Tag Archives: sangrahalaya

कविता : बधशालाभित्र

~कृष्णराज पौडेल~ …..जनतालाई सधै सेवाको राजनीति भन्नेहरू गरिबलाई झण्डा बोकाउनेहरू भाषणमा अधिकारका फुलमाला अविरघस्नेहरू सधै शक्ति र सत्ताको पछाडि कुर्सीको जरामा अल्झिरहन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : अनिश्चित युद्ध

~जितेन्द्र ढकाल~ जब जब सडकमा पेट्रोल÷डिजेलका लागि मिलौँ लामो लाइन देख्छु सडक पेटीहरूमा ग्याँसका रित्ता सिलिण्डर र मट्टीतेलका स–साना

Posted in कविता | Tagged | Leave a comment

कविता : चुनाव जिती गए उनी

~देवेन्द्र कुँवर~ धनपैसाको खोलो बगाई, चुनाव जिती गए उनी भ्रष्टाचार र महङ्गीले जनता फेरि भए रूनी विकास, निर्माण गर्छु भनी, चुनाव अघि भाक्षण चुटे सोझासाझा जनताको मत धन–पैसामा उनले लुटे

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यही नै देखिन्छ त्यहाँ

~योगेन्द्र काउचा~ उसलाई पो थाहा छ धर्तीको महत्व जो एक चिम्टी माटोको निम्ति एक इन्च धर्तीको निम्ति आफु सगँ भएभरका जति जुक्ति बुद्धि लगाएर

Posted in कविता | Tagged | Leave a comment

गजल : महिला हकमा लड्छ

~हिरारत्न श्रीशा~ जो बलात्कारी यहाँ उही महिला हकमा लड्छ जसले कानुन मान्दैन, उही न्याय–अन्याय पढ्छ ठूलाठूला कुरा गर्दै, जनता मार्ने शोषकहरू

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : बेदना बर्षियो

~जीवराज बुढाथोकी~ रोग भै देशको, बेदना बर्षियो । मार्ग त्यो शान्तिको, गर्भमै अल्झियो । भावना ती अझै, जीवितै छन् तर, हेर पासा कता, बिपरीत् फर्कियो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई हेर्ने आँट नगर

~ममिता मर्मस्पर्शी~ मेरो बिहेको मौन-मौन आवाज सुन्दैछु मलाई हेर्न आउँछ रे सपना झलझली बुन्दैछु गनी-गनी वरमाला उन्दैछु कल्पनामा तिमीलाई नै चुन्दैछु फाटेकोलाई पनि तुन्दैछु त्यो वरमाला साँच्चै उन्दैछु तर सुहाउँदैन तिमीलाई मैले उनेको वरमाला

Posted in Poem, कविता | Tagged | Leave a comment

गजल : शीत बनेर झर्छ माया

~केशब लामिछाने~ कसैको फूलबारीमा शीत बनेर झर्छ माया कसैको जिन्दगानीमा चित बनेर मर्छ माया फाप्नेलाई त राम्रै हुन्छ, नफाप्नेलाई साह्रो नदुखेको मुटु दुखाई प्रीत बनेर सर्छ माया

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सेतो कोट

~रमेश भट्टराई ‘सहृदयी’~ मेरी छोरी सेतो कोट देख्दा डराउँछिन् । मलाई पनि तर्साउने जस्तो लाग्छ । हो, उही रूपमा बगेको छ खोलो । ढ्याङ्ग्रो बजाएर जोखाना राख्ने सोच अन्धविश्वास हो कि टाउको दुख्दा पेट दुखेको औषधी टक््रयाएर फेरि निको नभइ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : फूलको सुबासमा भेटे

~शशीकला थापा सुब्बा~ बसन्त ऋतुको बहार तिमी,तिमिलाई फूलको सुबासमा भेटे । इन्द्रेणि द्वारको संघार तिमी,तिमिलाई जूनको मधुमासमा भेटे ।। झरनाको मधुर संगीतभित्र,पहरा गुन्जने मिठो गीतभित्र । प्रभातकालको मल्हार तिमी,तिमीलाई बिहानी प्रकाशमा भेटे।।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : मास्टरको मासिक बजेट भाषण

~र्सूयबहादुर पिवा~ पूजनीय मातापिता, श्रीमती तथा मेरा प्यारा छोराछोरीहरू ! यी वर्षा यसमा यसमा, यतियति खर्च गर्ने भनेर सरकारले वर्षर्षा बजेटको विवरण दिएझैं मैले पनि यो महिनामा यसमा यति खर्च होला र यसमा यति खर्च होलाझैं लाग्दछ भनेर हर महिनामा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कथा : तिरोहित विश्वास 

~अमर तुम्याहाङ~ अनुवाद : स्व.स्वप्निल स्मृति [ एक ] ठूलो तीनतले घर, उत्रै पाली । घर र पाली वारिपरि बार्दली, बार्दलीभरि फूलका गमला । गमलामा थरिथरिका फूलहरू । फूलमाथि लुकामारी खेल्दैछन् माहुरी र पुतलीहरू । घरमुनि बाटो । बाटामुनि बारीका … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

गजल : दाह्रा किन ?

~शेखर ‘अस्तित्व’~ खाने अनि देखाउने, छुट्टा-छुट्टै दाह्रा किन ? तैंले बोल्दा महावाणी, मैले बोल्दा नारा किन ? तेरा काला जुत्ता सधैं,फूलहरू कुल्ची हिंड्ने ! मेरै नांगा खुट्टालाई, कांडा र तगारा किन ?

Posted in गजल | Tagged | Leave a comment

गजल : चमेली

~नरहरि मिश्र~ म आउँला आइ कम, बि कम पढेर सानी छोउ चमेली बस बढेर सुरुसुरु घर मै आउनु स्कुल पढे पछि अंबा बोट, लाग्ला चोट नचढ लढेर

Posted in गजल | Tagged | Leave a comment

गीत : जहाँ तिमीले हाँसी देऊ

~किरण खरेल~ जहाँ तिमीले हाँसी देऊ, त्यहीं स्वर्ग मेरो तिम्रो मिठो गीतनै हो जिन्दगी यो मेरो मेरो ओठ रसाउँछ, तिमीले हाँसी दिए मेरो पाउ रोकिने छ, तिमीले छोडि गए

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : ओइलिएर नझरोस् है

~भूमिराज इच्छुक~ फुल जस्तो जोवन तिम्रो ओइलिएर नझरोस् है चोरीलान काँडाबाट आँट कोही नगरोस् है मोहित होलान् भमरा र माहुरीका ताँतीहरु आउँछ कान्छो सपनीमा तगारोमा नपरोस् है

Posted in गजल | Tagged | Leave a comment

कथा : के म नायक हँु

~विश्वराज अधिकारी~ गोकुलले मतिर हेर्दै भने,“जे कुरा देखेर आयो अन्त कतै, त्यो आफ्नो घरमा पनि हुनुपर्ने। नयाँ कुनै कुरा देख्यो, किन्नै पर्ने। कसैले कुनै कुरा गर्‍यो, मैले पनि त्यो गर्नुपर्ने। कसैले कार किन्यो मैले पनि किन्नुपर्ने। नकिने, मैले जिन्दगीमा केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : लोपोन्मुख गर्न्धर्व भाषा

~बुलु मुकारूङ~ नेपालमा अहिले ९२ वटा भाषाहरू बोलिने गरिन्छ भन्ने तथ्या· देखिन्छ । राष्ट्रिय भाषा नीति तथा सुझाव आयोगको प्रतिवेदनअनुसार किराँत र्राई जातिका विभिन्न पाछा वा थरबीचमा पनि २९ वटाभन्दा धेरै भाषाहरू बोलिने गरिएको देखिइएको छ । यस तथ्यलाई मनन गर्ने हो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : खुलेको एउटा नयाँ परिचय-पत्र

~केदार गुरुङ~ एकचोटि मरेर दाह-संस्कारपछि पनि कोही बौह्रिएर फर्किआउँछ भने त्यो अवश्य भूत मात्र हुनसक्छ। जसरी कसैले एकपल्ट चोरेर

Posted in कविता | Tagged | Leave a comment

गजल : जान मन लाग्यो

~राजेन्द्रप्रसाद आचार्य~ अमृतमा भिजिरहेको रैछ मन गोडेर जान मन लाग्यो सुन्दरताका मुहानहरु सवै जोडेर लान मन लाग्यो ए परी, स्वर्गबाट कहिले झरेकी तिमी यहाँ ?

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : मुमा र म

~माया ठकुरी~ म सानै छँदा छिमेकी समकालीन बालबालिकाहरू स्कुल गएको देख्दा मलाई पनि सुकिलो लुगा लगाएर, झोलामा किताब, कापी, पाटी, खरी बोकेर उनीहरूसँगै जान मन लाग्थ्यो । मुमालाई ‘मलाई पनि स्कुल पढ्न मन छ । स्कुल पठाइदिनूस् न’ भनेर दिनदिनै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : ए रात ए दिन रोक रोक

~भिमदर्शन रोका~ आगो आफै त के लाग्ला कसैको गल्तीले लागेको होला अथवा जानी जानी कसैले लगाएको त्यस्तो किन गरेको होला ? सोध न सोध, केही त भन्ला ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी माथि एउटा कविता

~बिमल गुरुङ~ यस्तै रहेछ जिन्दगी पिडा/हर्ष आँसु/हाँसो ख्यालठट्टा/ब्यंग्य यस्तै रहेछ जिन्दगी । यस्तै रहेछ जिन्दगी

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : हाम्रो प्यारो बाल भरिया

~लक्ष्मण गाम्नागे~ धेरैले भन्छन् यो मैजस्तो छ । त्यो भन्नेहरूले उसको नाक र मेरो नाकको तुलना गर्छन्, उसको निधार र मेरो निधार दाँज्छन् । कान हेरेर उस्तै भन्छन् । ओठ त झन् ठ्याक्कै ठान्छन् । त्यो त तिनीहरूको भ्रम मात्र … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मगन्तेको अनुरोध

~प्रेम संग्रौला~ कहिले फुटपाथमा दाह्रा डि०च्याउंदै कहिले घरघरमा आफैलाई घिच्यांउदै कहिले आपत पर्यो भन्दै, कहिले विपत्तिको राग अलाप्दै कहिले दुबै हात पसार्दै कहिले बीच बाटोमै लम्पसार पर्दै जीवनलाई सुखी बनाउने रहरमा

Posted in कविता | Tagged | Leave a comment

डा.शैलश भण्डारीका दुई मुक्तकहरु

~डा.शैलश भण्डारी~ पिरती तिम्रो मुहारको चमक हेर्दा हेर्दै मेरो दृष्टी त्यहीं फसेछ अन्त झट्टै गएन कुन झमकमा पिरती बसेछ पत्तै भएन ।।

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : नेपाल आमाको पुकार

~बबुल लामा~ अहिले नेपाल आमा रोइरहेछिन्, चिच्याइरहेछिन् र पुकारीरहेछिन् आफ्नै सन्तानहरुलाई भो, भयो अव अति भयो बन्द गर, यी सब तिमिहरुका आडम्बरी नाराहरु ।

Posted in कविता | Tagged | Leave a comment

गीत : धन्य तिमी आयौ

~ज्ञानेन्द्र गदाल~ आउनै पर्ने थियो राजा, साहस बोकी आयौ गरीवको मुहारमा एउटा सानो खुशी ल्यायौ । मनभरी वनभरी आगो सल्की राको बेला

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : गौरव

~हरिकृष्ण डंगोल~ ‘आई पुग्यौ ?’ ठूलो बाको स्वरले म झसङ्ग हुन्छु । कसैलाई खोजिरहेको मेरो आँखाले सामुन्ने उभिरहेको ठूलो बालाई यादै गरेनछ । सायद यसैले पनि ठूलो बाको अप्रत्याशित स्वरले म झसङ्ग भएको हुन सक्छु । मैले ठूलो बालाई हेरें … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : खड़ेरीको अक्षर

~मनोज बोगटी~ भिज्न दिनू आँखालाई आँखा भिज्दा मन मलिलो हुन्छ। जहॉं उम्रन्छ हॉंस्ने आकांक्षा।

Posted in कविता | Tagged | Leave a comment

गीत : तिरस्कारको चोट नसोध मलाई

~सुकराज दियाली~ तिरस्कारको चोट नसोध मलाई सुनाउने मेरोमा आवाज छैन। लहनाको परिभाषा नकोर्न मलाई मनाउने मेरोमा मुटु छैन।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : दशैं मान्न आइन भने घर

~गोवर्धन पूजा~ यस पालीको दशैं मान्न आइन भने घर नठान्नु है यो गोवर्धन भयो परपर मनभरि गाऊको माया पाली राखेको छु सपनीमा आउछन सधै पिपलु र वर

Posted in गजल | Tagged | Leave a comment