Tag Archives: nepali sahitya

कथा : चाह निवस्त्रको

~गुणराज लुइटेल~ सौरभ अमेरिका पलायन भएको पनि ११ वर्ष नाघ्न लागेछ । आफ्नो भन्दा पनि अरुको ज्यान बचाउने उसको पेशा भएको हुंदा विहानदेखि राती सम्म ब्यस्त हुनु पर्छ । घरमै भए पनि अन कलमा रहनु पर्छ । कहिले कहिं त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिदेशी बिहे

~सिता बराल~ एकाबिहानै के कामले आयौं त ठुले,भन्दै गलैचा ओछ्याइदिइन पण्डीतनी बज्यैले । पण्डीत बाजेसंग दिन हेराउन आएको, कता हुनुहुन्छ? जप गर्दै हुनुहुन्छ, उठ्ने बेला भयो । म चिया बनाएर ल्याउछु बस्दै गर है भन्दै पण्डीतनी बज्यै गईन । के … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सनकी तारा

~श्रवण मुकारूङ~ सनकी तारा कसैलाई वास्ता छैन– उसको आगमनको । बरु छ– भर्खरै, त्यो तरुनी चन्द्रमाको हातबाट एउटा निरीह फूल झरेको खेतको आकाशलाई सानो झरीको दाग लागेको धानको बाला थोरै उठेको

Posted in कविता | Tagged | Leave a comment

कथा : संयोग

~कमला सरुप~ उसले कपाल मिलाई । ओठको लाली मिलाई । कपडामा अत्तर छर्की गाजल लगाई र ऐना हेरेर फिस्स हाँसी । उमेरमा कति घमण्ड गर्थी आफ्नो रुपको । श्रृंगार पटार गरेर दाहिने पट्टिको कपालमा लाली गुराँसको थुम्को सिउरिएर हाटबजार मेलापात … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फूलको कथा

~श्रवण मुकारूङ~ उहिल्यै–उहिल्यै फूलहरू कविता लेख्थे । फूलहरू– आदिकवि थिए महाकवि थिए युगकवि थिए जनकवि थिए उहिल्यै–उहिल्यै

Posted in कविता | Tagged | Leave a comment

गीत : बर्बाद भएँ म हेर

~जितेन्द्र तुलाधर~ बर्बाद भएँ म हेर तिम्रो मायाको खेलमा डुबिसकेछु म त आफ्नै आँसुको भेलमा धनसँग मन साट्ने, तिम्रो कालो नियत रहेछ मेरो मनको चोखो प्रित, तिम्रो लागि खेल भएछ बर्बाद भएँ म हेर तिम्रो झेलको खेलमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : पुरुष

~उपमा अर्याल~ प्रायः म निराशावाद होइन आशावादी गीत सुन्न रुचाउँछु। त्यसैले होला आज भोलि राजेश पायल राईको “दर्शन नमस्ते” भन्ने गीत निकै नै सुनिरहेकी छु। कति मीठो शब्द चयन, कति मीठो लय अनि स्वर, अनि त्यस्तै मन्त्रमुग्ध पर्ने सङ्गीत! सार्है … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मोहन कोइराला

~श्रवण मुकारूङ~ कति हिँडेँ हुँला यो जीवनमा म कति हिँडेँ हुँला यसरी– कतिपल्ट बिसाएँ हुँला– यो अडेसोमा ? मेरो सपनाजस्तो बगिजाने यो खोलाको पानी कहाँ पुग्यो होला अहिले कठै ! यो रुख

Posted in कविता | Tagged | 1 Comment

कविता : म मानवता को खोजीमा निस्कीएको छु

~मेदिनी भण्डारी~ म मानवताको खोजीमा निस्कीएको छु ए वाटाका परतहरू, ए मेरा मनका तरंङ्गहरू, मलाई नरोक नटोक नछेक म, म भित्रैको शान्ती खोज्न हिडेको हु“ शान्ती रिसाएको जस्तो छ

Posted in कविता | Tagged | Leave a comment

कथा : सुसुप्तता

~विद्या सापकोटा~ मुरली प्रसाद गाँउका प्रसिद्ध पण्डित थिए । उनको पण्डित्याइ चारगाँउ परसम्म फैलिएको थियो । त्यो भन्दा पनि महत्वकासाथ उनकाचंचल आँखा र धूर्तताको बयान घरघरमा हुन्थ्यो । हुनपनि उनी जातपात र उचनीचको विषयमा खुब निन्दोचर्चो गर्थे । आफुभन्दा निर्धासानालाइ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपना र शिव अधिकारीहरु

~सरूभक्त~ यातना घर इरेजरले मेटिएका अनुहारहरू स्वयम्भू माफियादेवहरूको अर्चना गर्छन् यो युग नरभक्षी बाघहरूको युग होइन नरभक्षी नरहरूको युग हो ।

Posted in कविता | Tagged | Leave a comment

कथा : अद्भूत दृष्य

~जलेश्वरी श्रेष्ठ~ म सानो हुँदा पढेको विद्यालयको रजतजयन्तीमा सम्पूर्ण भूतपूर्व बिद्यार्थी, शिक्षकहरुलाई उपस्थितिका लागि एउटा पत्रिकामा निमन्त्रणा दिइएको रहेछ । म पनि त्यसै विद्यालयमा पाँच कक्षासम्म पढेको थिएँ । मैले पाँच कक्षासम्म पढेर त्यो विद्यालय छाडेको थिएँ । त्यो विद्यालय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समुद्रको छेउमा

~कमला सरुप~ समुद्रको छेउमा, त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवनभन्दा पनि महत्वपूर्ण कुरा भावना कसरी हुनसक्छ ? अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको विषय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानुको तीज

~सिता बराल~ सानु आज धेरैबेर रोइरहिन । जीवनको लामो भोगाइका उतारचढावहरु पार गर्दै आउदा आज ठूलो चोटको महशुस भयो । कुनै शिकारीको हातबाट बच्न सफल भए जस्तै उनको शरिर लगलग कापीरहेको छ । समाजमा नराम्रा मानिसहरुको संख्या धेरै देखिए पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सौगात

~विद्या सापकोटा~ प्रिय ! थाहा छ तिम्लाई कति दिनदेखि चञ्चल थिए मेरा इन्द्रियहरु (??)

Posted in कविता | Tagged | Leave a comment

कथा : पारुको बाचा

~सिता बराल~ डाक्टरहरुसंग जँचाइसकीन तर पनि उनलाई लागेको रोग पत्तालाग्न सकेको छैन । आफूसंग भएका सबै परिक्षणहरु गर्दै पटक पटक औषधीहरु फेरि रहेका छन डाक्टरले तर उनमा केही असर भेट्टाउन सकेका छैनन् । डाक्टरको लागी उनको शरिर प्रयोगशाला जस्तै भइरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होल नार्इट

~निरन्जन थापा~ आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दागबत्ती

~उपमा अर्याल~ (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।) “बाबु राम्रो सँग जाउ! घर पुग्ने बितिकै मलाई फोन गरिहाल है ! ” सुबाश पर क्षितिजमा पुगिसक्दा पनि आँखाले देखुन्जेल हेरिरहे। सुबाश … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : घाम र पानी

~रञ्जुश्री पराजुली~ घाम र पानी मिल्ने साथी थिए । मिल्ने साथी भए पनि उनीहरूको भेट भने कहिलेकाहीँ मात्र हुन्थ्यो । त्यसैले उनीहरू टाढैबाट एक आपसमा कुराकानी गर्दथे । आफ्नो घरपरिवारमा घटेका घटनाहरूबारे पनि उनीहरू कुराकानी गर्दथे । कुराकानी गरेरै उनीहरू … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : जलेको झझल्को

~विद्या सापकोटा~ एक प्रफुल्ल प्रभात सपनाको झुण्ड लिएर आयो जहाँ रङ्गहरुको शहर थियो प्रेमको बस्ती थियो स्पर्शको आभास थियो ऊ थियो, म थिएँ फूल थियो, पात थियो ……………………….॥

Posted in कविता | Tagged | Leave a comment

कविता : स्केच प्रेमको

~विद्या सापकोटा~ बिहानै, बच्चो घामको इन्द्रणी आँखा हुदैं देखिए–केही राता पत्रहरु मुसुक्क–मुसुक्क आफ्नै मुटुको गमलामा फूलको (?) सायद ! गुलाफको (??)

Posted in कविता | Tagged | Leave a comment

कथा : लिखेको जन्ति बाख्रो

~वेद पौडेल~ माघको जाडोले मेरा खुट्टा लुग लुग काँप्दै थिए। विहान उठेर १ सर्को बिँडी तानेर, अब यसो मुख सुख धुनु पर्यो भन्ने हेतुले म बाहिर निस्किँदा च्याँके पनि टुपुल्कियो। “टारिघरे कान्छा दाइको बिहे आँटियो। हजुरहरुलाई नि निम्तो छ है।” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथा संग्रह सात काँटी सलाई सम्बन्धमा

~गोविन्दप्रसाद आचार्य~ सात काँटी सलाई शिर्षकको कथा संग्रह खगेन्द्र संग्रौलाद्वारा अनुवाद गरिएको हो। जसमा चार वटा कथा संग्रहित छन्। जसमा “हाम्रा टोलीका प्रशिक्षक” र “छापामारलाई अन्न पकाउँदा” दुई कथाहरू यस संग्रहका सर्वाधिक चर्चित कथा हुन्। “सात काँटी सलाई” र “मुक्तिपथमा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : तृष्णातृप्ति

~जलेश्वरी श्रेष्ठ~ एक साँझ म एक्लै ओछ्यानमा त्यसै पल्टिएर के के सोच्दै थिएँ । पेटमा सल्ल केही चलेको अनुभव भयो । म सशंकित भएँ । कताकताबाट मनभित्र डर र बेचैनी उर्लिएर आयो । एउटी आइमाई गर्भवती हुँदा यसरी नै भ्रुण … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पुरानो मानिस

~श्रवण मुकारूङ~ यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न सबभन्दा नयाँ कुरा चाहिन्छ तिमीसित अब के छ त्यस्तो कुरा ? सुधारिएको प्रजातन्त्र ?

Posted in कविता | Tagged | Leave a comment

कथा : नगरवधू

~डा. दीनबन्धु शर्मा~ म लगातार यौनसुखमा प्रयोग भइरहेको थिएँ । अझ यसो भनूँ, मबाट लगातार शोषण भइरहेको थियो । किनभने मलाई मेरो छाप्रो अगाडिबाटै -अचेल महललाई पनि छाप्रो भनिन्छ, ध्यान दिइयोस्)-सडकबाटै अपहरण गरिएको थियो । त्यति प्रष्ट सम्झना त होइन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा मिठो कविता लेख्न सकिएन

~आर. आर. चौलागाईं~ कुन विषयमा लेख्ने निर्णय गर्न सकिएन आरम्भ, मध्यान्तर र उपसंभार कस्तो हुन्छ पहिल्याउन सकिएन लेख्दै जाँदा नारा मात्रै हुने हो कि ! त्यसमा विम्ब र प्रतीकहरूको पाइन हाल्न सकिएन

Posted in कविता | Tagged | Leave a comment

लेख : बिटुलो सिन्दुर

~तृष्णा राज्यश्री कुँवर~ ‘मसाह्रै अभागिनी रहेछु । यो जुनी आँसु बगाएरै बिताउनुपर्ने भयो ।’ उनको फरियाको मैलो सप्को नुनिलो आँसुले लछप्पै भयो । उनी घुम्टोभित्र सहस्ा्रधारा आँसु बगाउँदै मूच्र्छा पर्लिन्झैं गरी रोइरहिछन् । ‘नरोऊ नानी, तिम्रो भाग्यमा यस्तै लेखेको रहेछ’ … Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

कथा : भुन्टी

~सिता बराल~ पढदै गरेकी छोरीले सोधीन तिमी कक्षा तिनमा पुग्दा, छेवैमा बसेका छोराले हातको औला भाँच्दै भन्यो ए म त त्यतिबेला कक्षा पाँचमा पुग्छु हगी आमा ? ठूलीले टाउको हल्लाईन । कुन देशमा हो नि हजुर जाने ? इजरायल, ए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिमी यौनको मामलामा कमजोर छौ

~मनोज घिमिरे~ मैले कार्ड हातमा राखीदींदाको उसको त्यो मुस्कान म कहिल्यै बिर्सन सक्दिन । ———————————————————————————————— “के म मात्र तिम्री ओछ्यानकी दासी हुँ ?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हेल्चेक्राइ

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ थुप्रै पछि उस्ले आफूलाई नियाल्यो । ऐनामा हेर्दै छुस्स परेको दाह्री मिलायो । निक्कै मिहनतले खुम्चिएको सर्टलाई हत्केलाले घोट्यो । कोठाको पूर्वतर्फ रहेको झ्याल उघार्यो । गुम्सिएको अवस्थाबाट आफैलाई रिहाइ गरेको महसुस गर्‍यो । बर्षौ भएछ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : परदेशी साथी

~कमला सरुप~ हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ । हुन त नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा छ, तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन । ‘म घुम्न मन पराउने मान्छे’ उसले मेरो दाहिने हात … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment