Tag Archives: nepali sahitya

कविता : राम विनय दाइ

~डा. जीवेन्द्रदेव गिरी~ जन सांस्कृतिक महासङ्घमा प्रगतिशील लेखक सङ्घमा अनि साहित्य सन्ध्यामा काने बाहुली हालेर हिँडेको कोरोना विरुद्ध जेहाद छेडेको

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुभूति

~ईन्द्र प्रकाश शाह~ निशब्दताको उत्कर्षमा हरेक पल नियालीरहे जिन्दगीका पाटाहरू पाए त केवल मौनताका स्वप्निल आयामहरू खुसीका मन्द परिदृश्यहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : म सडक !

~अर्जुन ढकाल~ म सडक ! हिजो भरिलो अनि आज खाली छु म जागिरको खोजीमा भौतारिएका हुन् या विद्रोहका कालोपट्टी बाँधेर लतारिएका हुन् कहिले देश भोग्नेहरूले त कहिले देश सोच्नेहरूले बजारेका बुट-बाजाहरूको मैले साँचेको छु लामो अनुभव ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बिहानी माहात्म्य

~नव बिहानी~ समयका पल्लव बिहानहरू सधैँ नयाँ हुन सक्छन् तर हुन सक्दैनन् – सुहागरातले रंगाएकाेे प्रेमिल बिहानजस्तो ! बरू हुन सक्लान्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : आस्था

~राजेन्द्र सङ्ग्रौला~ विर्तामोडको मुख्य चोक अग्ला र चिल्ला घरहरूले घेरिएको थियो । तर अलिपर खोलाका छेउतिर भने अत्याधिक फोहोर थियो । त्यो फोहोर बाटोमा मान्छे ओहोर–दोहोर गर्न निकै गाह्रो मान्थे । त्यही बाटो पर खोलाका डिलमा एउटा अस्थायी घर थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : साइको

~भीष्म जोशी~ शिशिरको सिरेटोले बाहिरी काठमाडौंलाई चिस्याइरहेको थियो । तर, रंगमञ्चभित्रको बन्द प्रेक्ष्यालयमा निरन्तर ‘वार्म-अप’ र स्टेजको लाइटले ज्यान बाफिलो थियो । नाटकको रिहर्सल सकाएर सरासर रुम फर्किएँ । दिनभरिको अभ्यास, को-आर्टिस्टको ढिपी र निर्देशकको अनेक निर्देशनले मन त्यसै भारी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : क्षितिजको बार्दलीबाट चिह्याउने म ‘लाप्चा’

~समर हुम्ली~ क्षितिजको बार्दलीबाट तप्प तप्प शितका थोपाहरू स्पर्श गर्दाको क्षण क्याङ्हरूको बगाल खाङहरूको अस्तित्व प्याङ३हरूको खोजी गर्दै ‘लाप्चा’को काखबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : जुकाको बकपत्र

~डा. मधुसूदन गिरी~ हजुर जुका हो म जुका हुँ हजुर यो प्रकृतिका सर्वश्रेष्ठ जुका – ठुलो घरमा बस्नु हुन्छ, सानो दरबारमा बस्नु हुन्छ म यो प्रकृतिको बदनाम जुका पातपतिंगरमुनि बस्छु ढुङ्गा,माटो….

Posted in कविता | Tagged | Leave a comment

गजल : हार्ने कसरी हो ?

~नरेश अल्पबिराम~ जडता र भ्रमले हार्ने कसरी हो ? दिवसले फरक पार्ने कसरी हो ? बहिनीलाई अझै जाँतो छोड्दैन भाइहरुमा त्यो सार्ने कसरी हो ?

Posted in गजल | Tagged | Leave a comment

कविता : चिडियाघरमा कोलाहल

~श्यामल~ एक हुल मानिसहरू साङ्ग्ला र बन्दुकसहित तिनको घरमा पसे तिनलाई खोसेर लगे तिनको अभयारण्यबाट र मानिसहरूको ठाउँमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सुरलोकवासी जननी

!सुरेन्द्र चौहान~ कलम लिइकन हातमा, के लेख्न म सक्थेँ र! सम्झना सुरलोकवासी जननीको, के छेक्न म सक्थेँ र!! समाई पाउ मुसार्दा यसै, पोस मलाई मिल्दथ्यो कि! पिठ्युँमै हुर्काइन उनले, थलमा कीटले पो चिल्द्थ्यो कि!!

Posted in कविता | Tagged | Leave a comment

गजल : केही फरक गर्नु नि

~खगेन्द्र गिरी ‘कोपिला’~ मसँग व्यवहार त केही फरक गर्नु नि मलाई गर्ने प्यार त केही फरक गर्नु नि उनै घुर्की नखरा, उनै कटाक्ष मात्रै छन् ममाथी अत्याचार त केही फरक गर्नु नि

Posted in गजल | Tagged | Leave a comment

कविता : डाक्साव् मलाई मर्न दिनुस् !

~मनोज शाही~ डाक्साव् मलाई मर्न दिनुस् ३ वटा अस्पताल रेफर भएर आज यहाँ आई पुगें मलाई जसरी नी बचाउँछु भन्नु भो होइन ! डाक्साव् मलाई मर्न दिनुस् म त अहिले बचे पनि पछि परिवारसँग मर्न पर्ला भैगो, डाक्साव् मलाई मर्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : खोल

~खेमराज पोखरेल~ म सम्झिरहेको छु, उनी मेरी गर्ल फ्रेण्ड थिइन् त्यो ताका । त्यो दिनको सम्झना आइरहेछ । हामी दुवै यस्तै गधा पच्चीसे हुँदा हौं । हामी दुवै नगरकोटको  होटल सनराइजमा थियौं । त्यो दिन म उनीसँग बेस्सरी पग्लेको थिएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मासग्रेभ

~राजव~ हामी एकसाथ सत्र जना मरेका थियौं । सत्रै जना आइसियुमा थियौं । सबैको नाक, मुख, घाँटीमा भेन्टिलेटरबाट निस्किएको स्वास नली र पाइपहरू जोडिएको थियो । दस दिन हामी आइसियुमा संघर्षरत रहृयौं । र, हिजो एघारौं दिनमा हाम्रो संघर्ष सफल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हत्केला नै खोस्नेहरु छन्

~नविन ध्यार~ औंला दिदा हत्केला नै खोस्नेहरु छन् फूलै दिए पनि काँडा रोज्नेहरु छन् दयै गरी आफैले सवैथोक सुम्पिदा पनि भिखारी नै भयो भनि सोंच्नेहरु छन्

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : जता हेर्छु मैले बबन्डर

~रिजाल किरण~ बहर : मुतकारिब मुसम्मन सालिम जता हेर्छु मैले बबन्डर बबन्डर कतै शान्ति छैन पिएकोछु हन्डर । बनेको छ प्यासा यहाँ आफ्नो आफै खोजी दाउ हान्ने लुकेकोछ खन्जर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बिस्मात

~दीपक कुमार ज्ञवाली~ समयको माग भन्दै मौन बसे । के देख्नुपर्‍यो जीवन बिछोडको । उठ समाऊ लहरा जीवन डोर्‍याउन । उगाऊ पानी आफ्नै जीवन बचाऊन । शेचनगर अःन्तकरण जाग्नेछ स्मृतिहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समस्यापूर्ति

~गोपीनाथ लोहनी~ मुहार् कमलको झलक पलकमा मलाई दियौ अपूर्व रसदानले मन हरेर मेरो लियौ । तसर्थ अब प्रेमले यति सकार बिन्ती पनी नवीन घरको बहार् गर तिमी नवीना बनी ।।१।। वसन्त ऋतुको छटा रमणिलाइ दिल्दार् हुने

Posted in कविता | Tagged | Leave a comment

कविता : मनोव्यथाको उत्तर

~चक्रपाणि चालिसे~ सारा मनोरथ कथा हुन गै बिचारा दारासुतादिहरूले गर्ने पुकारा ।। आराम शून्य मनले त्यजी अस्रुधारा हाये राम! रुन्छु कसरी म छुटाउँ भारा।।१।। विद्वच्छिरोमणि रसिला प्रिय मित्रसाथ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनसार

~बाबुराम आचार्य~ हुक्का चिलमको शरणै लिनाले। अल्छी गरी हर्दम सूतनाले।। भन्दैन कोही उसलाइ मानिस। गर्नू पर्छ इलम भनेर जानेस्।।१।। चेत्याँ बल्ल भुल्याँ र धन्जनमहाँ सारा उमेर् नाश् भयो।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : ब्रिटिश आर्मी नम्बर पाएको त्यो दिन…

~भीम राई~ तिनताका म फुसको छानो भित्र हुर्कंदै गरेको सानो बबुरो जस्तै थिएं । मलाई सुस्तरी उमेरले डोरयाएर भर्खर अठार वर्षमा टेकाएको थियो । जुङ्गाको रेखी बस्नै लागेको त्यो समय मेरो मस्तिष्कमा अझै पनि ताजै छन् । अति विपन्न परिवारमा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : त्यो घुम्तीपछि

~मिङ लिवाङ~ बाघपुल नाघेर सेवकेश्वरी काली मन्दिरमा गाडी पुग्दा मनभित्र कतै कटक्क बिझायो। सडकमा जाम लागेर गाडीको ताँत लागेको छ। आज आइतवार……दर्शनको निम्ति सिलगडीबाट आएका श्रद्धालुहरुको गाडी र घुइँचोले सडक जाम भएकोरहेछ। “सिलगडीकाहरुले यो ठाउँ पनि बिस्तार-बिस्तार आफ्नो बनाईछाड्यो… मन्दिरको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सर्कस वर्णन

~शम्भुप्रसाद ढुङ्गेल~ देखेर सर्कस पनी बुझी इन्द्रजाल । मानीस मूर्ख हुन गै राछन् हवाल ।। बुद्धि पुर्‍याउन सकेन जसै विचारी । भन्छन् छ शक्त्ति शिवको भनि दोष टारी ।।१।। हा दैव! हामीहरूमा किन ये विचार । हे दैव!! हामीहरूलाई तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा र गृहस्थी

~प्रमोद धिताल~ गृहस्थी र आमाको साइनो धेरै यूग पूरानो हो आामाले गृहस्थी चलाउनुहुन्छ या गृहस्थीले आमालाई चलाउँछ ? यसको जवाफ छैन वहाँसँग हरेक विहान पूर्वक्षितिजमा पहेलो सूर्य नउघ्रदै आमाले आगो सल्काउनुहुन्छ या आगोले आमालाई सल्काउँछ ? यसको हिसाब पनि छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहना

~गोविन्दराज विनोदी~ स्वप्न रोजै नयाँ देख्न चाहन्छु म स्वप्नमै जिन्दगी लेख्न चाहन्छु म सत्य खोज्दा सधैँ चुक्छ यो जिन्दगी सत्यले घोचिँदा दुख्छ यो जिन्दगी सत्यका मार्गमा ठेस नै ठेस छन् सत्यभन्दा यिनै स्वप्न नै बेस छन्

Posted in कविता | Tagged | Leave a comment

कथा : अपूर्व रमाइलो एउटा तिहार

~जीवन क्षेत्री~ औंशी हिजै थियो तर अन्धकार आज पनि उत्तिकै थियो । ब्यारेकमा आज महिनौंपछि पहिलो पटक स्यालको रक्सी आइपुगेको थियो । बाहिरबाटै झिकाएको मृगको सुकुटीसित त्यो रक्सी खाएर मेजर रणसिंह शमशेर जबरा सुतेको थियो तर निद्रा आउने नामै लिइरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गुरुङ लोककथा : वोम्लु

~सङ्कलन : छम गुरुङ~ उहिले शिकार जुगमा, यो संसारमा मरेको र जिम्दो मान्छे सँगै एकै बाटो हिँड्थे, शिकार खेल्थे, सुत्थे पनि सँगै। को मरेको को जिम्दो फरक छुटिँदैनथे, मृत्युको खासै अर्थ थिएन। साप्ता र सिप्ताबीच ङेँनढुक (बिहेकुटुम्ब) हुन्थ्यो। साप्ता ढुङ्गाबाट … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : आह्वान

~द्वारिका क्षेत्री~ असहाय छैन न त निर्धो नै छ नारी तन र मनले कोमल तर आत्मविश्वासले दह्रो छ नारी। जन्म अामाको कोखबाट लिन्छ तर जीवन जिउने र धर्यको प्रशिक्षण स्वयं प्रकृति अामाले दिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्गय : छिप्पेको प्रेमकथा

~कृष्ण शर्मा सुमु~ अब हेर्नू न, प्रेम कथा त हजुरले ईतिहास देखि वा भगवानको पालामा पनि अवस्य सुनु भयो, कथामा पक्का पनि। फेरि आजकलको झरी च्याउ जस्तो प्रेम कथा पनि नाला,मैदान,खोलातिर,पुल पुलिया,गार्डन् ,आदिमा देख्नु भयो वा कुनै फिल्ममा अवस्य हेर्नू … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मूल परेको छोरो

~जय कार्की ~ समर्पणः आफ्नो जन्मभूमिको निम्ति शहीद बनेका गोर्खे पुुर्खाहरुप्रति श्रद्धान्जलि स्वरुप समपर्ण । १० वटा शुभकामना मन्तव्य र पुस्तकको कथाबारेमा चर्चागर्दै शुरु भएको यस पुस्तकमा जम्मा १० वटा कथाहरु संग्रहित छन । भीष्म प्रतिज्ञाबाट प्रारम्भगरी अन्तिममा साईनो कथामार्फत बिट … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : चिसो घाम बिरूद्ध !

~शरद पौडेल~ होईन नि लिखेई आमा, कोल्ले सिध्याम्नि र गरीप्मारालाई ? कोल्ले सोत्तर पार्नु र देश लुट्नेलाई ? बलत्कारी नि उसै छन् भष्टाचारी नि उसै छन् बरू ति त,

Posted in कविता | Tagged | Leave a comment