Tag Archives: शिव प्रकाश – Shiva Prakash

कविता सङ्ग्रह : गणतन्त्रको खेती: आन्दोलन कविता २०६३

जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १ संयोजक नेपालीकविता डट कमको लागि विक्रम सुब्बा

Posted in कविता सङ्ग्रह | Tagged , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a comment

कविता : मान्छे खोजीको नियात्रा

~शिव प्रकाश~ मान्छे – मान्छे देखिने मान्छेको यो संसारमा मान्छे नै नभेटेपछि मान्छे खोजीको यात्रामा हिडेको छु मान्छे खोजीको मेरो यात्रामा मान्छे खोज्दै जाँदा अचानक केही घडीयाल गोहीहरु भेटिए रक्ताम्य दहमा आहल खेलेर

Posted in कविता | Tagged | Leave a comment

कथा : अकोधारी

~शिव प्रकाश~ ‘संसार नांगो छ । त्यसले जस्तो छ त्यस्तै देखिन्छ । तर, गडड्याम मान्छे … !’अन्धकार छ । मध्यरातमा सोचेको मात्र छ, बोलेको छैन । सोचेका शब्द सबै आफ्नै मुखबाट गोलीजस्तो गरी पटटट् निस्कन्छन् । अटोमेटिक डिजिटल मिसिनगन भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा योद्धाको खोजी !

~शिव प्रकाश ~ म एउटा प्रतिद्वन्दी योद्धाको खोजीमा छु मेरो खोजीको त्यो योद्धा म भन्दा ठूलो होस् बलियो होस् बहादुर होस् शक्तिशाली होस् सहासिलो होस् ।

Posted in कविता | Tagged | Leave a comment

कथा : सेक्सफ्री अमेरिका !

~शिव प्रकाश~ त्यसपछि …! उसले टीसर्ट फुकाल्दै भनी, ‘मलाई सेक्सको भोक अलिकति पनि छैन तर सेक्स एक्सपिरियन्सको भोक कति हो कति छ।’ त्यसअघि …! अचानक एक दिन सोधेको थियो। उसले वाचा गरेकी थिई, कुनै दिन बुझाऊँला- सेक्स फ्री अमेरिका !’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फेरी पनि म उठ्ने छु

~शिव प्रकाश~ खोज्नै पर्दैन दाउरा काफी छौ तिमी आफैं बल्नु हो, मूढाको धर्म सल्काऊ आगो बनाऊ खरानी मलाई फेरी पनि म उठ्ने छु ।

Posted in कविता | Tagged | Leave a comment

कथा : ग्रिनकार्ड

~शिव प्रकाश~ उसलाई ऊ उजेली भन्थ्यो। उसको नाउँ फरक थियो, तर अर्थ मिल्दोजुल्दो थियो। कहिलेकाहीँ डल्लू भनेर जिक्याउँथ्यो। ङिच्च हाँस्थी। जोवन खाँदिएकी केटी। चौबीस–पच्चीसको काया। शरीरभरी यौवनका फूल फक्रक्क! हाँसो मीठो थियो। तर, एकाएक हराइ उजेली! अमेरिकामा हराइ। कुकुरसमेत नहराउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रातको वेश्यावरण !

~शिव प्रकाश ~ रातको उन्मत्तता पिएर मदोन्मत बाँचेको शहर दुर्गन्धित ति हरेक साँझहरु विहानीले पाखाल्न सकेको छैन साँझका ति टाटा रातका ति राग यौवन निचोरिएका अँध्यारोका ति पीडा बन्दबजारभित्र खुल्ला छ वाध्यता बाँचेका जीवन उम्लिएका यौवनका विचित्र विनिमय यौन नायक-नायिका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उत्तरआधुनिक मान्छे !

~शिव प्रकाश~ मान्छेजस्तो देखिने विनम्रताविहीन मान्छे भकभकाउँछ एक्लै, बक्बकाउँछ, सग्लै छन् खुट्टा टेकिँदैन सीधा बङ्ग्याएर हिँड्छ दुरुस्त मान्छेकै जीउडाल कक्रक्क कक्र्याएको छ मैमत्ता, घमण्ड, अहङ्कार मान्छेको नयाँ संस्करण उत्तरआधुनिक मान्छे एउटा नौलो परिचय बाँडेर हिँडेको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे, मान्छेजस्तो छैन

~शिव प्रकाश~ अभिशाप तँलाई त्यो ईश्वरको कुकुर ! विष्टा खान्छस् तँ मान्छेको तँलाई त्यही ईश्वरको वरदान धन्य तँ, त्यो मान्छेभन्दा महान छस् गुनी छस् ईमानी छस् विष्टा खान्छस् त के भयो ? निष्ठा छ तँभित्र

Posted in कविता | Tagged | Leave a comment

कथा : मीठा जहरहरू

~शिव प्रकाश~ “हो, अंकल ! धेरै बाबुआमाले धेरै छोराछोरी विदेशीका लागि जन्माए। अहिले ती धेरै छोराछोरीले झन् धेरै छोराछोरी विदेशका लागि जन्माउँदै छन्।” अंकल एकोहोरिनुभयो र मेरो अनुहारमा एकछिन हराउनुभयो। “तपाईंले मेरो मनकै कुरा भन्नुभो आलोकबाबु, उनीहरू गएको आज २० … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अन्धो छ ईश्वर आज पनि !

~शिव प्रकाश~ बाँचिरहेछन् शकुनीहरु मान्छेभित्र फैलाउँदै पासापञ्जा कुटीलताका लेखिरहेछन् झूठो कथा महाभारतको मरेका छैनन् दूर्योधन-दुशासनहरु चिथोर्दै द्रौपदीहरु हाँसिरहेछन् भारी सभामा बनाउँदै लक्षागृहहरु मान्छेका वस्तीमा गर्जिरहेछन् आज पनि ।

Posted in कविता | Tagged | Leave a comment

कथा : पेट्रियोटिक इन्लाइटमेन्ट

~शिव प्रकाश~ “तिम्रो एउटा बोलीले संसार परिवर्तन गर्न सक्छ । एउटा विचारले यो संसारलाई सुन्दर बनाउन सक्छ । हामी ईश्वरलाई गाली गर्छौ– ईश्वर निदायो भन्छौ तर उ निदाएको हैन, डराएको हो– मान्छेले विभत्स बनाएको संसार हेर्न नसकेर । आफैंले विभत्स … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मलाई तिम्रो दरबार चाहिँदैन

~शिव प्रकाश~ दरबार बाँड्दै हुनुहुन्छ नयाँ मालिकहरू म राजा होइन किन चाहियो मलाई दरबार राजा हुन, रण गर्नुपर्छ गणको स्वामी हुनुपर्छ, बध गर्नुपर्छ मैले त्यो गर्न सकिनँ दरबारको आश छैन म घरबारविहीन नागरिक सिहदको रगतले स्वाधीनता पोतिएको एउटा स्वतन्त्र देशको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुखको पर्याय

~शिव प्रकाश~ मात्तिएका यौवनहरु पात्तिएका जीवनहरु आधुनिकताभित्र यौनका नवीन सँस्करण घाम-जूनको पर्वाह छैन वसन्तको उन्मादलाई जिस्क्याउँदै छताछुल्ल पोखिन्छन् सभ्यताको आडम्बर ओढेको सभ्य शहरभित्र समय आधुनिकतको

Posted in कविता | Tagged | Leave a comment

कथा : अपवाद

~शिव प्रकाश~ कहिले काहीँ उ नआओस् भन्ने लाग्थ्यो । तर एकछिन मात्र ढिलो भई भने अहिलेसम्म किन आइन ? आज किन ढिलो गरी ? कि आज आउँदिन ? के भो ? आदि इत्यादी मनमा जाग्थ्यो । किनारामा परेको माछा जस्तो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हिंसाको खेती

~शिव प्रकाश~ हिंसाको खेती मलिलो हुदैछ त्यो माटो मानव रगत-मासुले, सायद अब पखालिँदैन कहिल्यै त्यो माटो मान्छेको आँसुले । लागायौ खेती हिंसाको उजाडेर हिजोको त्यो मनोहर मानव वस्ती,

Posted in कविता | Tagged | Leave a comment

कथा : नदी किनारको रूख

~शिव प्रकाश~ ‘बुहारी खै त?’ ‘छैन।’ ‘नातीनातिना खै त?’ ‘बुहारीसँगै छन्!’ मनमायाका आँखा मदनका अनुहारमा गाडिए। दुवैबीच मौनता निकै बेर मडारियो। मदनका कुरा मनमायालाई कताकति जेरीजस्तो रहस्यमय लाग्यो। फूलका कोपिलाजस्ता नातीनातिना। आँखाकी नानीजस्ती बुहारी। कसैलाई देखिनन् मनमायाले। मदनको अनुहार हेर्छिन्– … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अस्मिता

~शिव प्रकाश~ जीवनको सरल रेखालाई समयले एकाएक बङ्ग्याइदियो ! आज म मेरा मनका भित्ताहरुलाई चिर्छु र उदाङ्गो बनाउँछु आफूलाई । एउटा वसन्त मरिसक्यो ! थाह छैन, अर्को आउँछ कि आउँदैन ? बरु अब मेरो जीवनमा कुनै वसन्तहरु नआउन् ! सोचेँ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यौवनका फौबन्जारहरू

~शिव प्रकाश~ अभावको भोको भन्दा रहरको भोको छ आधुनिकता, अवस्थाको विवशता भन्दा आधुनिकतासँग विवश छ अवस्था ! मौलिकता विहीन आधुनितकताभित्र मौलाइहरेछ नूतन सभ्यता मान्छेभित्र कुमान्छे जस्तै

Posted in कविता | Tagged | Leave a comment

कथा : नयनकान्ता

~शिव प्रकाश ~ उसको निष्कर्ष छ – समयले सबैलाई एक पटक समय दिन्छ । उ अहिले सोचिरहन्छ – त्यस दिन नयनकान्ताले हुन्छ भनेकी भए के हुन्थ्यो ? अहिलेको साइनो भन्दा कति फरक हुन्थ्यो होला, नयनकान्तासँगको साइनो र सम्बन्ध ? अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फूलको चोट

~शिव प्रकाश~ उल्टो भइरहेछ उसको जीवनमा सधै, सबै कुरा ! छातीमा ढुङ्गा बज्रदा उसले त्यति पीडाको अनुभूत गरेन जति एउटा कोमल फूलको चोटबाट गर्यो । उसलाई कथा थाह छैन तर “हरेक मान्छेको विगतलाई विउँझाएर वर्तमानमा ल्याउँदा कथा बन्दो रहेछ” उ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीता दिदीका हत्यारा !

~शिव प्रकाश~ हलो…! हलो…! हलो……!!, मामा ! म बोलेको नेपालबाट…॥ ! शेखरको मनमा चिसो पस्यो । अमृतको स्वर स्वाभाविक थिएन । हतास र अत्यासपूर्ण थियो । नेपालमा दैनिकरुपमा भइरहेको हत्या, हिंसा, आतंक, लुटपाट, अपहरण आदिको खवरले शेखर जस्ता परदेशमा बस्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नागदेवी

~शिव प्रकाश~ “हो, मान्छेको सबैभन्दा ठूलो साथी पनि मान्छे नै हुदोरहेछ र सबैभन्दा ठूलो शत्रु पनि मान्छे नै !” अहिले मान्छेमान्छेबीच त्यही भइरहेछ । उसले छोटो समयामा धेरै पात्रहरु बनाई ज्ञात-अज्ञात ! अज्ञात पात्रहरु उसकलाई मात्र थाह छ ज्ञातपात्रहरुमा रुद्रराज, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गौरी

~शिव प्रकाश~ प्रगाढ मित्रताको आयतनमा फैलदो प्रेमको तलाउभित्र उद्वेलित तृष्णाका तरङ्गहरु यदाकता छछल्किन खोज्थे । सागर आफैं तिर्खाए जस्तो तिर्खाएका उनीहरुमा एकअर्काभित्र डुवुल्की मार्ने चाहना उर्ले पनि सीमिति थिए एक आपसमा । र सीमित रहे वर्षौसम्म । मित्रता र भेटघाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अँध्यारोभित्र

~शिव प्रकाश~ अँध्यारोभित्रको अँध्यारो शहरमा बिकेकाछन् मान्छेजस्ता देखिने मान्छेहरू मान्छेका आस्थाहरू अस्मिताहरू नैतिकताहरू निष्ठाहरू विश्वास

Posted in कविता | Tagged | Leave a comment

कथा : देशको कथा

~शिव प्रकाश~ उद्घोषकले भने, “आज यहाँ यस्तो वक्ता आउँदै हुनुहुन्छ, जो आफ्नो परिचय दिन चाहनुहुन्न । एक बेनाम वक्ता !” सबैका आँखा हलको कुना–कुइनेटासम्म पुग्छन् । पछाडिबाट एउटा मान्छे मञ्चतिर आइरहेको छ । ‘धन्यवाद’ भन्दै माइक समाउँछ ऊ । “प्रेमका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नहुने बेलामा

~शिव प्रकाश~ बन्द हुनु पर्ने सधैं खुल्ला छ, खुल्ला हुनु पर्ने सधैं बन्द छ । बन्द छ नेपाल सधैं खुल्ला छ सि‌‌हदरवार, बन्द छ जनअधिकार सधैं खुल्ला छ देश बेच्ने कारोबार ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भोक, भोग र सम्भोग

~शिव प्रकाश~ भोक नियम हो भोग नियत हो सम्भोग निदान हो र, सम्भोग वरदान पनि हो । भोका छन् सबै प्राणी तर मान्छे – सबैभ‌दा भोको छ त्यसैले मान्छे – मासु पनि खा‌न्छ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : कमेन्टको उन्नत खेती !

~शिव प्रकाश~ वैजन्तीलाई मेलै डायनोसरको कथा सुनाएको थिएँ । वातावरण नमिलेर पृथ्वीबाट डायनोसर लोप भए जस्तो मेरो दशवर्षे जागीरकालमा म पनि लोप हुने अवस्था आएकोले अस्तित्व रक्षाको लागि विदेश पलायन भएको रहस्य बताएको थिएँ । वैजन्ती मप्रति ज्यादै कृतज्ञता र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कल्की

~शिव प्रकाश~ केही दिनअघि तर धेरै दिनपछि शाम्भवीको फोन आयो । ” शार्दूल म बेलाबेलामा अतीतका ती फाँटमा त्यसैत्यसै डुल्न पुग्छु । हामीले टेकेका ती डोब टेक्दै हिड्छु अनि त्यहाँ त्यही तिमीलाई देख्छु । त्यही भएर आज पनि फोन गरेकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : केही पाउन जीवनमा, मैले धेरै गुमाएँछु

~शिव प्रकाश~ केही पाउन जीवनमा, मैले धेरै गुमाएँछु जिन्दगीको जोडघटाउमा, थोरै कमाएँछु बेहिसाब चल्यो जिन्दगी, हिसाब गरिन हिसाब गर्दा घाटा, मैले धेरै कमाएँछु

Posted in गजल | Tagged | Leave a comment