~बूँद राना~
पानीमा आगो लगाऊ त गजल भैदिन्छ
आगोमा फूल फुलाऊ त गजल भैदिन्छ।
शब्द आगो हो हिउँ हो अनि फूल पनि
बुझर हात बढाऊ त गजल भैदिन्छ।
भाकेर काफिया, रदिफ मात्र पुग्दैन
दिलको फूल चढाऊ त गजल भैदिन्छ।
प्रेममा प्यार, मुहब्बतमा माया जोड अनि
रिसानी, घिन घटाऊ त गजल भैदिन्छ।
हजार हण्डर खाऊ र चपाऊ गोता
हरेश किन्तु नखाऊ त गजल भैदिन्छ।
(श्रोत:-अन्तर्जाल)
