Tag Archives: sangrahalaya

कविता : क्षति

~चन्द्रकला नेवार~ सुनसानको बाहुपासमा आबद्ध वातावरण – जम्दै गएको साँझ धिप-धिप मैनबत्ती कालो हिउँ फेरि पग्लन्छ। केके अल्झिन्छ केके डुब्छ उही क्रम दोहोरिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो अविज्ञापित एकान्त

~राजेन्द्र भण्डारी~ यति धेरै सामानहरू विज्ञापित छन्। चाहिएको सामान नै कता लुक्छ कता। फिँज पखालिसक्दा पनि शरीरमै टाँसिरहन्छ साबुनको विज्ञापन। कस्तो गह्रौं

Posted in कविता | Tagged | Leave a comment

कविता : सुर्ता र शुभेच्छा

~अमर बानियाँ लोहोरो~ के गर्छौ र! माली भित्रभित्रै कीट लागिसकेको कमिलाले जरा काट्दै गरेको फूलहरूमा मल हाली… के सप्रिएला र! माली

Posted in कविता | Tagged | Leave a comment

कविता : ठूलो भूल

~के.वी. राणा~ पहिलो बारीमा रोप्यो फूल अनि आँगनमा भएन गमलामा सजायो फूल मान्छे किन यति निष्ठुरी गुच्छा – गुलदस्ता बाँध्न सिकायो।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो शब्द (?)

~मनप्रसाद सुब्बा~ फूलको पराग यौटा अक्षर पाएँ। एक छेउका ढुङ्गा र एक चिम्टी माटो पनि मेरो हातमा आएर अक्षरहरू नै भइदिए। अनि ती अक्षरहरूलाई एक थोपा पसिना र एक थोपा आँसुले मुछेर यौटा शब्दको आकृति दिए र मेरो सासको गन्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यताको रात

~भूपेन्द्र अधिकारी~ त्यतातिर रात प्रदैन क्या हो मानिस जहिले पनि बिउँझिएका छन् आँगनभरि बारूदका बिस्कुन सुकाएर तेसरिएर बन्दुकका नाल किनेका परिक्षम र पसीना बेचेर

Posted in कविता | Tagged | Leave a comment

गीत : प्रतीक्षा

~कर्ण थामी~ जीवन आज मेरो सधैँ झैं मायालु बनी रोइउठे साँची प्रतीक्षा हृदयभरि तिम्रो यादमा तड्पिरहें। रात अँध्यारो यो चक्कमन्न कोठा

Posted in नेपाली गीत | Tagged | Leave a comment

रेडियो हास्य नाटक : साहूजीकी लाटी स्वास्नी

~सुवास दीपक~ मि. लुइँटेल (आफै) – चैने कुन्नि मलाई किन बोलाउनुभयो होला? अँ, उहाँ त यसपालि चैने जानुभएको थियो, चैने बिहे गरेर पो आउनुभयो ‘रे !  पुर्खाल भनेको कुरा  उहाँले  चैने उहाँले ठिकै पुऱ्याउनुभएको रहेछ – पशुपतिनाथको यात्रा पनि,  सिद्राको  व्यापार पनि !   (उठ्छ  … Continue reading

Posted in रेडियो नाटक | Tagged , , | Leave a comment

कविता : समय र सपनाको हिच्चा

~पवन चामलिङ किरण~ हुनसक्छ तिमीले बिर्सिसक्यो तर पनि याद होला एउटा सभामा हाम्रो भेट भएको; तिमीलाई भेटेर मलाई रमाइलो लागेको थियो मान्छेले मान्छेलाई भेट्दा रमाइलो लाग्नु आनन्द अनुभूति हुनु न्यानो र आफ्नो लाग्नु आजकल अचम्मैको कुरा हुन्छ मान्छेले मान्छेलाई मान्छेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : पुड्केको बल्छी

~भविलाल लामिछाने~ छप्ल्याङ्ग छपनी पानीमाथि छाल अल्छीलाई बल्छी माछाको काल पानी भयो धमिलो माछा डुल्न थाले बल्छीको चारोमा माछा झुल्न थाले

Posted in बाल कविता | Tagged | Leave a comment

गीत : म दिन कसरी बिताउँ ?

~हरिकृष्ण डंगोल~ एक्लो छु, एक्लो हुँ म दिन कसरी बिताउँ ? तिमी बिनाको जीवन म कसरी बिताउँ ? छाडी जानथ्यौ त आयौ नै किन जीवनमा बिर्सी जानथ्यौ त बस्यौ नै किन यो मनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : यक्ष प्रश्न

~अटल बिहारी वायपेयी~ अनुवाद : सुवास दीपक जो हिजो थिए, ती आज छैनन्। जो आज छन्, ती भोलि हुने छैनन्। हुनु, नहुनुको क्रम, यसरी नै चलिरहनेछ, हामी छौं, हामी रहनेछौं,

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : चुन्कीको अन्तिम दशैँ

~लक्ष्मण वियोगी~ विनय एक्कासि झस्क्यो। एक अँगालो घामका छायाँ सोहोरिएर आँखामा खनिएझैँ भयो। तिर्मिराएका आँखा तन्कायो। उसका अघिल्तिर चुन्की ठिङ्ङ उभिएकी थिई। चुन्कीका बदामी ओँठ खुले– दशैँ माने आइलो मलिक्वा? चुन्कीले मालिक भनेर बोलाइ। ऊ अँधेरो भयो। खासमा विनय चुन्कीको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : इतिहास र मान्छे

~प्रकाश थापा मगर~ इतिहास रेल होइन कि निश्चित ठाउँबाट सुरु हुने बीच बीचमा निश्चित ठहराव ठहरेको ठाउँबाट यान्त्रिक यात्रा सुरु तर रेलले पनि इतिहासको झल्को दिन्छ निर्धारित समयमा नचलेर तर, त्यसको अर्थ

Posted in कविता | Tagged | Leave a comment

हिराछवि श्रीशाका छ हाइकुहरु

~हिराछवि श्रीशा~ १ नेपाली शिर नाकाबन्दीको खेल सगरमाथा २ छिमेकी राष्ट्र हेपाटाइटिस बी

Posted in हाइकु | Tagged | Leave a comment

लघुकथा : सम्झौता

~हरिप्रसाद भण्डारी~ गाउँमा दुईजना पुरेत थिए— गङ्गाधर र दुर्गादत्त । दुवैजना एकअर्कोको रिस गर्थे र सधैं झगडा गरिरहन्थे । यदाकदा बाटामा भेट हुँदा पनि आँखा तरेर हिँड्थे । गाउँमा एउटा जजमानले सप्ताह गर्ने भए । गङ्गाधर मुल पुरोहित बने । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : घाउ छोप्ने बहाना हो हाँसो

~दिनेश अधिकारी~ मलाई त घाउ छोप्ने बहाना हो हाँसो दुनियाँको आँखा तर त्यही हाँसोमा बस्यो खुसी जस्तो देखिन्छु म पीर लुकाउन हेर्नेको मन् तर त्यही सतहमा खस्यो ! के ले रोक्छ केले छेक्छ अझै भन्न सकिन म

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नमस्ते

~रामकुमार श्रेष्ठ~ आदर गरिन लायक नै नभएकोलाई आदर कसरी गरौं बिस्वास गरिन लायक नै नभएकोलाई बिस्वास पनि कसरी गरौं तर पनि समय सापेक्ष नमस्ते गर्दैछु नेताज्यू मन लागे स्वीकार मन नलागे नस्वीकार तर मलाई थाह छ – नस्वीकारेर पनि त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुशासन खोई

~रामेश्वर पौडेल~ हाप कट्टु लगाएर चप्पल प्याट प्याट पारी पढाउन आउँ छन गुरु लाज सरम मारी सर्टको बाहुला एउटा माथि अर्को तल झारी नागा बाबा बिर्साउने गरी पालेका लामा दारी हस्यांग फस्यांग दौडिएर कक्षा कोठा आउने

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : सबैभन्दा ठूलो आश्चर्य

~प्रकाशमणि दहाल~ युधिष्ठिरले उत्तर दिएका प्रसिद्ध यक्ष प्रश्नमध्ये एउटा थियो, संसारको सबैभन्दा ठूलो आश्चर्य के हो र उनको उत्तर थियो, दिनहुँ हुने मृत्यु देखेर पनि आफूलाई चाहिँ चिरञ्जीवीजत्तिकै ठान्ने मानव स्वभाव । टाल्स्टायको एउटा कथामा पनि यो प्रसंग आउँछ, अलिक … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

सदानन्द अभागीका सात मुक्तकहरू

~सदानन्द अभागी~ तिमी आफ्नै बाटो हिँड तिमी आफ्नै बाटो हिँड तिमीले मलाई मोल्नु छैन खडेरीले खाए खाओस् सिँचाइ कुलो खोल्नु छैन जाऊ जाऊ जति सक्छौ सफल बाटो खन्दै जाऊ सत्कर्मको बाटो हिँड्ने कसैलाई बिथोल्नु छैन देशमा बेरोजगार छ देशमा बेरोजगार … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

भोजपुरी कविता : मधेशी शहीदके पुकार

~ऋतिक यादव~ निर्दोष मधेसीयापे दिन-दहाड़े गोली चलल कबले चली चमड़ाके रङपे दमनके बौछार हो हर बखत शासकके झुट्टा आश्वासन मिलल केहु ना सुनलक मधेसी शहीदके पुकार हो ! आधा आवादीके खुनमे खौलत जखम रहल कबले होत रहि सौतेला अइसन व्यवहार … Continue reading

Posted in भोजपुरी कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : अतिसार नहोस्

~गोविन्ददेव आचार्य~ छन्द : तोटक अति निम्न नहोस् अतिसार नहोस् ठिक जीवन होस् तर हार नहोस् ।। श्रमले, गुणले भरजन्म जिऊँ तर वञ्चन वा व्यभिचार नहोस् ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : खाली खुट्टे म

~मंगलसिंह सुब्बा~ मैले भुलेको छुइनँ हिउंमा खाली खुट्टा हिंड्दा ठिहिऱ्याएको, काँडा, बोतलका टुक्रा वा चुच्चो ढुङ्गाले बिजाएको घाम लाग्दा सिमेन्टको भुइँ तातो ढुङ्गा वा बालुवाले पोलेको,

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्थि अस्ताउनेछिन् अमृता

~मीना सुब्बा~ सड़कको अन्तिम माइलखुट्टीमा ढल्न लागेछ एउटा अद्भुत रूख बस्, हावाको एक झोंका पर्खिरहेछ। जीवनका सबै असार, मङ्सिर र भदौहरू ठप्प छन्, अन्नत विश्रामको प्रतीक्षा छ।

Posted in कविता | Tagged | Leave a comment

चलचित्र गीत : कसम हो कसम

~कृष्णहरी बराल~ मन दिन्छु मुटु दिन्छु, फेर्नुपर्ने सास दिन्छु घटी बढी होइन सधैं, माया एकनास दिन्छु कसम हो कसम, कसम हो कसम मन दिन्छु मुटु दिन्छु, फेर्नुपर्ने सास दिन्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : जीवन

~मोहन ठकुरी~ यो जीवन आफ्नै दुक्ख-सुखको एउटा सरिता हो यो जीवन आफूले आफैलाई हेर्नपर्ने एउटा रमिता हो

Posted in मुक्तक | Tagged | Leave a comment

चलचित्र गीत : तिमीलाई घामले चुम्दा पनि

~निष्प्रभ सजी~ (तिमीलाई घामले चुम्दा पनि तिमीलाई जूनले छुदाँ पनि )२ डाह लाग्छ किन तिमी (मसँग हुँदा पनि)२ नडराऊ मेरो मुटु कोहि आई छुने छैन तिम्रो हात समाईसकें म कसैको हुने छैन तिमीलाई घामले चुम्दा पनि तिमीलाई जूनले छुदाँ पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : दैव हे

~कालीप्रसाद बास्कोट \ सविन “एक्तारे”~ कहिले आउँछ होला त्यो एकदिन जहाँ भारी नहोस् यो जीवन जहाँ एउटै बनोस् बिपना सपना अनि बैरी नहोस् आफ्नै मन (भीडमा खोजुँ कि एकान्तमा खोजुँ शिशिरमा खोजुँ कि बसन्तमा खोजुँ

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : विदेशको दशैं

~रश्मिला कवाङ ‘रश्मि’~ शरद ऋतुको आगमनसंगै चिसो सिरेटो बहदै मनै कठांग्रिने बिहानी चारैतिर बेजोद हावाहुरी हरेक हरिया रुखहरुका पातहरु हलाउदै अनि भूईभरि पहेला पातहरुले बाटो सिङ्गरिदै लाग्छ, यो समय रंगीन बहारको हो नीलो आकाशभरि चंगाहरु उड्दै होलान गाउँमा नवरात्री र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : फेसन

~रमेश भट्टराई ‘सहृदयी’~ हेर्नास्, सोझो औँलाले घिउ आउँदैन । बाङ्गो पार्दा पनि जाडो मौसममा त जमेको जम्यै गर्छ । विषय घुमाउरो र सज्जनको विरोधाभास हो । खै, केमा हो भन्दा पश्चिमा प्रवृत्ति नै भनौँ । मिसाइल परीक्षण कुनै हाम्रा पुर्खाका … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक समीक्षा : लुकेर रहेका छन्देली कविको प्रत्यक्षीकरण

~सदानन्द अभागी~ परिचय– लुकेर रहेको शब्द मलाई लेख्न किन मन लाग्यो भने लुकेर बसेका होनहार प्रतिभा कमल आचार्यजी (वि.सं.२०००)को ७५औं जन्म दिनको अवसरमा उहाँका दुईओटा किर्तिहरू ‘‘कोसेली’’ र ‘‘व्यवहारिक दर्पण’’ (२०७५) विमोचनमा आए । दुवै किर्तिहरू छन्दमा लेखिएका अति सार … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment