Tag Archives: nepali sahitya

कथा : धने

~रामकृष्ण पुडासैनी~ धने एक आम नेपालि पात्र, एक साधारण नेपालीको नाम लागेता पनि धने सहरमै जन्म्यो, हुर्क्यो, बढ्यो, पढ्यो l आधा दर्जन संख्याको एक मध्यम बर्गीय शिक्षित परिवार l भगवानले दिने हर चिज थिए उ संग, भगवानले दिने हर सुख … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मेरो मनमा बिछोडको, आगो दन्काएर

~जि. एम. दिपु देपेन्द्र~ मेरो मनमा बिछोडको, आगो दन्काएर..!! ऊ पराईको मान्छे भई, बाजा घन्काएर..!! माया गर्छु भन्नेबाटै, बिहेको निम्तो पाईयो सँगै बाँच्ने सगैँ मर्ने, बाचा थन्काएर..!!

Posted in गजल | Tagged | Leave a comment

कविता : बागमती पुलमुनि न्हुच्छेमान

~स्वप्निल स्मृति~ कुनै ड्रगिस्टले बेहोसमा फ्याँकेको सिरिन्ज कुनै नगरबधुले एकदम होसमा मिल्काएको अस्थायी साधन र न्हुच्छेमान बागमती नदीको पुलमुनि छन्।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : नेपाली सेना र छुवाछूत

~महादेव अधिकारी~ कुरो दुईहजार छपन्नसाल फागुनको हो। प्रज्वल्ल शमसेर ज.ब.रा नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति भएपछि सबै गणहरूमा भिजिट गर्ने क्रममा हाम्रो सुपारेटार हेटौडामा स्थित श्री गोरखनाथ गणमा पनि आउनु भयो र सबै जवानहरूलाई सामेल गराएर केही प्रवचनहरू दिनु … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : वागमती लहरले उठेर बर्सिदेऊ

~वैरागी काइँला~ पानी…..पानी…..पानी वागमती लहरले उठेर बर्सिदेऊ….. पानी…..पानी…..पानी जलेको मन झैं डढेलो सल्केको वन झैं रुख र पातहरूमा दुर्लभ अभिलेखहरू झैं

Posted in कविता | Tagged | Leave a comment

कथा : धुलोमुनिको फाइल

~सिपी अर्याल~ अहिले विसं २०८७ वैशाख। बुदहीको जिन्दगीको बायोडाटामा एउटा वाक्य थपियो– पशुपति प्रताप पुस्तकालयको पियन। त्यही पियनको जागिर उसको लागि भयंकर ठूलो उपलब्धि हो। त्यसैले बिहानैदेखि अनुहारमा अस्थिर र बेचैन भाव थियो। यस्तो छटपटी बुदहीले पहिले कहिल्यै भोगेन पनि।

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : गुड् मर्निङ् अमेरिका !

~विश्वम्भर चन्चल~ “गुड् मर्निङ् अमेरिका !” “केको राति १० बजे नि ‘गुड् मर्निङ् अमेरिका !’ उनले मेरो बोलीबाटै चिनिहाले र ठाडो भाषा बोलेेेे, “कहिले आइपुग्यौ बरु ? सम्भिmराखेको थिएँ तिमी आयौ कि आएनौ भनेर ? आएछौ, खुसी लाग्यो ।” “नआउने … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : एउटा मौन समय

~दीपक सापकोटा~ म ब्यूँझिए । बिहान भइसकेको आभाष त अघि नै भएको हो । आँखा नउघारी धेरैपटक हाई काढ्ने मेरो बानी छ । आङ यताउति मर्काएँ र पिसाब फेर्न जान खुट्टाले चप्पल खोज्न थालेँ । म बसेको पालछेउ लेकको ओसिलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

उपन्यास अंश : अर्की आइमाइ

~नीलम कार्की नीहारिका~  मस्तिस्कमा मटाल बीच को सम्झना झन् ताजा भएको छ /उनि पनि सम्झन्छु भन्छन /मेरो मन मा पनि बाक्लै आउने गरेको छ मतल बिच / पछी पछीको समरमा मटाल बीच गएको बेला पुनराबृति दिन्थ्यो /त्यसैले त् त्यस पछि … Continue reading

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : मैले च्यातेको चिठी

~विवेकराज श्रेष्ठ~ एक वर्षअघि मात्र सयौं रोपनी जग्गा किनेर हाम्रो स्कुलले शाखा बिस्तार गरेको थियो, मिनभवनको बागमती किनार तिर। सायद त्यतातिर जग्गाको भाउ सस्तो भएको हुनुपर्छ त्यो बेला। त्यहिँ मौकामा एकबर्ष अघि थापाथली स्कुलबाट ट्रान्सफर लिएर आएका थियौं हामी तीन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल-कविता : बालक

~होमनाथ पाठक~ बालक हामी चाहन्छौ सुसज्जित हनु विज्ञानले मृत दर्शन नसिकाऊ ज्ञान देओस् पा्रकृतिक ध्यानले राजारानीका दन्त्यकथा परिर्वतनसगँ ै जानु पर्छ समाज हाम्रो बदलिँदै छ गन्तव्य समाजवाद बन्नु पर्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : छोरी

~होमनाथ पाठक~ भृकुटी र सीता जस्तै म नेपालकी छोरी नेपाली राष्ट्रियता मेरो छातीभरि विश्वमा सगरमाथाको माया मैले छर्नु पर्छ गौतम बुद्धको पदचाप मैले बन्नु पर्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : बादल

~होमनाथ पाठक~ कहिले बन्ने हात्ती घोडा, कहिले बन्ने रूख लहराउँछौ जताततै कति ठुलो मुख गर्जिन्छौ मेघ बनी, बनी दिन्छौ वर्षा उफ्रिन्छौं बालकहरू, हामी हुन्छौ हर्ष

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-गजल : राम्रा-राम्रा फूलहरु

~डा. घनश्याम परिश्रमी~ राम्रा-राम्रा फूलहरु चुन माहुरी फूलबारीमा गर भुनभुन माहुरी कसरि पो फूलबाट रस चुस्दछौँ हामीलाई पनि सिकाऊ न माहुरी

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-गजल : छुनुमुनु आँगनीमा

~नारायण प्रसाद शर्मा गैरे~ छुनुमुनु आँगनीमा नाच्छिन् मेरी नानी मनमनै धेरै कुरा साँच्छिन मेरी नानी कहिले बन्छिन आगोजस्तै कहिले बन्छिन पानी मनमा सुन्दर सरल चित्र टाँस्छिन् मेरी नानी

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-गजल : फोहोरको, थुप्राबाट के खोज्छ ऊ

~कपिल लामिछाने~ फोहोरको, थुप्राबाट के खोज्छ ऊ ? मजस्तै, पढ्ने बेला, के सोच्छ ऊ ? झुत्रे झ्यामरे तर ममी, मैजस्तो नै थोत्रो बोरा थुप्रा बाट के रोज्छ ऊ ?

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-गजल : हामी बिद्यार्थीमा एउटा जोश हुन्छ

~तारा खनाल~ हामी बिद्यार्थीमा, एउटा जोश हुन्छ त्यही जोसमा नयाँ, कुराको खोज हुन्छ जुन जोस आज, ‘अदृश्य’ रहेको छ

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-गजल : कछुवा

~होमनाथ पाठक~ सोझो थियो कछुवा छट्टु थियो खरायो दौडको होड राख्यो घमण्डी खरायो आफै जस्तै कछुवालाई फाने गर्यो कछुवाले उस्तै उस्तै कछुवाहरू प्रत्यके ठाउँ मा बसे

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-गजल : चरी कति राम्री

~राकेश कार्की~ लु खेलु यता आउ चरी कति राम्री चिटिक्क अहो सुन्दरी कति राम्री ति रङ्गिन मोहक सबैतिर झलझल सजाइ पखेटा भरी कति राम्री

Posted in गजल | Tagged | Leave a comment

गजल : बन्न पुग्यो ‘मधुपर्क’ मित साहित्यको

~धनराज गिरी~ बन्न पुग्यो ‘मधुपर्क’ मित साहित्यको जानेको छ गर्न यसले हित साहित्यको । सिपालु छ पैँचो लिन कण्ठ कोइलीको हाली भाका गाउने गर्छ गीत साहित्यको ।

Posted in गजल | Tagged | Leave a comment

बाल गजल : मलाई अलिकति धैर्य

~प्रेम बिनोद नन्दन~ मलाई अलिकति धैर्य र जाँगर देऊ आमा खहरेको भेल होइन, सघन, सागर देऊ आमा यी बलिया पाखुरी र फराकिला छातीहरु यी हत्केलाभरी उत्साहको, संसार देऊ आमा

Posted in बाल गजल | Tagged | Leave a comment

बाल गजल : किन हुन्छौ टाढा तिमी

~बालकृष्ण लम्साल~ किन हुन्छौ टाढा तिमी मन तिम्रो दुखाए कि? भन्नु पर्ने कुरा हरु तिमी सँग लुकाए कि? तिम्रो खुशी तिम्रो हासो मेरो पनि चाह होनि। कुनै गल्ती मैले गरि शिर तिम्रो झुकाए कि?

Posted in बाल गजल | Tagged | Leave a comment

राजन सिलवाल का १४० मुक्तकहरु

~राजन सिलवाल~ ———-1————- एक्लै हिँड्नु यात्रामा, भञ्ज्यांगमा उनी भेटिनु सँगै उड्नु लहराउँदै, चिदाकाशमा सँगै चेटिनु सँगै गन्तव्यमा पुग्नु अनि हुनु आत्मीय सहवास स्वर्ग वा नरक सँगै होस्, उनीसँगै म नि रेटिनु ।

Posted in मुक्तक | Tagged | Leave a comment

रामकाजी कोने का मुक्तकहरु

~रामकाजी कोने~ १. जिन्दगीको धूप बिर्साउने छहारी छायाको बयान कसरी गरूँ म त्यो कोमल कायाको होलान् कति कति मर्ने त्यो रूपमा ए हजुर – पहिलो सहिद बनाऊ बिन्ती मलाई तिम्रो मायाको ।

Posted in मुक्तक | Tagged | Leave a comment

कोमल प्रसाद श्रेष्ठ मल्लका एघार छोकहरु

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ किन तमसुक ? कस्लाई के दिऊ भए पो दिनु ? अरुले पनी केही दिए पो लिनु ॥ त्यसैले लिनु र दिनुको तमसुक किन ? के का लागी गर्नु ??

Posted in कविता | Tagged | Leave a comment

कबिता : प्रत्येक पल

~बज्रकुमार राई~ प्रत्येकपल मभित्रको धर्ती क्रमश: छाड्दै छाड्दै बादलको स्वप्निल साम्राज्यमाथिमाथि बोइङ् उड्छ आकाशतिर र,रोकिन्छ समुद्रपारि अञ्जान धर्ती-आकाशमा जहाँ म बेचिएको हुन्छु।

Posted in कविता | Tagged | Leave a comment

कविता : असीम नेपाल

~होमनाथ सुवेदी~ सीमा नाघी बढेको भुवनभर अहोे! जात हाम्रो धकेल्दै, फैलेको जात हो यो अझ अगि बढ हे! भाइलाई उचाल्दै, पीडा होलान् हजारौं शहर नहरका भाग गोदेर पेल्दै, झन्डा आफ्नो स्वयम् नै लहलह हलले गाड माथा उचाल्दै ।

Posted in कविता | Tagged | Leave a comment

हाँस्य-गजल : कानो गोरुलाई औँशि न पुर्ने

~सुरेश खनाल ‘बिर्खे माईला’~ कानो गोरुलाई औँशि न पुर्ने, तिम्रो त मेरो बिहे कहिले जुर्ने? मुखमा राम राम बगलिमा छुरा तिम्रो बाउ संग गरौँ बिहेका कुरा।

Posted in गजल | Tagged | Leave a comment

गजल : छातीमा पीडा साँचिरहेछु

~धर्मोगत शर्मा ‘तुफान’~ छातीमा पीडा साँचिरहेछु अरुको अगाडी हाँसिरहेछु अभावको कालो सुरुङभित्र निस्कने बाटो तलासिरहेछु

Posted in गजल | Tagged | Leave a comment

गजल : फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर

~धनश्याम न्यौपाने~ फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर

Posted in गजल | Tagged | Leave a comment

गजल : सधै सधैँ भुलाउने बातैमा तिमीले

~राकेश कार्की~ सधै सधैँ भुलाउने बातैमा तिमीले जानी जानी छोइदिने हातैमा तिमीले सँगै सँगै हिँड्दा पानी परे सिमसिम नजिक नजिक टसाउने छातैमा तिमीले

Posted in गजल | Tagged | Leave a comment

गजल : मस्त निन्द्रा सुतेको छ

~रामगोपाल आशुतोष~ कात्रो ओढी सिंहसदन मस्त निन्द्रा सुतेको छ विश्वासको भ्रम सदन भ्रष्ट निद्रा सुतेको छ ।। इन्द्रेणीलाई धरतीमा ल्याई बाँड्ने वाचा थियो एकै रङ्ग मात्र सदन व्यस्त निद्रा सुतेको छ ।।

Posted in गजल | Tagged | Leave a comment