Tag Archives: नेपाली कविता

कविता : विरोधाभास

~बज्रकुमार राई~ आज निष्पट अँध्यारो छ भोलि उज्यालो आउँछ पक्कै तर, खोइ म के भनु ? कसरी भनु ? भोलिसम्म बाँच्नै नसक्ने यी हर अन्धकारका अभागी यात्रीलाई जीवन संघर्ष हो

Posted in कविता | Tagged | Leave a comment

कविता : म हराउँदै छु

~बिपिन शर्मा~ म ओइलिएको गुलाव हातमा बोकि अस्ताउन लागेको घाम नियाल्दै हुन्छु लाग्छ, अर्थहिन एउटा पर्खाईको अन्त्येस्टी हुन लागेको छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गरीबको केही स्न्यापसट

~प्रवीण राई जुमेली~ कतिले भन्छन् नीयतीले ळेख्यो गरीबलाई कतिले भन्छन् ईश्वरले रच्यो त्यो जीवलाई देख्दा र पड्दा यो शब्द नि तीनै शब्दले निर्मित भए तापनि यसभित्र समाहित अर्थ अनेकौं निहित व्याख्या सयौं

Posted in कविता | Tagged | Leave a comment

कविता : छिन्ताङ्ग

~राजेश राई~ भाडाका शाही जल्लादहरुले मृत्यु आतंकको खेती गरीरहे भाडाका काला मान्छेहरुले सुत्केरी आमाहरुलाई बलत्कार गदै आतकंको संगिनहरु रोपिरहे तर छिन्ताङ्गहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै बाटो

~कृष्ण अधिकारी ‘चिन्तित’~ तिमी आफ्नै बाटो हिँड म आफ्नो बाटो हिँड्छु तिमी पूर्व लाग म पश्चिम लाग्छु पृथ्वी गोल छ भन्छन् एक दिन न एक दिन हाम्रो भेट कसो नहोला ?

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पना

~लक्ष्मी उप्रेती~ कल्पनाको तरङ्गमा जब सुन्दर भाव आउँछन् आँखामा तब ममा अटाउन नसक्ने खुसीका चित्रहरू कोरिन्छन् सपनामा देख्न नसकेका

Posted in कविता | Tagged | Leave a comment

कविता : बैँस

~टंक वनेम~ आम्बेपोंजोमा बैँस ढालेर हेँवा खोला बग्दा ओरालै ओरालो शिबालिक पहाडको टाकुरा पारी वानायुज घोडाले पर्बत नाँघे झैं आम्बेपोजोंमाको राजकुमारी संग जून थियो मन भरी घाम थियो आङ्भरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड अशोक सुवेदीकी श्रीमती

~प्रोल्लास सिन्धुलीय~ एक दिन कमरेड अशोक सुवेदीकी श्रीमतीले पतिको मोबाइलबाट फोन गरिन्– ‘बेखा दाइ, छतमा दुईवटा कोठा थप्नुप¥यो खर्चको इस्टिमेट दिनुस् न !’ उताबाट जनआन्दोलनको बेलाको जस्तो चहकिलो स्वर आयो ‘लौ ! कस्लाई गर्नुभा’को ? म पूर्णविराम हुँ, कवि पूर्णविराम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बोलुँ बोलुँ लागेको छ

~नगेन्द्र ईङ्नाम “आठराईली”~ मौसमका उधौली र उभौलीहरूसँगै उकाली र ओराली गरी रहने यो मन तिमीले निर्धक्क भएर सबै सामु सत्य सत्य बोलेको देख्दा मेरा पनि मनका कुरा खोलुँ खोलुँ लाग्छ तिमीले बोलेजस्तै मीठो बोलि मलाई पनि बोलुँ बोलुँ लागेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : कोही छ घरज्वाँई बस्ने ?

~बिमल लामिछाने~ हाम्रो दिनहुँ झगडा पर्छ कहिल मुक्का मुक्की हुन्छ कहिले फास्स फुस्स मै टर्छ म डल्लो लोहोरो उचाल्छु बुढी चेप्टो सिलौटो उचाल्छे म तातो रोटी उचाल्छु बुढी रातो तावा उचाल्छे

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सडक नै कारगार भएको छ

~अश्रु सिन्धुलीय~ १. झ्याउँकिरी कराएर रातमा चन्द्रमालाई जिस्क्याइरहेका छन् । आकाश गङ्गामा आजमात्रै रकेट पसेछ मान्छेहरू नाङ्गै खुट्टा आकाशमा दौडिरहेका छन् हिमाल पग्लँदो छ, प्रशान्त महासागर फैलँदो छ सिल मरिरहेकोमा ठुलो कोलाहल छ प्रत्येक दिन, प्रत्येक छिन घरघरबाट मान्छे थुतेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : युरोपेली पर्यटकसँग

~अनुज श्रेष्ठ ‘प्रवास’~ महाशय ! यो पेटी भिकारीहरुका लागि हो र , यो सडक धनी र मन्त्रिका गाडीहरु कुद् नका लागि बनाईएको हो मौरी जस्ता यी कर्मशील मान्छेहरु घाम नछिर्ने गल्लीहरु भित्र बस्छन् र भोक नदेखिने वस्तीहरु भित्र हराउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : देउरालीमा फूल साट्ने बैशहरुले पर्खि रहेछ

~आचार्य प्रभा~ परदेशिएर तन टाडिए पनि अाकाशिएर इछ्याहरु बेलगाम भएपनी बाध्यताको कठोर मरुभूमिमा बालुवाको कणहरुसङै मनका त्रिष्णाहरु उडाएर म फगत ,निरश जीवन बांची रहेछु कुनै अर्को भूगोलमा।

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको सिमाना

~सीमा आभास~ मेरो देशको सिमाना हराएपछि सप्तकोशी किनारै किनार सगरमाथा छ छैन थाहा पाउन बैशाखी टेकेर म लगडो नागरिक जादैछु नाम्चेतिर सप्तकोशी ब्यारेजबाट हुत्तिएर जब मेरो देश पारिपट्टिको बगरमा पछारियो तब दन्दनी बल्न थाले तेली र मुसहर बस्तीहरु ब्यारेजमुनिबाटै डुब्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो कविता होइन भन्ने तिमी को ?

~कुबेर काका~ १ यो कविता होइन भन्ने तिमी को ? सम्बृद्ध र सम्पत्रको भान्सामा भान्सेले पकाएको परिकार जस्तै परै मग्मगाउने सग्लै निली सकेको भएपनि बस्तुले उग्राए जस्तै ओकलेर चपाउदा र्‍याल आउने जिब्रो रसाउने र घाँटीमा नअडकिने लपक्क पारेर पकाएको बास्मति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुगुकी प्रियसी

~अक्कल बहादुर शाह~ निर्मल छिन, निश्चल छिन, चञ्चल छिन असाध्यै सुन्दर छिन, मुगुकी प्रियसी ! चौवन्दी चोलोमा सजिएकी छिन, निलो सारीले बेरिएकी छिन यौबनले उन्माक्त छिन, तर साह्रै शालिन छिन, मुगुकी प्रियसी !

Posted in कविता | Tagged | Leave a comment

कविता : अब के हुन्छ यो देशमा ?

~प्रमोद धिताल~ हरेक दिन लेखकहरु/कविहरु पत्रकार/प्राध्यापक चिया गफ होस् या पार्टी आकस्मिक भलाकुसारी होस् या सञ्चो–बिसन्चोको समय हरेक समयमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आफ्नै बजार भाउ

~सिमियोन रोक्का~ सबैको मूल्य हुन्छ रे, हजार अर्थ राख्ने मेरा यी शब्दहरूमा मेरो आफ्नै बजार मूल्य कति होला ? बुझ्न मन छ । ५ रूपेमा नबिक्ने सागको त्यान्द्रो बोकी, बजार-बजार गल्ली-गल्ली हिँड्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : नलगाएको मायाको पिडा

~लक्ष्मी बिष्ट~ पैतालाको धुलो सरी, उडिरह्यो आधा जीवन भरि सोच्नै सकिन, चोखो माया कुन रहेछ भनी दुखाइरह्यो, काडाँसरी, धोचीरह्यो तनभरि–नगाँसिएको माया, यस्तै रहेछ जीवनभरि कहिले–काहीँ हुरी बनी, डुलिरहन्छ वरिपरि

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी सक्छौ भने भन!

~भरत खत्री~ वास्तविकता सँग म डराउँछु, हराउँछु लम्पसार पर्छु किनकि वास्तविकता सधैँ तितो, टर्रो अमिलो हुने गर्छ भएका कुरा लेखिदिन, लेखिएका कुरा देखिँदैन किन? किनकि असत्यले सत्यलाई जिती सक्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीको गणित

~राजकुमार बराल~ तिम्रो उदासिनता पागलपन हो काली ! बैराग्य, निरसता एक्लोपना, द्घिविधा सब प्रपञ्च प्रत्येक दिन भित्ताहरूमा बहुरुपमा देखिने तिमी फगत एक नाटककी पात्र हौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्थले काँईलो

~गगन बिरही~ भ्वाङ्ग्भ्वाङ्ग्ती प्वाल परेको पानी चुहिने छानो धमीराले मक्किएको ढल्न लागेको घर मकैको ढिडो,मुलाको तिहुन, खुर्सानी र एक बटुका कोदोको भ्याबर जाँडले दुई फुटे सुकुलमा लडाएकोछ कर्थले काँईलोलाई !

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न

~गोपालप्रसाद रिमाल~ नेपाली तिमी यहाँ किन आयौ? गो-रखाली हौ, गो-रक्षाको भार लिई बढ्दैबढ्दै आयौ? नेपाली… तिम्रै गुफा कन्दराहरुमा देखेथ्यो जगले पहिलो सपना,

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्ददाह

~सञ्जय वान्तवा~ कविताको मूल चोकमा वैरागी काईँलाको ‘वसीयत’ जस्तै एक जोर चश्मा अनि मफ्लर जस्तै आँखाहरू उभिरहन्छन् फर्केर मपट्टि। गलाभित्र चिसा गीतहरू छन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाशको गीत

~पुरुषोत्तम ढुङ्गेल~ सालनाल सहित को घाम जब समुद्र मा डुबुल्की मारेर चोखिन्छ जब ढलपल् ढलपल् गर्दै सुस्त सुस्त बामे सर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी…

~बसन्त चौधरी~ नारी, तिम्रो कथा हो कस्तो ? फूल-पातमा शीत बनेर व्यथा अल्झे जस्तो तिमी एउटी, शाश्वत आमा हौ, मानव-जीवनभित्र तिमी शक्ति, तिमी विद्या, तिमी हौ जननी पवित्र तिमीलाई नै बन्धनमा राख्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : लिपुलेक कालापानी जिन्दावाद

~लिला बल्लभ नेपाल~ नेपाल आमा जिन्दावाद नेपाल आमा जिन्दावाद लिपुलेक कालापानी जिन्दावाद हराए ओलीजी प्रचण्ड हराए कालापानी लिपुलेकमा खुट्टा कमाए मोदीले नेपाल भूमी क्वाप्प टोक्दा नेपाल र नेपालीलाइ लाजमर्दो बनाए ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाश र आईमाई

~यकिना अगाध~ आमा भन्नुहुन्थ्यो आईमाई आकाश हुन् बाबु ! आकाशलाई कहिल्यै थुक्नु हुन्न आफ्नै मुखमा छिटिन्छ । आकाश सबैभन्दा स्वच्छ, निर्मल र सुन्दर हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुस्मरण

~अलका मल्ल~ मेरो मायालुले पनि सायद मलाई सम्झि रहेको होला मैले झै धरधरी एकान्तमा आँसु बगाई रहेको होला बालापनको चञ्चलतामा उसलाई केहि भन्न सकिन

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय अब नभेटौं

~भुवन कार्की~ प्रिय ! माया सबथोक हो भन्यौ अगाध स्नेहले सुसुप्त हुन्थ्यौ मैले लुकाइराख्न खोज्दा माया कसैले हर्दैन भन्थ्यौ मैले नजरमात्रै मिलाउँदा तिमी जीवन मिलाउँ भन्थ्यौ हामी रुझ्थ्यौं झरी बिना पनि लाग्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि ‘इच्छुक’

~प्रमोद धिताल~ आँधि हुरीसँग खेल्दा खेल्दै हिम तुषारो र शीतहरु झेल्दै टाकुरामा फुलेको रातो गुराँस जति श्रद्धाञ्जली चढाएपनि कहिल्यै नसकिने आस्थाको एउटा नित्य प्रकाश ! श्वास प्रश्वासहरुले आजादी गीत गाइरहे

Posted in कविता | Tagged | Leave a comment

कविता : मायाको पीडा

~आशांक उपाध्याय~ माया छ भनेर नढाट मलाई मैले त तिमीलाई चिनेकै छैन सित्तैमा जोवन नाफल खेर मलाई त तिम्रो चाहनै छैन आंशुको मूल्य अरुलाई सोध

Posted in कविता | Tagged | Leave a comment