तपाईंले छान्नुभएको विधा : नेपाली उपन्यास

नेपाली उपन्यास / Nepali Novels

लघु-उपन्यास : कालचक्र

~रामप्रसाद दाहाल~ प्राथक्वन उमेरको हदबन्दीले नोकरीबाट अवकाश पाएपछि मेरा फूर्सदका दिनहरू प्रशस्त हुन गए र मैले आफ्नो दैनन्दिनी पल्टाएर हेर्ने अवसर पाएँ। त्यहाँ कति सुखका घटना थिए कति दुःखका। मेरो दैनन्दिनी स्वयम् एउटा इतिहास थियो एउटा नोकरीमा पालिएको मानिसको इतिहास। प्रत्येक जागिरेको दैनन्दिनीमा यी सबै कुरा हुन सक्थे तर शुरूको, मेरो नोकरी लाग्नुभन्दा अगाडिका केही पन्नामा जे थिए, ती कुरा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , , | Comments Off on लघु-उपन्यास : कालचक्र

नेपाली लघु-उपन्यास :भड्किरहेका मान्छेहरू

~लक्ष्मण श्रेष्ठ ~ सहरमा बर्खा लागेको छ। रोपाइँ त हुन्न तर सहर गाउँ र गाउँलेहरूले नै भरिएको छ। मेरा क्यान्टिन गफी मित्रहरू पनि अहिले आ–आफ्ना गाउँ गएका छन्। मुना पहाडकी हो। पहाडको बेसीमा उसको सानो टुक्रा खेत छ। त्यही खेत रोप्न प्रत्येक वर्ष नछुटाई जान्छे ऊ। तुफान बुटवल बजारको नजिकको गाउँको केटो हो। ऊ नगई घरमा रोपाइँ त झन् हुँदै पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , , | Comments Off on नेपाली लघु-उपन्यास :भड्किरहेका मान्छेहरू

नेपाली लघु उपन्यास : बारवालीको डायरी

~सुशीलराज रेग्मी~ साँझको लज्जा अधेँरी, कतै धिप–धिप त कतै झकमक्क बलेको काठमाडौं । चारतले घरको सेपिलो कोठा, बेरोजगारीमा पिल्सिएको म अनि प्रेममा रुमलिएको मेरो रुम पार्टनर । गाउँबाट ल्याएको भटमास र आलुको तरकारीसँग मोबाईलको उज्यालोमा बेलुकाको छाक टारेपछि जुठो भाँडो बाटामा खाँदेर हामी आफ्नै तुनेलोमा निस्कने तयारीमा छौँ । उसो त ऊ अक्सर खाना सकिनुसँगै मोबाईलमा खासखुस सुरु गरिहाल्थ्यो आज पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , , | Comments Off on नेपाली लघु उपन्यास : बारवालीको डायरी

नेपाली उपन्यास : अद्भुत प्रेम परीसंग

~राजनप्रसाद निरौला~ अद्भुत प्रेम परीसंग | नेपाली उपन्यास | राजनप्रसाद निरौला रातभर पानी प-यो; कदाचित् डर पनि भयो । सबैजना आगोको वरिपरि बसिरहे, कोही रापका कारण निदाए पनि । उनीहरु ठूलठूला चट्टानले घेरेको, बीचमा निकै फराकिलो ठाउँ भएको ओडारमा छन् । यसभित्र यसताकाका समकालीन मानिसहरू धेरैजना एकैठाउँमा बस्छन् । त्यति सुरक्षित स्थान हैन यो, चट्टान र माटोको भित्ताबाट प्रायः पानी पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , | Comments Off on नेपाली उपन्यास : अद्भुत प्रेम परीसंग

नेपाली उपन्यास : थुम्काबाट चियाउँदा

~गणेश शर्मा~ समर्पण : साहित्य प्रेमीहरुमा  थुम्काबाट चियाउँदा | नेपाली उपन्यास | गणेश शर्मा भाग-१ काभ्रेको खोरियालाई हुस्सेले ढाकेको थियो । त्यसकारण विजयछापका झुप्राहरु बादलभित्र हराएका थिए । थुम्काहरुले कालो बादलको टोपी लाएकाले वरिपरिका रुखहरु प्रष्ट देखिदैन थिए । भष्मे खपाँङ्गीको घरनेर तगारामा आकाश खसे झैं देखिन्थ्यो । पाखाभित्ताका खोल्साहरु छ्याङ छ्याङ गरेर बग्थे । ध्यान दिएर सुन्दा संंगीतको ध्वनि पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , | Comments Off on नेपाली उपन्यास : थुम्काबाट चियाउँदा

नेपाली लघु-उपन्यास : पृथ्वी ,राष्ट्रियता र मानिस

~उमापति भुसाल~ प्रमुख पात्रहरू:- नारद, फूलसरा र हिमलाल तथा सहायक पात्रहरु: चार छोरीहरू भाग-एक चार सन्तान पछि जन्मेको हिमलाल नारद र फूलसराको पाचौं सन्तान हो । पाचौं सन्तान जन्माउँदा पनि फूलसरालाई दुख र पीडा भन्दापनि निकै ठुलो उत्साह थियो किनकि उनीहरूको आशाको त्यान्द्रो (छोरा) थियो उ ।परिवारमा ठुलो हर्ष बढाँई नै भयो उ जन्मँदा । ४ दिदीहरुको न्यानो माया सहित पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , | Comments Off on नेपाली लघु-उपन्यास : पृथ्वी ,राष्ट्रियता र मानिस

नेपाली उपन्यास : मृत्यु विरुद्ध

~राजनप्रसाद निरौला~ मृत्यु विरुद्ध | नेपाली उपन्यास | राजनप्रसाद निरौला ब्याग भिरेको, केटै उमेरको एउटा मानिस होटलको मूलद्वारभित्र पस्यो । ढोकामा उभिएको सुरक्षागार्डले खुट्टा बजारेर सलाम ठोक्यो । काउन्टरमा पुगेर अलिकति निहँुरिदै त्यो मानिस अङ्ग्रेजीमा बोल्यो । “हेल्लो, मेरो नाम संघर्ष हो ।” ऊ कपटी भावले मुस्कुरायो पनि । “हेल्लो ।” केटी आकर्षक ढङ्गले बोली । “रात्रिका लागि बास बस्ने पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , | 1 Comment

नेपाली उपन्यास : बैंकर

~बिम्मी शर्मा~ बैंकर | नेपाली उपन्यास | बिम्मी शर्मा ‘क्यान यू मल्टिप्लाई थर्टी नाईन वाई थर्टी नाईन ?’ ईन्टरभ्यू लिने त्यो विदेशी वैंकको कुईरे जिएमले अनिकेतलाई सोझै प्रश्न दाग्यो । प्रश्न सुनेर उ एकछिन त अक्मक्कियो र मनमनै सोच्यो ‘ यो जिएम खुस्केको छ कि क्या हो, कहाँ आफुले बैंक समबन्धि कुरा घोकेर आएको, यो कुईरे त अरु केही प्रश्न पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , | Comments Off on नेपाली उपन्यास : बैंकर

नेपाली लघु-उपन्यास : मनोक्रान्ति

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~ पहिलो भाग भोली त बिहीबार, हाट लाग्ने दीन, बुवाममीले,”सबैरै उठेर हाट बजार जाने” भन्नुभा छ । आहा! मलाई नी धेरै रमाइलो महसूस हुन्दैछ । तेंहा के के सामान बेच्न राख्या होलान । मेरो लागी पो छ की छैन होला? कपडा जिन्सपाईन्, टोपी भाको टि-सर्ट अनी टलटल टल्किने जुत्ता र हातमा मिलिक मिल्कने घडी । यी बाबालाई पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , , | Comments Off on नेपाली लघु-उपन्यास : मनोक्रान्ति

नेपाली उपन्यास : देशै हराएपछि..

~डिल्लीराम शर्मा आचार्य~ देशै हराएपछि…|नेपाली उपन्यास|डिल्लीराम शर्मा आचार्य भाग १ नारी हृदय कसरी बुझ्न सक्छ? दिपकले त महनले जस्तो धोका दिंदैन होला?’ रमाले आफैलाई प्रश्न गरीगरी उत्तर खोजिरहेकी थिई । ‘ए ! कति छिटो बाटो काटिएछ,कीरा,बख्खु लगाएका गाउँलेहरू डोका,थुम्सेमा दाल,चामल, साग, छुर्पी बोकेर बजार भर्न जानेहरूको हुलहुल छुटिरहेको थियो । दुई तीनवटा घुम्ती पार गरेर रमा तिनै भरियाहरूसँग डम्फू बजारमा निस्किई पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , | Comments Off on नेपाली उपन्यास : देशै हराएपछि..

नेपाली उपन्यास : सारङ्गीको र्याँईर्याँई र बाल गन्धर्भ

~डा. कविताराम श्रेष्ठ~ सारङ्गीको र्याँईर्याँई र बाल गन्धर्भ (नेपाली र अंग्रेजीमा उपन्यास) डा. कविताराम श्रेष्ठ २०५९ The Melody of Sarangi and Little Gandharbha ( A novel in Nepali and English) DR. Kavitaram Sherstha 2003

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , | 2 Comments

नेपाली उपन्यास : भाँचिएको लौरो

~रमेश गौतम “पाल्पाली”~ भाँचिएको लौरो (उपन्यास) | नेपाली उपन्यास | रमेश गौतम “पाल्पाली” भाग १ “बिरे तँ कहाँ गएको थिइस् ?” “स्कुलमा गएको प्रार्थनाको बेला भएको रहेछ, हेरेर आएको” “हेरेर के गर्छस् पढ्न नपाएपछि । बाख्रालाई बारीका कान्लामा डोर्दे भनेको त्यति पनि गरेन । अघि नै डोर्देको भए केही खान्थे, अहिलेसम्म भोकै छन् ।” “गोरे, भुन्टे सबैले पढिराछन्, मैले नि पढ्न पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , | Comments Off on नेपाली उपन्यास : भाँचिएको लौरो

नेपाली उपन्यास : आदिवासी

~देश सुब्बा~ – आदिवासी – भयको प्रकट / क्षेत्र / समस्या अपरान्हको समय । दिनको चकमन्नता सहरभरि छायाँजस्तै छाएको थियो । साँझबिहान चिरबिर कराउने चरा हराएका थिए । यस घडीमा मान्छेलाई आङमा न्यास्रो आएर बसेको जस्तो अनुभूति हुन्थ्यो । टन्टलापुर घाम मात्र सहरमा पखेटा फैलाएर उडिरहेको थियो । बादलका टुक्राटुक्री

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , | Comments Off on नेपाली उपन्यास : आदिवासी

नेपाली उपन्यास : हिन्दु नारी

~युवराज बराल~ हिन्दु नारी | नेपाली उपन्यास | युवराज बराल भाग – १ मातातीर्थ औंसीका दिन गङ्गाले जसरी भए पनि माइत जान पाउनुपथ्र्यो । मैले ऊसँग विवाह गरेको पाँच वर्ष बितिसक्यो । अहिलेसम्म मैले उसलाई हिन्दूहरूको एउटा उल्लेख्य पर्व मातातीर्थ औंसीका दिन माइत जानबाट रोकेको छुइनँ । उसलाई पठाउन केही कोसेली किन्न बजार निस्किएको थिएँ । त्यहाँ उर्मिलासँग भेट भयो पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , | Comments Off on नेपाली उपन्यास : हिन्दु नारी

नेपाली लघु-उपन्यास : सहयात्री

~राम प्रसाद दाहाल~ १.यात्राको थालनी कहींकतै टाढाको यात्रा गर्नु पर्दा, चाहे त्यो उडानमार्गबाट होस् या गुडानमार्गबाट, म टिकटमा दिइएको समयमा नै पुग्ने प्रयास गर्दछु तर त्यो प्रयास कहिलेकहीं सफल नभएर मैले मेरो वाहनलाई छुटाउनु पनि परेको छ। कहिले म ट्राफिक जामको घेरामा फसेको छु, कहिले ट्याक्सी नामको खटारो बीचबाटोमा पसारो परिदिएर समयलाई उम्काई दिएको छ। कतिपय समयमा ‘ल, ल, पाकिसक्यो, पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , , | Comments Off on नेपाली लघु-उपन्यास : सहयात्री

आञ्चलिक उपन्यास : पुर्वतिर

~प्रदिप नेपाल~ पुर्वतिर (आञ्चलिक उपन्यास) | नेपाली उपन्यास | प्रदिप नेपाल आगमन घुरबिसे पञ्चमीबाट फाक्देवको ओरालो झरेपछि इवाँ खोलो आउँछ । फिदिम र ताप्लेजुङ जाने धेरै जसो यात्रीहरु घुरबिसेबाट ओरालो झरेर फाक्देव गाउँका बरपीपलका चौतारीहरुमा उभिएर उत्तरपूर्वको कुनामा पर्ने पौवा सारतापदेखि दक्षिणपश्चिममा पर्ने तमोर खोलासम्मका गाउँहरु, बेसीहरु अनि खोला वरिपरिका जङ्गलको रमीता हेर्थे । यसरी हेर्दै खोलामा झरेको यात्री एकछिन पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , | Comments Off on आञ्चलिक उपन्यास : पुर्वतिर

नेपाली उपन्यास : नन्दिता

~प्रदिप नेपाल~ नन्दिता | नेपाली उपन्यास | प्रदिप नेपाल भूमिका  मेरी मायालु मामु,  तपाईंले देखेको सपना पुरा गर्न सकें, फेरि अर्कोपल्ट मलाई आशिर्वाद दिनुहोस् । पढाइ समाप्तीसम्मै सन्तोषजनक रह्यो । तपाईंको परिश्रम, तपाईको दुःख र तपाईंको पसिनालाई मैले अँध्यारो अनुहार पार्न दिइन । त्यो उज्यालो भयो । परीक्षाको परिणाम र आफू भित्र हुर्किएको आत्मविश्वासले नै मलाई यो चिठी लेख्न ढाडस पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , | Comments Off on नेपाली उपन्यास : नन्दिता

नेपाली उपन्यास : इन्जिनियरिङ, अन्तिम वर्ष र रानीपोखरी

~मनोज घिमिरे र रजित ओझा~ एक इडाहाओ सधैँजस्तै आज पनि चिसो थियो । आफ्ना हर्क्युलियन छातिहरूमा पक्का, दरिला र लाम्चा सडक बोकेर त्यहीँनै वर्षौंदेखि अचल थियो । रातमा बाटो छेउका ल्याम्पपोष्टहरू गर्धन झुकाएर आज पनि बलेका आँखाले केही खोज्दै थिए । एक्कासि मेरो मोबाइल बज्यो । अनुप रै’छ । “आज कहाँ भेट्ने ?” उसले हतारिँदै सोध्यो ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , , | 1 Comment

नेपाली उपन्यास : उसको लोग्ने र बिरालो

~ इन्दिरा प्रसाई~ उसको लोग्ने र बिरालो (उपन्यास) – इन्दिरा प्रसाई संस्करण: पहिलो (२०६०), प्रति: १००० ISBN: 99933-799-6-4 Usako Logne Ra Biralo (A Novel by Indira Prasai) जीवनमा प्रेम, अपमान र पछुतोको सग्लो कथा हो उसको लोग्ने र बिरालो । इन्दिरा प्रसाईको यो उपन्यासले निक्कै चर्चा पनि पायो ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , | Comments Off on नेपाली उपन्यास : उसको लोग्ने र बिरालो

नेपाली उपन्यास : अनौठो प्रेमकथा

~प्रदीप नेपाल~ अनौठो प्रेमकथा | नेपाली उपन्यास | प्रदीप नेपाल समर्पण, अभिव्यक्ति स्वतन्त्रताका संवाहकहरूमा लेखकको भनाइ प्रेम कथाहरू मेरो रूचीका विषय होइनन्। प्रेमलाई केन्द्रविन्दु बनाएर २०२४/०२५ सालमा लेखेका तीन चार कथाहरूलाई मैले त्यतिबेलै नष्ट गरिदिएको थिएँ। यद्यपि त्यतिबेला प्रेममा आधारित कथा उपन्यासहरू नै बजारमा बाक्लरी छरिएका थिए। जनताको दुःखसुखको जीवनसँग जोडिएका कथाहरू विशाल महासागरमा कताकति देखिने टापुहरू जस्ता मात्र लाग्थे। म हिन्दी पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली उपन्यास | Tagged , | 5 Comments