Tag Archives: sangrahalaya

छन्द कविता : फालौँ बिष त्यो

~डा. हेमनाथ घिमिरे~ कालो मेघ मडारियो गगनमा धर्ती मलीनी भईन् । सारा अन्ध भयो यहाँ जगतकी ज्योती कहाँ ती गईन् ।। चारैतर्फ बगे नदी रगतका, बस्ती जले दन्दनी । आयो के कलि यो अहो यति छिटै दाह्रा किटी फन्फनी ।। … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : यो कस्तो नियम

~ईश्वर शाही~ विधुवाले होली खोज्न नहुने यो कस्तो नियम ।। भबिस्यको भोली खोज्न नहुने यो कस्तो नियम ।। बिचराको के दोष त सुवाग मै त्यस्तो भयो ।। अब अर्को डोली खोज्न नहुने यो कस्तो नियम ।।

Posted in गजल | Tagged | Leave a comment

अनूदित कोरीयन लोक कथा : दाउरे र बाघ

कोरीयन लोक कथा अनुवाद : ओमप्रकाश गुरुङ धेरै वर्ष पहिले पहाडको छेउमा एक जना दाउरे र उसकी बुढी आमा बस्थे। एक दिन दाउरे सधैँ जसो जङ्गलमा दाउरा काट्न गएको थियो, दाउरा काटिरहेको समयमा दाउरेले अचानक एउटा बाघ देख्यो र उ साहृै … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

गजल : नभएको चैन हजुर

~प्रकाश सापकोटा~ किन मलाई यति साह्रो नभएको चैन हजुर पग्लिँदैछु भित्रभित्रै भए क्यारे मैन हजुर आनन्दको कन्दमुल मुग्लानको जंगलमा कति खोजेँ, कति खोजे यहाँ पनि छैन हजुर

Posted in गजल | Tagged | Leave a comment

गजल : न्यानो लाग्न थाल्यो

~लक्ष्मन सागर ~ सूर्य मलाई सधैं भरि न्यानो न्यानो लाग्न थाल्यो दुबईको मायाहरू भित्री मनमा जाग्न थाल्यो रोल्पा सल्यान बसको सयर ४९३७ बाट गर्यौ टिभी देखाई दाङ घोराहिमा हर्ष माग्न थाल्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई भन्न मन लाग्छ…….

~ऋषि पाण्डेय~ मलाई भन्न मन लाग्छ, देश बनाउँछु भन्नेहरुलाई नयाँ नेपाल बनाउन पुरानो नेपाल भत्काउनेहरुलाई । मलाई भन्न मन लाग्छ, कानुन बनाउने महामहिमहरुलाई कानुन पालना गराउने महासयहरुलाई टेबुल मुनिबाट रकम असुली कालोलाई सेतो बनाउनेहरुलाई ।।

Posted in कविता | Tagged | Leave a comment

गीत : सुख दुःख सगै रमाउ

~बिमल गिरी~ कैयौ बिते हिउदहरु तिमी आउने आसमा कैले खोज्छु मिरमिरेमा कैले बतासमा बाझिगए भस्मेहरु बाली नलाई पाखामा तडपी रहन्छु साझ बिहान निन्द्राछैन आँखामा सुख दुःख सगै रमाउ आफ्नै स्वदेशमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

आर. पि. आचार्यका तीन मुक्तकहरु : याद

~आर.पि.आचार्य~ # कहिले याे मन एक्लै गुनगुनाउछ यतै नजिक छाै कि सुम्सुमाउछ मुटुमा सजाएर पनि नपाएपछि पागलबनी याे मन त्यसै फुुलफुल्याउछ # सबैकुरा सिक्न माया लाउनु पर्दाेरहेछ

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : शान्ति तिमि फर्की आऊ

~गणेश पुर्बछाने मगर~ शान्ति तिमि फर्की आऊ हेर तिम्रै प्रतिक्ष्यामा यहा रुदैछिन तिमरै नेपाल आमा शान्ति तिमि फर्की आऊ हेर तिम्रै यादमा यहा निरास छन् लाली गुरास सारा

Posted in कविता | Tagged | Leave a comment

कविता : अब केहि होला कि

~बिमल महत~ प्रचण्डलाई पत्र लेखे त , तुरुन्त जवाफ दिनु हुनथ्यो होला । बामदेवलाई भने के भयो, झट्ट कारबाहि हुन्थियो होला । गिरिजालाई त के सोध्नु, बूढाको ऊठ्नै आटो चोला । माकुने को त महासचिब फुत्केर , छात्तिमा कति हान्दो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : दोषी चश्मा

~आभा~ ‘महिला सँधै आफ्नो समस्या मात्रै भन्न रुचाउँछन् । राष्ट्रियता, दर्शन, ज्ञानविज्ञान तिनका डिक्सनरीमा हुँदैनन्, चाहे ती गृहिणी होउन अथवा साहित्यकार, लेखक या पत्रकार ।’ धर्म दर्शनका अनेकन आयामको प्रवचन दिने प्रख्यात गुरु चियापसलमा विद्वता पर््रदर्शन गर्दै थिए । चियाको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : आउँछु प्रिया जहाजमा चढेर

~राधा भट्टराई~ बाँची रहे आउँछु प्रिया जहाजमा चढेर मरे भने आउँछु प्रिया बाकसमा सडेर सुरु गरौँ कहाँबाट परदेशको खबर चस्किन्छ यो मुटु सधैँ वचन ती गडेर

Posted in गजल | Tagged | Leave a comment

कविता : निद हराएको एक्लो रात

~सागर कार्की~ निद हराएको एक्लो रात तिमीलाई एकान्तमा सम्झन्छु, र बिर्सेर सारा उदाशपन तिम्रो अनुमति बिना नै म तिमीलाई सम्झिरहन्छु । तिमी आउछौ, मेरो छेउमा बस्छौ अनि मसँग धेरै कुरा गर्छौ

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : अलबिदा कान्छा

~सौगात बस्नेत~ साथी को घर म जहिले घर गएको बेला सधै नै जान्छु | उसको घर को सानो परिवार त्यै परिवार को एउटा सदस्य सरह थियो कान्छा | मलाई त राम्ररी चिन्दैन थियो नचिने पनि केहि दिन को बसाइ मा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : नयाँ बस्ती

~जय सिंह महरा~ सुर्याेदयसँगै एउटा आशाको किरण उदाउनुपर्ने, मनका ओठमा मुस्कान खितखिताउनु पर्ने फक्रिदै गरेका काेपीला फुल्न पाउनु पर्ने दैव यस्ताे ठाँउमा छु

Posted in कविता | Tagged | Leave a comment

कविता : बल्छ दनदन

~बलराम तिमिल्सिना~ यो बेला नबले आगो कहिले बल्छ दनदन ? नबोले अहिले मान्छे कहिले बोल्छ लौ भन ? आगो बल्नु त राम्रै हो त्यसले के पोल्छ मूख्य हो मान्छे बोल्नु त कामै हो उस्ले के बोल्छ मूख्य हो

Posted in कविता | Tagged | Leave a comment

गजल : मस्तसँग घुलिदिन्छु

~कमल प्रकाश पौडेल ~ मान्छे हेरी मान्छेसँग, मस्तसँग घुलिदिन्छु मन्का कुरा साट्नलाई, निष्कपट खुलिदिन्छु ।। अघि बढौं हातेमालो, दुई हात दुई गोडा समानान्तर पथभित्र, सारा पीडा भुलिदिन्छु ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो देश

~संजु रायमाझी~ म मरेको लाश सरि याँहा मेरा देश मर्दा म बाँची रहे म बाँची रहे म हांसी रहे मेरो देश याँहा मरि रह्यो !

Posted in कविता | Tagged | Leave a comment

गजल : रुनेहरु हास्दा पनि

~प्रेम चापागाईं~ हास्ने अझ हासी राछन् रुनेहरु हास्दा पनि नहुने कै दसा चल्छ हुने हरु बास्दा पनि दुखियाको टालो हुन्छ झुत्रो हुन्छ कपडाको सम्पन्नको स्टायल हुन्छ त्यही झुत्रो टास्दा पनि

Posted in गजल | Tagged | Leave a comment

कविता : बिभत्स दिवास्वप्न

~आचार्य प्रभा~ उफ ! कस्तो बिभत्स सपना देखेँ सपना कहाली लाग्दो थियो यस्तो थियो त्यो सपना म सगरमाथाको शिरमा उभिएर “आमा” “आमा”…….. चिच्याइ रहेकी थिएँ अनायस हावाको झोँक्का आएर मलाई चिसो स्पर्ष दियो, अनी मलाई कानमा शब्दहरुको

Posted in कविता | Tagged | Leave a comment

Poem : Unanswered Question

~Dibya Giri~ Whenever I am making coffee in the kitchen I hear the news of the radio everyday Suicidal attack, kidnapping and war My heart is disappointed I don’t feel the taste of the coffee. Whenever after the tiresome day … Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : चेतनाको उद्भव

~युद्धप्रसाद मिश्र~ आकांक्षा लिई निम्न वर्गहरूको आत्मा दुखेको धुने आर्थिक संकटका अगाध दुखले पाउ अगाडि हुने स्वाभिमान बचाउने प्रण उठी राखी ठूलो हौसला झल्केको छ विकासशील मनमा उतिर्ण’ बन्ने कला चुत्था कांतर राक्षसि दमनका पाई ठूलो यातना ढाल्ने दुर्ग लिएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : भासुभीरको भूत

~मणि लोहनी~ देउतीबजारभन्दा पर एउटा छाप्रोजस्तो चियापसलमा पुगेर गाडी रोकियो। भर्खरै देउतीबजारमा चिया र खाजाका लागि रोकेको गाडी फेरि यहाँ किन रोकेको होला भनेर सोच्दै थिएँ। सबै मानिस हुरुरु ओर्लिए। लगत्तै छतमा उक्लिए। गाडीभित्रका खलासीले मलाई सोधे, “तपाईंलाई चाहिँ आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सम्पत्ती

~दीपक कुमार ज्ञवाली~ रहेछ केवल राग द्वेश ईष्र्या । आफ्नैबाट भईदोरहेछ पिडीत । मापन हुादोरहेछ जायजेथाको । बनाऊाने सम्पतिले उाचो निंचो । १ बनेन घरबास ओत लाग्नलाई । सम्पन्नताले छोएन मलाई । सम्मmन्छु एकोहोरो अतित । हिजो र आज भएन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : ऋतुको पल पल

~दिपेन्द्र खड्का~ ऋतुको पलपल बहार संगै , तिमी नजिक आउन मुस्कान छर्दै खुसीको बहार बोकी मनमा छाउन जहाँ ऋतुले साथ खोज्छ त्यहाँ बसन्त छाउछ तिम्रो मिठो मुस्कानले यो मन खुसीले रमाउछ ऋतुको पलपल बहार संगै , तिमी नजिक आउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बौद्दीक क्रान्ति गरौं

~बाबुराम पन्थी ‘गुल्मेली’~ युद्दको क्रान्ति लाई नजिकै बाट देखेको छु क्रान्तिमा हजारौ मानव बलीचढेको सुनेको छु बलि चढेको मात्र होईन चढाएको बुझेको छु हो त्यसैले युद्दको क्रान्ति शब्द देखी डराउँछु बैश मै युवतीको सिन्दुर पुछिएको देखेको छु अबोध बच्चाहरू टुहुरा … Continue reading

Posted in कविता | Tagged | 1 Comment

समीक्षा : हत्केलाको आगो ताप्दा

~अतित मुखिया~ ओल्लो किरात, ओखलढुङ्गा गजलरुपी बज्र हत्केलाको आगो ताप्नु अगाडि गजल शब्दको आयतन नाप्नु उचित होला झैं लाग्यो । बिदेशी पराई समालोचकहरुले गजल शब्दलाई जे जस्तो अर्थ लगाए पनि स्वदेशी आफन्तहरुले लगाएको अर्थ नियाल्न अझै उचित झैं नै लाग्यो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : राखें छातीमाथि

~पुष्पा खनाल~ ढुंगालाई फूल मानी राखें छातीमाथि आज त्यही दुख्न थाल्यो चस्स चस्स राती फुलजस्तो जीवनलाई मिल्काएछु काँडा सरी आज त्यही बिझाएरु दुख्छ घरिघरि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : साईनो तोड्यौ आखिरीमा

~कृष्ण पौड्याल~ अमर हो भन्थ्यौ साईनो तोड्यौ आखिरीमा। सुम्पिएथें मन मुटु फोड्यौ आखिरीमा॥ मुस्कानमा रमाएकी नपुछ्नु थियो आँशु। पापी दृष्य भुलाएर छोड्यौ आखिरीमा॥

Posted in गजल | Tagged | Leave a comment

कविता : विडम्बना

~केदार श्रेष्ठ “गगन”~ तिम्रो पनि मेरो पनि चाहाना हुँदाहुँदै बोल्ने रहर, हाँस्ने रहर, सँगसँगै बाँच्ने रहर दुई मुटु एउटै बनाउने रहर तर, सामाजिक वन्धनको नाम उड्कदै हामीले मनको कुरा एकअर्कालाई भन्न सकेनौं ।

Posted in कविता | Tagged | Leave a comment

कथा : बादल

~कृष्ण प्रसाई~ हामी मुन्तिर बादलका गाढा पहाडहरू तेर्सिएका थिए । भरखरै मात्र बर्माकी सहयात्री मुमुले बादलका प्रकारहरूको व्याख्या गरेर आकाशमा छरिएर रहने बादलका विशेषताहरूका सम्बन्धमा न्यानो अनुभव छरेकी थिई । उसको भनाइमा कति सत्यता भरिएको थियो त्यो मलाई थाहा थिएन, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : शहिद

~एन.पी भावी~ श्रद्धाको यो फूल टिपी शहिदलाई रातो सलाम देशको निम्ति ज्या दिने शहिदलाई रातो सलाम राष्ट्रियता बेचिदैछ होशियार छ शब्दबाट इतिहास कोरिएको शहिदलाई रातो सलाम

Posted in गजल | Tagged | Leave a comment