वरहरु छाम्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रोइरहेछ मेरो देश

~प्रवीण खड्का~ हिजो जस्तै, बिहानै सूर्य उदायो । दिनहरु निरन्तर बितिरहे घाम र जुन बनेर | समय घुमिनै रह्यो आफ्नै रफ्तारमा। तर,

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यृलाई जितेकी छु

~रिना बम्जन ‘तमाङ’~ शालीन धर्तीमाता जब, अचानक थर्थराउदै काँप्न थाल्छन् अनि सृष्टि र सिर्जना निमेषमै भताभुङ्ग भएर भग्नावशेषमा परिणत हुन्छ र, कायल बन्छ धरमर बाँकी अंशहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाजे यो मादल बजाऊ त …

~धनबहादुर मगर~ त्यो मादल बाजेले बजाउदा मजाले घन्कनथ्यो आज मैले बजाउदा किन रुन्छ हँ सयपत्रीको रंगसंग खेल्दाखेल्दै कहिले पोल्टोबाट हराएछ बोजुको त्यो मिठो मुस्कान अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरलाई सुझाव

~सीमा आभास~ पूर्खाले बनाएका छाना आगो जोरेका अँगेना धान गहुँ फल्ने खेतका आली आँगनदेखि पँधेरासम्म कोरिएका गल्ली जति रिस उठे पनि नभत्काएस् ईश्वर ! ए ईश्वर ! तँलाई पनि थाहा छैन कसले ? किन ? कुन दिन ? कति बजे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : गुरुआमा

~ईश्वर थोकर~ १. भर्खँरै त्यो तिम्रो उज्यालो अनुहार ठम्याउन नसके पनि तिम्रो त्यो माया आमा माया त ठम्याउन सकेँ नि !

Posted in कविता | Tagged | Leave a comment

कविता : तेश्रो कथा

~दाजु गुरुङ~ भ्रममा परे प्रिय ! यो रातो भुण्टेहरुको जुलुसमा यतिका दिनहरु देखि हराईरहेछ्यौ कहाँ खोजौ ? कस्लाई सोधौ ? तर नौलो त होईन यो जुलुस वन्द हडताल धर्ना आगजनी तोड्ने फोड्ने सँस्कार गर्भमा सिकेर गौरान्वित नैै हौली भनेर ढुक्क … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय धरहरा तिमी बिना

~राकेश कार्की~ प्रत्येक चाहनाको आँखामा अल्झिरहन्थ्यो तिम्रो पिरती प्रिय धरहरा तिमी बिना हाय शून्य छ यो धरती हातहरू तिमीलाई सुम्सुमाउदै तिम्रो टुक्रा टुक्रा अङ्ग अङ्ग के स्वदेशी के विदेशी पर्यटक तिमी सबैको मुटुको कुनासङ्ग

Posted in कविता | Tagged | Leave a comment

कविता : नूरलाई अन्तिम प्रेमपत्र

~दीलिप रार्इ सगर~ प्रीय फूल नूर ! म फाँसी चढ्न जाँदैछु तिमीलाई प्रेम गरेको आरोपमा । यो मेरो मृत्युको अन्तिम घडिमा सम्झन्दैछु ती सुनौला दिनहरु/ रँगिला क्षणहरु जो तिमीसित यो अरबको पबित्रभूमिमा बिताएथेँ/ बसेथेँ जो तिमीसंग यो मरुभूमिमा प्रेमको हरियाली … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : ईबोला सरकार

~मौलश्री लिम्बू~ सरकार ! सबैभन्दा पहिले मेरो खुट्टा भाँची देउ ताकी म, आन्दोलनमा सरिक हुन नसकुँ समानताको लस्करमा देखा नपरुँ विभेद विरुद्धको मोर्चामा उफ्रन नसकुँ परिवर्तनको बाटोमा कदम चाल्न नसकुँ तिम्रो लाठीचार्ज र गोलिवर्षाबाट भाग्न नसकुँ सरकार ! चित्त नबुझेमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरा, घर त गयो

~रूपेश श्रेष्ठ~ एउटा सनकी भुईंचालोले बेस्मारी हल्लाएपछि बल्ल आँगनमा झर्नु भो बा । आँगनमा झरिसक्दा बा’को सातो पनि झर्यो झाँको पनि झर्यो अनि झरे घरका भित्ताहरु, झ्याल ढोकाका खापा-चौकोसहरु खाँबा र दलिनहरु झिंगटीको छानो र टुँडालहरु !

Posted in कविता | Tagged | Leave a comment

कविता : क्षितिज : जहाँ हाम्रो भेट हुनुपथ्र्यो

~डा. मधु माधुर्य~ परेलीभरि उठाउँदै छाल आउँछन् सपनीहरु आशाको बोक्दै सुन्दर उपहार आउँछन् विपनीहरु न आयौ तिमी हरियाली याममा, जब पूmल फुल्दछ न आयौ तिमी जूनेली रातमा, जब जून खुल्दछ यात्राको लामो अन्तरालमा संगै भोगेका आरोह अवरोहहरु जीवनका गाथा कथाहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु र नियति

~राजन काफ्ले~ अचानक निर्दोषहरुको शास पुलको धरापमा गएर अड्कियो दर्जनौं जीवनका सपनाहरु बारुदको धुवाँ भित्र बिलाए अंगहरु चोइटिए, उछिट्टिए केहि जलेर खरानी बने केहि डढेर कक्रक्क परे सुख्खा नदिको बालुवामा जब आधा गढेको लाशलाई देखेर आश्चर्य चकित कालले सोध्छ के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : संगीतमय क्षण

~डा. जंगब चौहान~ झ्यालमा आएर बसेको छ नीलो जून र कोही आएर सुस्तरी बोलिरहेछ “ए, उठ न !” झ्यालमा जून आएर बसेको छ नीलो जून झ्यालमा आएर … सपनी ओढेर निदाएको म बज्न खोजेछु अचानक एउटा अपरिचित धूनमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना हरू को मलामी

~दिल निशानी मगर~ तीम्रो एउटा-‘आदेश’ मा हजार मरेको रात, अनी तीम्रो एउटा ‘सपना’ को लागी टूहूरा-टूहूरी को साथ कती चाडो-भूल्यौ तीमीले बीधूवा को रीत्तो-‘सीउडो’ र भरी-भरी ‘सपना’ |

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो आवाज मन्द छ तर सत्य छ

~दिप्स शाह~ च्यातेर झन्डा लगौँटी लगाउनेहरु हो!! झण्डाले लाज ढाक्तैन कसैगरी टांगमुनी अल्झिनुको बिवशतामा ऊ त आँफैँ लाजले सिङ्गो युग रुन्छ रुवाउँछ नबिर्स! झन्डा हातमै उचालिनुपर्छ अनी पो गर्बले फहराउँछ ऊ हाँस्छ र सबैलाई सुहाउँछ।

Posted in कविता | Tagged | Leave a comment