~जय प्रकाश ‘विवश’~
म जस्तो तिमि होइनौ भन्छन मान्छे अरे
रित्तिएको मन पनि अझै खाली भयो अरे
कता कता तिमि पनि बजार जस्तै फेरिन्छेउ
खै कुन्नि के भाको हो रुप खाली चल्छ अरे
बजारमा सानो कुरा पनि ठुलो हुन थाले पछि
तिम्रो त झन् ठुलो रवाफ पो चल्छ अरे
यता उता जता पनि स्वार्थी मान्छे भए पछि
समाज नै येस्तै गरि विकृत पो चल्छ अरे
साना ठुला जे भए पनि हामी नै हो बुझ्ने
भन्छ बिबस राम्रो कुरा आफैबाट थालु अरे
आँखीभूइं ८ संखुवा सभा