Tag Archives: sangrahalaya

कविता : जसरी भए पनि ज्यूनु छ

~माधवलाल कर्माचार्य~ लड्दै पड्दै मानिसलाई जसरी भए पनि बाँच्नु छ, आपद्लाई टारी टारी जसरी भए पनि ज्यूनु छ । आशा सपना पूरै होला भन्नु निश्चय छैन कुनै, भोलि पर्सिको ज्यूनु नै भन्नु सुरक्षा छैन कुनै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रदान

~प्रेमराजेश्वरी थापा~ दिन सकीनँ प्रियतम दान । अम्बरदेखी अवनिसम्मको राशि-राशि आकांक्षा कुन्नी कसरि भरिन गो सानो उरमा यतिको इच्छा ? फेरि समर्पण कता, कसरि अभिलाषा भए प्रदान ? दिन सकीनँ प्रियतम दान । शरद्-निशामा रजत-ज्योत्स्ना खिलखिल हाँसिरहेको नीलमको प्यालीमा प्रियतम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गृहवुद्ध

~विक्रम सुब्बा~ गृहवुद्ध – १ सम्झना-मन्दिरमा आमाको दर्शन पाउँछु जसै मुटुको चुम्बकले छातीमा टाँसेर मेरो गालामा स्नेहको ओँठले छोएको न्यानो-न्यानो सम्झन्छु धर्तीसमान विछ्याएको काखमा मलाई खेलाउँदा मुमा-मुहारमा मुसुमुसु मुस्कानको ताराबाजी सम्झन्छु कोमल कलेजीको कसौँडीबाट कंचन ममता, मेरो तकदीरको थालीमा थपक्क … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चोटहरु

~विधान आचार्य~ तिमीले दिएका चोटहरू फूलभै सँगालेर छातीमा नसमेटेको भए म कसरी तिमीलाई बारम्बार सम्भिmरहन सक्थैँ र ? तिमी आगो बोल्थ्यौ आँधी हिँड्थ्यौ, र सुनामी उत्पातले मलाई लथालि· पाथ्र्यौ म त्यही आगोका शब्दमा फूल सुम्सुम्याउँथे

Posted in कविता | Tagged | Leave a comment

कविता : कसमस कोनिया

~श्यामल~ गुडबाई कोनिया, फेरि भेटौँला। फेरि भेट हुनुअघि ओहो, केही ठेगान छैन के–के हुने हो तिम्रो–मेरो फेरि भेट हुनुअघि, सरकारले दिएको पानीले म मर्न सक्छु म मर्न सक्छु, बजारमा राखिएका विषाक्त औषधिहरुले पुस्तक पसलमा सजाइएका

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध : तीन आयाम

~विश्वविमोहन श्रेष्ठ~ तिमी बुद्धको स्वप्निल आँखालाई निहार त्यहाँ शान्तिको दिव्य सन्देश पाइन्छ देश बनाउँदाबनाउँदै वा देश बचाउँदाबचाउँदै ती जो मरेर अमर बने सहिदहरूलाई— माया गर्ने एउटा देश चाहिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्य

~विमल कोइराला~ बिहानीपखको कलिलो सूर्य मलाई औधी मन पर्छ, जेठ–असारमै पनि भतभती पोल्ने ताता–उज्याला–राता एकसाथ थुप्रै सम्झना आउँछन् सूर्यलाई देख्दा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : महसुस

~डिल्ली पौडेल~ यस्तै छ यहाँ को चलन,छैन काहीँ खुसी ,रमाइलो को अाघिहुरि। सफल हुन खोजे,शिखर चुम्न खोजे हान्छन आफ्नैले पछाडि बाट छुरि। सोझो सिधा हुनै हुन्न,

Posted in कविता | Tagged | Leave a comment

कविता : अभद्रता ….

~हरिमाया भेटवाल~ समयको सानु फुर्को समातेर मैले सडकमा उभिनु अभद्रता ठान्छौ भने मैले टेकेको माटोको कसम म अभद्र छु यतिबेला मलाई लाखौ पटक भत्काउन आए ऐतिहासिक दस्तावेजहरु धार्मिक ग्रन्थहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो उज्यालो

~सोम खनाल~ ऐनाको सामु उभेर शरीर खिस्रिक्क हांसेर कल्पन्छ आफ्नै कर्मको टीका निधारमा टांसेर- आंखामा पसी मूटुमा बसी हृदय छोएको सपनाबाट ब्यूझेर निन्द्रा अंगाली रोएको । आकास माथि उडेर जाने बादलु छांयाका तिर्सना हैनन् जीबनका दिव्य तस्बीर ती मायाका

Posted in कविता | Tagged | Leave a comment

गजल : उस्ता–उस्तै यहाँ

~रमेश भट्टराई ‘सहृदयी’~ बाहिर स्याल तर भित्र सिंह गर्जन उस्ता–उस्तै यहाँ मखुण्डोमा देउता देख्छु तर दानवीय रुप दुरुस्तै यहाँ रित्तिएको पुख्र्यौली थोत्रो भाँडोको भिखले नपुगेपछि जुर्मुराए बुख्याँचाहरू निरीह रगत चुस्दा–चुस्दै यहाँ

Posted in गजल | Tagged | Leave a comment

कविता : उत्साह र जोस छैन

~कुन्दन काफ्ले~ मरी–मरी बाँच्नु पर्ने कस्तो रहेछ कर्म मेरो घरी–घरी नाच्नु पर्ने कस्तो रहेछ शर्म मेरो सँधैभरी ढाँट्नु पर्ने कस्तो रहेछ धर्म मेरो परी–परी साँच्नु पर्ने कस्तो रहेछ मर्म मेरो बाध्यतामा मान्छेले त, जे सुकै नि गर्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मतदान गरियो

~समीर पाख्रिन~ दर्केपानी गाउँपालिकामा पनि चुनावको आगमनले निकै चहलपहल बढेको थियो । हिजोसम्म बा¥हमासे खेलेर दिन काटने लाठेहरू विभिन्न दलमा आबद्ध भई चुनावप्रचार–प्रसारमा लागेका थिए । हुन पनि बिहानको नास्तालगायत दिउँसो–बेलुकी मासुभात खान र टिल्ल मात्न पाएपछि अरू के चाहियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : हाम्रा नेता र नेल्सन मन्डेला

~सञ्जय संयोग~ हामीले त नेल्सन मन्डेलालाई राम्ररी जानेका छौं संविधानभन्दा सत्ता ठूलो यो कुरा मानेका छौं जनता–जनताबीच समानताका लागि बसे उनी जेल हामी त आफ्नो गोजी भर्नका लागि खेलिरहेछौं फोहरी खेल

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : कर्ण

~उमाशङ्कर द्विवेदी~ पुरानो कुरा हो, एक चोटि राजा कुन्तिभोजकहाँ एकजना महान् तेजस्वी ब्राह्मण आए । उनको शरीर अग्लो तथा कपाल र दार्हीजु·ा ठूलो ठूलो बढेको थियो । उनी बडो दर्शनीय र भव्यमूर्ति थिए तथा हातमा दण्ड धारण गरेका थिए । … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

गजल : ओर्लिने कहाँ हो ?

~विप्लव ढकाल~ चढेको रेलको स्टेसन छैन ओर्लिने कहाँ हो ? छुक छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ? … माटोमा खस्ला छायाको चित्र बाटो छ अँध्यारो चट्टान नाघे समुद्र आउँछ डुबिने कहाँ हो ?

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो माटो मिच्यौ भने

~गणेश खड्का~ भक्तिको लौह गर्दनको कसम ! आधा होसमा र आधा बेहोसमा हुँदै होइन पुरै होसमा चौतर्फी सोचविचारका साथ दुधको दुध,पानीको पानी बक्दैछु – मेरो एक इन्च माटो मिच्यौ भने म तिमीहरुको दुई इन्च गर्दन छिनाइदिनेछु मैले टिस्टा नदी उकालो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वियोग

~इन्दिरा थापा~ पत्थरको मन किन आज दिन–दिन पग्लदै छ एक सुरमा बगेको खोला किन आज दोबाटोमा पुगी अल्झेको छ दिन विते रात अनि वर्ष वितिसके सम्झना यो मनबाट कत्ति पनि हटेन

Posted in कविता | Tagged | Leave a comment

कविता : नुमकलालको नुर

~प्रथा~ भैँसीको नथ्थीमा नाकी उनेर मैले भैँसी डोर्याएँ र त्यहि भैँसीको पिठ्युमा बसेर तिमीले भैँसी चरायौ ! झोलामा कापी र पेन्सिल बोकेर म स्कुल गएँ र त्यहि कापीका पानाहरू पल्टाएर तिमीले कक्षामा बाह्रखरी लेख्यौ !

Posted in कविता | Tagged | Leave a comment

कविता : कालाहरूको गीत

~बलराम तिमिल्सिना ‘विप्लव’~ कालोको मन कालै हुन्न, गोराको मन गोरो मन गुणाको मान्छे हुन्छ जसको होस छोरो मन विर्सी खोज्छौ तिमी ,मात्र गोरो छाला बढ्ता दिलदार हुन्छन् ,गोराभन्दा काला सेतो भन्दा पवित्र छ हाम्रो कालो रंग अनाहक घिनाउँछौ हामीहरूसंग

Posted in कविता | Tagged | Leave a comment

कथा : जिनिस

~सुन्दर मानन्धर~ भर्खरै कक्षाभित्र प्रवेश गरेको एकजना युवक पातलो शरीर, गडेको आँखा, लामो नाक, छुस्स दाहृी बढेको, चप्पल लगाएको, लामोकपाललाई तेल लगाएर पछाडि फर्काएको, पाइन्ट बाहिरै कमिज, हातमा पुस्तक र कापी लिएको– मन तानियो । कक्षामा अन्य विद्यार्थीका तुलनामा ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : Snow and You

~Dinesh Adhikari~ Translation: Robin Sharma Cold snowflakes are falling Making one feel warm And I, remember you In the moments of our first days The first days of our meeting – At that time You were very soft and warm … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

छोक : एक्लो

~सैलेन्द्र साकार~ पात झै एक्लो रुखमा रुख झै एक्लो जङल मा कोइला झै एक्लो अग्नी कुन्डमा बाटो झै एक्लो यात्रा मा सुकरात झै एक्लो मानिस मा

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा आत्मा कहानि

~रामकुमार श्रेष्ठ~ कामै के छ र ए साथी हो त्यसैले सुन न त एउटा आत्मा कहानि गाइजात्रै गाइजात्रामा एउटा थपनि। कसैले भनेन- हिमाल तिम्रो हातबाट गुम्छ, पहाड तिम्रो हातबाट गुम्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ – शहर

~कमल कुमार~ गाउँदेखि शहरसम्म एउटा बाटो छ कहिँ हिलो कहिँ धुलो माटो छ एका विहानैदेखि गाउँ ट्याङ्करका ट्याङ्कर ‘शुद्ध खाने पानी’ दिन्छ शहरलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : गितारको गीत

~मञ्जुल~ कसैले मलाई खोलबाट निकालिदिए हुन्थ्यो आफ्ना बलिष्ठ हातहरूले मेरा तारहरूमा बेस्सरी हिर्काएर झनझनाउँदा स्वरहरू फैलाइदिए हुन्थ्यो कसैले मलाई खोलबाट निकालिदिए हुन्थ्यो मलाई एउटा कोठाको अँध्यारो कुनामा किच्रिक्क परेर थन्किएर दिन बिताउन मन परिरहेको छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : माटोको सुगन्ध

~मदन राई ‘लामाखुले’~ लालीगुराँशका बोटहरू कम्जोर भएका छन्, सगरमाथाको ओरालो पाखोमा ओरालो बग्दैछ माटोहरू, माटो कम्जोर बन्दैछ । फुल्न कठिन मान्दैछ गुराँश

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : निर्णय नं. १

~मदन राई ‘लामाखुले’~ आकस्मिक बोर्ड बैठकका लागि सूचना जारी गर्ने आदेश अध्यक्षज्यूले सचिवलाई दिन्छन् । विषय : एजेण्डा यस प्रकार छन् । (क) कम्पनीको हालको उत्पादन क्षमतालाई दस गुणा बृद्धि तुरुन्त गर्ने,

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : प्रभु !

~निर्मोही व्यास~ गोटी षड्यन्त्रका चाहे जति चालिसियोस् प्रभु ! खसी घोर्ले, सिसी झिल्के जति ढालिसियोस् प्रभु ! घाम-जून हजूरैका हुने पेवा गए दिन नौ लाख पिल्पिले तारा जति बालिसियोस् प्रभु !

Posted in कविता | Tagged | Leave a comment

गजल : आज साउन दर्कदैंछ

~भुवन निस्तेज~ सिद्धियो लामो खँडेरी आज साउन दर्कदैंछ ज्युनुको जानी महत्ता जिन्दगानी फर्कदैंछ सायदै मैले सिकेन सोह्र आना जिन्दगी के भयो पाउ मुनि गर्लम्म पैह्रो घर्कदैंछ

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : धेरै माछाहरू

~भीष्म उप्रेती~ जाजरकोटको रिम्ना पुगेपछि गाडी लैजान मिलेन । सानी भेरी नदीको झोलुंगे पुल तरेर हिँड्न थाल्यौँ सानो ब्याकप्याक बोकेर । खोतारे पुगेपछि जीप पाइयो । जिपले हामीलाई चिसापानी बजारसम्म लगिदियो । त्यसभन्दा अगाडि जान हिँड्नुपर्ने रहेछ । नदीको किनारै … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

निबन्ध : सत्य र भ्रम

~भीष्म उप्रेती~ हामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ जीवनमा ? अथवा हामीलाई बाँच्न कति सत्य र कति भ्रम चाहिन्छ ? म यिनै प्रश्नहरूको वरपिरि घुमिरहेको छु कति दिनदेखि । यसै प्रश्नको अल्झोमा अल्झन पुगेको छु र यो प्रश्न … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment