Tag Archives: Srasta Chinari

स्रस्टा वैयक्तिक विवरण : पोषण पाण्डे

पोषण पाण्डे नाम – पोषणप्रसाद पाण्डे जन्म – वि.सं. १९८९, माघ १ गते, इन्द्रचोक, काठमाडौँ, निधन – वि.सं. २०४८, बैशाख ७ गते, काठमाडौँ, सेवा – बिद्युत प्राधिकरण, शिक्षा – स्नातक, विधा – कविता / कथा, अन्य संलग्नता –

Posted in स्रस्टा वैयक्तिक विवरण | Tagged , | Leave a comment

जीवनी : सन्तकवि ज्ञानदिलदास

– प्रस्तुती : विनोद दाहाल पूर्वी नेपालको ओखलढुंगास्थित रुम्जाटार गाउँलाई आफ्नो कर्मथलो बनाउने एक प्रसिद्ध कवि हुन् ज्ञानदिलदास । उनी प्राथमिककालीन कवि हुन् । यो गाउँलाई कर्मथलो बनाए तापनि उनको जन्मथलो भने यहाँ होइन । उनी नेपालको सुदूरपूर्वी जिल्ला इलामको … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : स्वर हराएका भजन शिरोमणी – भक्तराज

~टिका भण्डारी~ भक्तराज ईतिहास: बि.स. २०५४ सालमा ठिमीको डबली परिवारद्वारा भजन शिरोमणि उपाधिबाट सम्मानित मानबिय संवेदनाका गीत गाउने लाखौँका प्रिय गायक हुन् भजन शिरोमणि भक्तराज आचार्य । बि.स. २०३० देखि २०४६ साल सम्मको सांगीतीक यात्रामा करिब ४५० वटा गीत हरु … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : सिद्धिचरण श्रेष्ठ : एक युगप्रतिनिधि कवि

~दीर्घराज प्रसाई~ ‘क्यै हारेझैं, क्यै बिर्सेझैं, को त्यो पथमा आइरहेको ? सत्य नचिन्ने, झुट अँगाल्ने, गिर्र्दै तलतल म उठें भन्ने, मान्छे हो तर आत्माहीन, को त्यो पथमा आइरहेको ?’ युगकवि सिद्धिचरण श्रेष्ठको उपर्युक्त कवितापछि नाट्यसम्राट् बालकृष्ण समले त्यसको जवाफमा ‘केही … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : एक रात थियो….जितेन्द्र बर्देवा

~गणेश रसिक~ वैशाखे पूर्णिमा भगवान् बुद्ध जन्मनुभएको पवित्र दिन । प्रसंग आजकै दिनको हो । दार्जिलिङ गिग कमान बस्तीको एउटा घर जहाँ आफ्ना परिवारसँग बस्थे— सहवीर बर्देवा र मनकुमारी दम्पती । सन् १९४२ बुद्ध पूर्णिमाकै दिन ती दम्पतीका कान्छा छोराको रूपमा जन्मेका थिए— … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : गोपाल योञ्जन

~नरेन्द्रराज प्रसाई~ जीवनीस्वर, सङ्गीत र शब्दका शिखर मेरो टोपी कैलाशको शिरजस्तो मेरो टोपी हिमाली भीरजस्तो कहिले पनि झुक्न नजान्ने कहिले पनि लुक्न नमान्ने मेरो टोपी नेपाली वीरजस्तो । (स्वर, सङ्गीत र शब्द : गोपाल योञ्जन) गोपाल योञ्जन नै त्यस्ता महान् … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : शारदा अधिकारी

~नरेन्द्रराज प्रसाई~ शारदा अधिकारी सरल भएर पनि क्रान्तिकारी थिइन् । उनी नरम भएर पनि जागरुक थिइन् । अनि उनी भद्र भएर पनि अन्यायको प्रतिकारमा उभिन्थिन् । त्यसैले उनी सानो उमेरमा नै प्रसिद्धिको उचाईमा पुगिन् । नेपाली भाषासाहित्यमा उनले जति लेखिन् … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा परिचय : मुर्धन्य सङ्गीतकार स्व. चन्द्रराज शर्मालाई सम्झिँदा

~टीका भण्डारी~ हामी नदीका दुई किनार हाम्रो संगम असम्भव छ, तापनि जीवनको आशमा यो मन गुमाउन मन्जुर छ…, मनमा माया तनमा माया…, सुनौला घाम झुल्केन…, आँखाहरूले रुन नखोजे… (कुमारी चलचित्र), चपलाअवला एक सुरमा…(भानुभक्त), मेरो माल मलाई फर्काइदे बाबु…(जीवनज्योति), ए मेरी … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा जीवनी : नेपालको इतिहासमा शिरोमणि बाबुराम आचार्य

~दीर्घराज प्रसाई~ नेपालको समग्र इतिहासको अध्ययन तथा खोजमा इतिहास शिरोमणि बाबुराम आचार्यको निकै ठूलो योगदान छ । यसैगरी नेपालका निर्माता पृथ्वीनारायण शाहको पूर्खा बारेमा सत्यतथ्य खोज अनुसन्धान गर्नमा बाबुराम आचार्यको परिश्रमलाई बिर्सिन सकिँदैन । नेपालको इतिहासमा पृथ्वीनारायण शाहको पूर्खाको बारेमा … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा परिचय : माधव घिमिरे : उन्नत सिर्जनकलाका धनी

~डा. ईश्वरीप्रसाद गैरे~ नेपाली साहित्य जगत्मा एक कवि, एक खण्डकाव्यकार, एक गीतकार, एक गीति नाटककार र एक बालकवि तथा एक निबन्धकार हुँदै एक कथाकारजस्ता विधामा कलम चलाउने बहुमुखी साहित्यिक व्यक्तित्वका धनी प्रतिभा माधवप्रसाद घिमिरेले यी विभिन्न विधामा कलम चलाएका छन् … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | 1 Comment

स्रष्टा जीवनी : साहित्यकार विजय मल्ल

~जयदेव भट्टराई~ दरबार हाइस्कुलमा कक्षा ७ मा पढ्दा तत्कालीन प्रभावशाली शिक्षक वासुदेव भट्टराईको चित्र कोर्दा झपारसँग प्रशंसित हुने विजय मल्ल ठूलै कलाकार हुनुपर्ने । भाष्बाण गर्दै, जेल सजायँ पाउँदै युवा अवस्था बिताउने विजय मल्ल ठूलै नेता हुनुपर्ने हो । नाटकको … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : नेपालीका प्रथम मौलिक उपन्यासकार गिरीशबल्लभ जोशी

~प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल~ गिरीशबल्लभ जोशीको जन्म राजवैद्य गङ्गानाथ जोशीका कान्छा छोराका रुपमा वि.सं. १९२४ मा काठमाडौंको वटु टोलमा सम्पन्न परिवारमा भएको हो । पुख्र्यौली पेसालाई निरन्तरता दिन वनारसमा वैद्यक विषयको उच्च शिक्षा हासिल गरेका गरीशबल्लभलाई आयुर्वेदको राम्रो ज्ञान थियो । … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : मैथिलीका कविकोकिल विद्यापति

~वृषेशचन्द्र लाल~ मिथिला आफ्ना महान साहित्यकार कविकोकिल विद्यापत्रि्रति श्रद्धासुमन चढाउँदैछ । विद्यापति स्मृति दिवस अब मिथिलाञ्चलमा कविकोकिलको सम्झनामा मात्र सीमित छैन, यसले मैथिली साहित्यको पुनरुउत्थान तथा यसलाई क्षेत्रीय भाषाको रूपमा सम्मानित गराउन सक्रिय यस क्षेत्रको भाषिक आन्दोलनलाई ऊर्जा प्रदान गर्ने … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा

~नरेन्द्रराज प्रसाई~ देवकुमारी थापाको जन्म संवत् १९८४ चैत २ गते बुधवार दार्जिलिङको खर्साङस्थित गिद्धेपहाडमा भएको थियो । एउटा सम्पन्न परिवारमा जन्मेकी भए तापनि उनी प्रकृतिबाट टुहुरीमा दाखिला भइन् । त्यसपछि उनलाई आफ्नी हजुरआमाबाट संरक्षण प्राप्त भएको थियो । थापा बाल्यकालमा … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | 1 Comment

स्रष्टा परिचय : जिउन सङ्घर्ष गर्दै नरेश शाक्य

~मोहन दुवाल~ कविताका हरफहरूमार्फत चिनजान भएका कवि नरेश शाक्य। जीवनमा थुप्रै खालका अनुभूतिहरू समेटेर कवि बनेका नरेश शाक्य। अनेकौं खालका दुःखकष्ट भोग्न पाएका कवि नरेश शाक्य। जनताका पक्षमा लाग्दालाग्दै, जनताका पक्षमा लेख्दालेख्दै कवि बनेका नरेश शाक्य। ठक्कर, षड्यन्त्र, जालझेलका अनगिन्ती … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा जीवनी : कविशिरोमणि लेखनाथ पौड्याल

~नरेन्द्रराज प्रसाई~ लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवी र पं. दुर्गादत्त थिए ।पौडयालले र्सवप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए । उनले आफू साहित्यलेखनमा लाग्न पितृप्रसादको … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | 1 Comment

स्रष्टा जीवनी : आदिकवि भानुभक्त आचार्य

~विजय सागर~ वि.सं. १८७१ आषाढ २९ गते आइतवारका दिन पिता धनञ्जय र माता धर्मावतीदेवीको कोखबाट भानुभक्तको जन्म भएको थियो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागे पछि बाजे श्रीकृष्णले माघ शुक्ल … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा परिचय : रूपचन्द्रसँग एउटा पटमूर्ख 

~अभय श्रेष्ठ~ हामी सानै छँदा पञ्चायती उत्कर्षको त्यो समय ‘थाहा’ आन्दोलनका सूत्रधार रूपचन्द्र विष्टबारे अनेक ‘किंवदन्ती’ सुनिन्थ्यो। जताततै भित्तामा ‘थाहा’ लेखिएको हुन्थ्यो। प्रजातन्त्र पुन:स्थापनापछि बिस्तारै उनी पुरानो किताबको आवरणजस्तै जनताको सम्झनाको पानाबाट च्यातिँदै गए। कुनै दिन मैले अंग्रेजी भाषामा महिला, … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा जीवनी : गुरुप्रसाद मैनाली

~नरेन्द्रराज प्रसाई~ गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका प्रणेताको नाउँ हो । उनले ‘नासो’ लेखेपछि नेपाली साहित्यमा कथाको मोडले नयाँ क्षीतिज उघारेको छ । थोरै लेखेर पनि धेरै नाउँ कमाउने स्रष्टामा उनको नाउँ स्थापित भयो । किनभने उनका कथाले नेपाली डाँडाकाँडा … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा परिचय : साहित्य, जागिर, समाजसेवा र अतित

~सुनिता लामा~ विद्यालयको पढाई शुरु गर्ने उमेरमा रोगले ग्रस्त बनाएपछि चार पाँच वर्षको अन्जान बालक पीडित त हुने नै भयो त्यसमाथि घर परिवारको अन्धविश्वासका कारण नौ वर्षको उमेरसम्म उनले पीडाबाट मुक्ति पाउन सकेनन्। चार वर्षसम्म गाउँकै धामी झाँक्रीबाट झारफुक गराउँदा … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : अनि केर्छन् पुनः लेख्छन्, कठैबरा बिचरा भूपि शेरचन !

~श्यामल~ भूपी शेरचन भन्थे- मैले आफैंलाई उछिन्न सकिनँ भने किन लेख्ने ? आधुनिक नेपाली कविताका सर्वाधिक लोकपि्रय कविका रूपमा भूपि शेरचन ज्युँदै छन् । उनी राणाशासनको रापले पोलेको नेपालमा जन्मे, पैसा र सामानको लेनदेनलाई नै जीवनको मूल मार्ग बनाउने थकाली … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा जीवनी : राजाको गद्दीमा बस्ने पहिलो नेपाली केदारमान व्यथित

~नरेन्द्रराज प्रसाई~ नेपाली भाषासाहित्यको सङ्गठन र सृजनामा समर्पित थिए- केदारमान व्यथित । उनी सङ्गठनका महारथी र सृजनाका सम्राट् थिए । उनी त्यत्तिकै न्यायिक पनि थिए । राणाकालीन युगमा देशको चौतर्फी विकास र जनताको सुक्खसमृद्धिको माग राख्ता उनी पक्राउ परे । … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment