Tag Archives: nepali sahitya

व्यङ्ग्य निबन्ध : चरिचुच्चे ‘च’

~भैरब अर्याल~ हो, मान्छे बिछट्ट छुच्चा भए, चौपट्ट लुच्चा भए । यिनै छुच्चा र लुच्चाको मिचोमा परेर हामीजस्ता लाटासुधा मान्छे फुच्चामा गनियैाँ । अनि, गुच्चा खेल्दा जसरी चुपो लागेको सुधो गोटीलाई चारैतिरबाट ताकिन्छ, त्यसै गरी छुच्चा र लुच्चाका कुर्कुच्चाहरू सधैं … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘उडाउनु’ सित एकछिन उड्दा

~भैरब अर्याल~ एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूध उडाइदिएसछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ भने एउटा बिनासित्तिको कुराले पनि एकछिन सित्तैँ अलमल्याइदिन्छ । न त्यो देश र बिरालामा कुनै सम्बन्ध छ, न भूउपग्रह र दूधमा समानता … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : केही राष्ट्रिय रोग : एक अनुसन्धान

~भैरब अर्याल~ केही डाक्टरसाहेबहरू स्टेथोस्कोप फ्याँकेर झण्डा भिर्न कुद्नुभयो, कोहीचाहिँ डाक्टरी गर्नुमा भन्दा फ्याक्टरी खोल्नुमा फाइदा देख्न थाल्नुभयो । यस्तै कसैमा प्रशासनको आकर्षण थपियो, कसैमा प्रकाशनको धुन थपियो । डाक्टर लेख्ने लाइसेन्स पाएका तर डाक्टरी गर्ने सेन्सचाहिँ नपुगेका डाक्टरसाहेबहरू भूतपूर्व … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : नाम फर्ने धुनमा

~भैरब अर्याल~ …धनपति मागे भीक, मेरो नाउँ ठीकका ठीक” भनेझैँ मलाई पनि एकपल्ट आफ्नो नामदेखि साह्रै जङ चलेर आयो । आफू देख्दा बकुल्लोजति गोरो छु, तर मान्छे भनिदिन्छन् ‘कालू’ । सलसलाउँदी युवतीलाई ‘छयाके पुतली’ भन्दा कति जाग्लिन् ? अनि म … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जय भोलि !

~भैरब अर्याल~ पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : भान्सा भो हजुर ?

~भैरब अर्याल~ “भान्सा भो हजुर ?” आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्जे साहूको आवाज गुञ्जिन आइपुग्छ । निद्रा भट्टीवाल्नी कान्छीझैँ हत्त न पत्त घैँटो लुकाउँदै जीउ टकटक्याउँछे, सपनाहरु पुलिसको आवाज सुनेका जुवाडेहरुझैँ कोही खाटमुनि लुक्छन्; कोही झ्यालबाट हामफाल्छन् । … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : चुरोट : केही झिलिमिली संस्मरण

~भैरब अर्याल~ एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : नेता नम्बर एक सय एक

~भैरब अर्याल~ दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : विकृति प्रतियोगिताको आयोजक समिति

~भैरब अर्याल~ नेपालमा पनि सौन्दर्य प्रतियोगिता हुने भएको छ भन्ने सुन्दा नेपाली सुन्दरसुन्दरीहरु दसैँ पेस्की मिनाहा पाउने हल्ला सुनेका कर्मचारीझैँ भित्रैदेखि प्रफुल्ल भएका थिए । तर, सो नहुने भन्ने सुन्नासाथ अघिल्लो दिन नम्बर निस्केर भोलिपल्ट संशोधनमा परी फेल भएका विद्यार्थीझैँ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : लाहुरेको यात्रासंस्मरण

~भैरब अर्याल~ एक त आफ्नो जातै वीर, दोस्रो वीरबाहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मादक वस्तुको सेवन

~शङ्कर लामिछाने~ झोछेँको सडकमा गाँजा तथा हृयासिसको पसलहरूको लाइन छ । जत्ति विदेशी पर्यटक आउँछन् तिनका लागि यो खुलेआम बिक्री ज्यादै आश्‍चर्य लाग्दछ । साइनबोर्डको फोटो त उनीहरू खिच्छन् आफ्ना, फर्केर मित्र तथा परिवारलाई देखाउन, नत्रभने उनीहरूलाई विश्वास हुने छैन … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : माया नं ६५३

~शङ्कर लामिछाने~ माया आज अलि उद्विग्न थिई । हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई । पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस् । र … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : एब्स्ट्रयाक्ट चिन्तनः प्याज

~शङ्कर लामिछाने~ हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- “शङ्करजी, तपाईँको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ ।” “कस्तो लाग्यो ?” ” मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।” … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : वैशाख चतुर्दशीकी चाँदनीसँग

~लक्ष्मीप्रसाद देवकोटा~ “हिम-स्तनी ए ! हिउँमा टेकी, किन आ’की ?” “दिवस-ज्वरको ज्वलनको आगो निभा’की ! ”

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो प्यारो ओखलढुंगा

~युग कवी सिद्दीचरण श्रेष्ठ~ जब म चढेर भावको डुंगा सयर गर्छु स्मृतिको प्रिय गंगा स्वप्न गगनबाट सुशीतल जल सुख-स्मृतिको बर्सिन्छ रिमझिम मेरो प्यारो ओखलढुंगा !

Posted in कविता, नेपाली गीत | Tagged | Leave a comment

कविता : आन्दोलन

~पारिजात~ चुँडालेर बन्धनबाट आँप, बेल र पीपलको पातहरूका एउटी विवश बेहुलीको चाहना जस्तो उम्कन नसक्ने होइन मुक्ति पर्यावरण नमिलेको माटोमा फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति

Posted in कविता | Tagged | Leave a comment

कविता : जूनी काट्नु एउटा बाजी

~पारिजात~ धमिरा लागेको धरतीमाथि उभिएर माटोको माया ? एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति म कसरी व्यक्त गरुँ ? मैले जमिन नखोजेको विरोध

Posted in कविता | Tagged | Leave a comment

गीत : चुलेसीले रेटे हुन्छ

~डा.भोला रिजाल~ चुलेसीले रेटे हुन्छ खुकुरीले काटे हुन्छ म त भएँ अचानो जेले जेले हाने हुन्छ मैले मात्रै रुनु पर्ने कर्मै हो कि यस्तो किन भयो जिन्दगानी आज बगर जस्तो सक्छौ भने भाग्य पनि त्यतै ताने हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मैना ए मैना

~डा.भोला रिजाल~ मैना ए मैना तेरो कोही पनि आफ्नो छैन तँलाई मान्छेले पिँजडामा थुनिराखेको मैना ए मैना तेरो आफ्नै जीवन छैन तँलाई जिन्दगीको जन्जीरले बाँधिराखेको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एक गीत

~गोपाल प्रसाद रिमाल~ हिजोसम्म रोईरोई बाँचिरहेका थिए । आज तिनै हाँसीहाँसी मर्न तयार छन् । हिजोसम्म जसको बोलीमा केही थिएन; मनको प्रतिध्वनिसम्म थिएन, मानिसले बोलेजस्तै थिएन; केवल शब्द थियो, अर्थ थिएन;

Posted in कविता | Tagged | Leave a comment

कविता : जुरेली को गान

~लक्ष्मी प्रसाद देवकोटा~ के बोल्छे यो जुरेली ? सगरभरभुवा आँसुका बान्किला छन् ! राम्री ती इन्द्र–रानीतिर दिल–उछला छालझैं भङ्गिला छन् ! रोएका ली जवानी दिलभर तिनको बोल्दछे यो निचोर ! चिर्छे एकान्तलाई पिउ पिउ स्वरले, गीतले चित्त चोर !

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त

~लक्ष्मीप्रसाद देवकोटा~ क्या ऋतु आयो, भू–इन्द्रेनी शश–पागल ! मौरी गुनगुन खग चञ्चल ! स्नायु चपल औ मुटु खलबल !

Posted in कविता | Tagged | Leave a comment

कविता : इच्छा

~बाल कृष्ण सम~ इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नोत्तरमाला

~भानुभक्त आचार्य~ अपार-संसार-समुद्रमाहाँ डुब्याँ शरण् कुन् छ मलाइ याहाँ ? चाँडो कृपाले अहिले बताऊ श्रीरामको पाउ छ मुख्य नाऊ ।।१।। कुन हो सदा बन्धनमा पर्याको ? जस्ले छ यो मन् सुखमा धर्याको । मुक्ती भन्याको त पदार्थ कुन् हो ? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लेख : नेपाली खेलीगीत – एक अध्ययन

~तुलसी प्रवास~ १. पृष्ठभूमि: लोकगीतका विभिन्न प्रकारहरूमध्ये एउटा महत्वपूर्ण गीत खेली हो । लय वा भाका प्रधान भएर वाणीका रुपमा अभिव्यक्त भएको हार्दिक अनुभूति नै गीत हो (खनाल, २०६० ः १२) । जब लोकले आफ्ना विरह वेदना सौन्दर्य तथा श्रृङ्गार … Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

गजल : वतासले श्वास थुनेर गयो

~प्रकाश आङ्‍देम्बे~ वतासले श्वास थुनेर गयो विहान सवेरै व्यँुझेर गयो

Posted in गजल | Tagged | Leave a comment

गजल : रिसाएर तिमी

~प्रकाश आङ्‍देम्बे~ रिसाएर तिमी जति टाढा हुँदै गयौ अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ

Posted in गजल | Tagged | Leave a comment

गजल : खडेरी र हावा उस्तै छ

~प्रकाश आङ्‍देम्बे~ चैतमास खडेरी र हावा उस्तै छ तिम्रो आफ्नो मेरो आफ्नो धावा उस्तै छ

Posted in गजल | Tagged | Leave a comment

गजल : एउटा अनौठो कहानी भो

~प्रकाश आङ्‍देम्बे~ एउटा अनौठो कहानी भो पत्थरको पग्लिने बानी भो माथिल्लो ओठ उचाली हास्यौँ बलेको आगोनि पानी भो

Posted in गजल | Tagged | Leave a comment

प्रकाश आङ्‍देम्बेका ४८ रुबाईहरु

~प्रकाश आङ्‍देम्बे~ कमिला यत्रतत्र हात्ती सिक्रिमा छ असिमित चाहनाहरु दिनरात फिक्रीमा छ आउनोस सस्तो मै मिलाएर लानोस आजभोलि यो ज्यान पनि बिक्रिमा छ। ****************************************** बिदेशीलाई फकाउन रीति ढाल्नोस हजुर भ्रष्ट तस्करहरुलाई अतिथि पाल्नोस हजुर किन गुनासो गर्नुहुन्छ महल पजेरो छैन … Continue reading

Posted in रुबाई | Tagged | Leave a comment

कथा : चिप्लिएको समय

~तृष्णा राज्यश्री कुँवर~ म समय हुँ, म वर्तमान, भूत र भविष्य पनि हुँ । मैले हेरेको आजहरू हिजो हुँदैछन्, मैले हेर्ने भोलिहरू प्ानि आज हुँदै हिजोमा परिणत हुनेछन् । आज घट्ने सबै घटनाहरू हिजोसँग जोडिएका हुन्छन्, प्रत्येक आजहरूको निर्माण हिजै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमीलाई पत्र लेख्दैछु

~कमला सरुप~ देश, भन्ज्याङ भरि भरि सयपत्री फुल्न म संघारमा उभिएर सपनाभरि र तिम्रा पोल्टा भरि भरि शान्ति पस्किन हतारिएकी छु……………..

Posted in कविता | Tagged | Leave a comment