Tag Archives: Chandra Kuwar ‘Chandrama’

देउडा गीत : लागिग फागुनको मैना

~चन्द्र कुवँर ‘चन्द्रमा’~ लागिग फागुनको मैना , गयो धर्मी माघ । मेरो खबर सुनाई दिनु , दैला बास्न्या काग ।। डाँडा छैकी खोला छैकी , काँछै मुँगा माल । कलेजी कटाउन लाग्यो , तेरो माया जाल ।।

Posted in देउडा गीत | Tagged | Leave a comment

देउडा गीत : सात गते फागुनका मैना

~चन्द्र कुवँर ‘चन्द्रमा’~ सात गते फागुनका मैना , दुई हजार सात साल । अन्त्य भयो जहाँनिया , शोसक राणा काल ।। चार जना नेपालका सपुत , अमर सहीद भया । देशको लागी रगत बगाई , स्वर्ग्या लोक गया ।।

Posted in देउडा गीत | Tagged | Leave a comment

देउडा गीत : खेत गँहु बयाली खेल्ला

~चन्द्र कुवँर ‘चन्द्रमा’~ खेत गँहु बयाली खेल्ला , बुढाकोट का सेरा । आज भोली समाचार क्याछ , अछाम जिल्ला मेरा । । मेघ पानी बर्सेन भन्दा , क्या छ खेती पाती । क्या कसाछन गाउँघरका , मेरा सँगी साथी । … Continue reading

Posted in देउडा गीत | Tagged | Leave a comment

देउडा गीत : भोट्यादाईका राडी काम्ब्ला

~चन्द्र कुवँर ‘चन्द्रमा’~ भोट्यादाईका राडी काम्ब्ला , जुम्लिदाईका पाखी । मेरो माया अझै पनि , तुई ठौर छ बाकी ।। दालभात खानु टप्परिमा , साग खानु दुनामा । तेरो माया राख्याकै छु , मुटुका कुनामा ।।

Posted in देउडा गीत | Tagged | Leave a comment

देउडा गीत : खालिगडा लवामाली

~चन्द्र कुवँर ‘चन्द्रमा’~ खालिगडा लवामाली , देउताको थान पन । चन्चल मन बैरागी नहो , अब त मान पन ।। डाँडा खेल्ला लवामाली , स्कुल पढ्न्या दिन । आकाश पाताल एकै गर्दो , यती घुम्छै किन ।।

Posted in देउडा गीत | Tagged | Leave a comment

देउडा गीत : जन्माष्टमी मेला

~चन्द्र कुवँर ‘चन्द्रमा’~ भदवका कृष्ण पक्ष , जन्माष्टमी मेला । प्रभा राम्रा दयगडा , सबै हुन्ना भेला । । डोलजात्रा कन्हैयालाल को , जयकार को नारा । उमङ्गी उत्साही हुन्ना , अछाम वासी सारा । ।

Posted in देउडा गीत | Tagged | Leave a comment

देउडा गीत : देउता पुजाई गाँउको

~चन्द्र कुवँर ‘चन्द्रमा’~ आउँदै छ अनन्त्या पुनी , देउता पुजाई गाँउको । दाईना भया कुल देवता , सन्देश दियाँ नाँउको । । अनन्त्याको मेला होला , मेरा बुढाकोट । पैठ आउन्ना पर्गला आउन्ना , सम्झी मर्म चोट । ।

Posted in देउडा गीत | Tagged | Leave a comment

देउडा गीत : सधै हाँसेकै छु

~चन्द्र कुवँर ‘चन्द्रमा’~ दुक्ख सुक्ख जेभयनी , सधै हाँसेकै छु । तिम्रो तस्वीर मुटु भित्र , सधै टाँसेकै छु । । तिमी सधै खुशी रनु , देउता भाकेकै छु । जूनिजूनी सँगई जिउने , बाचा राखेकै छु ।

Posted in देउडा गीत | Tagged | Leave a comment

देउडा गीत : अनन्त्या पुनिमा

~चन्द्र कुवँर ‘चन्द्रमा’~ मेरा गाँउमा भोली मेला , अनन्त्या पुनिमा । अब कैले हेर्न पाँउला , पर्देशी जुनिमा । । बुढाकोट रमाईलो डाँडा , खापरमाण्डौ चौर । मन पन एकुल्याई गयो , यै बिराना ठौर । ।

Posted in देउडा गीत | Tagged | Leave a comment