Category Archives: कविता

Nepali Poems

कविता : खुले सहकारी

~राम प्रसाद पोखरेल~ गाउँ घरका टोलटोलमा, खुले सहकारी लाखा पाखा नलगाई , दिन्छ रोजगारी। इलमगर्न नजाउभन्छ, कोही पनि टाढा, नीतिनियम पालन गर, हुने छैन घाटा।

Posted in कविता | Tagged | Leave a comment

कविता : भूकम्प, पहाड र हामी

~देश सुब्बा~ भूकम्पको पहरा भत्केर छोप्यो सुन्दर गाउँ खेल्दै गरेका जीवनका रहर चेप्यो ढुङ्गा र माटोले उडायो दीवा सपना आफ्नै आँसुको कोशीले हे भूकम्प ! तिमीले पुर्यौ साना नानीहरु दूध पिलाउदै गरेका न्यानो आमाहरु यो बज्र किन मेरै आँगनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कायर भूकम्प

~पञ्च विस्मृत~ फूटपाथहरुमा हजारौँ मान्छेको दु:ख्ख टाल्ने सडक धाँज फाट्छ … गन्तव्यतर्फ अघि बढेका कदमहरु लरखराउछन् मनमा अँध्यारो छाएको बेला शहर ओझ्याउने ल्याम्पोष्टहरु समेत ढल्छन्, भूकम्पमा जिन्दगीको हिस्सा बेचेर किनेको एउटा इँट आफ्नै घरको पर्खालबाट झर्छ र काल बन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको आवाज

~बिपिन खनाल~ समझदारी,सदभाव र शान्ती जहां जहां छ म देश,मेरो खुशी मेरो उन्नती त्यहां त्यहां छ एउटा छोरो मलाई ,चाहेर नि स्विकार्दैन अर्को छोरो मलाई ,आमा भनी पुकार्दैन

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम विजयका निम्ति

~सोनाम सोल्टी~ तिम्रा उत्साहका स्वरहरु, मेरा सफलताका सोपानहरु हुन्, स्वरहरुलाई बलियो पार । तिम्रा शुभ चाहनाहरु, मेरा आकांक्षाका प्रारम्भहरु हुन्, चाहनाहरुलाई खँदिलो पार । हेर ! अनन्त यात्रामा निस्किएका छौं हामी, क्षितिज ताकेर पाइला सार, गुराँस जस्तो शुभकामना लिएर हिँडेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँचालो

~बसन्त श्रेष्ठ~ उ आयो / न कुनै खबर / न कुनै समाचार उ आउनु संगै सबैको मन हल्लायो, तन हल्लायो / पुरै मथिंगल हल्लायो जग हल्लायो / घर लडायो / पहाड हल्लायो चुपचाप आयो तर चुप चाप फर्केन गाउँ बस्नेले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म थारु नेपाली

~मनोज आठपहरिया ‘थारु’~ म शान्त थिएँ तालमा जमेको पानीझैं जे भोगे आफ्नो भाग्य ठान्थें जे जे पर्छ सहन्थें अरुले जे भन्छ गर्थें, अनि बन्थें अरुको लागि मतवाली बनें जंगली बनें कमैया बनें, कमलरी बनें सहिरहें सवै कर्म र भाग्यलाई दोषी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छिमेकी

~नरेश जङ्ग राणा~ छिमेकी असलै थियो हिजो अन्धकार रात हुँदा प्रजातन्त्रको दियो बाली चेतनाभरि दिएकै थियो एकतन्त्रिय शासन अन्तका लागि हौसला बुलन्द बनाएकै हो जनतालाई मुक्तिको बाटो देखाउने राज नेतालाई संरक्षण दिएकै हो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो हजुरबुवा – एकदेव आले

~आरती भण्डारी~ मानुङकोट, म उक्लेकी छैन अर्चलबोट, म पुगेकी छैन तपाई जन्मेको घरको धुरीखाँबो अझै छ, छैन ? आजसम्म मलाई नै थाहा छैन यहाँहरु कसैलाई थाहा छ ? तपाई बाँच्नु भएको भए अहिले ९१ वर्ष पुग्नु हुँदोरहेछ मैले पनि भेट्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्नपुर्ण

~टंक कार्की~ तल तिम्रै बलेंसीमा भेल बगेको छ काली गड्गडाकी छिन् सेती रोएकी छिन् उता पैह्रो ग’को छ यता पैह्रो ग’को छ जमिन काँपेको छ अन्नपुर्ण ! तै पनि तिमि मौन छ्यौ गुँरासेमा स्याल कराउछ अनि हुइयाँ सुरु हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाला युसुफजाइलाई अनुरोध

~मनु लोहोरुङ्~ ओ मलाला ! तिम्रो स्वाट भ्याल्ली भन्दा नि युगौं देखि स्वातन्त्र मेरो गाउँमा तिमी जन्मिऊ न एक पटक, तिमीले पाएको नोबेल शान्ति पुरस्कार भन्दा अझै बढी महत्वको हुने थियो त्यो, ओ मलाला !

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा म स्कुल गैसकें

~स्नेह सायमी~ सबैले काम नलाग्ने भनेर फालेको फोहोरको जंगलमा म खोजिरहेछुं खाली शिसी खिया लागेको फलाम प्लास्टिकका टुक्रा अर्थात मेरो बर्तमान म खोजि रहेछु भोक मेट्न जुठो भोजका परिकार स्कुल जान !

Posted in कविता | Tagged | Leave a comment

कविता : चराहरुको देश

~कृष्ण कट्टेल~ मैले सुनेको छैन चराहरुलाइ हृदयघात भएको मैले देखेको छैन चराहरुको हस्पिटल देखेको छैन मानिसहरुका जस्तै डरलाग्दो चराहरुको घर । चराहरु भन्दैनन् तेरो मेरो गर्दैनन् लुछाचुडी

Posted in कविता | Tagged | Leave a comment

कविता : नूरलाई अन्तिम प्रेमपत्र-3

~दीलिप रार्इ सगर~ प्रीय फूल नूर ! म बली चढ्न जादैछु तिमिलाई… प्रेम गरेको अपराधमा । हो मलाई मुहल्लाहरुले कालो नोकअफ ओडाईदिनेछ सहरको बीच चौकमा अनि पढिनेछ कुरान र बाच्नेछन जोड जोड्ले प्राथनाहरु बजाइनेछ्न बाजा नगराहरु डनन डनन अन्तिम यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल आमा

~एलिजा पोखरेल~ नेपाल आमा रोईरहेकी छिन् आज, आफ्नो सन्तानको बिचल्ली देखेर, उनका सन्तान त्रशित छन आज, छिन् छिन् को झट्का महसुस गरेर ! कति बालक टुहुरा भए, कति आमाको काख रित्तियो, कतिको सिउँदोको सिन्दुर मेटियो, कतिको घरबार सबै लुटियो,

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाका सपनाहरू

~युयुत्सु शर्मा~ ‘अब एउटा घर बनाउनुपर्‍यो छोरा जागिर खोज घरमा काम गर्ने बुहारी चाहियो दुलहीहरू खोज एउटी तिमीलाई एउटी भाइलाई ।’ चिनियाँ भाँडामा बिरालालाई बासी रोटीका टुक्रामाथि तातो चिया खन्याउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : इन्जिनियर

~मधु माधुर्य~ माटो “पानी ! पानी !!…..” भनेर छटपटाएको बेला उ नहर कुलोहरु भएर बगिरहेको हुन्छ बिछोडको दु:खद घडीमा वारी र पारीको ह्र्दय जोड्न उ पुल बनेर तेर्सिरहेको हुन्छ दोभानहरुमा लाम लागेर हमेशा दौडिरहन्छन् मान्छे र गाडीहरु छाती भरी उ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिडम्बना

~पवन कुमार श्रेष्ठ~ विछोड यसलाइ कसरी भनौ तिमी सामु नै छौ मैरो मिलन यसलाइ कसरी भनौ मन टाढानै रह्यो हाम्रो.. मिलन को म्वाइं म कसरी पाउं आफ्नो चाहना खोल्ननै सकिन तिम्रो सामु पुग्दा नपुग्दै मनको भाषा बोल्नै सकिन

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~सङ्गीतश्रोता~ तिम्रो बाटो कसैले पनि छेक्दैन भने तिम्रा खुट्टा कसैले पनि तान्दैन भने प्रहार गर्न तिमीलाई कोही तयार पनि छैन भने जुध्न भनेर तिमीसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : मोती र वागमती

~नदीश~ काकाकुलहरु छट्पटाउँदा वागमतीको ढल पनि सफा हुँदो रैछ इतिहासहरु खोज्दै-खोज्दै वर्तमानका स्वप्नहरु विगतको वास्तविकता बन्दोरैछ जड पानीमा डुबुल्की मारेर मोती निकाल्नेहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : मन्जुरनामा

~अर्जुन खालिङ~ शासक महोदय ! तिम्ले ‘गौनसे’बाट मलाई अर्जुन बनायौ ‘ज्युब्यु’बाट मेरो गाउलाई जुभिङ बनायौ ! ‘खालिङ’ बोल्दा स्कुलमा लट्ठी बजार्यौ र घोकायौ भाइरस बाह्रखरी खुवायौ संस्कृतका विकृत वन्दनाहरु पिलायौ नैतिक शिक्षाको विष चिनायौ तिम्रा चमत्कारी भगवानहरु र हरेक फारममा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दुर्घटित मनको कथा

~बिक्रम तिमिल्सिना~ तिमी साथ नहुँदा, नियास्रोको कर्द मुटुबीच बर्सिंदा, यता मेरो आँखामा पहिरो गयो, मन दुर्घटित भयो … दुखेको हो, तर अविश्वास दुखेको होइन, विश्वासभित्र पनि अलिकति दुख्ने ठाउँ हुँदो रहेछ… त्यहि दुखेको हो,

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्माणयुद्ध को गीत

~मुकुन्द शरण उपाध्याय~ उठिदे वीर नेपाली उर्लंदै गड्गडाउँदै दीनता हीनता सारा बढार्दै सग्बगाउँदै जिर्ण जर्जर निःसार विचार डग्मगाइदे नयाँ आँट नयाँ छाँट नयाँ जोश जगाइदे तेरै उमंग उत्साह खोजेको छ हिमाल ले तेरै निर्माण उद्योग पर्खेको छ मधेश ले तेरै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा खसेको समय

~राम प्रसाद प्रसाईं~ खस्दै गरेका ताराहरु आम सडक रोइरहेको समय विम्वमा युगले युगान्तकारी शुन्यता घोषणा गरिरहँदा जन्मदै गरेका बिहानीहरुमाथि टारबारीका पालुवाहरुको फल्ने फुल्ने प्रतिलिपि अधिकार हडप्दै गेट्स समयका घनचक्रमा

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटीको देउता

~रमेश खकुरेल~ भतिजा आज मैले के यस्तो सुन्नु प-यो कुरा सुनेदेखि यहाँ छाती घोच्न थाल्यो तिखो छुरा । घरबार नयाँ अर्को जोड्न थाल्यौ अरे तिमी यो देख्नुभन्दा पहिले किन फाट्तैन यो जिमी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : वंशलोचन !

~समाश्री राउत~ झरीका प्रत्येक वूँदसंगै बर्षिएका अमृतले सिंचिएका घाँसहरु वसुधालाई एकपटक फेरी जवानी दिंदैछन् सोचें जंगलमा डढेलो लाग्दा पुरै जंगल सखाप भएन सखाप भएका थिए यिनै घाँसहरु घाँस जो कहिल्यै मर्दैन डढेलो पश्चात पनि उम्रन्छ, फैलन्छ ओइलाउँछ, सुक्छ र पोलिए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गतिछाडा आइमाई

~प्रणिका कोयु~ “तँलाई,यसरी नै पुगोस् यही हेर्न पाउँ” यो आशिर्वाद होइन आक्रोश हुन् मेरा जानीफकारका म झर्कन्छु, रिसाउँछु, कराउँछु खाना खाँदा मुन्टो निहुराउँदिन (उनिहरूले जस्तो) ठाडो शिर पारेर हातलाई नै तन्काएर मुख भित्र गाँस लाउँछु

Posted in कविता | Tagged | Leave a comment

कविता : आज बिदाको दिन ।

~अशोक पार्थिव तामाङ~ आज बिदाको दिन । रहरहरु बजारमा दौडिन्दै भिडभाड छिचोल्दैछ आफु अघि निस्किनुँलाई मान्छेले मान्छे धकेल्दैछ अलिकति खल्तीमा भएको पैसाहरू गोजीको बटन उफार्दैछ पोखिएर बिलाउँनुलाइ , त्यसैले म अन्तै मोडिन्छु ।। हो…………….

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्यस्नान

~विजय चालिसे~ तुवाँलोको कालो घुम्टोमा जीवित अवशेष– हाड, करङ र नीला रक्तहीन नसा तरेली, तरेलीमा अवरुद्ध विद्युत तरङ्ग जीविताभाष दिनका लागि, सकिनसकी बस्ती स्वयम्मा कठ्याङ्ग्रििएको छ ! घाम अझै लागेको छैन, कालो बादलको घुम्ती च्यातिएको छैन, बस्ती प्रतीक्षामा छ–

Posted in कविता | Tagged | Leave a comment

कविता : पोथी बास्नु हुँदैन

~कुन्ता शर्मा~ सधैं सधैं घरका धुरीहरूमा आँगनहरूमा, बार्दलीहरूमा… घाँटी तन्काउँदै, सिउर हल्लाउँदै बस्ने काम भालेको हो आवाज उकास्ने काम भालेको हो । पोथीले मात्र कुर्कुराउनु पर्छ आक्रोसका घुड्काहरू चुपचाप निल्नु पर्छ अण्डा पार्नु पर्छ, ओथारा बस्नु पर्छ चल्ला काढ्नु अनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाल श्रम

~राम प्रसाद पोखरेल~ टुसुक्क बस्यो,मुसुक्क हाँस्यो, छरिएका प्लेटसँग, सम्बन्ध गाँस्यो। उठायो मस्को,मिसायो खरानी, बालापनको त्यो, बित्यो जिन्दगानी।। (१) खाली छ पयर, यत्रतत्र पानी, जुठेल्नै छ साथी, श्रमगरी खानी । द्रुत द्रुत चल्छ,भ्याई नध्याई गर्छ नयां रुप देख्दा, आफैं दङ्गपर्छ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्ले बुझ्ने नेेपालीको ब्यथा

~टंकबहादुर झाँक्रीमगर~ बर्षा याममा हुरी चल्दा बाछिता छिर्ने खरले छाएको झुपडी फेर्न नव सन्ततिहरुो सुन्दर भबिस्य निर्माण गर्न मुटु भरी दु:खको भारी बोकेर सात समुन्द्र तर्ने नेपालीको पीडा कस्ले हेर्ने हो यहाँ ? ए…सरकार !

Posted in कविता | Tagged | Leave a comment