Author Archives: Editor

गीत : म त पहिरोभित्र छु

~राजेन्द्र थापा~ म त पहिरोभित्र छु झन झन गहिरोभित्र छु सपना देख्ने आँखा बस्यो म त झन झन कुहिरोभित्र छु फूल त मेरो होइन शीत पनि मेरो होइन सुस्केरा मात्रै होइन गीत पनि मेरो होइन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सुट्टामार

~राजव~ सुट्टामार बारे मलाई पटेलले सुनाएको हो। मेरो जानकारीमा त ऊ टम कार्सन थियो। उसले आफ्नो नाम यै भनेको थियो। साँवलो रंगको उसलाई देखेको साँझ्देखि नै म ऊसँग नजिकिन उत्सुक थिएँ। त्यो साँझ् पनि ऊ मेक्लिन पार्कको झाडीपट्टिको त्यै बेञ्चमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : आहा ! हाम्रो नेपाल

~सहिर प्रजापति~ बिहानीको त्यो उषाको किरणझै रंगीन नेपाल हिमालको अथक बग्ने पानीझै शीतल छ नेपाल घामपानी र कुहिरोमा रम्ने मयुरझै छ नेपाल सयौ जातजातिले भरिएको आहा कति राम्रो छ हाम्रो नेपाल । हिमाल, पहाड अनि तराईलाई अगालेको नेपाल

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : दुर्भाग्यको रूवाइ

~वनमाली निराकार~ पिठ्यूँमा रूकसाइट झोला भिरेकी २४÷२५ बर्षकी एउटी युवती चार÷पाँचवर्षको बालकलाई हातले डो¥याउँदै गाउँ पस्ने ठूलो चौतारीमा लामो सुस्केराका साथ बस्न आइपुग्छे । ऊ निःशब्द रोइरहेकी थिई । आँखाबाट आँसु बगिरहेका थिए । चारैतिर सुनसान थियो । साँझ पर्नपर्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुझेको मन, रुझेको दसैँ…

~विनिता दाहाल~ मौसम जस्तै यसपालि दसैँमा हाम्रो मन पनि रुझेको छ । पोहोरजस्तो सपरिवार हामी मामाघर गएनौं । ममिले टीकाको दिन सजाउने गरेको पूजाकोठा सफा गरेँ । कुनाकाप्चा धेरै कसिंगर जमेको रहेछ । सफा गरेँ । तपाईँको तस्बीर भगवानहरुकै लहरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पशुपति आमा

~सिमाना आत्रेय~ बिहानको चिसो मौसम म सबेरै पशुपति जान हिडेँ नुवाइधुवाइ गरेर । घडीले पाँच ठोक्दै थियो । लामो दिन भएर हो कि छिट्टै बिहान हुन्छ आजकाल । नानी ए नानी म गए पूजा गरेर आउँछु । उठेर कसेर लगाएस् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : देश दुखेका “आत्मालाप”हरु

~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको आत्मालाप नामक विभिन्न छन्दमा लेखिएका कविताहरुको कवितासङ्ग्रह २०७२ सालमा प्रकाशित भएको छ । यस कविता सङ्ग्रहभित्र उनीद्वारा लेखिएका विभिन्न शीर्षकका ६२ वटा कविताहरु … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : सम्बन्ध

~यादव देवकोटा~ शिशिर ऋतुको मौसम । सडकभरी हुस्सु दौडिरहेछ र ढाकिएको छ क्षितिजसँगै सिगों शहर । भुईकुहिरोको आक्रमण र चिसोको प्रकोपले मान्छेको मनका रहरहरु सिरक ओढेर बसेको छ । अघिल्लो साता लगातार पानी परिरह्यो र दिनदिनै जाडोले च्याप्दै लगेको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रक्सीको मात

~बासु ढकाल~ मात्तिनु राम्रो हो वा होइन यो अनुसन्धानकै विषय हो । कसैले मात्तिनुलाई राम्रो कुराको रूपमा पनि लिएका छन् । एकछिन हल्का मात्तिएर आफैभित्र हराउदा मान्छेले संसारिक दुःख भुल्छ रे तर सगसगै आˆनो दुःख भुल्ने बहानामा परिवार वा समाजलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : मधुपर्कसँगको साइनो

~गोविन्द गिरी प्रेरणा~ मधुपर्कसँग मेरो साइनोको नालीवेली खोतल्ने हो भने ३५ वर्षअघि पुग्नुपर्ने हुन्छ । साँच्चै ३५ वर्ष अघिको त्यस कालखण्डमा पुग्नु भनेको अमला चपाएर पानी पिउनुजस्तै हो । यो स्वाद त्यसैलाई थाहा हुन्छ, जसले यस्तो स्वाद लिएको हुन्छ । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

सुनुवार भाषी कविता : गसुम सुम्ती…

~डा.लाल श्याँकारेलु रापचा~ मोलाङ योलाङ लिख खम्ति प्लोँइताङ मुल्केम ओल दुम्ति । ओल ओल दुम्श्या गसुम सुम्ती …….. ।१। लिम्ति प्लेत्ति मसेत्ति लोः या प्लोँइश्या दरलेत्ति । रिमाचेमा प्लेँश्या गसुुम सुम्ति …. …

Posted in सुनुवार कविता | Tagged | Leave a comment

गीत : यस्तो पनि हुँदो रैछ

~यादव खरेल~ यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले मेरो जस्तो माया दिने तिमीलाई हजार होला तिम्रो लागि मेराजस्ता हजार हजार मुटु रोला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हाम्रो सुन्दर संसार थियो

~दिनेश सुब्बा~ हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाई दियो दुई मुटुको मिलन थियो, सपना जस्तै उडी गयो अब हाम्रो माया, आकाश धर्ती हो हरियाली बनपाखाको, भेट हाम्रो आलै थियो चढाएको भाकल हाम्रो, देउरालीलाई थाहै थियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : साथी

~सोम खनाल~ छन्द : शार्दूलविक्रीडित साथी सम्पती हुन् अमूल्य दीलका, सद्भाबका मूल हुन् धर्ती यो फूलबारी हो, सखीहरू फूलबारीका फूल हुन् ऐना हुन् गुण-दोष दर्शाइदिने सच्याउने ब्यक्ति हुन् सच्चा मित्र पबित्र निर्झर सरी उत्साह र शक्ति हुन् । साथी हुन्न … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : मातृत्व

~सुषमा मानन्धर~ धेरै दिनदेखि पानी पर्न सकिरहेको छैन। आकाश धुम्मिएको पनि दुइ चार दिन नै भैसक्यो। न राम्ररी घाम लाग्छ न पानी नै पर्न सकेको छ। बाहिर कौसीका गमलाहरु पानी नपाई सुक्न थालिसके। काठमाडौँमा खानैलाई त पानीको हाहाकार छ, बोटलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कठै जुम्ला

~कमल कुमार~ डाँफे लेकमा उड्दथ्यो, फुल्दथ्यो सपनाका गुराँसहरु हावा चल्दा नाच्दथे बेसीँमा धानका बालाहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : बम कि आत्महत्या!

~ध्रुब सापकोटा~ म साइबर क्याफेमा छु । प्रत्येक दिन दर्ुइ बजे म साइबर क्याफेमा प्रवेश गर्छर्ुु आफ्नो मेल खोल्छु । मेरा लागि यो नशाजस्तै भएको छ । अखबारको नशाजस्तो । समाचारको नशाजस्तो । चुरोटको नशाजस्तो । म एउटै क्याफेमा केन्द्रित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : राजधानी

~गोविन्दप्रसाद आचार्य~ कसैले नधानेर खुट्टा कमाउँदै, सुस्त चालमा चलिरहेछ राजधानी विकृतिको पोको बोकेर गन्ध सुघाउँदै, हिंडिरहेछ राजधानी भ्रष्टचारको तीर्थ जानेहरू सबैलाई जल, प्रसाद बाँडिरहेछन् महापन्डितहरू अस्पष्ट अर्थमा भ्रष्टाचारका पुराण सुनाइरहेछन् राजधानीको पाचनप्रणाली अति बलियो भएर होला कृति विकृति पचाइरहेछ हुने … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : आगो

~कात्यायन~ – आँगनको अंगेनामा हामीहरू आगो फुक्न तल्लिन थियौं | – आगोमा हुर्किएका मधेशका आन्दोलनका आगोले हामीहरूलाई भान्सामा हैन, आँगनमा आगो फुक्न बाध्य तुलाएको थियो | बल्न गाह्रो मानिरहेका काँचा दाउराबाट निस्केका धुँवालेभन्दा गाँसको अभावको निरन्तरताले बढी पोलिरहेको थियो | … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फेसबुके प्रेम

~केडी रेम्नीसीङ~ कोलाम साइबर क्याफेको एक कुनामा बेलुकीको कफी लिदैँ फेसबुकमै गफिदैँ थिएँ एक एनआरएनसँग । झापाको भुटानी क्याम्पबाट पाँचवर्ष अघि अमेरिका सिफ्ट भएको कुरा गर्दै थिइन् उनी । मैले सोधेँ, ‘कति वर्षकी थियौ उतिखेर?’ जवाफ आयो, ‘२० वर्ष’ मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : लैजा चरी मेरो खबर

~दिनेश अधिकारी~ कुरा सुन्छु नानथरी गाँठो पर्छ छातीभरि बह पोख्ने ठाउँ छैन बसेकी छु बाटो हेरी लैजा चरी मेरो खबर जहाँ होला उसको शहर हातमाथि हात राखी देवी देउता सबै भाकी लाएको त्यो चोखो माया कतै बिर्सिदिने हो कि

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ए साथि सुन न एता

~ढक बहादुर बस्नेत ‘आकाश’~ साथि तिमि म सित भयेउ टाढा किन ! लुकि लुकि, बांगि बांगि हिड्छेउ हरेकछिन !! साथि भनि मैले सम्झंथे हरेक दिन ! किन येसरि साथि को माया मारि तर्किंछौ दिन दिन !! तिमि त थियेउ अर्कैको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : फेसबुक वास्तविकता

~शर्मिला खड्का दाहाल~ ‘हाइ डियर !’ ‘हाइ !’ ‘तिमीसँग च्याट नगर्नु नै ठीक होला ।’ ‘किन ?’ ‘एकाएक हराउँछौ ।’ ‘हेर न अफिसको कामले रिपोटिङ्ग गर्न दुर्गम जिल्लामा आउनु पर्यो । तिमीसँग च्याट गर्न नै पाइन ।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रो हाम्रो मनको दुरी

~क्षेत्र प्रताप अधिकारी~ धेरै देखेँ सपनीमा धेरै लेखें चिठी एउटा उत्तर पाए नि रिमै मायाबिना सित्ती दोधारेको पारा माथि चढेजस्तो छ तिम्रो हाम्रो मनको दुरी बढे जस्तो छ मैले पनि सपनीमा नदेखेको हैन बस्न पाउन प्रतिउत्तर नलेखेको हैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : माया बस्या

~केदार श्रेष्ठ “गगन”~ मलाई छाडि के भो र अर्कै माया पायौ होला धोका दिन मलाई जस्तै झूटो कसम खायौ होला । झूटो नाटक गर्न सक्छौ मेरो अघि रोए जस्तै रुँदै हाँस्दै उसलाई पनि साहनुसम्म सायौ होला ।

Posted in गजल | Tagged | Leave a comment

कथा : च्यातिएको छाया

~मनोज बोगटी~ 5 नम्बर स्वास्नीको हात कोखिलामा चेपेर कालेबुङको पारसहाटमा अघिदेखि घुमिरहेका छन्‌ ज्याकप झुमा। तिनी साउथ अफ्रिकाका राष्ट्रपति हुन्‌। अघिल्लो वर्ष तिनी दार्जीलिङको एउटा सस्तो होटलमा चौथो स्वास्नीको हात यसैगरी कोखिलामा चेपेर तोङ्‌बा तानिरहेका थिए। उसले मलाई भनिन्‌- ‘यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित लघुकथा : बोर्खेज र म

~खोर्खे लुई बोर्खेज~ त्यो जो ‘दोस्रो’ हो, त्यो नै बोर्खेज हो, जससँग घटना घटित भएको छ । म बुएनोस आयरेसमा भौँतारिँदै कुनै तोरणको अर्धवृत्ताकार भाग वा फलामको ढोकालाई नियाल्दै ढकढकाउँदै, अब कदाचित् यन्त्रवत् । मलाई बोर्खेजको सूचना हुलाकबाट प्राप्त हुन्छ … Continue reading →

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

चलचित्र गीत : विरताको चिनो

~कुसुम गजमेर~ ~तुलसी घिमिरे~ विरताको चिनो, वीरको सन्तान शहिदको रगत, लाहुरेको निशानी अब तिम्रो हातले लेख्नु छ, युगले भुलेको हाम्रो कहानी जन्म लियौ, यो भीर पखेरामा, रोज्नु छ आफै तिमीले यो माटो उभिन खोज्ने कलिला खुट्टा खोज्नु छ आफै तिमीले … Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

बाल कथा : मेरी सानी बहिनी

~कार्तिकेय घिमिरे~ जाँच सकिएकाले मेरो मन फुरुंग भएको छ । आज बिहान मैले ड्राइभर अंकललाई आँगनको कुनामा टोलाएर रुँदै बसेको देखेँ । सोधेँ, ‘अंकल, किन रुनुभएको ?’ उनी भुइँतिर हेरेर टोलाउन थाले, केही बोलेनन् । फेरि सोधेँ, ‘भन्नुुुस् न, तपाईंलाईं … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सन्तोष

~महेश पौड्याल~ सन्तोष दुई कक्षा पास गरेर तीनमा पुग्नुलाई ठूलै समाचार मानियो । ऊ कक्षामा निकै कमजोर मानिएको विद्यार्थी थियो । बुवाआमा सधैँ स्कुलमा आएर गुनासो गरिरहन्थे । उसको पढाइमा खासै सुधार नभएकोमा सबै चिन्तित् थिए । स्वस्थ सन्तोष, जिउ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

यात्रा संस्मरण : हात्तीवाङ्-खालीहात नजानोस् !

~भुवनहरि सिग्देल~ मलाई हात्तीवाङ् जाने काम आइलाग्छ जुन बखत म धादिङको जोगीमारामा काम गर्थें । म उभिएको विन्दुबाट हात्तीवाङ् पुग्न मात्रै पाँच-छ घण्टा लाग्छ, म सहरबजारमा बस्ने मानिस भएको कुँज्याइले । काठमाडौँको भीमसेन थानको उकालो चढ्दा स्वाँस्वाँ गर्ने मेरो सङ्कीर्ण … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : भ्वाइलन बजायो

~राकेश कार्की~ भ्वाइलन बजायो बिरक्त तालमा कसैले दु:खमा पर्यो की हार्यो माया जालमा कसैले समुद्रको छेउमा एक्लै के के सोचेर पर पर बगायो की आँशु छालमा कसैले

Posted in गजल | Tagged | Leave a comment