Tag Archives: nepali sahitya

कविता : त्यो दिनको कुरा

~राममणि पोखरेल~ त्यही दिनको कुरा, आवाज नभएको दिनको कुरा भेला हुन नपाएको दिनको कुरा हामीले आफूलाई नागरिक भन्न नपाएको दिनको कुरा म यतिबेला तिमीलाई सम्झाइरहेछु÷त्यही अन्धकारजस्तो दिनको कुरा हो, त्यही हामीले खेपेको पुरानो दिनको कुरा । कति अँध्यारो थियो रात … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐ पुजा नानु

~सुनिल घिसिङ~ जाउ नानु तिम्रो आफ्नो बाटो जाउ स्वर्ग र नरकको दोभानमा बसेर रुदै रुदै पापी धरतीलाई फर्की फर्की नहेरेकै जाती तिमी जन्मिनु नै बोझ भएछ जन्मेर छोरी हुनु नै गल्ती रहेछ खोइ त तिम्रो विक्षिप्त मृत शरिरको आडैमा शोक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

राष्ट्रिय गीत : आकाश छोइ दिने

~कृष्ण प्र. पाण्डे~ आकाश छोइ दिने , छन् हिमालका ताँती जंगल , नदी , पहाड , छन् पंछी भाँती भाँती आकाश छोइ दिने ……. यो देश सानो छैन , साँघुरो मन त्याग सिंगार्न यसलाई , आजैदेखि लाग उडान भरी हेर … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : आस्थाका आफ्नै कुरा

~आस्था दाहाल~ आज म आफ्नै कुरा गर्न जाँदैछु । हुन त सधैं गर्ने कुराहरु पनि आफ्नै नै हुन्थे । यो कुरा स्टाटस मा लेख्नु पर्ने कुरा हो, मनमा लागे जती लेख्न नपाईने भएकोले नोट नै बनाउनु पर्ने बाध्यता आइ पर्‍यो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : श्रृखलीत फेसवुक

~गिरिराज बाँस्कोटा~ श्रृखलीत फेसवुक मैले request गर्नु तिमिले सहजै accept गर्नु जीन्दगीको नविनतम श्रृखला विनिर्माण www.facebook.com को तरेलीमा search गर्दै गर्दा प्यासले लोलाए जस्तो profile picture देखेर कता कता आफुजस्तै देखेछु रत request गरे रत तिमि मेरो दुँनियामा आर्लीयौ comment … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : उनी

~प्रशान्त खरेल~ उनी, अहा ! कति राम्रो छ यो शब्द । यस शब्द भित्र आफैमा एक मिठास लुकेको छ । हुनत यो शब्द कतिको लागी तिक्त पनि हुन सक्दछ । तर मेरो हकमा भने यस शब्दको आफ्नै एक छुट्टै परिचय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ​आँठो

~हिरामणि दुःखी~ फेरि आँठो लाग्यो मार्क्सको बारीमा । … … थुम्काथुम्की बनाउनु थुम्कोमाथि सानो कटेरो हाल्नु कटेरोको मालिक बन्नु रैतीहरु जम्मा पारेर नयाँ श्रीपेचधारीको घोषणामा सहिछाप लगाउनु नियति बनेको छ मार्क्सको बारीमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कसलाई?

~बिबेक पौडेल~ सुन्दर मेरो देशमा राक्षसको भेषमा बलि खोज्छ दानब रक्तकुण्ड ढेसमा। शोकाकुल देशसंगै टाउकेहरुको बेगसंगे कुद्यो हेर दानब कालरात्रि मेघसंगे। उग्रचंदी बाहन मस्तिस्कमा रावण दानबको सहरमा पिचासे छ पवन।

Posted in कविता | Tagged | Leave a comment

गजल : कैले काँही जिन्दगी यो दुखाएर हाँस्नु पर्छ

~स्वप्निल नीरव~ कैले काँही जिन्दगी यो दुखाएर हाँस्नु पर्छ फेरि कैले स्वाभिमान यो झुकाएर हाँस्नु पर्छ आँसुले त पिरोल्छ रे तिमी हामी सबैलाई अनमोल आँसु परेलीमै सुकाएर हाँस्नु पर्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : साला काठमाडौंमा केही पनि छैन

~रुद्र ज्ञवाली~ छन त छन् काठमाडौंमा हवेली र आलिसान महलहरू दरबार र सुपर मार्केटहरू पाँचतारे होटेल र रेस्टुरेन्टहरू पाँचतारे अस्पताल र नर्सिङहोमहरू पाँचतारे स्कुल र कलेजहरू डिस्कोथेक र क्यासिनोहरू रात्रिक्लब-सिनेमाहलहरू पार्लरमा रि-कन्डिसन अनुहारहरू भाडाका व्यावसायिक मुस्कानहरू तँलाई लाग्ला साइँला जे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नफुलेको कोपिला

~कृष्ण श्रेष्ठ~ कल्पना, सपना अनि भावनामा गुजुल्टिएका मनोभावका लहरो, मनको ढुक-ढुकीले तान्यो, तानिरह्यो….. अनि गर्ज्यो बज्रपातका पहरोहरु हाम्रा मायाका कोपिलाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : सुसाइड नोटमाथिको जीवनबोध

~रामप्रसाद प्रसाईं~ To philosophize is to learn how to die.* को प्रस्तावनाले समग्र जीवनको लक्ष्य मृत्यु# अनि फेरि अमृत्यु किन त?! हो, त्यसैले दार्शनिकीकरण गर्नु बराबर मर्न जान्नु* भएकाले होला हिँड्दा हिँड्दा भिन्न समय र स्थानमा भिन्न भिन्न आयतनका शिल्करोडहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : क्यथारिनाको जीवान गाथा

~यासिन राई~ (दराजको पुस्तक मिलाउदै सम्पूर्ण जीवन कहानी-क्यथारिना सँग) जीन्दगी त्यहि निलो नदि जस्तै छ जो फेरी हर्जेर आउदैन …… के हो त जीवनको प्राप्ति ? मान्छेले जब त्यो अन्तिम अबस्था बाट फर्केर हेर्छ त्यतिखेर के महशुस गर्छ ? जीवन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अनिदो म

~प्रशान्त खरेल~ रातको निस्तब्धतामा एकोहोरो जलिरहेछ दियो झलमल झलमल । ओभाएको तिम्रो शरिरमा पसिना लतपतिएको चिन्ह मधुर उज्यालोमा प्रस्टै देखिन्छ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सरकारी योजना

~प्रेम राना मगर~ ए गाउलेहरु ! सुन्यौ यो साल त हाम्रो गाउमा पनि गाडी , बिजुलीबत्ति , पानीका धाराहरु ल्याउने रे नि हो र .. ? एउटी महिला अर्थात् मन कुमारी अचम्मित हुदै आश्चर्यमा परिन् अनि शंकाको जालो फिजाएर बोली … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : बोल्नुपर्छ नि

~बादल सुरेश~ हस्तक्षेपले थिचिँदा त बोल्नुपर्छ नि अतिक्रमणले किचिँदा त बोल्नुपर्छ नि आँगन काट्दा पराईले चित्त दुख्छ भने देशकै सिमा मिचिँदा त बोल्नुपर्छ नि

Posted in गजल | Tagged | Leave a comment

कविता : अधेरो जून

~सौरभ कार्की~ आजको रात मेरो जून अधेरो उदाउनेछ सम्भवतः त्यसबेला तिमी जूनभन्दा नि’ उजेली हुनेछ्यौ ! भाँच्चिएका सपनाहरु तप्प तप्प चुहिनेछन् आँखाबाट र आफ्नो बाटो खोज्दै टाढा भाग्नेछन् पर……… (उफ्, किन मैले क्षितिजभन्दा पर कहिल्यै देखिन ?) क्षितिजभन्दा पर र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ऊ

~भिम प्रसाद घिमिरे~ – ओहो ! धेरै वर्षपछि पनि भेट हुँदो रहेछ है ! – हो नि । यो फेसबुक पनि अचम्म । – मलाइ त छक्क लागेको छ । म काठमाडौंमा हो अहिले । मलाई फेसबुकमा भेट्यौ है ! … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : नबिर्सिनु है मलाई

~अनु शाह~ जुनेलि सँगै रहर पठाएको छु, नबिर्सिनु है मलाई। पवन संगै खबर पठाएको छु, नबिर्सिनु है मलाई। कहिले बिवस्ताले रोक्छ,कहिले परिस्थितीले छेक्छ। मौसम त बदलिन्छ नै तर, नबिर्सिनु है मलाई।

Posted in गजल | Tagged | Leave a comment

कथा : बोझ

~शुषमा मानन्धर~ फुटबलको साह्रै क्रेजी ऊ । पहिले पहिले त उमेरमा अलि खेल्थ्यो पनि तर अव शरीर र समयले नदिएर अचेल फुटबल खेलवाट सन्यास लिइसकेको छु भन्दै आफूलाई चित्त बुझाउन थालेको छ । वल्र्डकपको बेला उसलाई अरु के चाहियो र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उज्यालोको प्रतिक्षामा

~गिरिराज बाँस्कोटा~ आगो ओच्छ्याएर छातिमा तिम्रो आगन समम पुगे दुर्भाग्य तिमि मेरो हुन सकेनौ सच्चै तिमि जुन रहेछौ न मैले छुने अवसर पाँएन मैले चुम्ने अवसर पाँए फगत टोलाएर हेरीरहे हेरीरहे

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरि या टारेर गयो

~कृष्ण प्र. पाण्डे~ कि भै`हाल्छ भेट फेरि या टारेर गयो रिस हो कि खेद मुख बिगारेर गयो छ कि मनमा कोही ? सोधें कौतुहल मेट्न मैले चाहे जस्तै गरी नकारेर गयो

Posted in गजल | Tagged | Leave a comment

गजल : व्यर्थको काममा पो जुटियो हजुर

~भक्ति प्रसाद पौडेल~ व्यर्थको काममा पो जुटियो हजुर ! सर्वस्व लुटुन्जेल सुतियो हजुर ! आन्दोलन गरियो ज्यान माया मारेर अधिकार बिचैमा लुटियो हजुर !

Posted in कविता | Tagged | Leave a comment

कविता : समय कती बलबान छ

~राज थापा~ मैले झुकेर दुईहात जोडें तर तिम्ले जवाफ फर्काएनौ हिजो त श्री ५ थियौ र पो आज दुइ हात जोड्दै छौ श्रीपेच छैन र पो बदलियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई यस्तो लाग्छ……..

~रिता राई~ न्यानो मातृभूमी छोडी परदेशिनु पर्दा आफ्नो भएभरको सम्पत्ती सौतेनी आमाको छोरीलाई दाइजो दिएर कान्छो बाउको घरमा हली बस्न आए जस्तो लाग्छ । प्राकृतिक रुपमै धनी हामी नेपालीलाई हेर्दा, थाङ्नेको घरको करेशामा गई मात्र पेट भर्नको लागि एक टुक्रा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मौनतामा ज़िन्दगी

~स्वामी सुभाष चन्द्र~ मैले जिन्दगीलाई सोधें जिन्दगी तँ . . जिउन को लागि हो कि भोग्न को लागि हो कि बाच्न को लागि हो कि साच्न को लागि हो कि

Posted in कविता | Tagged | 1 Comment

कविता : अमुक तिमि र म ………!!

~शिशिर परियार~ नेपथ्यबाट कसैले आदेश दियो, अमुक यन्त्र मानब झैँ तिमि निर्देसित भयौ !!! मुट्ठी हरु कसिए र छाति माथि उचालिए बसीभूत तिम्रा आखा हरु अझ चहकिला बने अल्जाइमर पिडित तिम्रो मस्तिस्कको डाटा बेसबाट एउटा गित छानियो “उठ जाग ऐ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : दु:खको झटारो

~लक्ष्मी गाइजु~ “हेर बूढी, म पनि अहिले चल्दै गरेको मधेस आन्दोलनमा जाँदै छु”– लखनले गम्भीर हुँदै भन्यो । अचानक आफ्नो लोग्नेको कुरा सुनेर धनु झस्किन् । “तपाईं किन जानुप¥यो आन्दोलनमा ? हामीजस्ता गरिबहरुका लागि कसैले केही गर्ने छैनन्”– एकै सासमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : गान्धी, भारत र सत्य

~लिलाराज खतिवडा~ कुनै व्यस्त सडक किनारको गुल्मोहरको रुखमुनि यो मुम्बई सहरमा उभिएर कविता लेखिरहँदा भुस्याहा कुकुरहरुले लघारीहालेका त छैनन् गिद्दहरुले अहिलेसम्म लुछीहालेका पनि छैनन् जस्तो कि चौध वर्षअघि कस्तरी सताइएको थिएँ म यहाँ शैतानहरुले मलाई एउटा घना अन्धकारमा हुत्याएर कस्तरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : काख खोसिँदाको पीडा

~वैकुण्ठ ढकाल~ ‘मामु म एक दिन स्कुल नगई तपाईँको काखमा बसेर दिनभर तपाँईँसँग कुरा गर्छु नि ल?’ ‘किन छोरी?’ ‘तपाईँसँग धेरै कुरा गर्नु छ। तर तपाईँ एक्लै भएको बेलामा।’

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : पराई ठान्छौ त के गरु

~घनश्याम शर्मा पौड्याल~ आफ्नै भन्छु तिमी पराई ठान्छौ त के गरु नजिक छोडी टाढाटाढा जान्छौ त के गरु ।। मैले त सबै मान्छे असल नै ठानेको छु मलाई छोडी अर्कैको साथ छान्छौ त के गरु ।।

Posted in गजल | Tagged | Leave a comment

सिसम पाण्डेको हाइकु

~सिसम पाण्डे~ आएको भेट्न चौपारीमा बसेर

Posted in हाइकु | Tagged | Leave a comment