Tag Archives: nepali sahitya

गजल : रानी प्रिया

~सदानन्द अभागी~ यो जीवनकी रानी प्रिया नयनोत्सव नानी प्रिया सुन्दर दृश्य यस्तै हुन्छ दिल धड्कनकी खानी प्रिया

Posted in गजल | Tagged | Leave a comment

कविता : अदुःख

~राजेन्द्र तारकिणी~ अदुःख त मृत मात्रै हुन सक्छ जीवन्त त सदुःख हुन्छ। दुःख जीविका काँधमाथि चढेर कपटपूर्ण सुखभोग गर्नेहरू सत्ता/शक्ति/सम्पत्तिको भागिदार बन्नेहरू मूल्यवान् कात्रो ओढेका लासजस्ता लाग्छन् (लास पनि एक समय शक्तिशाली हुन्छ तर्साउँछ दुनियाँलाई)।

Posted in कविता | Tagged | Leave a comment

गजल : अधूरै रहे गाना

~राजेन्द्र चोथाले~ अधूरै रहे गाना च्यातिदियौ तिमीले मेरा गीतका हर पाना । आरोप दिई नाना मारिदियौ आँखाका हर स्वप्ना ठूला-साना ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो आवाज

~भिमदर्शन रोका~ धरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछ तिमी ध्यानले सुनिरहनू त्यसमा मेरो पनि आवाज हुनेछ फेरि झन् झन् ठूलो हुँदै जानेछ । आकार यसको, सूर्यमण्डलजस्तो घामवरिपरि सभा लागेजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि-हृदयमा

~गोपालप्रसाद रिमाल~ मनव-वनमा कहिलेदेखि झर्न लाग्यो निर्झर जसको इन्द्रधनुषले गर्दा जीवन भो सुन्दर-सुन्दर यसको प्रवाहमा देखिन्छन् उज्वल फीँज र फोका स्वच्छ निर्मल अनन्तजस्तै अणुअणुसम्म सादा

Posted in कविता | Tagged | Leave a comment

कविता : मुटुनेरिको सिस्नेरी

~शिव गौतम~ – सिस्नेरी मेरी जननी, मेरो जन्मभूमि घाम झुल्कँदाखेरि घाम अस्ताउँदाखेरि म तिमीलाई नै सम्झिन्छु उषा अनि गोधुलिलाई हेरी कहिले हिलैहिलोको होली खेली

Posted in कविता | Tagged | Leave a comment

कथा : समुद्र, अरक् र अरूणी

~मधुवन पौडेल~ समुद्र ! मलाई समुद्र भन्नासाथ केटाकेटीदेखि नै निकै मन पथ्र्यो र समुद्रका कुरा चाखले सुन्न मन लाग्थ्यो । त्यो समयमा आफुले समुद्र देख्न पाउने कुरा पनि भएन ! एकाध पल्ट आमाले कान पाक्दा समुद्रको फीँज भनेर एउटा केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एभन नदी र क्याफे

~देवेन्द्र खेरेस~ एभेन नदी हिजो जसरी बगेको थियो आज पनि बगेकै छ नदीमा बगेको पानी कहाँ–कहाँ पुग्यो होला ? तर नदी त्यहि छ बालुवाको ढिस्का उहि हो किनारा साँची छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कुमारी गुफा

~रुपिन्द्र प्रभावी ‘कटु’~ शङ्ख फुकेर कुमारीले आव्हान गरिरहेझैं लाग्छ अन्धकारको मलामी जान उज्यालोका उपासकहरुलाई । गर्भमा कछुवाको आकार बोकेर कछुवाको व्यवहार बोकेर कुमारी

Posted in कविता | Tagged | Leave a comment

गीत : दुनियाको नजरमा

~नरेश नाति~ कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा असह्य भो जीउन मलाई दुःख को यो संसारमा किन होला हाँस्नु पर्ने सुख पाँए जस्तो सबै कुरा पूरा भई ,खुशी छाए जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रेमको रंग-२

~दीपा राई~ समुन्द्रको लहर जस्तो आईरहने तिम्रो यादहरू, लहरिएर आउँछ अनि मेरो मुटुको किनारमा टक्क छोएर फर्किन्छ, म हेरिरहन्छु- पर …पर …सम्म… तरेली तरेली हुँदै जाने लहरहरूमा

Posted in कविता | Tagged | Leave a comment

कथा : सेरे ढक

~छेवाङ योञ्जन~ ‘‘जानेहरू बितेर गई त हाले, अब सरापेर के नै पो हुन्छ र?” बुद्धिमानकी श्रीमतीले तनाउपूर्ण भावमा भन्दै थिइन्, ‘‘भए पो भेटिन्थ्यो। हुँदै नभएको चिज कसरी भेट्ने?” बुद्धिमानले भएभरको सामानहरू खोतलेर घरै भताभुङ्ग बनाइसकेका थिए। ताकमा भएका नानीहरूका खाता-किताब … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बाढी

~हाङयुग अज्ञात~ जब बाढी आउँछ तब धेरै कुराहरू भत्किन्छन् बाँध र पुलहरू भत्किन्छन् खेत र बाटोहरू भत्किन्छन् घर र सम्बन्धहरू भत्किन्छन् जब बाढी आउँछ तब धेरै धेरै कुराहरू भत्किन्छन्, तर खै ! किन भत्किदैनन् –

Posted in कविता | Tagged | Leave a comment

कथा : त्यसपछि फुलेन गोदावरी

~महेश पौड्याल~ हाम्रा घरमा कुनै पनि चाड विषेशमा अनिवार्यतः उपस्थित रहने पाहुनामध्ये एक थियो पुङ्गिन । हामीले दिवङ्गत भतिजाको स्मृतिमा गोदावरीको एक बगैंचा बनाउँदैगरेका बखत पनि ऊ हामीसँगै थियो । जब त्यो सम्पूर्ण बगैंचा पहिलोपल्ट फुलर आफ्नो कुमारी वैंशको वसन्तमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

खण्ड-काव्य : दोरम्बा

~गोपाल विरही~ समर्पण : ती बघेनीका सन्तानहरूमा, जो दोरम्बामा मारिए ।                                                           … Continue reading

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

समीक्षा : लेखभन्दा लेखक भिन्न

~कुलचन्द्र वाग्ले~ लेखकहरूको एउटा कोणबाट निकै आलोचना हुँदोरहेछ । त्यसो त लेखक, साहित्यकारहरू समाजका लागि सम्मानित व्यक्तित्व हुन् । स्थापित योगदानका आधारमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमासमेत लेखकलाई सम्मान प्राप्त हुन्छ, सम्मान प्रदान गरिन्छ । लेखकलाई पनि विद्वान् मान्ने अर्थमा बुझ्ने हो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : आँसुहरू खून जस्तो

~विमला तुम्खेवा~ बगाएर तिम्रो खातिर आँसुहरू खून जस्तो बल्झिएर सबै मुटु ओइलिएको जून जस्तो धेरै भयो हाँस्न छोडे गोरेटोका चापहरू होइन होइन जीवन पनि कस्तो बिना नून जस्तो

Posted in गजल | Tagged | Leave a comment

कविता : जमीन

~आशिष उदास~ मेरो बाजेले गोरु जोत्नु भो बाँझो खेत खन्नु भो र भाग्य उमार्नु भो तर मेरो बाजेले जुन खेतमा भाग्य उमार्नु भो त्यो खेत मेरो हो भन्नु पाएन

Posted in कविता | Tagged | Leave a comment

कविता : कानुनको खेती

~पुकार पारदर्शी~ भुँड़ीमा उत्पाद मचाएकाले यसपाली डल्ले खोर्सानीलाई खाद्य दण्ड संहिता 1568054 धारा अन्तर्गत मुद्दा दर्ता गरी अचारको बोइममा सुरक्षित हालियो। प्रिय मुख्यमन्त्री गाउँमा हामी कानुनको खेती गर्छौँ नी। गाउँमा लागु हुने धारा दुईटै मात्र हो धोबी धारा र शुद्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हुने खाने त्यता तिर

~रवि प्राञ्जल~ हुने खाने त्यता तिर । हुँदा खाने यता तिर । उतैतिर चल्छ सुवास चल्छ हावा जता तिर ।

Posted in गजल | Tagged | Leave a comment

गोधूलि दिनेशको दसैँ बिशेष पाँच हाइकु

~गोधूलि दिनेश~ भिड बजार लुगा जुत्ता किन्ने कि? प्वाल खल्तीमा ।१। स्वच्छ आकाश चङ्गा चैट गर्ने कि? झर्यो भुईँमा ।२।

Posted in हाइकु | Tagged | Leave a comment

गजल : रमायौ

~सदानन्द अभागी~ आशामा नै समायौ रमायौ आशामा नै सबैलौ गुमायौ राम्रोमाता नराम्रो न हालौं जानेरै हो, खरावै सुनायौ

Posted in गजल | Tagged | Leave a comment

कविता : शुभकामना

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ होस यो मित्रता अजय अमर सुगन्धित फूल सरी । मन फक्राउदै नाच नाच सधै साहित्यकै रङ्ग छरि ॥ नाउ चलाउ त्यस्तो साहित्य सागरमा नथाक कहिले पनि ।

Posted in कविता | Tagged | Leave a comment

भलाकुसारी : जातभात प्रथाले हामीमा एकात्म्यको भावना जागृत हुन दिँदैन्

~नगेन्द्र शर्मा~ नगेन्द्र शर्माको पुख्र्यौली थलो तेह्रथुमको साबिक सिम्ले गा.वि.स. पोक्लावाङ् हो । नगेन्द्र शर्माको जन्म वि.सं. १९८७ साल मंसिर ७ गते दार्जिलिङ, खरसाङको डाउहिल देवीस्थान भन्ने ठाउँमा भएको थियो । नगेन्द्र शर्मा (ढुङ्गाना) भए पनि उहाँले लेखनमा जात थर … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

कविता : एउटा ‘आपोकालिप्सिस’ ढाल्नुछ

~डा.मधु माधुर्य~ एक्लो सगरमाथा – ठिंग उभिनुको कुनै अर्थ छैन अब पग्लेर थुप्रै हिमालहरु वागमती ‘टुकुचा’ बगिरहेछ … विसर्जनको प्रवाहसंगै

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दको जहर

~इश्वरवल्लभ~ कविता पनि त एउटा क्षोभ हो, तृष्णा हो आदिवासी गुफा हो, र भित्रसम्म ओर्लिन्छ, छुन खोज्छ अक्षरहरूको भ्रान्ति चाक्षुष पन्नामा मनमा तर

Posted in कविता | Tagged | Leave a comment

कथा : नयाँ आयाम

~मधुश्री~ “आमा मेरो जरुरी वैठकमा जानु छ । महिला अधिकारबादी र हाम्रो महिला संगठनको सहकार्यमा धेरै काम गर्नु छ । त्यसैको सुरुवात हो आज । बेलुका अलि ढिलो हुन्छ कि घर आईपुग्न । उहँलाई पनि मैँले भनेको छु ।” दिब्या … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : भनाइ हैन गराइमा

~धीरेन्द्र प्रेमर्षि~ लोकतन्त्र आउनुपर्छ, भनाइ हैन गराइमा यतिमात्र के भनेथेँ, आगो बल्यो तराईमा सँगसँगै काँधमाथि सूर्य बोकी ल्याको हैन ! आज किन दर्छौ साथी हामीलाई पराइमा

Posted in गजल | Tagged | Leave a comment

अनिता भण्डारी पौडेलका तीन तियाली

~अनिता भण्डारी पौडेल~ तियाली १ कोहि मर्छन सिसाको गोलीले कोही मर्छन उर्लेको खोलीले कोहि मर्छन नमिठो बोलीले तियाली २

Posted in तियाली | Tagged , | Leave a comment

कविता : डायास्पोरा

~उज्ज्वल बमजन~ कोलम्बसहरू फर्किएनन् फेरि-फेरि युद्धहरू द्वन्द्वहरू क्रुसेडहरू जेहादहरू क्रान्ति प्रतिक्रान्ति उपनिवेशवाद बेरोजगारी प्राकृतिक प्रकोप

Posted in कविता | Tagged | Leave a comment

कविता : माछाको मोल

~जय क्याक्टस~ ए दाजु, फेरिफेरि आउँदै गर्नुहोस् है, नमरी बॉंचे कालले सॉंचे फेरि भेट्दै गरौँला। रने दङ्ग पर्‍यो। – शिवकुमार राई ……..तर कहिल्यै भेट्न गएन भ्याएन पनि। फीनिक्स समय यो

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैंसित बिर्खे

~नवराज सुब्बा~ यो दुनियाँमा दुःख दिने बाहेक अरू थोक नै के छ र भोक भन या गरीबी बन्द भन या हडताल सत्ता भन या प्रतिपक्ष सबै सबै दुःखै दिने चीज मात्र त हुन् नी मेरा निम्ति मलाई खुशी बाँड्ने त

Posted in कविता | Tagged | Leave a comment