Tag Archives: Nirmala Awasthi

कविता : एउटा अबोध बालककको अवसान

~निर्मला अवस्थी~ एउटा खबर भर्खर अखबारमा पढे मैले आज एउटा ६ बर्षीय अबोध बालकको मृत्यु भएछ युध्दमा होइन गाडी दुर्घटना पनि होइन अपहरण वा पानीमा डुबेर पनि होइन आफ्नै गुरुको पिटाई खाँदा खादै

Posted in कविता | Tagged | Leave a comment

कविता : तीज

~निर्मला अवस्थी~ “तीजैको रहर आयो बरिलै” हो,सधै जस्तै बरिलैको भाका बोकेर चेलीहरुको घरघरमा आएको छ तीज माइतीको आँगनमा छम् छम् नाच्न आँतुर छन् चेलीहरु त्यसैले गाउँ शहर सबैतिर आएको छ तीज सुन पसल, चुरा पसल कपडा पसल जताततै तीजको भीड … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~निर्मला अवस्थी~ रहर थियो मेरो शिखरलाई चुम्ने तर फेदीमै रोकिएँ म। जानी नजानी गरें कोशिस धेरै जीवनको उत्तरार्धमा ठोकिएँ म। कठोर पो रहेछ जीवनको भोगाई सहज ठानेको थिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : मिली बस्नु पर्छ

~निर्मला अवस्थी~ पूर्व मेची महाकाली सबै हाम्रै त हो मिलीजुली बसेदेखि सबै आफ्नै त हो दिल ठूलो पार्नु पर्छ आफ्नो हुनलाई भेदभाव गर्नुहुन्न मिली बस्नलाई। आज तिमी मेरो भन्छौ भोली कस्को हुन्छ थाहा छैन हिजो कस्को आज अर्कै हुन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : उस्को मन खाली थियो

~निर्मला अवस्थी~ मैले बास माग्न जाँदा उस्को मन खाली थियो दूई जना अटाउने सानो एउटा पाली थियो।। रमाइदिएँ त्यै पालीमा गुराँस जस्तै फूलिदिएँ हाम्रो बाग सजाउने उ चाहीं राम्रो माली थियो।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो साथी

~निर्मला अवस्थी~ बल्ल मैले पाएको छु भने जस्तो साथी कहिले राख्छु आफ्नै काखमा कहिले टेबुल माथी।। मेरा मनका कुराहरु सबै टिपोट गरी जोगाएर राखिदन्छ पाना भरी भरी ।।

Posted in कविता | Tagged | 1 Comment

गजल : सबै खाली खाली

~निर्मला अवस्थी~ के हुनु र मस्तिष्कमा सबै खाली खाली सोच्नै केही सकिएन नेता परे जाली।। बिकास र योजनाका काम ठप्प पारी खाने बेला सबै मिली बजाउँछन ताली।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मलाई सर्न मन लाग्यो

~निर्मला अवस्थी~ तिम्रो मुटु नजिक मलाई सर्न मन लाग्यो तिम्रै आँखा वरिपरी चर्न मन लाग्यो।। तिम्रा दु:ख पीडा सबै उखेलेर फाली रंगीचंगी फूलको बिऊ छर्न मन लाग्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : चल्न देउ

~निर्मला अवस्थी~ नचाहिदा हल्लाहरु चल्छ भने चल्न देउ तिम्रो मेरो बिचमा कोही जल्छ भने जल्न देउ।। हामी दुई बिचको साइनो अजम्बरी हुने गरी झ्याङ्गिएर लटरम्म फल्छ भने फल्न देउ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : पशुपंक्षी बली नदेउ

~निर्मला अवस्थी~ अक्षता र फूल-पाती यति भए पुग्छ मनमा श्रध्दा विश्वास राखी आइदिए हुन्छ सन्तान र आमाको हो तिम्रो मेरो नाता पशुपंक्षी बली नदेउ भन्छिन् दुर्गे माता। माया जस्तो ठूलो कुरा के छ अरु दिने सोच्नुहुन्न कहिलेपनि अरुको प्राण लिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~निर्मला अवस्थी~ कहिले यो मन पथ्थर जस्तो कहिले शीशा जस्तो कहिले हुन्छ फूल जस्तो किन हुन्छ यस्तो? घरी घरी रुन्छ यो मन कहिले हाँसिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : कति राम्रो देश हेर

~निर्मला अवस्थी~ सगरमाथा शिरमाथी कति राम्रो देश हेर अझै राम्रो छ है हाम्रो आफ्नै भाषा भेष हेर ।। बिर्सिने पो हुन कि अब नेपालीले नेपाली पन दौरा सुरुवाल गुन्यु चोली बिर्से लाग्छ ठेस हेर

Posted in गजल | Tagged | Leave a comment

कविता : जुन तारा नढाकिदेऊ

~निर्मला अवस्थी~ नढाकिदेऊ बादलु गगनलाई नढाकिदेऊ खुल्न देऊ सगरभरी जून तारा नढाकिदेऊ टुकी बनी आउँछु म तिमी पर्खि बसिरहनु भनेको हो जूनले मलाई तिमी कहिल्यै नआत्तिनु सितारा लिएर आउँछु म तारा मलाई भन्दै थियो हेर्दा हेर्दै सगरमा तिमीले सबै ढाकिदियौ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति लिएर आऊ

~निर्मला अवस्थी~ यसपाली त तिमी आउंदा प्रेम र मायाका लहरहरु लिएर आऊ सुरीला मीठा धुनहरु सुसेल्दै सबैको अनुहारमा हांसो र खुशि लिएर आऊ पर्दैन भो अरु कोसेली तिमी स्वस्थ्य भएर आऊ नयां वर्ष तिमी शान्ति लिएर आऊ।

Posted in कविता | Tagged | Leave a comment

गजल : नाच्छु म त

~निर्मला अवस्थी~ छम छम नाच्छु म त खुशी हुँदै बाँच्छु म त।। छोटो किन पार्नु आयु सकेसम्म साँच्छु म त।।

Posted in गजल | Tagged | Leave a comment

गजल : दु:खसंग भाग्दिन म

~निर्मला अवस्थी~ जीवनमा आइपर्ने दु:खसंग भाग्दिन म हिंडीरन्छु आफ्नो बाटो पुरा नभै थाक्दिन म।। दह्रो आँट म संग छ एक्लै हिड्न डराउँदिन साथ आए खुशी हुन्छु कर गरी डाक्दिन म।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मान्नु पर्छ त्यो पनि

~निर्मला अवस्थी~ सधै साथ कहाँ हुन्छ मान्नु पर्छ त्यो पनि संसारको रीत यस्तै जान्नु पर्छ त्यो पनि।। एक्लै आउने एक्लै जाने संगै कोही हुन्न रे प्रकृतिको नियम यस्तै धान्नु पर्छ त्यो पनि।।

Posted in गजल | Tagged | Leave a comment

कविता : शान्तिका दूत बनौं हामी

~निर्मला अवस्थी~ विसाऊ अब बन्दुकहरु उठाऔं कलम हातमा लडाई लडौं विचारको लिएर विवेक साथमा धेरै भयो तहस नहस देश पछाडी गइसक्यो जागौं न जागौं अब त धेरै ढिला भइसक्यो। बुध्दि विवेक बल सबै ओइरीसके विदेशतिर अपाङ्ग, रोगी, बुढाबुढी बाँकी रहे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वल्लो घाट न पल्लो तीरका भए…

~निर्मला अवस्थी~ सानातिना गुनासा हुन् लेखिदिने भए कता पोखुं कता पोखुं भने जस्ता भए कति राख्नु मनभित्र उर्लिएर आए हल्का हुन्थ्यो मनका ब्यथा सबलाई भन्न पाए। छोराछोरी भन्दाभन्दै दिन वित्दै गए

Posted in कविता | Tagged | Leave a comment

कविता : कविता यसरी नै फुर्छ

~निर्मला अवस्थी~ कहिले काहीं कविता पानी जस्तै बग्छ मोडै पिच्छे बदलिएर बाटो फेर्न सक्छ जीवनको भोगाईसंगै ठोक्किएर दुख्छ थाहै नपाई कविता यसरी नै फुर्छ। कहिले काहीं कविता बादलभित्र लुक्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो घाँटी सुक्छ बाबु

~निर्मला अवस्थी~ तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।। पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी तिमी टाढा हुँदाखेरी मेरो मन दुख्छ बाबु।।

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवन यात्रा

~निर्मला अवस्थी~ तिमी बिहान उठेर मर्निङवाक जाउ मैले त घर कसेर सकेर पूजा गर्नु पर्छ तिमी पर्केपछि चिया दिएर खाना बनाउनु पर्छ छोराछोरी तयार गरी स्कूल पठाउनु पर्छ। खाना खाएर तिमी एकैछिन पर्ख मैले घरधन्दा सिद्याउनु पर्छ राखन धरन गरेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : गजल अब लेख्दिन भो

~निर्मला अवस्थी~ कसैलाई दु:खी पार्ने गजल अब लेख्दिन भो आफ्नो पीर अन्त सार्ने गजल अब लेख्दिन भो।। लेखुँला म गीत बरु तिमीलाई हँसाउने तर तिम्रो आँशु झार्ने गजल अब लेख्दिन भो।।

Posted in गजल | Tagged | Leave a comment

कविता : शुभकामना

~निर्मला अवस्थी~ “पूर्ण होस मनका चाहना हरपल सुखदायी बनोस सबको जीवनमा यही छ मेरो कामना विजया दशमीको शुभकामना” नेपाली मात्रको महान पर्व विजया दशमीको शुभ उपलक्षमा सबैलाई हार्दिक मंगलमय शुभकामना

Posted in कविता | Tagged | Leave a comment

गजल : समाएर पिएँ मैले

~निर्मला अवस्थी~ दियौ बिष ल खा भनी समाएर पिएँ मैले त्यही बिष पचाएर हाँसी हाँसी जिएँ मैले।। तिमीलाई दिन भनी साँचेको त्यो माया पनि मुटु सबै रित्याएर भए जति दिएँ मैले।।

Posted in गजल | Tagged | Leave a comment

गजल : सधैभरी हुन्छ शान

~निर्मला अवस्थी~ सधैभरी हुन्छ शान नगुमाऊ स्वभिमान।। जीवनमा अघि बढ्न गर्नु हुन्न अभिमान

Posted in गजल | Tagged | Leave a comment

गजल : भाइ लडदैछन् अरे

~निर्मला अवस्थी~ आज पनि दुई भाइ लडदैछन् अरे दिन दिनै शत्रुहरू बडदैछन् अरे।। जति सुझाव दिएपनि केही लागेन संविधान लेख्न नेता हड्दैछन् अरे।।

Posted in गजल | Tagged | Leave a comment

कविता : शान्ति लिएर आऊ

~निर्मला अवस्थी~ यसपाली त तिमी आउंदा प्रेम र मायाका लहरहरु लिएर आऊ सुरीला मीठा धुनहरु सुसेल्दै सबैको अनुहारमा हांसो र खुशि लिएर आऊ पर्दैन भो अरु कोसेली तिमी स्वस्थ्य भएर आऊ नयां वर्ष तिमी शान्ति लिएर आऊ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा बिरामी परेकि छन्

~निर्मला अवस्थी~ तिमी गएदेखि आमा बिरामी परेकि छन् तिमीलाई नै सम्झदै सहस्रधारा आँशु बगाइरहेकी छन् तिमी गएदेखि आमा विरामी परेकी छन्। गाउमा हजुरबुबा बित्नुहुदा लास उठाउने कोही भएनन् रे

Posted in कविता | Tagged | Leave a comment

गजल : दुई भाइ लडदैछन् अरे

~निर्मला अवस्थी~ आज पनि दुई भाइ लडदैछन् अरे दिन दिनै शत्रुहरू बडदैछन् अरे।। जति सुझाव दिएपनि केही लागेन संविधान लेख्न नेता हड्दैछन् अरे।।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीसंग टाढा भई बसेकी छु

~निर्मला अवस्थी~ धेरै पटक तिमीसंग टाढा भई बसेकी छु तिमीलाई कुर्दा कुर्दै झकाएर खसेकी छु।। यस्तै त हो जीवन सधै साथ कहाँ हुन्छ भन्दै खुशिहरू समेटेर मुटु भित्र कसेकी छु।।

Posted in गजल | Tagged | Leave a comment

गजल : टाढा गई बसेपछी

~निर्मला अवस्थी~ सबै कुरा बिर्स्यौ अरे टाढा गई बसेपछी आफ्नी काली संझन्नौ रे गोरीसंग फँसेपछी।। सुन्छु तिम्रो घरजम पनि उतै हुने भयो छाड्न मन लागेन रे पिरतीले कसेपछी।।

Posted in गजल | Tagged | Leave a comment