Tag Archives: nepali sahitya

आयु छोटो भयो हजुर

~विवश सापकेाटा~ आयु छोटो भयो हजुर, देशको इज्जत पनि घट्यो तर पनि सामानको मुल्य चाहीँ बढिरह्यो। समानताका कुराहरु मात्र नारा हुन् है हजुर बाहिर नारा लगाएनी भित्रभित्रै लडीरह्यो।

Posted in कविता | Tagged | Leave a comment

अँध्यारोमा बाँच्नेहरु

~विवश सापकेाटा~ अँध्यारोमा बाँच्नेहरु अंधकारमै बाँचिराख सत्यतालाई बिर्सिएर अज्ञानतामै हाँसिराख।

Posted in कविता | Tagged | Leave a comment

आज मैले देखेँ

~विवश सापकेाटा~ आज मैले मान्छेको रगतले माटो मुछिएको देखेँ। लाखौँ महिलाको सिउँदोबाट सिन्दुर पुछिएको देखेँ। नेताहरुद्वारा देश लुछिएको देखेँ। आज मैले देखेँ।

Posted in कविता | Tagged | Leave a comment

विवश छ लालीगुराँस

~विकाश सापकोटा~ फुल्छ, ओइलाउँछ अनि झर्छ अनि फेरी समयसँगै त्यही चक्र दोहोर्‍याउँछ फेर्छ आफ्नो रुप यसले

Posted in कविता | Tagged | Leave a comment

कविता : यो जिन्दगी खै के जिन्दगी !

~हरीभक्त कटुवाल~ भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी !

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो यो गीतमा जून मुर्छना छ

~हरीभक्त कटुवाल~ मेरो यो गीतमा जून मुर्छना छ त्यो तिमी होइनौ को भन्न सक्छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मलाई नसोध कहाँ दुख्छ घाउ

~हरीभक्त कटुवाल~ मलाई नसोध कहाँ दुख्छ घाउ म जे छु ठिकै छु बिथोल्न नआऊ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सेती हो जिन्दगी

~बूँद राना~ सेती हो जिन्दगी, काली हो जिन्दगी बग्न नजाने गन्दा नाली हो जिन्दगी।

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनझैँ हजारचोटि

~बूँद राना~ सुनझैँ हजारचोटि खारे पो जिन्दगी हो कुन बेहोसीले भन्छ हारे पो जिन्दगी हो?

Posted in कविता | Tagged | Leave a comment

कविता : पानीमा आगो लगाऊ

~बूँद राना~ पानीमा आगो लगाऊ त गजल भैदिन्छ आगोमा फूल फुलाऊ त गजल भैदिन्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सिद्धिचरण

~सिद्धिचरण श्रेष्ठ~ हिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धिचरण छ, हाँस्छ, खेल्छ र रुन्छ, घुम्छ, आफ्नै गीत गाउँछ गहिरो कालो माथिबाट यौटा फिलिंगो उठेको,

Posted in कविता | Tagged | Leave a comment

कविता : युगको उर्दी

~सिद्धिचरण श्रेष्ठ~ संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ ! असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ ।

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : एउट विचार

~सिद्धिचरण श्रेष्ठ~ एउट विचार पश्चिम नभमा लाली छायो, साँझ पर्यो अब आज मर्यो, समय सिन्धुमा आयु र बलको यौटा सानू बूँद खस्यो । के के भई अझसम्म अडेको जीवनको मेरो छेउ तिमिर घडामा चोपी फेरि नूतन पारी छ निकाल्नु (श्रोत:-अन्तर्जाल)

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्रेम र विवाह

~सिद्धिचरण श्रेष्ठ~ पौडिरहेको माछा जस्तै उडिरहेको चरा जस्तै, दौडिरहेको समय जस्तै

Posted in कविता | Tagged | Leave a comment

नेपाली उपन्यास : अनौठो प्रेमकथा

~प्रदीप नेपाल~ अनौठो प्रेमकथा | नेपाली उपन्यास | प्रदीप नेपाल समर्पण, अभिव्यक्ति स्वतन्त्रताका संवाहकहरूमा लेखकको भनाइ प्रेम कथाहरू मेरो रूचीका विषय होइनन्। प्रेमलाई केन्द्रविन्दु बनाएर २०२४/०२५ सालमा लेखेका तीन चार कथाहरूलाई मैले त्यतिबेलै नष्ट गरिदिएको थिएँ। यद्यपि त्यतिबेला प्रेममा आधारित कथा उपन्यासहरू … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | 5 Comments

कविता : बा आउनु भएको छैन

~सिद्धिचरण श्रेष्ठ~ पानी परिरहेछ, हावा चलिरहेछ, समयले अबेर ओढिसक्यो, बत्ती बलिसक्यो,

Posted in कविता | Tagged | Leave a comment

कविता : म बहुला होइन

~सिद्धिचरण श्रेष्ठ~ आमा तिनीहरूले जेसुकै भनून्, म बहुला होइन ।

Posted in कविता | Tagged | Leave a comment

दण्डहीनता

~बिन्दु लामा~ युवाको समूहले देशव्यापी रूपमा ‘अपराध किन बढ्छ’ भन्ने शीर्षकमा अन्तक्रिया कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरे । देशमा अपराधिक क्रियाकलाप एकपछि अर्को गर्दै दिनप्रतिदिन बढिरहने क्रम जारि थियो । यसैले यो चिन्ताको विषय बन्न पुग्यो । युवाले विशेष … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नाटक मन्चनका पात्रहरु

~ रोशन थापा ‘निरब’ ~ कथाको पर्दा खोलिन्छ । अनि, पात्रक्रिया आरम्भ हुन्छ । ऊ एकादेशको होइन, यसै देशको एउटा सामान्य नागरकि हो । यतिबेला ऊ कुनै कथा वा नाटकको पात्रजस्तो भएर होइन, एक सामान्य नागरकि भएरै घरबाट निस्केको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नाम

~माधव काभ्रेली~ तुइन चुडिएर सदरमुकाम आउजाउ बन्द भएपछि गाउँमा सर्वदलीय बैठक बस्यो र माझी खोलामा झोलुङ्गे पुल बनाउने निर्णय ग-यो । हिउँदभर गाउँका प्रत्येक भेडा र घोडाले पुलकै निम्ति ढुंगा र बालुवा बोक्नुपर्ने उर्दी जारी गरियो । प्रत्येक

Posted in लघुकथा | Tagged | Leave a comment

मञ्जरी दिदी !

~विनोद दीक्षित ~ पुष्पालाई एक वर्षदेखि देख्दै आएको थिएँ । बोलचाल पनि धेरै पटक भएकोले क्यान्टिनमा सँगै खाना पनि खाएका थियौँ । हप्तामा दुई पटक जति भेट हुन्थ्यो पुष्पासित । उनी पनि हाम्रै फ्याकल्टीमा पढ्थिन् पहिलो वर्षमा । म भने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पात्र भर्सेज पात्रहरु

~समृद्धि शायद~ बिर्सनै लागेको धुमिल तस्विर फेरि सम्झनाहरुको हुल बोकेर विनिर्माण गर्न आइपुग्यो । शुशिल कुनै चलचित्रको नायक झै व्यवहार आचरण र निभाउने क्रियाकलाप पनि । “म तिम्रो लागि जे पनि गर्न सक्छु”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निमित्त

~चंकी श्रेष्ठ ‘अभय’~ अँध्यारो सडकमा एउटा मानिस हिँडिरहेको थियो । एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी जुरुक्क उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्‍बन्‍ध

~आलोक चालिसे~ किस्सा १. दीप शिक्षा र संस्‍कारमा महत्‍व दिने मध्‍म बर्गिय परिवारको आदर्श पात्र हो । नामधन्‍य बिध्‍यालयबाट राम्रो श्रेणीमा माध्‍यमिक तह उत्तीर्ण गर्छ । डाक्‍टर बन्‍ने धोको छ उसको ! तर उस्‍का पिता साधारण ब्‍यापारी,

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यात्री

~लक्ष्मीप्रसाद देवकोटा~ कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो ? मानिसहरूका काँध चढी, कुन देवपुरीमा जाने हो ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रश्नोत्तर

~लक्ष्मीप्रसाद देवकोटा~ ‘के हो अहो ! अमृत त्यो सुरदेव पान ?’ ‘सच्चा कमाइ गरिखानु भनेर जान ।’ ‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ?

Posted in कविता | Tagged | 1 Comment

कविता : झरना

~लक्ष्मीप्रसाद देवकोटा~ पहाडको शिखरबाट देखेँ झरेको जल । मेरो मनमा बत्ती बले

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीको मौसम

~लक्ष्मीप्रसाद देवकोटा~ जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत बाँझो नहोस् पानी पर्दै चेतन जल शुद्ध सफेद

Posted in कविता | Tagged | Leave a comment

कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे

~भूपि शेरचन~ घुम्ने मेचमाथि अन्धो मान्छे –भूपि शेरचन प्रकासकीय घुम्ने मेचका अन्धालाई साँघुरो चोकका द्यौतालाई वीर भएका बुद्धूलाई बुद्धू भएका वीरलाई हल्लै–हल्लाको देशमा चार भन्ज्याङ, यो चिसो एष्टे्रमा उभ्याउने हामी होइनैं।

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

पत्र साहित्य : माइली मात्र रोएकी होइनन्

~दीपा राई पुन~ कहिलेकाहीँ प्रकृति शान्त र स्वच्छ बन्नलाई आँधीहुरी चल्नु पर्छ। बतासको झोका बर्षाको झरी दन्किएर सबै फोहोर उडाउनु पर्छ,बगाउनु पर्छ अन्यत्र कही। अनि मात्र दिन चुलबुले बन्छ। आकाश बिशाल छातीफैलाएर मुस्कुराउने छ। हामी बाँचेको धर्तीखुम्चिएर सानो हुने छैन। … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : चक्कुले नच्यातिएको कुमारी झिल्की !!

~अर्चना पोखरेल~ हेल्लो !अर्चना जी नमस्ते। नमस्ते। के म हजुरसँग कुरा गर्न सक्छु? अवश्य। तपाईंका सबैजसो कविताहरु पढेको छु।तपाईंको एउटा ‘उत्तेजित लिङ्गको लौरो टेकेर ‘शीर्षकको कविता पढेपछि तपाईंसँग केही कुराहरु गर्न मन लागेको थियो।तपाईं ब्यस्त हुनुहुन्न भने एकछिन मसंग कुरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्रमपीडा !

~शिव प्रकाश~ उ आज आफ्नै कथा लेखिरहेछ । अरुका कथाव्यथा लेख्दालेख्दै थाकेका हातले आफ्नो कथा लेख्न उसलाई मरुभूमिको पैदल यात्रा जस्तो भएको छ । उसको मस्तिष्कमा तिक्तता र मनमा रिक्तता छाइसकेको छ । मन, मस्तिष्क दुबै एक प्रकारले मरुभूमि जस्तै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment