~खेम थपलिया~
लेखकको सिर्जनाबाट परजीवी वर्गका विरुद्ध लडिरहेका जनताले प्रेरणा र ऊर्जा पाउन सकून् । कुनै पनि लेखक जबसम्म नयाँ व्यवस्था, नयाँ समाज र मानवतामा आधारित भविष्यका लागि सङ्घर्षरत वर्ग र यसका मूल्यप्रति प्रशंसात्मक दृष्टिकोण अँगाल्दैन, तबसम्म उसले कहिले पनि यस विश्वलाई फेर्न सङ्घर्षरत शक्तिहरूलाई प्रेरित गर्न सक्तैन र यो कुरा प्रमुखरूपमा आफ्नो समयको वर्गसङ्घर्षमा कसको पक्षमा उभिएको छ भन्ने कुरामा नै भर पर्छ । – न्गुगी वा थ्योङ्गो
विषयारम्भ
मार्क्सवाद विश्वभरका उत्पीडित राष्ट्र तथा जनसमुदायको मुक्तिकामी वैज्ञानिक हतियार हो । आज हामीले भनिरहेको माक्र्सवाद मार्क्सवाद–लेनिनवाद–माओवादको समुच्चय हो । राजनीतिकसँगै कला, साहित्य रसंस्कृतिको क्षेत्रमा पनि आफ्नै स्वत्वका साथ यसको गर्विलो उपस्थिति रहेको छ । मार्क्सवादको संस्थागत पुँजीकरण, विकास र विस्तार, विश्वस्तरमा आर्जित विश्वसनीयता एवम् जनताका मुक्तिकामी सङ्घर्षहरूमा अभिव्यक्त प्रभावकारितासँगै समालोचनाको विशाल फाँटमा माक्र्सवादी समालोचना पनि आफ्नै ढङ्गबाट स्थापित र गतिशील हुँदै आएको छ । यसले विचारधारात्मक कार्यमा आफूलाई प्रभावकारी र प्रभावशाली ढङ्गले उभ्याउँदै आएको छ । माक्र्सवादसम्मत आधारभूत प्रस्तावनालाई इमानदारीपूर्वक, वस्तुवादी, वैज्ञानिक र कौशलयुक्त अवलम्बन नगरी कोही पनि माक्र्सवादी स्रष्टा बन्न सक्तैन ।
२००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापनासँगै विषय छनौट र लेखकीय धारामा क्रमशः भिन्नता आउन सुरु गरेको हो । कृष्णसिंह प्रधानको भञ्ज्याङनिरै (२००८) लेमाक्र्सवादी समालोचनाको आरम्भमा महŒवपूर्ण योगदान पु¥यायो । नेपाली समाजमा फैलँदै गएको साम्यवादी चेतना र त्यसले पारेको प्रभावसँगै समालोचनाको क्षेत्रमा व्यावहारिक समालोचनाको विकास तीव्र भएको मान्नु उपयुक्त हुन्छ । नेपालको समालोचनाको क्षेत्रमा परम्परागत धाराबाट गरिएका समालोचना र त्यस्ता समालोचकहरूको निकै लामो सूची बनाउन सकिन्छ तापनि यस लेखको मूल उद्देश्य माक्र्सवादी समालोचक र समालोचनाबारे चर्चा गर्नु हो ।
मार्क्सवादी समालोचनाको अर्थ
माक्र्सवाद विश्वसर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिकामी सिद्धान्त हो । आज यो माक्र्सवाद–लेनिनवाद–माओवादको उन्नतरूपमा विकसित भएको छ । दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद यसका तीन सङ्घटक अङ्गहरू हुन् । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, सर्वहारावर्गको अधिनायकत्व, क्रान्तिमा बल प्रयोगको भूमिका, साम्यवादी सपनाजस्ता माक्र्सवादका आधारभूत विषय हुन् । माक्र्सवादी मूल्य र निश्चित मानदण्डका आधारमा कुनै कृतिको मूल्याङ्कन, विवेचना, विश्लेषण वा संश्लेषण र पथप्रदर्शन गर्ने साहित्यको एउटा विशिष्ट विधालाई माक्र्सवादी समालोचना भनिन्छ । माक्र्सवादी समालोचनामा माक्र्सवादी सौन्दर्यात्मक मूल्य र समाजवादी यथार्थवाद सङ्केन्द्रित रहेको हुन्छ । माक्र्सवाद गतिशील विज्ञान भएकोले माक्र्सवादी समालोचनामा पनि गतिशीलता हुन्छ । निरन्तर विकासशीलता, ऊध्र्वगामिता, रूपान्तरणकारी यसको चरित्र हुन्छ । त्यसैले कला–साहित्यसम्बन्धी माक्र्सवादी मूल्यलाई केन्द्रमा राखेर समालोचना गर्नेहरू मात्रै माक्र्सवादी समालोचकका हकदार हुन्छन् । संशोधनवादलाई प्रश्रय दिएर गरिएका समालोचनाहरू माक्र्सवादी समाालोचना हुन सक्तैनन् र त्यस किसिमका समालोचकहरू पनि माक्र्सवादी समालोचक हुन सक्तैनन् ।
वर्गीय समाजमा समालोचना पनि वर्गीय हुन्छ । निश्चित माानदण्डका आधारमा कुनै पनि सिर्जनाको मूल्यनिरूपण गर्ने काम समालोचना हो । राजनीतिका साथै, समालोचना महŒवपूर्ण विचारधारात्मक हतियार हो । यसमा विचारधारत्मक सङ्घर्ष केन्द्रित हुन्छ । माक्र्सवादी समालोचनाको मूल्यबारे चैतन्य भन्नुहुन्छ ः समालोचकले निश्चित मापदण्डका आधारमा कलाकृतिमा रहेका मूल्यहरूको लेखाजोखा तथा मूल्याङ्कन गर्ने काम गर्दछ । समालोचनाका मापदण्डहरू समालोचनाका विविध प्रवृत्तिहरूमा आधारित सिद्धान्तहरूसित जोडिएका हुन्छन् । सामान्यतया माक्र्सवादमा आधारित समालोचना माक्र्सवादी समालोचना हो । अझै विशिष्टरूपमा उल्लेख गर्नुपर्दा माक्र्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादमा आधारित समालोचनालाई माक्र्सवादी समालोचना भनिन्छ ।१
आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग भएकोले समाजवादी यथार्थवाद नै आजको सर्वाधिक क्रान्तिकारी मानकको रूपमा रहेको छ । सन् १९३४ मा सोभियत सङ्घमा लेखकहरूको सम्मेलनमा म्याक्सिम गोर्कीले समाजवादी यर्थावादी कला–साहित्यसम्बन्धी दिनुभएको विशेष प्रवचन माक्र्सवादी समालोचकहरूका लागि विशेष सन्दर्भ सामग्रीका रूपमा रहेको छ । समाजवादी यथार्थवाद माक्र्सवादको पथप्रदर्शनमा आधारित समालोचनात्मक सिद्धान्त र विधि हो । यही सिद्धान्त र विधिद्वारा निर्देशित भएर गरिएको समालोचना नै माक्र्सवादी समालोचना हो ।
मार्क्सवादी समालोचनाको ऐतिहासिकता
माक्र्सवादी समालोचनाको ऐतिहासिक सन्दर्भहरू रहेका छन् । लामो ऐतिहासिक कालखण्डमा कला, साहित्य र समालोचनाका क्षेत्रमा विभिन्न विधि र सिद्धान्तहरू विकास हुँदै आएका छन् । पेरिस कम्युन असफल भए पनि यसले सकारात्मक भविष्यको उद्बोधन गर्न सफल रह्यो । सन् १९१७ को रूसी समाजवादी क्रान्तिको सफलताले विश्वलाई नयाँ सन्देश दियो । त्यसले विश्वराजनीतिका साथै कला, साहित्य र समालोचनाको क्षेत्रमा पारेको प्रभावले यसको आयाम विस्तार गर्नुका साथै यसको आवश्यकता, ओज र गरिमालाई पनि निकै माथि उठायो । सन् १९३४ मा भएको सोभिययत सङ्घका लेखकहरूको सम्मेलन र त्यहाँ भएका बहसबाट निकालिएका निष्कर्षहरू माक्र्सवादी समालोचनाका लागि ऐतिहासिक कडीका रूपमा स्थापित छन् ।
रूसी कम्युनिस्ट पार्टी बोल्सेविकको समालोचना तथा जीवनी बारेको निर्णय (२ डिसेम्बर, १९४०) निकै मननीय रहेको छ । त्यसबेला रूसी कम्युनिस्ट पार्टीले साहित्यकलाका विषयमा एउटा महŒवपूर्ण निर्णय पारित ग¥यो । व्याख्यात्मक निर्देशनसहित ५ वटा बुँदामा समेटिएका ती निर्देशन निकै महŒवपूर्ण छन् । उक्त निर्णयको एउटा अंश यस प्रकार छ ः
“रूसी कम्युनिस्ट पार्टीको केन्द्रीय समिति ‘सिसिएयुसिपी–बो’ ले साहित्यक क्षेत्रमा समालोचना एकदमै कमजोर स्थितिमा छ भन्ने कुरा महसुस गरेको छ । समालोचकहरूको ठूलो सङ्ख्याले सोभियत साहित्यसित सम्बद्ध कुनै पनि विषयमा कलम चलाइरहेको छैन ।
यसको निर्माणमा कुनै प्रभाव पार्न सकिरहेको छैन । रूसी साहित्यको इतिहासविपरीत समालोचकहरू लेखकसित मिलेर साहित्यक पत्रपत्रिकामा लेखिरहेका छैनन् र सोभियत लेखक सङ्घको समालोचना विभागबाट तिनले आफूलाई टाढा राखेका छन् । लेखकहरू नै कृतिको छनौट गर्दै मूल्याङ्कन गर्छन् । साहित्यिक समालोचनाहरू प्रकाशित हुने गर्दैनन् । अखिल रूसी कम्युनिस्ट पार्टी बोल्सेविकले साहित्यिक समालोचना तथा जीवनीमूलक कृतिका क्षेत्रमा आमूल सुधार गर्नुपर्छ भन्ने कुरालाई अभिरेखाङ्कित गरेको छ । लेखक सङ्घमा देखावटीरूपमा रहेको समालोचना विभाग विघटन गरिनु आवश्यक छ । समालोचकहरू लेखक सङ्घको सिर्जना विभाग (गद्य, कविता र नाटक) सित मिलेर लेखकहरूसँगै कार्यरत रहनु आवश्यक छ । साहित्य र लेखकहरूसित असम्बद्ध लटिरेटुर्नी क्रिटिक बन्द गरिनुपर्दछ ।
साहित्यिक पत्रिकाहरू क्रासनयानोभ, ओक्तयावर नोभिमिर, जनभ्या, जाभेज्दा र लिटरेटुरी सोभरमेनिकाका सम्पादकीय बोर्डले नियमितरूपमा समालोचना तथा जीवनीपरक लेख आफ्ना पत्रिकामा छाप्ने गरून् । प्राव्दा, इजमेस्तिया, कोमसोमोलस्क्या, प्राव्दा टुड क्रास्न्या जेभज्दा सबै प्रकाशनहरू क्राई तथा अन्य जिल्लास्तरका सबैखाले अखबारहरूलगायत विभिन्न आर्थिक तथा उत्पादन विभागका पत्रपत्रिकाले पनि समीक्षा तथा जीवनीमूलक कार्यका लागि स्तम्भहरूको आरम्भ गरून् ।”२
सन् १९४९ मा चिनियाँ जनक्रान्ति सम्पन्न भयो । माओद्वरा कलासाहित्यसम्बन्धी दिशानिर्देशन नजिकबाट भइरह्यो । माओत्सेतुङको साहित्य र कलासम्बन्धी पाँच दस्ताबेजमा ‘लिआङ्सान पहाडका विद्रोहीहरूसँग हात मिलाउन अघि बढ हेरेपछि एनान पेकिङ गीति नाटकघरलाई लेखिएको पत्र’ (जनवरी ९, १९४४) निकै महŒवपूर्ण छ । माओको यो समीक्षात्मक पत्रको हाम्रो सन्दर्भमा पनि निकै महŒवपूर्ण रहेको छ । उक्त पत्रमा भनिएको छ ः
“तपाईंँहरूको अभिनय हेरेपछि उत्कृष्ट कामका लागि तपाईँहरूलाई धन्यवाद नदिइरहन सक्दिनँ । कृपया, मैले हार्दिक धन्यवाद व्यक्त गरेको कुरा अरू नाट्यकर्मी कमरेडहरूलाई सुनाइदिनुहोला । इतिहासका निर्माता जनता हुन्, जब कि पुराना गीतिनाटक (त्यसका साथै सबै पुराना साहित्य र कला जुन जनताबाट अलग्गिएका छन्) हरूले जनतालाई काम नलाग्ने भनिठान्छन् र मञ्चमा राजामहाराजा महारानी तथा तिनका पुल्पुल्याइएका छोराछोरीहरूको आधिपत्य चल्छ । तपाईँहरूले यस प्रकारको उल्टो इतिहासलाई सुल्टो पारेर ऐतिहासिक सत्यलाई पुनःस्थापित गरिदिनुभएको छ, जसले गर्दा पुराना गीति नाटकहरूले नयाँ जीवन पाएका छन् । त्यसैले तपाईँहरूको यो योगदान ज्यादै प्रशंसायोग्य छ । तपाईँहरूले जुन अग्रसरता लिनुभयो, त्यसले पुराना गीतिनाटकहरू क्रान्तिकारी रूपान्तरण गर्ने कामको थालनीको सन्दर्भमा युगान्तकारी योगदान गरेको छ । म यो कुराले ज्यादै खुसी भएको छु । म आशा गर्छु कि तपाईँहरूले अझ धेरै नाटकहरू लेख्नुहुनेछ, अझ धेरै नाटक मञ्चन गर्नुहुनेछ, जसले गर्दा यो कुरा देशव्यापी बन्नपुग्नेछ ।”३
त्यस्तै, साहित्य र कलासम्बन्धी माओका दुई निर्देशन निकै मननीय रहेका छन् । कम्युनिस्ट भएर कम्युनिस्टकै सेवा गर्नुपर्ने कुरामा माओले विशेष जोड गर्नुभएको छ । कम्युनिस्ट भएर सामन्ती तथा पुँजीवादी कलाको बढोत्तरीमा लाग्नेहरूलाई माओले गतिलो उत्तर दिनुभएको छ । माओको डिसेम्बर १२, १९६३ को निर्देशनको रूपमा रहेको यसको एक उदाहरण हेरौँ ः
समस्या कलाका सबै विधाहरू नाटक, गीत, सङ्गीत, ललितकला, नाच, सिनेमा, कविता र साहित्यलगायतमा बग्रेल्ती रहेका छन्, जसमा जनताको ठूलो सङ्ख्यामा सहभागिता छ । यससँग सम्बन्धित थुप्रै विभागहरूमा समाजवादी रूपान्तरणका क्षेत्रमा धेरथोर उपलब्धिहरू पनि हासिल भएका छन् । यद्यपि थुप्रै विभागहरू उही मृत कुराहरूले नै प्रभुत्व कायम गरिरहेको छ । सिनेमा, नयाँ कविता, लोकगीत, ललितकला र उपन्यासका क्षेत्रमा प्राप्त उपलब्धिहरूलाई बेवास्ता गर्न सकिन्न, तर त्यस सँगसँगै त्यहाँ केही समस्याहरू पनि रहेका छन् । यी विभागहरूमध्ये जहाँसम्म नाट्य विभागको कुरा छ, त्यहाँ गम्भीर प्रकारका समस्याहरू विद्यमान छन् । सामाजिक, आर्थिक आधार परिवर्तन भइसकेका छन्, तर उपरिसंरचनाको अङ्गको रूपमा रहेको कला, जसले आधारको सेवा गर्छ, त्यहाँ अझै पनि गम्भीर समस्याहरू छन् । आजैदेखि हामी यसबारेमा अध्ययन–अनुसन्धान गर्दै अघि बढ्नेछौँ र यसलाई गम्भीरतापूर्वक ध्यान दिनेछौँ । कम्युनिस्ट भएर सामन्ती तथा पुँजीवादी कलाको बढोत्तरीमा लाग्ने, तर समाजवादी कलालाई लात मार्ने कुरा हाँस्यास्पद छैन र ?४
२००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना र २००७ सालको राजनीतिक परिवर्तनपछि माक्र्सवादी चेत र वर्गीय चिन्तनप्रणालीमा आधारित समालोचनाहरू लेखिन थाले । त्यसको सैद्धान्तिक थालनी कृष्णचन्द्रसिंह प्रधानको भञ्ज्याङनिरै मा लेखिएको भूमिकामार्फत भएको कुरा विशेष उल्लेखनीय छ ।
नेपालको परम्परागत राज्यसत्ताका विरुद्ध २०५२ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सशस्त्र सङ्घर्षको उठान ग¥यो । यो सङ्घर्षमा अस्त्र मात्र उठेन, कला, साहित्य, समालोचना, गीत–सङ्गीत सबैसबै उठे । यसले कलासाहित्यमा नयाँ यथार्थको विकास गरायो । समालोचनाको क्षेत्रमा पनि नयाँनयाँ बान्कीहरू देखापरे । जनयुद्धले परम्परागत सोचाइ र गराइलाई ओझेलमा पार्दै जनपक्षीय राजनीति र कलासाहित्यको धारा सशक्त ढङ्गबाट अघि बढायो । यो धारा अहिले पनि नयाँ शिराबाट जारी छ । यसको प्रभाव नेपाली माक्र्सवादी समालोचनामा गहिरोगरी परेको छ ।
महान् जनयुद्ध, विभिन्न स्तरका जनआन्दोलन तथा वर्गसङ्घर्षका कष्टसाध्य लामो प्रक्रियाद्वारा भएका प्राप्ति यतिखेर सङ्कटमा पारिएका छन् । यसको प्रभाव समालोचनाका क्षेत्रमा पनि घनीभूतरूपमा परेको छ तापनि माक्र्सवादका असली प्रतिनिधिहरू आज पनि माक्र्सवादी समालोचनाको फाँटमा सशक्त ढङ्गले डटिरहेका छन् ।
नेपाली समालोचनाको अभिरेखाङ्कन
माथि हामीले माक्र्सवादी समालोचना एवम् समालोचकका आधारभूत पक्षको संक्षिप्त चर्चा ग¥यौँ । यसैसित केही सन्दर्भ उठिरहेका छन् । नेपालको समकालीन समालोचनाको क्षेत्रमा माक्र्सवादसम्मत तरिकाले समालोचकहरूले समालोचना गरिरहेका छन् त ? के कसैले
भनिदिएकै भरमा वा लेखिदिएकै भरमा माक्र्सवादी समालोचक हुने हो ? अथवा के हो ? अहिले हामी यिनै केही गम्भीर प्रश्नहरूका बीचमा उभिएका छौँ । हामीले यो घेरा तोड्नु र सत्यान्वेषण गर्नुको विकल्प छैन । निरन्तर सङ्घर्षबाट मात्र सत्यान्वेषण हुन्छ । सत्यान्वेषणबाट मात्र माक्र्सवादी समालोचनाको अभिरेखाङ्कन सम्भव हुन्छ । यहाँ हाम्रो प्रयास त्यसैमा केन्द्रित रहेको छ ।
माक्र्सवादले हरेक वस्तुको केन्द्रीय र परिधीय संरचना हुन्छ भन्ने मान्यता राख्दछ । हरेक वस्तुको अवस्थितिमा आउने भिन्नताले वस्तुको परिवेश भिन्नभिन्न भए पनि त्यसको केन्द्रीय र परिधीय परिस्थितिलाई केही फरक पार्दैन । यो कुरा कलासाहित्यको क्षेत्रमा पनिप्रतिबिम्बित हुन्छ । समालोचनाको क्षेत्रमा पनि त्यही कुरा हो । यसरी हेर्दा समालोचनाको क्षेत्रलाई प्रतिगामी, संशोधनवादी र माक्र्सवादी धाराका रूपमा चर्चा गर्न सकिन्छ र यसरी चर्चा गर्ने गरिएको पनि छ । माक्र्सवादको आधारभूत मान्यतालाई आत्मसात गरेर समालोचना
गर्नेहरूलाई माक्र्सवादी समालोचक र माक्र्सवादको आधारभूत मान्यतालाई छोडेर समालोचना गर्ने समालोचकहरूलाई गैरमाक्र्सवादी समालोचक भन्नु उपयुक्त हुन्छ । त्यसैले यहाँ माक्र्सवादी समालोचना र समालोचक तथा गैरमाक्र्सवादी समालोचना र समालोचक गरी दुई धारमा नेपाली समालोचनाको अभिरेखाङ्कन गरिएको छ ।
क) गैरमार्क्सवादी समालोचना र समालोचक
नेपालको साहित्य, कला एवम् सौन्दर्यको क्षेत्रमा लामो समयदेखि नै सामन्ती र बुर्जुवा आधुनिकतावादी वर्गको बर्चस्व कायम रहिआएको छ । यसले प्रतिक्रियावादी विचार आदर्शलाई आत्मसात् गर्दै साहित्य, कला र सौन्दर्यलाई केवल मनोरञ्जनका रूपमा मात्र लिएर अन्ततः आभिजात्य वर्गको शासनसत्ताको पक्षपोषण गर्दछ । यसले देशीय सामन्तवाद र विश्वसाम्राज्यवाद र विस्तारवादको दलाली संस्कृतिको संरक्षण गर्दै जनताको विद्रोहलाई लाठी र बुटद्वारा दमन गर्दछ । उत्पीडित भोकानाङ्गा जनता, दलित, उपेक्षित वर्गलाई भाग्यवाद र पुनर्जन्मको पुरोहित संस्कृति र उत्तरआधुनिकतावादी संस्कृतिमा विश्वास गर्न लगाउँछ । उनीहरूको विद्रोहचेतद्वारा गरिएको क्रान्तिलाई आतङ्कवादको संज्ञा दिएर दमन गर्दछ । यो धाराका लेखकहरूले उत्तर–आधुनिकतावादी एवम् प्रतिगामी प्रवृत्तिको वकालत गरेर प्रगतिशील धाराका विरुद्ध युद्ध नै घोषणा गरेका छन् । जनताका बीचमा लेखकीय क्षेत्रबाट भ्रम फैलाउनु, भ्रमको खेती गर्नु र जनतालाई निराशा र शून्यवादमा धकेल्नु यिनीहरूको मूल विशेषता हो । यसले राज्यसत्ताले गरेको आमनरसंहार, दमनलाई सहयोग र समर्थन गर्दछ । यसले सुन्दरताको विरुद्ध कुरूपताको पक्षपोषण गर्दछ । जनताका त्याग, तपस्या र बलिदानको अवमूल्यन गर्दै नेपाली समाजलाई यथास्थितिवादी जञ्जीरमा अड्काइराख्नु यो धाराको समालोचनात्मक कार्यको मूल ध्येय हो ।
यसका साथै, माक्र्सवादलाई सुधारवादी कोणबाट लागू गर्न खोज्नेहरूको पनि यहाँ ठूलै सङ्ख्या रहेको छ । यसले वर्गसङ्घर्षमा होइन, वर्गसमन्वयमा विश्वास गर्दछ । रूपमा सुधार खोजे पनि सारतः यो पश्चगामी एवम् विसर्जनवादी हुन्छ । रूपमा रातो झन्डा ओढेको
भए पनि यो प्रवृत्तिले क्रान्तिकारी जनताले उठाएको विद्रोहको झन्डालाई आतङ्कवाद देख्नपुग्छ । त्यसले क्रान्तिकारीहरूलाई सुधार गर्न र कथित मूलधारमा आउन आह्वान गर्दै संसदवादको वकालत गर्दछ । यसले क्रान्तिकारी र प्रतिक्रियावादी वर्गको बन्दुकलाई एउटै तुलोमा हालेर मूल्याङ्न गर्छ । सारतः यसको चरित्र गैरमाक्र्सवादी नै हुन्छ । यस्तो विचारधारा बोकेका समालोचकहरू पनि गैरमाक्र्सवादी समालोचक हुन् । यिनीहरूको दार्शनिक धरातल बहुलवादमा आधारित हुन्छ ।
ख) मार्क्सवादी समालोचना र समालोचक
माक्र्सवादले कलासाहित्यलाई सामाजिक चेतना र विशिष्ट मानव क्रियाकलापका रूपमा व्याख्या गरेको छ । माक्र्सवादी साहित्य–कलाको चरित्र अग्रगमनकारी हुन्छ । यसले यथार्थको प्रतिबिम्बन गर्नुका साथै नयाँ यथार्थको सिर्जना गर्छ । समकालीन यथार्थ वर्गसङ्घर्षको तीव्रतम् घटनाक्रमहरूको शृङ्खलाबाट अनुप्राणित छ ।
नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ बाट जनयुद्धको थालनी गरेको वर्गसङ्घर्षको क्रममा फासिवादी सत्ताले थोपरेको कथित सङ्कटकालले साहित्यको क्षेत्रमा सकारात्मक प्रभाव पा¥यो । यसको
सौन्दर्यबोधात्मक पक्ष निकै माथिल्लो स्तरमा पुग्यो । सम्झौतापरस्त चिन्तनका विरुद्ध सङ्घर्ष गर्दै सुरु गरिएको जनयुद्धले प्रतिक्रियावादी वर्गमा खैलाबैला मच्चिनु अस्वाभाविक थिएन । यसले उत्पीडित जनताका बिचमा आशाको सञ्चार गरायो । यौद्धिक चेतना र त्यो चेतनाले पारेको चौतर्फी प्रभावका आधारमा समाजवादी यथार्थवादी मूल्यका रचनाहरूको सिर्जना भयो । यो जनताका त्याग, वीरता, बलिदान र शौर्यका जीवन्तगाथाहरूद्वारा समृद्ध छ । यसले एकातिर जनताका मुक्ति र प्रगतिका आकाङ्क्षा मुखरित ग¥यो भने अर्कोतिर सामन्तवाद, साम्राज्यवादका शोषण, दमन, हत्या र अमानवीकरणका आकाङ्क्षाहरू अभिव्यक्त भए । समकालीन प्रगतिवादी साहित्यमा उत्पीडित, वर्गीय प्रेम र पक्षधरता, जातीय, लैङ्गिक र धार्मिक उत्पीडन अनि पुराना राजनीतिक, आर्थिक तथा वैचारिक सम्बन्धहरूका विरोधमा पनि नयाँ मूल्यको निर्माण भएको छ । यसले माक्र्सवादी समालोचनाको क्षेत्रमा पनि गुणात्मकरूपमा विकास गरेको छ । माक्र्सवादप्रति प्रतिबद्ध समालोचकहरूको विशाल पङ्क्ति निर्माण हुँदैगएको छ । माक्र्सवादी समालोचनाका क्षेत्रमा विशिष्ट स्थान राख्नुहुने समालोचकहरूको गरिमामय उपस्थिति रहेको छ । यसमा चैतन्य, डा. ऋषिराज बराल, दिल साहनी लगायतको नाम लिनु उपयुक्त हुन्छ ।
मार्क्सवादी समालोचनाको मानक रूप
माक्र्सवादी समालोचनात्मक मान्यता निकै गहन, विशद् र वैज्ञानिक रहेको छ । यसका आफ्नै किसिमका मानक छन् । कुनै पनि कृति वा रचनाको असली परख संज्ञानात्मक, विचारधारात्मक र सौन्दर्यात्मक तवरबाट हुनेगर्दछ । यो कुरालाई माक्र्सवादी समालोचकहरूले गहिरोगरी बुझ्नु आवश्यक छ ।
विश्वभरजस्तै नेपालमा पनि पछिल्लो समय बजारवादी मूल्यचेतनाले सिर्जनामा गम्भीर प्रभाव त पा¥यो नै, त्योभन्दा बढी समालोचनाको क्षेत्रमा प्रभाव पारेको छ । निकोलाई ओस्त्रोवस्कीले एक ठाउँमा भनेका छन्, “लेखकको दुःखपूर्ण अन्त्य त्यसबेला हुन्छ, जब उसका सबैभन्दा उत्तम र सबैभन्दा सजीव विचारहरू उसको कलमलाई छलेर चटक्क भाग्दछन् । अनि उसको हृदयमा ज्वाला दन्केको भए पनि उसले लेखेको कुरा चाहिँ भित्रभित्रै बल्दै गरेको निस्तेज अँगारजस्तो मात्रै हुन्छ ।” यसको अर्थ युगको यथार्थ सामाजिक–राजनीतिक परिवेशबाटै निर्धारित हुन्छ र त्यसलाई लेखकले परिपालना गर्नुपर्दछ भन्ने नै हो । यो समालोचनाको क्षेत्रमा पनि लागू हुने विषय हो ।
समालोचक डा. ताराकान्त पाण्डेयले समकालीनताको नाममा विभिन्न पुस्ताका रूपमा समालोचकहरूको वर्गीकरण गरेका छन् ।५ उनले पूर्व पुस्ताका रूपमा श्यामप्रसाद शर्मा, शक्ति लम्साल, गोविन्द भट्ट, आनन्ददेव भट्ट, चैतन्य, निनु चापागाईंको नाम उल्लेख गर्दै एक समालोचनात्मक आलेख प्रकाशित गरेका छन् ? केका आधारमा उनले यस्तो वर्गीकरण गरेका हुन्, प्रस्ट छैन । उमेरका आधारमा भनेका हुन् भने सिर्जना–समालोचनामा यो कुरा लागू हुँदैन । प्रभावकारिता र आवश्यकताको उचित संयोजनका आाधारमा भन्ने हो भने त्यो कुराको पुष्टि कहीँ कतैबाट पनि हुँदैन । यसले समालोचक पाण्डेयको समालोचकीय दृष्टिकोणमा केही प्रश्न उब्जाइदिएको भने अवश्य नै छ ।
त्यस्तै, उनले चालीसको दशकमा देखापरेका समालोचकहरूमा डा. ऋषिराज बराल, डा. रविलाल अधिकारी, हीरामणि शर्मा पौड्याल, रामहरि पौडेल आदिको नाम उल्लेख गरेका छन् । त्यस्तै उत्तराद्र्धतिर देखापरेका समालोचक भनेर उनले आफूसँगै रमेश भट्टराई, हेमनाथ पौडेल, जगत् प्रेक्षित, रामप्रसाद ज्ञवाली, डा. पशुपति तिमिल्सिना, अमर गिरी, ईश्वरचन्द्र ज्ञवालीको नाम पनि उल्लेख गरेका छन् । यसरी सबैलाई एउटै कोटीमा राख्नुपर्नाको अर्थ र औचित्यलाई प्रमाणित गर्ने वैज्ञानिक आधार देखिँदैन । समालोचक डा. ताराकान्त पाण्डेयमा यस किसिमको बाध्यता किन प¥यो अथवा यस किसिमको दिव्यज्ञान कहाँबाट र कसरी आयो ? जिज्ञासा पैदा हुनु स्वाभाविक छ ।
समालोचक डा. ताराकान्त पाण्डेयले ‘वर्तमानमा प्रगतिवादी समालोचना लेखनको स्थिति’ उपशीर्षकमा समालोचनात्मक कृतिहरूको लामै फेहरिस्त तयार पारेका छन् । उनले लेखेका छन्, “पुस्तकाकार समालोचना कृति प्रकाशनका दृष्टिले पचास र साठीको दशकमा क्रमशः शक्ति लम्सालको माक्र्सवाद, साहित्य र समाज (२०६१), गोविन्द भट्टको गोविन्द भट्टका समालोचना (२०५५), निनु चापागाईंका यथार्थवादी रचनादृष्टि र विवेचना (२०५१), माक्र्सवादी सौन्दर्य चिन्तन (२०५४), सन्दर्भ ः संस्कृति र सांस्कृतिक रूपान्तरण (२०५९) र दलित सौन्दर्यशास्त्र र साहित्य (२०६८), डा. ऋषिराज बरालका माक्र्सवाद र उत्तर आधुनिकतावाद (२०५२), उपन्यासको सौन्दर्यशास्त्र (२०५६), सङ्गीत र सौन्दर्य (२०६३), उत्तर आधुनिकतावाद र समकालीन यथार्थ (२०६३), सूचना भूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवाद (२०६३), साहित्य र समाज (२०६४), डा. रविलाल अधिकारीका नेपाली समालोचनाको रूपरेखा (२०५१) र प्रगतिवादी नेपाली समालोचना (२०५५), साहित्यिक सन्दर्भ ः चर्चा र टिप्पणीहरू (२०५८), डा. जगदिशचन्द्र भण्डारीका साहित्य ः चिन्तन र विवेचन (२०५०), प्रगतिवादी नेपाली कविता ः रेखाङ्कन र विश्लेषण (२०५५), पृथक् सिर्जना ः पृथक् निरूपण (२०६२), सौन्दर्यको भूमिका (२०६५) उल्लेखनीय रहेका छन् ।”६
कला–साहित्यको समालोचनाको सन्दर्भमा राजनीतिक धारा र विचारधारा मुख्य मानकका रूपमा उपस्थित हुन्छन् । तर, अचम्मको कुरा त के छ भने डा. पाण्डेयले जनताको बहुदलीय जनवाद र नयाँ जनवाद मान्नेहरूलाई एउटै कोटीमा राखेका छन् । जनताको बहुदलीय जनवाद राजनीतिक कार्यक्रम मान्नेहरू सही माक्र्सवादी समालोचक हुन् अथवा नयाँ जनवादी राजनीतिक कार्यक्रम मान्नेहरू असली माक्र्सवादी समालोचक हुन् ? बुझाइ गन्जागोल छ । राजनीतिक धाराका आधारमा भन्ने हो भने गोविन्द भट्ट र डा. ऋषिराज बरालहरू एउटै समरेखामा रहेका समालोचकहरू हुन् भन्न सकिन्छ ? आजको माक्र्सवाद भनेको माक्र्सवाद–लेनिनवाद–माओवादको समुच्चय हो भन्ने कुरा गहिरोगरी आत्मसात गर्नेहरूका लागि निनु चापागाईँको समरेखीय उपस्थितिलाई कसरी लिने ? निनु चापागाईँले आज पनि माओवादलाई स्वीकारेकै छैनन् । उनी अहिले पनि माओ विचारधारामा नै सीमित छन् । चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अस्वीकृति निनुको परिचय बनेको छ । माओवादी जनयुद्धलाई जनयुद्धका रूपमा निनुले आत्मसात गर्न सकेका छैनन् । आजको मालेमावाद नै आज माक्र्सवाद हो भन्ने मान्यतालाई स्वीकारिरहँदा डा. पाण्डेयको समालोचना कति वैज्ञानिक, कति यथार्थपरक र कति वस्तुवादी छ भन्ने कुराको प्रश्न उठ्नु स्वाभाविक छ ।
यथार्थवाद, आलोचनात्मक यथार्थवाद र समाजवादी यथार्थवादको सैद्धान्तिक प्रश्नमा गन्जागोल गर्ने अधिकार कसैलाई पनि छैन र हुँदैन पनि । के डा. पाण्डेय भन्न सक्छन्— माक्र्सवादी आन्दोलनप्रति प्रस्टता, क्रान्तिकारी विश्वदृष्टिकोण, लेखनको निरन्तरता र प्रतिबद्धता उनी आफैँले उल्लेख गरेका समालोचकहरूमा छ ? छ भने प्रमाणित गरेर देखाइदिन सक्नुपर्छ, अन्यथा, भ्रमात्मक समालोचनाले नयाँ पुस्तालाई भ्रममा पार्ने छ र त्योभन्दा बढी व्यवधान आन्दोलनमाथि हुनेछ । डा. पाण्डेय नयाँ पुस्तालाई कस्तो प्रशिक्षण दिन चाहन्छन् ? प्रश्न उठ्नु स्वाभाविक छ । प्राध्यापकीय व्याख्यानका लागि समेत नसुहाउने यस्ता विश्लेषणहरूले कसरी माक्र्सवादी समालोचनाको प्रतिनिधित्व गर्छन् ?
डा. पाण्डेयले समालोचनाको क्षेत्रमा कृतिका रूपमा प्रकाशित भएका समालोनात्मक कृतिहरूमा अन्य विभिन्न समालोचकको नाम र समालोचनात्मक कृतिको पनि नाम उल्लेख गरेका छन् । डा. पाण्डेयले ‘घनश्याम ढकालको माक्र्सवादी सौन्दर्यशास्त्रको विवेचना (२०५५), डा. ताराकाण्ड पाण्डेयका कलासाहित्य ः भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य कवित्व (२०५७), समकालीन कविताको संरचना (२०६५), अर्थभ्रान्तिको उत्तर चेतनाका विरूद्ध (२०६५), समय, सिर्जना र संवाद (२०६७) र अर्थको आनन्द (२०६७), डा. गोपीन्द्र पौडेलका सौन्दर्यबोध र समीक्षा विविध (२०५९), कथाको सान्दर्यशास्त्र (२०६५), भीमनीधि तिवारीको हास्यव्यङ्ग्य कवित्व (२०६५), कथाको सिंहावलोकन (२०७०) तथा नेपाली कथामा २००७ सालको प्रभाव (२०६९), डीआर पौडेलको पारिजातका साहित्यिक कृतिको मूल्याङ्कन (२०६२), सुकुम शर्माको कवि इच्छुक ः कविताका सन्दर्भमा (२०६०), भवानी पाण्डेको पारिजातका उपन्यासका समाजवादी यथार्थवाद (२०६५), ईश्वरचन्द्र ज्ञवालीको वर्गसङ्घर्षको सन्दर्भ ः संस्कृति र सौन्दर्य (२०६६), हेमनाथ पौडेलका प्रगतिवादी दृष्टिमा कवि र कविता (२०६५) र समसामयिक नेपाली समालोचना (२०७०), पशुपतिनाथ तिम्लिसेनाका युद्धप्रसाद मिश्रका कविताको विश्लेषण (२०६९) र प्रगतिवादी कविता ः मान्यता र प्रवृत्ति (२०६२), रमेश भट्टराईका उत्तरआधुनिकतावाद, भूमण्डलीकरण र सांस्कृतिक सिद्धान्त (२०७०) तथा समय सौन्दर्य, पर्यावरण र कविता (२०७०), डा. डिजन भट्टराईको प्रगतिवादी नेपाली उपन्यासका प्रवृत्तिहरू (२०६७), अमृता शर्माको प्रगतीवादी नेपाली उपन्यास (२०६६), खेम थपलियाका प्रगतिवादी एकाङ्की नाटक (२०७०) र कला–साहित्यमा दुईलाइन सङ्घर्ष (२०७०) जस्ता समालोचना कृतिको उल्लेख गरेका छन् ।७
यहाँसम्म आउँदा डा. पाण्डेयले माक्र्सवादी समालोचनाका क्षेत्रमा साँच्चै नै ‘नयाँ चुनौती’ थपिदिएका छन् । अब प्रश्न उठ्छ, डा. पाण्डेयले माक्र्सवादी समालोचनाका कुनकुन मानकका आधारमा पाएजति र भएभरका समालोचानात्मक कृतिहरूलाई एकै ठाउँमा सोरसार गरेर राख्ने आँट गरे ? केका आधारमा उनले माक्र्सवादी किटान गरे । यो सूचीमा युधिर थापाको कृतिमाथि गरिएका समालोचना त कतै छुटेका होइनन् ? आज यो प्रश्न धेरै समालोचकहरूले गरेको पाएको छु । आफ्नो अघिपरेका कृति÷सर्जकहरूलाई माक्र्सवादी देख्नु र नवसंशोधनवादी–नवप्रतिक्रियावादी समालोचकहरूलाई समेत माक्र्सवादी समालोचक ठान्नु अनौठो हुन आउँछ । संशोधनवादका विरुद्ध निरन्तर र कठोर सङ्घर्ष गर्ने र क्रान्तिकारीहरूका विरुद्ध निरन्तर लागिरहनेहरूलाई कसरी माक्र्सवादी समालोचनाको एउटै तुलोमा राख्न सकिएको होला ? कुन मापदण्डले यसो गरिएको होला ? प्रश्नहरू बर्खेभेलजस्तै उर्लिएका छन् ।
एउटा माक्र्सवादी लेखक–समालोचक माक्र्सवाद विरोधीहरूका भनाइका पछि नलागी तिनका विरुद्ध निमर्म वैचारिक सङ्घर्ष चलाउँछ । तर, समालोचक डा. ताराकान्त पाण्डेय माक्र्सवादको वर्गीय चिन्तनका विरुद्ध ‘उत्तरवादी’ धारणा राख्नेहरूको प्रभावमा जानीनजानी परेका छन् भन्ने कुरा निम्न भनाइबाट थाहा पाउन सकिन्छ ः “यसका (माक्र्सवादी समालोचनाका) सीमा छन् । … जस्तै लैङ्गिक, जातीय, क्षेत्रीय एवम् अन्यखाले उत्पीडन र पहिचानका प्रश्नको सम्बोधन स्थापित वा परम्परागत माक्र्सवादी समीक्षाले सम्यक ढङ्गले, सम्यक मात्रामा गर्न सम्भवतः सकेन ।”८ माक्र्सवादलाई परम्परागत र नयाँ भनेर विभाजन गरेर र यसले “लैङ्गिक, जातीय, क्षेत्रीय एवम् अन्यखाले उत्पीडन र पहिचानका प्रश्नको” हल गर्न सकेन भनेर माक्र्सवादको आधारभूत मूल्यप्रतिको पक्षधरता र प्रतिबद्धताबाट प्राध्यापक पाण्डेयले आफूलाई ‘उत्तर–माक्र्सवादी’ कित्तामा उभ्याएका छन् । यो बडो अचम्मको स्थिति हो ।
त्यसैगरी, प्रा.डा. जगदीशचन्द्र भण्डारीले ‘इतिहास चेतना र माक्र्सवादी समालोचना’ शीर्षकको लेखले पनि भ्रमपूर्ण चिन्तनलाई नै सघाउ पु¥याएको छ । ‘नेपाली समालोचनामा प्रयोगको अवस्था’ उपशीर्षकमा उनले पनि समालोचनात्मक कृतिको लामो सूची यसरी प्रस्तुत गरेका छन्, ‘माक्र्सवादी समालोचनाको फाँटमा डिपी अधिकारीका यथार्थवादी समालोचना (२०१७), तारानाथ शर्माका घोत्ल्याइँ (सन् १९६४), मोदनाथ प्रश्रितको वैचारिक विकासका सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटा (२०२५), चैतन्यका माक्र्सवादी कला दृष्टि र समीक्षा (२०५४), क्रान्ति र सौन्दर्य (२०६४), समीक्षा र सौन्दर्य (२०६५), माक्र्सवादी साहित्य चिन्तन (२०७०), डा. ऋषिराज बरालका माक्र्सवाद र उत्तर आधुनिकतावाद (२०५२) मोहन दुवालका साहित्यिक चिन्तनहरू (२०५२), चूडामणि रेग्मीका पारिजात परिचय र मुल्याङ्कन (२०५०), बालकृष्ण अधिकारीको नेपाली साहित्येतिहास लेखन ः सर्वेक्षण र विश्लेषण (२०६६), घनश्याम ढकाललगायतका सम्पादनमा प्रकाशित माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य (२०६७) समालोचनाहरू छापिएका छन् ।९ यसमा मिसमास चिन्तन हाबी छ र यसले प्राध्यापकीय समालोचनाको राम्रो उदाहरण प्रस्तुत गरेको छ ।
समालोचनामा जीवन्त र मृत, ह्रासोन्मुख र ऊध्र्वगामी प्रवृत्तिका बीच रेखाङ्कन हुनु आवश्यक छ । यो यथार्थको सामना नगरी कसरी समालोचनाको मूल्य पर्गेल्न सकिएला ! नयाँ यथार्थको मानकलाई डा. पाण्डे र प्रा.डा. भण्डारीले किन अनायास ओझेलमा पारेका हुन् अथवा के हो ? जिज्ञासाहरू उठिरहेका छन् । प्रा.डा. जगदीशचन्द्र भण्डारी, डा. ताराकान्त पाण्डेय, हेमनाथ पौडेल र रमेश भट्टराईजस्ता समालोचकहरूलाई कसरी लिने ? बहुदलीय जनवाद तथा नयाँ जनवादी क्रान्ति अर्थात् संसदीय धारा तथा क्रान्तिकारी धारा कहिलेदेखि एउटै भए ? समालोचना राजनीतिक धारासँगै विचारधाराको आधारमा अघि बढ्छ भन्ने मत राख्ने स्वयम् पाण्डेयहरूमा यस्तो चिन्तन देखिनुमा कुन त्रिनेत्रले काम ग¥यो ? यस किसिमको बुझाइप्रति प्रश्न उठ्नु सावाभाविक छ ।
प्रा.डा. जगदीशचन्द्र भण्डारीले माक्र्सवादी समालोचनाका फाँटमा रहेका समालोचनात्मक कृति भन्दै डिपी अधिकारीदेखि घनश्याम ढकाललगायतद्वारा सम्पादित मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्यलाई एउटै खेतमा गोरु नारेजस्तै गरी नारिदिएका छन् ।
लेनिनले भनेजस्तै कला–साहित्यलाई सर्वहारा वर्गको पार्टीको राजनीतिसँगै जोडेर लगिनुपर्ने आवश्यकतालाई उनले कहाँ–कसरी जोडेर लैजान खोजेका हुन् ? बुझ्न कठिन भएको छ । के चैतन्य तथा डा. ऋषिराज बरालहरूसित मोदनाथ प्रश्रितलाई जोडेर “माक्र्सवादी समालोचनाको फाँटमा” भनेर राख्न मिल्छ ? यो त देउवा र प्रचण्डको मेलजस्तै टाउकाको मोल तोक्ने र तोकिनेहरूका बीचको अपूर्व मेल जस्तै भएन र ? वर्गीयता छोडिदियो भने लेखनमा विचलन आउँछ भन्ने विद्वान् प्रा.डा. भण्डारीको समालोचनाको यस्तो तरिकालाई अनौठो नै मान्नुपर्छ । यस्ता समालोचकीय गतिविधिले प्राडाहरूको वैचारिक स्तरमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ ।
हामीलाई थाहा छ, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवादी रसंशोधनवादीहरूका बीचमा भीषण सङ्घर्ष चल्दै आएको छ । वर्गीय समाजमा चल्ने वर्गसङ्घर्षको प्रतिबिम्बन कलासाहित्यको क्षेत्रमा पनि विभिन्नरूपबाट पर्दैआएको छ । रूसको न्यायप्रेमी नाटक तथा चीनको रातो लालटिन गीतिनाटकका समालोचना चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिपूर्व मञ्चित हाइजुइ पदबाट बर्खास्त गरियो नाटकको समालोचनाका आआफ्नै मापदण्ड रहेका छन् । माओकृत कला–साहित्यसम्बन्धी पाँच दस्ताबेज, जनताबीचका अन्तर्विरोधहरूको सही सञ्चालनमा ‘सयौँ फुलहरू फुल्ने दिने’ नीतिअन्तर्गत निर्धारित ६ बुँदे कसी र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको समयमा गरिएको जल किनाराको आलोचना उल्लेखनीय छन् । कलासाहित्यको सिर्जनात्मक कार्य वर्गसङ्घर्षका उपज हुन् र मानवसमाज वर्गसङ्घर्षको इतिहास हो भन्ने कुरालाई माक्र्सवादी समालोचकहरूका समालोचनात्मक कार्यमा इमानदारीपूर्वक पालना नहुनु अवश्य पनि सुखद् सन्दर्भ हुनसक्तैन । माक्र्सवादी समालोचकले माक्र्सवादलाई बिर्सिएर समालोचना गर्नु भनेको सिपाहीले मोर्चामा हतियार बिर्सिनुजस्तै हो । माक्र्सवादी भनिएका नेपालका कतिपय समालोचकहरू मोर्चामा सिपाहीले हतियार बिर्सिएजस्तै भएका छन् ।
न्गुगी वा थ्योङ्गोले भनेजस्तै लेखकको सिर्जनाबाट परजीवी वर्गका विरुद्ध लडिरहेका जनताले प्रेरणा र ऊर्जा पाउन सक्नुपर्छ । कुनै पनि लेखक जबसम्म नयाँ व्यवस्था, नयाँ समाज र मानवतामा आधारित भविष्यका लागि सङ्घर्षरत वर्ग र यसका मूल्यप्रति प्रशंसात्मक दृष्टिकोण अँगाल्दैन, तबसम्म उसले कहिले पनि यस विश्वलाई फेर्न सङ्घर्षरत शक्तिहरूलाई प्रेरित गर्न सक्तैन र यो कुरा प्रमुखरूपमा आफ्नो समयको वर्गसङ्घर्षमा कसको पक्षमा उभिएको छ भन्ने कुरामा नै भर पर्छ भन्ने कुरालाई माक्र्सवादी समालोचकहरूले विशेष ध्यान दिनैपर्दछ । कला साहित्यलाई राजनीतिले कमान्ड गरिरहेको हुन्छ । कतैकतै प्रगतिवाद र प्रगतिशीलतालाई एकै ठाउँमा राख्ने गरिएको पनि पाइन्छ । प्रगतिवादको आधार माक्र्सवाद हो भने प्रगतिशीलता मात्रै माक्र्सवाद होइन । प्रगतिशीलता सन्दर्भ र सम्बन्धहरूको अवस्था हो । सर्वहारावर्गीय विचारधाराका आधारमा राजनीतिले कलासाहित्यको नेतृत्व गरिरहेको हुन्छ । त्यसैले सर्वहारावर्गीय विचारधारा माक्र्सवादी समालोचनाको क्षेत्रमा गम्भीररूपमा आकर्षित हुन्छ ।
बहुलवादी दार्शनिक चिन्तनधारामा बगिसकेकाहरूलाई उनीहरूकै हितको लागि पनि स्पष्टरूपमा कित्ता छुट्याइ दिनुपर्दछ । जबजपन्थी, नवसंशोधानवादी–नवप्रतिक्रान्तिकारी र नयाँ जनवादी क्रान्ति पक्षधरहरूका दुवै हात एकैपटक पक्रेर हिँड्न खोज्नुको अर्थ के हो ? के यसले माक्र्सवादी समालोचकको द्वन्द्वात्मक दृष्टिकोण, लेखकीय प्रतिबद्धता, सौन्दर्यात्मक अवस्थिति, समाजबोधीय मानकलाई न्याय गर्ला ? यसले समकालीन नेपालको वस्तुगत यथार्थले न्याय गर्न नसक्ने कुरालाई बल पु¥याउँदै गएको छ । समाजवादको विकल्प पुँजीवाद हुनै सक्तैन । सैद्धान्तिकरूपमा ‘हुँदैन’ भन्दाभन्दै पनि व्यावहारिक रूपमा ‘हुन्छ’ को मार्ग अवलम्बन गर्नुले विचलनको स्थितिलाई मात्र सङ्केत गर्छ ।
मार्क्सवादी समालोचनाको सौन्दर्यात्मक मूल्य
माक्र्सवादलाई सङ्घर्षको दर्शन भनिन्छ । नेपालमा उत्तरआधुनिकतावाद साम्राज्यवादको सांस्कृतिक हतियारका रूपमा जबर्जस्ती आयात गरिएको छ । यो क्रान्ति, साम्यवाद र मानवजातिको सुन्दर भविष्यका विरुद्ध परिलक्षित छ । यस्तो हुँदाहुँदै पनि नेपालमा माक्र्सवादी कला–साहित्यिक धारा मूलधारका रूपमा स्थापित छ । आज पनि नेपालका प्रगतिवादी स्रष्टाहरूले प्रतिक्रियावादी दमन, उत्पीडन र दासताको विरोध गर्दै मुक्ति र स्वतन्त्रता र नयाँ यथार्थको पक्षमा आवाज घन्काइरहेका छन् । बलिदान र वीरताको भावधारामा आफूलाई उभ्याउने प्रयास गरिरहेका छन् । नयाँ यथार्थ कुरूप संसारको ध्वंस र नयाँ संसारको निर्माण गर्ने दार्शनिक भावधारमा आधारित छ । साम्यवादी संस्कृतिले त्याग, वीरता र बलिदानका उदात्त, भव्य एवम् सुन्दर आदर्शहरूलाई सङ्केन्द्रित गरेको छ । यसले मालेमावादी सौन्दर्यमूल्य प्रदान गरेको छ ।
मार्क्सवादी समालोचनामा शब्द र कर्मबीच सङ्गतिको स्थान
माक्र्सवादी समालोचनाको परम्परामा अहिले विविध किसिमका प्रवृत्तिहरू देखापरेका छन् । जीवनव्यवहारमा जे गरे पनि प्रगतिशील देखिने खालका रचनाहरू छन् भने तिनलाई प्रगतिवादी वा माक्र्सवादी साहित्यकार वा लेखक भनिदिने, लेखिदिने गरेको पनि पाइँन्छ । सचेत माक्र्सवादी समालोचकहरूले स्रष्टाको सिर्जना मात्र नभएर तिनको जीवनव्यवहार हेरेर तिनको रचनाको समालोचकीय मापन गर्नुपर्दछ । कृष्ण सेन ‘इच्छुक’ लाई शब्द र कर्मको बीचको सुन्दर एकत्व भएका स्रष्टाको रूप लिइन्छ । इच्छुकको रचनाको सोहीअनुसार सामालोचीय मापन गरिँदैआएको पनि छ । केही रचना वा कृतिहरू निकै सुन्दर र स्तरीय हुँदाहुँदै पनि मोदनाथ प्रश्रितहरूको आज मानकीय परिस्थितिमा ठूलो फेरबदल आएको छ । आज प्रश्रितका शब्द र कर्मका बीचमा निकै ठूलो अन्तराल देखापर्न थालेका छन् । यस्तो परिस्थितिलाई माक्र्सवादी समालोचकहरूले विशेष ध्यान दिनैपर्दछ । जनताका समालोचकहरू शब्दको मात्र मान्छे होइन, शब्द र कर्मका बीचमा एकत्वको मान्छे बन्नु आवश्यक छ । विचार एकातिर र व्यवहार अर्काेतिर हुनै सक्तैन । क्रान्तिकारी विचार र व्यवहारबाट मात्र हाम्रो कलासाहित्यले उत्तरआधुनिकतावाद, उपभोक्तावाद लगायतका शक्तिशाली दुस्मनको मुकाबिला गर्न सकिन्छ । प्रतिध्रुवीय कित्तासित गुत्थमगुत्थ्वाको आजको यस्तो भीषण लडाइँलाई अझै मात्रा र गुण दुबैमा माथि उठाउनु जरुरी छ ।
मालेमावादी स्रष्टाहरूमा एक समय शब्द र कर्मको सुन्दर समायोजन भएको थियो, त्यो क्रम अहिले केही कमजोर भएको प्रतीत भए पनि त्यो विरासत धान्ने माक्र्सवादी स्रष्टाहरूको ठूलो पङ्क्ति अहिले पनि सुरक्षित रहेको छ । केहीबेरमै बलिदानको कोटा चुक्ता गर्नुपर्ने कुरा थाहा भएरै पनि आफूलाई सिर्जनामा अभ्यस्त गराएका स्वदेश तथा विदेशमा थुप्रै उदाहरण ताजा नै छन् । माक्र्सवादी समालोचकहरूले यो कुरालाई गम्भीररूपले मनन गर्नुपर्दछ ।
बाबुआमाको श्राद्धे नगर्ने तर गणेश बसेर दक्षिणा लिनेहरूले जस्तोसुकै राम्रा रचना सिर्जना गरे पनि त्यो अर्थहीन हुन्छ । त्यस्ता कृतिलाई माक्र्सवादी कृति र त्यस्ता रचनामा एकोहोरो ढङ्गले माक्र्सवादी समालोचना भनेर गरिएका विश्लेषण माक्र्सवादी कर्म हुन सक्तैन ।
त्यसैले शब्द र कर्मका बीचमा एकत्वको खोजी गर्नु माक्र्सवादी समालोचकहरूको दायित्व बन्न पुगेको छ ।
विविध चुनौतीका बीचमा मार्क्सवादी समालोचना
साहित्यका अन्य विधाहरूमा जस्तै माक्र्सवादी समालोचनाका पनि विभिन्न चुनौतीहरू छन् । यो क्षेत्रमा कतिपय समस्या योजनाबद्ध रूपमा ल्याइएका छन् भने कतिपय चुनौती अज्ञानता, असावधानी तथा सर्वप्रिय लालसाका कारण पनि खडा भएका छन् । माक्र्सवादी समालोचनाका चुनौतीलाई यसरी सूत्रीकरण गर्न सकिन्छ ः
क) माक्र्सवादी समालोचनाका क्षेत्रमा प्रतिध्रुबीय धाराका विरुद्धको चुनौती मुख्य चुनौतीका रूपमा रहेको छ । यसले निरन्तर उत्तरआधुनिकतावादी, शून्यवादी, बहुलवादी आदिका माध्यमबाट जनताको वर्गीय आन्दोलनका विरुद्ध विषवमन गरिरहेको छ । संस्थागत तथा व्यक्तिगत रूपमा यस्ता हमलाकारीको सङ्ख्या ठूलो रहेको छ । यसलाई परम्परागत सत्तासंयन्त्रको ठूलो टेकोपोडो पनि भइरहेको छ । माक्र्सवादी समालोचानमाथि भइरहेका हमलाका विरुद्ध योजनाबद्धरूपमा प्रतिरोध गर्नु आवश्यक छ ।
ख) संशोधनवाद–नवमाक्र्सवाद, ‘उत्तरमाक्र्सवाद’ पनि माक्र्सवादी समालोचनाका लागि चुनौतीका रूपमा रहेका छन् । नेपालमा रातो झन्डा बोकेर रातो झन्डालाई सिध्याउन केही शक्ति लागिरहेझैँ यसको उद्देश्य माक्र्सवादको खोल ओढेर माक्र्सवादलाई सिध्याउनु रहेको छ । यसको मुख्य उद्देश्य माक्र्सवादको भ्रष्टीकरण गर्नु हो । नेपालमा खगेन्द्र सङ्ग्रौला, प्रदीप नेपाललगायत माओवादका नाममा यथास्थितिवादको अभ्यास गर्नेहरूले यस किसिमको चुनौती खडा गरिरहेका छन् । यसका विरुद्ध माक्र्सवादी समालोचनाका माध्यमबाट तीव्र वैचारिक सङ्घर्ष चलाउनु आवश्यक छ ।
ग) कलालाई राजनीतिबाट अलग्याउने प्रयास विभिन्न तवरबाट हुँदै आएको छ । उनीहरूको मूल उद्देश्य वर्गसङ्घर्षको धारलाई भुत्ते बनाउनु हो । प्रतिध्रुवीय रूपवादीहरूका साथै तमाम संशोधनवादी, नवरूपवादीहरूले यस किसिमका हर्कत गर्दैआएका छन् । कला समीक्षाको माक्र्सवादी मापदण्डको विरोध गर्नुलाई उनीहरूले आफ्नो नियमित कार्यसूची बनाएका छन् । माक्र्सवादी सौन्दर्यचिन्तन र कला समीक्षाको क्षेत्रमा निरन्तर आक्रमण गरिरहेका रूपवादीहरूका विरुद्ध कडा वैचारिक सङ्घर्ष गर्नु माक्र्सवादी समालोचनाको अहम् दायित्व हो ।
घ) समालोचनाको क्षेत्रको अस्तव्यस्तता पनि अर्को चुनौतीका रूपमा रहेको छ । कुनै कृति वा रचनामाथि गरिएको समालोचनाको आधिकारिता कठिन छ । प्रायोजित समालोचनाले कृति र कृतिकारहरूको दिनप्रतिदिन मृत्यु भइरहेको छ । प्रायोजित समालोचनाका विरुद्ध वैज्ञानिक र वस्तुपरक समालोचनात्मक आधार खडा गर्नु पनि माक्र्सवादी समालोचनाको अर्को महŒवपूर्ण कार्यभार हो ।
ङ) श्रेणीगत विभाजनले पनि माक्र्सवादी समालोचनामा समस्याहरू थपेको छ । डा. पाण्डेयले माक्र्सवादी समालोचकहरूलाई वरिष्ठ पुस्ता, स्थापित पुस्ता, क्रियाशील पुस्ता र नवोदित पुस्ता भनेर गरेको श्रेणीगत विभाजन गलत छ । स्रष्टा–सर्जकहरूलाई यसरी खण्डखण्डमा विभाजन गर्नु सही हुँदैन । वस्तुगत आवश्यतालाई पूरा गर्ने क्षमता, साहस जोसित हुन्छ, त्यो नै स्थापित हुन्छ । अग्रजहरूलाई सम्मान गर्नुपर्छ, उनीहरू हाम्रा आदर्श हुन् । त्यो आदर्शको रक्षा गर्दै नयाँ पुस्तालाई अग्रसर गराउनुपर्छ । तर आदर्शको बाटोमा अग्रसर हुने क्षमतावान् पुस्ताको पनि आवश्यकता हुन्छ । आदर्श र सक्षम पुस्ताको उचित संयोजन गरेर मात्रै हामीले माक्र्सवादी समालोचनाको क्षेत्रमा उल्लेख्य योगदान दिन सक्छौँ ।
च) अहिले प्राध्यापकीय समालोचना (मूलतः कृतिपरक) का विविध रूपहरू देख्न पाइन्छ । यस्ता समालोचनाहरू एकाङ्गी रहेका छन् । माक्र्सवादी कोणबाट गरिएका भनिएका कतिपय समालोचनाहरू पनि अपूर्ण रहेका छन् । समालोचकहरूले कृतिको विश्लेषण मात्र गरिरहेका हुँदैनन्, सारमा उनीहरूले दार्शनिक तथा वैचारिक क्षेत्रको काम गरिरहेका हुन्छन् । गैरमाक्र्सवादीहरूसितको सङ्घर्षभन्दा माक्र्सवादी आवरणामा गैरमाक्र्सवादको अभ्यास गर्नेहरूसितको सङ्घर्ष कयौँ गुणा पेचिलो हुन्छ । यस किसिमको प्रवृत्ति अहिले माक्र्सवादी समालोचनाको क्षेत्रमा चुनौती बनेर खडा भएको छ । यसबारे माक्र्सवादी समालोचकहरू गम्भीर हुनु आवश्यक छ । चुनौतीबाट भाग्ने होइन कि चुनौतीसित लड्ने कुरा नै माक्र्सवादसम्मत हुन्छ ।
उपसंहार
माक्र्सवादी समालोचनाको भ्रष्टीकरण विरूद्धको सन्दर्भले यससम्बन्धी आधारभूत मूल्य–मान्यताको माग गर्दछ । विचारधारात्मक रूपमा प्रष्टता नभईकन न कोही माक्र्सवादी हुन्छ, न कसैले गरेको समालोचना नै माक्र्सवादी हुन्छ ! बुर्जुवा विचार–चिन्तनको गलगाँड बोकेर न कसैले माक्र्सवादी समालोचना गर्नसक्छ, न त उसले गरेको समालोचना नै माक्र्सवादी हुन्छ । माक्र्सवादी समालोचकहरू उत्पादन र विकास गरेर हामीले यस क्षेत्रको आवश्यकता पूरा गर्न सक्छौँ ।
नेपालको समकालीन जनपक्षीय राजनीति आज पनि नयाँ जनवादी क्रान्तिको चरणमा रहेको छ । समकालीन माक्र्सवादी समालोचनाको क्षेत्रमा रहेका चुनौतीको सामना गर्न प्राध्यापकीय ढाँचाबाट असम्भव छ । विश्वविद्यालयीय समालोचकहरू लेखनमार्फत आफू राजनीतिबाट माथि उठेको देखाउन खोज्छन्, तर लाभका लागि राजनीतिक भागबन्डाको हिस्सा बनेर दौडधुप पनि गरिरहेका हुन्छन् । माक्र्सवादका आधारमा सर्जक र समालोचकको त्रैआयामिक सम्बन्धलाई स्थापित गरेर मात्र सुन्दर संसारको परिकल्पनालाई मूर्तीकृत गर्न सकिन्छ । यही परिकल्पनालाई साकार पार्नु नै माक्र्सवादी समालोचकहरूको अहम् कार्यभार हो । अबको माक्र्सवादी नेपाली समालोचनाको दिशा पनि यही नै हो ।
०००
टिप्पणी
१. चैतन्य, (२०७२), ‘विचारधारा, अन्तर्वस्तु र माक्र्सवादी समालोचना’, प्रवर्तक, ५ (वैशाख–आश्विन, २०७२), पृ. ९ ।
२. एजी दिमेन्तिभ, (सं.) ‘पार्टी दस्ताबेज नं. सन् १९४०’, नं. २२, रिभोलुस्नरी डेमोक्रेसी भाग ३ ः १७०–१८२, (२००२), पृ. ६२–६४ ।
३. माओत्सेतुङ, साहित्य र कलासम्बन्धी पाँच दस्ताबेज, अनु. भोगीराज चाम्लिङ, (काठमाडौँ ः खोजी प्रकाशन, २०६६) ।
४. माओत्सेतुङ, साहित्य र कलासम्बन्धी पाँच दस्ताबेज ।
५.डा. ताराकान्त पाण्डेय, प्रवर्तक, ५, ( वैशाख–आश्विन, २०७२), पृ. २८–२९ ।
६. ऐजन, पृ. २९ ।
७. ऐजन ।
८. ऐजन, पृ. ३९–४० ।
९. डा. जगदीशचन्द्र भण्डारी, प्रवर्तक, ५, (वैशाख–आश्विन, २०७२), ४८–४९ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com’ मा पठाईएको । )