Tag Archives: nepali sahitya

कथा : छिमेकीहरु शीत चाट्छन्, तर हामीले छोएको पानी पिउँदैनन्

~विपुल सिजापति~ ‘बा sss आज पनि पँधेराँ मलाई अलग्गै राखेर भाँडा थाप्न लाए ।’ सँगै सुतेको छोराको कुरालाई जुठेले वास्ता गरेन, केवल कपाल सुम्सुमाइ रह्यो । ‘बा sss, हाम्लाई ईनारबाट पानी झिक्न किन दिँदैनन् ?’ यो प्रश्नले पनि छोराको शिरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पृथ्वीको छायाँ

~राशि पाण्डे~ आकाश रातो हुन लगेको छ आकाशमा आगो लागेको छ यो सूर्योदय वा सूर्यास्तको लाली होइन नवविवाहिताको सिउँदोमा घोप्टाइएको सिँदुर पनि होइन वसन्तपूर्णेको उल्लासपूर्ण

Posted in कविता | Tagged | Leave a comment

गीत : सुकीजाने मुल तिमी

~नवीन लामा `सुरेश`~ डुबीजाने घाम रहिछौ, सुकीजाने मुल तिमी झझल्कोमा सँधै आउने,रहिछौ मिठो भुल तिमी!! के भरोसा रह्यो अब, मुहान सुकी गए पछी रित्तो भएँ खाली-खाली, आँशु लुटी लगे पछी तिम्रै लागि रोइ दिएँ, आँशुको मूल सुक्यो मेरो

Posted in नेपाली गीत | Tagged | Leave a comment

छेस्का : खोज्ने तिमी निहुँ

~रमेश पल्लव~ आजकाल सधैंभरि आउँछौ किन राति आफूचाहि पर्खी बस्ने तिम्रै कुरा माथि दिनभरि अर्कैसित गर्छौ बाई-बाई

Posted in छेस्का | Tagged | Leave a comment

कविता : मृत ईश्वरको नाममा

~ईन्द्र नारथुङ्गे~ जब मन्दिरबाट, जीवन गाइरहेका चराहरुको लय पछ्याउँदै क्रमबद्ध बज्न थाल्छ घण्टाको टङ् टङ् र, म चेतनालाई छोपेर ढुकढुकीले रामनाम जपिरहन्छु । जब चर्चको आँखी झ्यालहरुबाट फुत्त-फुत्त निस्किएर झन्कार संगीतको फैलिएर हावाको तरङ्गमा पातहरुलाई नचाउन थाल्छ र, म एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अचेल पिउन थाल्नु भएछ

~भूपेन्द्र महत~ मैसाप हजुर अचेल पिउन थाल्नु भएछ ओईलाएको फुल जस्तै जिउन थाल्नु भएछ चिसो सिरेटोमा पनि उदाङग चल्ने अङ्ग अचेल गर्मिमा पनि छोप्न थाल्नु भएछ

Posted in गजल | Tagged | Leave a comment

कथा : अन्नपूर्णाको भोज

~मनु ब्राजाकी~ दुई किलो माछा लिएर ऊ आइपुग्यो। घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो। सधैं कति खसीको निहुँले राँगो खानु? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै बोकेर आयो। ‘अन्नपूर्णा, ए अन्नपूर्णा! लु हेर् त, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : लखरी मन

~चन्द्र ज्योति~ लखरी मन, कहिले हाँस्छ, कहिले रुन्छ, यसको कुनै ठेगान छैन, कति बेला के गर्ने हो ! कहिले चङ्गा जस्तै उड्छ । कहिले धागो झैं चुड्छ, छिनमै विस्मात, छिनमै निरस कुनै टुङ्गो छैन यसको ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : साथ पनि दियो

~कविराज मगर~ जिन्दगीमा पिरतीले साथ पनि दियो लड्दा खेरी समाउने हात पनि दियो । कैले काहिँ रमाएर खुशी हुँदा खेरी उमङ्गले भरिएको मात पनि दियो ।

Posted in गजल | Tagged | Leave a comment

गज़ल : दुखाइ दिन्छु

~कोमल भट्ट~ दुख्दछ जिन्दगी दुखाइ दिन्छु आँसु छ नेत्रमा चुहाइ दिन्छु रात र दिन नै भयो अशान्ति सक्दिन हाँस्न नै रुवाइ दिन्छु

Posted in गजल | Tagged | Leave a comment

कथा : नौ महिना कोखमा नराख्दाको पीडा

~चित्रकला विवश~ आज साउनको चार गते । उसको जन्म दिन । यस अघिका जन्म दिनहरुमा उसले एका बिहानै मम्मी आज मेरो जन्म दिन भनेर सम्झाउथ्यो¸ म सदा खुसी सुखी रहेस् भनेर आशिष दिन्थेँ । मलाई उसको जन्म दिन सधै याद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : प्रतिद्धन्द

~डा.बिनोद मणि बराल~ सँझना आउँंछ उस्लाई त्यो रुखो रातमाटे डाँडाको, जँगलको नाममा धमीराले खाएर आज हो कि भोली भन्ने नेपालको अर्थ बजेटजस्तै ढलीजाने आभाष लिई निभ्ने बेलाको बत्तिजस्तै संंघर्ष गरिरहेका ब्याँलेले चूसीएका सालघारी भएका पखेरुहरुको, मान्छेको नाममा बसांई सर्न समेत … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लघुकथा : अग्रिम उपहार

~आचार्य प्रभा~ आज रेजिनाको बेबी सावर । सबै साथीहरु भेला भएका छन् । महँगा,महँगा उपहारहरु लिएर । बच्चा जन्मन अझै दुई महिना बाँकी छ,उस्का बच्चालाइे २ बर्षको भइेन्जेलसम्मलाई लाउने लुगाहरु आइेसके । खेल्ने कुराहरु र जन्मिसकेपछी चाहिने समानहरु त कत्ती … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पुरस्कार

~पुष्प अधिकारी ‘अञ्जलि’~ “हैन रातको बाह् बजिसक्यो सुत्ने हैन भन्या ? केटाकेटी उज्यालोमा चाँडै ब्यूँझन्छन् । भोलि लेखेपनि त हुन्छ नि ? लेख्न थालेपछि हजुरलाई केहिको चिन्ता हुँदैन है ? न घर न केटा केटीको चिन्ता अब कति बस्ने हो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लधुकथा : बिदा

~साक्ष्यात सुशिल~ दाइले फर्स्ट डिभिजनमा एस. एल. सि. पास गर्दा दानुको माइलो भाई गोठालो जाने र भैसी चराउने पेशा मै ब्यस्त हुन्थ्यो, कती पटक गाँउले ले गाली गर्दा स्कुल जा पढनु पर्छ ठुलो मान्छे बन्नु पर्छ भन्दा रिसाउथ्यो रे, अह … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नियति

~यासिन राई~ पश्चिम क्षितिजमा पाकेको सुन्तला जस्तै पहेलिएको सूर्य कति सुन्दर, अलौकिक दृश्य … नियाल्दै म…. . . . घाँसको कस्सिलो भारी लिएर घर मुनिको काँल्ला उक्लदैथे मलाइ देख्न साथ् मेरो सानो छोरा चिच्याउन थाल्यो र रुन पनि । घाँसको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कविता : चिठी

~भ्लादीमिर भिसोत्स्की~ अनु. ज्ञान बहादुर छेत्री मैले थर्पुमा पहिलो वर्ष खप्न सकिन । त्यसैले उनीहरुले अरु एक कि दुइ वर्ष थपिदिए (उनीहरुसँग तर्क नगर) सक्छौ भने, मेरा प्रिय साथी हो, मलाई चिठी लेख । स्वाधीनहरुको त्यो धरामा अहिले के हुँदैछ … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

संस्मरण : आहा ! ति दिन

~वरुण पोख्रेल~ राम्रोसंग पाक्न नपाएको आटो(मकैको च्याँख्ला)अनि मोहि-दुध तरकारि त कहिलेकाहिँ मुस्किलले भेटिन्थ्यो।बिहानको नौ बजिसकेको हुन्थ्यो। बिहानै उठेर धारामा पानी लिन जाउ पालो कुर~~ अनि गाउँले आइमाइका घरायसि कुरा सुन~~

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : ए है निष्ठुरी साइला

~महेश बर्तमान रानामगर~ ए है निष्ठुरी साइला तिमीले यो घरगाउँ विर्सदा पुर्खौली सस्कृति रोयो साइला तिमी झिल्के भइ दिदा विदेशियो साइला कोपिलाहरु कोइलीले गाउनै छोड्यो बज्दैन साइला बिनायो मादल गाउँघरै शुन्य भो सम्झना आउछ लोक भाकाको दशैं तिहार आइदिदा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रलयमा ज्यूँदो प्रेम

~गण्डकीपुत्र~ आज अचानक हरायो बादलको जङ्गल र प्रकट भयो विहानको तेज लिएर आँगनमा फूलहरुको जुलुश सुस्केराका सबै महाकाव्यमा आगो सल्काएर केवल कविताको मात्र बजायो नविन सारङ्गी र म जीवनको अप्ठ्यारो डिल पन्छाएर सुटुक्क आँए तिम्रो ममताको सँघारमा र रमायो हाम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : संबाद

~डा रवीन्द्र समीर~ ” बाबू ! तिमी ठूलो भएपछि के बन्ने ? ” मायालु स्वरमा इश्वरले सानो बच्चालाई सोधे ! ” अंकल ! म त डाक्टर बन्ने ! ” ” अनि तिमी नि ? ” ” म त इन्जिनियर बन्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : हिउँदको लामो रात

~रमेश सायन~ निदाउन सकिनँ ! जिन्दगीका स–साना गणितमा फसेँ ! किन घरधनीले दुई दिन अघि नै भाडा माग्यो प्रेमिका किन बहाना बनाएर भेट्न आइन किराना पसलेले किन उधारो पत्याएन किन हिँड्यो माइक्रो बस रु. एक फिर्ता नगरी ? कोल्टो फेरें … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : आज केटा आउने रे

~विश्वराज अधिकारी~ ‘हेर तिमीहरु सबै उमेरदार भइसकेका छौ। सवैको बिबाह गर्ने उमेर पनि भइसकेको छ। त्यसकारण केटाले तिमीहरु मध्ये जसलाइ मन पराउँछ उसैको बिबाह गरिदिने। पहिले जेठीकै हुनु पर्दछ भन्ने छैन। जेठी दिदीलाई मन पराउनु पनि त पर्यो नि केटाले। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बाटो फराक छ

~कृष्ण प्र. पाण्डे~ लक्ष्यतिर बढ्नेलाई गल्ली ,बाटो फराक छ धैर्य , होश , जोश बिना जहिंतहीँ धराप छ काँडा,धोका,निन्दा,घात अवरोध मात्र देख्छौ सामना नै नगर भो कायर हो ! सराप छ

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य : कमरेट काठमाडौमा

~प्रकाश आस्था~ पहिलो रात ‘अल्लि उत्ता सर न’ बेन्चीको ओछ्यानमा लहरै लडेका कमरेटहरुमध्ये सहकर्मी कमरेटलाई धकेल्दै कमरेट पात्ले तन्द्रामै बोल्यो, ‘आथ्थाथा’। लामखुट्टेको आक्रमण थियो। आन्दोलनका लागि नेपाल खाल्डो ओइरिएका कमरेटहरुको रात्री निन्द्रा विथोल्न लामखुट्टेहरुको बगाल अर्को ‘टिँईँ आन्दोलन’मा थिए।

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ‘पिस्कर’ अझै अनिँदो छ

~रामनाथ खनाल~ आज फेरि यो छातीमा पिस्कर चसक्क दुखेर आउँछ पिस्कर त्यो भूमि जुन इली र बीरबहादुर थामीहरुको रगतले चुर्लुम्म भिजेथ्यो महादेवस्थान किनारमा माघेसंक्रान्तिको मध्यरात निहत्था नागरिकमाथि पञ्चायतले गरेथ्यो कत्लेआम अकारणै भएथ्यो बन्दुक वर्षा अनायसै जुन लुकेथ्यो बादलभित्रै चराहरु गुँड … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तै बसाई सरे हुन्छ

~बाबु लामा~ म त ट्याक्टर जस्तै हिलोमा फसेको मान्छे सुन्दर शहर तीर नखोजे हुन्छ ! सधै भगवनको नाम जप्ने गर्छु खै कुन भगवानले सुन्छ ? भो मायाँ लगाउछु नभन मलाई आस् देखाई

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मकैबारी लभ

~जोतारे धाइबा~ गर्मीले बाँसका सुकेका पात जसरी लुगा खोलेको थियो । बलौटे सडकमा बाफको रिदममा नाच्न मग्न थियो, नाङ्गै । भित्री मधेसमा पर्ने उदयपुर गर्मी मौसममा घाम उदाउनासाथै तापमा पुरिन्थ्यो । घामले निष्फिक्री डाम्न सक्ने खुला आँगनमा थियो स्कुल । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : आमा तिमी कहिले आउँछ्यौ ?

~श्लेष्मा क्षेत्री~ राजधानीको एक प्रतिष्ठित विद्यालयमा पाँच कक्षामा पढ्ने प्रतिमा राईको दसैं बिदा सुरु भयो। उनका सहपाठीहरूलाई लिन तिनका अभिभावकहरू आए। उनी आफ्नो होस्टलको चौरमा बसेर हेरिरहेकी थिइन्। साथीहरू भने आमाबुवासँग अँगालो हालेर घर जान पाएकोमा खुसी थिए तर प्रतिमालाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : रुदा देश धुरु धुरु

~डिल्लीप्रसाद खरेल~ रुदादेश धुरु धुरु ईश्वर आज कहाँ छौ चुदा रगत हजारौको ईश्वर आज कहाँ छौ, चारैतिर लासैलास अनि खुनको तालमा हुदा मानिस बिचल्ली ईश्वर आज कहाँ छौ,

Posted in गजल | Tagged | Leave a comment

गीत : अँधेरी रातमा

~हिरण्य भोजपुरे~ अँधेरी रातमा जून बनेर आउनू अँधेरी रातमा जून बनेर आउनू । कुहिरोको घुम्टो ओढेर मीठो-मीठो मुस्कान छर्दै-छर्दै मीठो-मीठो मुस्कान छर्दै-छर्दै

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : प्रेम

~खालिल जीब्रान~ अनु : तेजेन्द्र निरुकोवा जब कुनै पे्रमले तिमीलाई संकेत गर्छ उनको बाटाहरु कठिन र भीरालो भएपनि उसलाई पछाऊ जब उसको पखेटाहरुले तिमीलाई छोप्न खोज्छन् केहिगरी यसभित्रको लुकेको छुरीले तिमीलाई घाउ बनाएपनि उनलाई समर्पण गर जब उनी तिमीसंग बोल्छिन्

Posted in अनूदित कविता | Tagged , | Leave a comment