Tag Archives: nepali literature

कविता : यो सन्सारकै सबैभन्दा ठूलो आगो !

~सुजन बुढाथोकी ‘कान्छा’~ मेरो यो दिलको द्ववारमा दन्किरहेको ज्वार अनि यी अनुहारका गालाहरुमा जलिरहेका ज्वालाहरु दवाउन बर्सौदेखी यी नदिनालाहरुहुँदै कालापानीको किनारमा बलिरहेको अनि सिमानाको सङ्गघारमा सल्किरहेको आगो निभाउन र भ्रस्टचारि भाइरसको बिस्तारलाइ ताला लगाउन

Posted in कविता | Tagged | Leave a comment

भलाकुसारी : जीवनसँग गुनासो छैन~नगेन्द्र शर्मा

~नगेन्द्र शर्मा~ मलाई पनि आफ्नै भाषाले अन्योलमा पारेको छ । मैले अनेक भाषा सिकेँ, तर आखिरमा आफ्नै भाषामा फसेको छु । हाम्रो भाषा–व्याकरणमा किन यस्तो भद्रगोल भयो होला भने, नम्बर वान, हामी ज्यादै संस्कृटाइज भयौं । नगेन्द्र शर्मा, नेपाली र अंग्रेजीमा आख्यान–गैरआख्यान दुइटैमा … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

कविता : जीवनचक्र !

~तारा साम्पाङ राई~ थाङ्नाको पोकोभित्र गुटमुटिएर स्वतन्त्र कोक्रोमा हल्लिरहेको दिनहरू हातखुट्टा टेकेर खेलौना ज्यानलाई घिसार्दै बुलबुल र्यालका फोकाहरू निकाल्ने ती क्षण, ती दिनहरू बालपनमै छोडिएछ । आमाको न्यानो काखमा, एकमज्जाले तेर्छिदै

Posted in कविता | Tagged | Leave a comment

गोधूलि दिनेशको महा-भुकम्प बिशेष पाँच हाइकु

~गोधूलि दिनेश~ पिङ मच्चिँदा, धर्ती फाट्यो, देख्यौ? अनुशासित यी।१। पिङ मच्चिँदा, सागर उर्ल्यो, देख्यौ? स्वाभिमानी यी।२।

Posted in हाइकु | Tagged | Leave a comment

समीक्षा : मधुपर्कमा उद्घाटित प्रश्न

~कुलचन्द्र वाग्ले~ साहित्य के हो ? के होइन, कुनै पनि भाषामा लेखिएको सामग्री ? मधुपर्कमा प्रवेशपछि मात्र मसँग यस्तो प्रश्नले उत्तर खोज्यो । पहिले जे बुझियो त्यही नै साहित्य हो भन्ने लागेको रहेछ क्यारे, मधुपर्कमा पुगेपछि यस्तो अनुमान पनि हुनथाल्यो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : ओ सरकार !

~डी के वाइबा~ ओ सरकार ! तिमीले विस्फोटक हतियारका रुपमा देखेको कोदालो तिम्रै कृषी विभागले वितरण गरेको हो तिमीले देखेको आर्चरी तिम्रै खेल विभागले वितरण गरेको हो तिमीले देखेको हँसिया, मार्तोल र आरी तिम्रै श्रम विभागले वितरण गरेको हो

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : पुरुषसँग बचेँर रहनु

~वीरेंदर भाटिया~ अनु : सारिका श्री सबै बालिकाहरुलाई निर्देशन छ पुरुषसँग जोगिएर हिंड्नु पुरुषसँग भलाकुशारी नगर्नु उनीहरुको नियतमाथी सदैव शंका गर्नु कुनै पुरुषले तिमीसँग भलाकुशारी गर्ने प्रेम जताउने स्नेहले कपाल सुम्सुमाउने

Posted in अनूदित कविता | Tagged , | Leave a comment

खण्ड-काव्य : क्षात्रमूर्ति जना

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ १. देश वर्णन २. युद्धको घोषणा ३. जना-जङ्ग संवाद ४. युद्ध-दुर्ग ५. युद्ध ६. परमपद सरस्वती प्रार्थना आऊ माता शारदे तिमी यो पुत्र छेउमहाँ त्यागेर शरणागत जान्छ्यौ तिमी कहाँ ॥१॥

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कविता : पीडा

~विष्णु खरेल~ देश रोइ रहयो अविरल साउने झरी झै म किंकर्तव्यविमुढ न देशको आंसु पुछन नै सके न सान्त्वना दिन नै सकें

Posted in कविता | Tagged | Leave a comment

कविता : विज्ञापन

~डा.मधु माधुर्य~ नखुर्मुरुन्जेल वीरताको भूमिकामा कहालीलाग्दो भीरको बाटो हिंडेर युग-युगान्तर समयलाई/ संसारलाई तर्साइरहेका छौं केहि फुटाइरहेका छौं / टुटाईरहेका छौं कसैको अनुरोधमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दहरू

~नवराज सुब्बा~ समान रुपमा हामीले बोल्ने बुझने भाषा अनि एउटै अर्थ लाग्ने शब्दहरु जब माकुराहरु जाल बुन्छन् ब्याकरण र शास्त्र कोर्छन् पंडितहरु तब शब्दार्थ तन्काइन्छन् चेप्टाइन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : म र मेरो जीवन

~गोपाल अश्क~ मैले त पिएर हेरेँ, तिमीले पनि पिएर हेर विषले भरिएको जीवन तिमीले पनि जिएर हेर । मेरो जीवन जीवन नभई भइहाल्यो एउटा सजाय मर्न भयो पनि कठिन है छैन जिउन कुनै उपाय

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो ढाडमा अहिले मैले कंचनजंघा बोकेको छैन

~इश्वरवल्लभ~ मेरो ढाडमा अहिले मैले कंचनजंघा बोकेको छैन धूपीका उकाली ओरालीहरू चियाका बुट्टाका भार पनि छैनन् म स्वतन्त्र छु, ती बाँझा बालुवा जस्ता मेरा खालि पनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कुज्जवर्तिनी विप्रलव्धा

~लेखनाथ पौड्याल~ कोरी केश सफा गरी, फुल जडी टेढा झिकी कुन्तल लाई लालि कपोल, ओठहरुमा आँखाविपे गाजल । औठी हारहरु डटी चहकिला पोशाक सारा चुनी आई कुन्जविपे अली छिन बसी बोली नयाँ कामिनी ।।१।। फेला पर्न गये म धूर्तजनका, सङ्केत-बेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पानीमुनिको जून

~महेश पौड्याल~ आज बुद्धपूर्णिमा । हरेक वर्षझैँ विजय हिँड्यो बुद्धको मन्दिर वरिपरिको सन्ध्याकालिन रौनक हेर्न । उसलाई धार्मिक आस्थाभन्दा पनि त्यहाँको रमणीयतामा चासो थियो । स्वर्णिम मन्दिर, चारैतिर फूलको महक, आउने–जानेहरूको घुँइँचो, र मन्दिर छेउको तलाउ ! त्यो तलाउ, जसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जङ्गलको कुरा

~मनप्रसाद सुब्बा~ तिम्रो रिमोट सेन्सिङ स्याटलाइट कत्तिको संवेदनशील छ हँ ? यो जङ्गलको सास फेराइ सुनेनौ? त्यसो भए मेरो कथा, मेरो शास्त्र पनि सुनेनौ । भुइँमा फैलिँदै पर पर पुगेका यी लहराहरूमा कान थापेर सुन त – मेरो रगत कुदिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जूनले पोल्नु हजुर

~सदानन्द अभागी~ जूनले पोल्नु हजुर नेत्रले बोल्नु हजुर छैनलौ आफ्नु सरह आत्म के खोल्नु हजुर

Posted in गजल | Tagged | Leave a comment

गजल : अन्यायको खेल भयो

~अनिता भण्डारी पौडेल~ जानै मन थिएन अन्यायको खेल भयो उनी माथी नियतिको जाल झेल भयो उनका थुप्रै परिवार र शुभचिन्तकहरु जाने बेलामा न कसैसंग मेल भयो

Posted in गजल | Tagged | Leave a comment

कविता : चन्द्रागिरी अबकोल्टे फेर

~निमानन्द रिजाल~ चन्द्रागिरी कठोर छ । रातलाई लम्बाई रहे छ । समताका सपनालाई चकनाचुर पार्दै । आफना महलहरु गनीरहे छ र जनता होइन, मुठीभर लठैतहरुमा रमिरहे छ । यसै संगै चन्द्रा गिरी पनि लठी रहे छ ।

Posted in कविता | Tagged | Leave a comment

कथा : First लभ

~शिशिर पराजुली~ भाग १ गित बजिरहेको गाडीमा मा म चढे । मलाइ सामाखुशी उत्रिनु थियो त्यसैले ढोका छेवैको सिटमा बसेँ । सिटमा बस्ने बित्तिकै मैले कोहि बोलेको सुनें। “दाइ यो अशक्त सिट हो” सहचालक बोल्यो । आखिर म पनि त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कवितामा पहाड (दुई)

~भीष्म उप्रेती~ मेरो घर पहाडमा छ पहाडकै ढुङ्गा फुटार गाह्रो लगाएको पहाडकै रातो माटोले टालेको कमेराको रङ र ढुङ्गाकै छानो मेरो घर सानो तर पहाडजस्तै छ । पहाडजस्तै दु:ख पनि छ यहाँ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : चेतनाको बिजाङ्कुरण

~रुपिन्द्र प्रभावी ‘कटु’~ संसदीय निर्वाचनमा भक्तबहादुुरलाई जिताउनका लागि के मात्रै गरेनौं र ! भैंसी काटेर गाउँलेलाई भोज खुवाइएन कि ! दलले दिएको पैसा गाउँलेलाई बाँडिएन कि ! त्यतिमात्र कहाँ हो र ! मतदानकेन्द्र पूरै कब्जा गरेर विपक्षीलाई भोट हाल्नै दिइएन, हामीले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : लिँडे पुच्छर

~गणेश शर्मा~ साहित्यले बाटो बिराउँदै गयो, प्रज्ञा लिँडेपुच्छर मात्र पो भयो । जोडी करान्जली दुवार वीच, चाकडी मात्र हुन गो उदेक ।। विद्धानको विद्धता कता गयो ? मगन्तकोे झोली र थैली झैं भयो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्य ग्रहण

~अर्जुन शर्मा निरौला~ पानी परिरहेछ झरररर ऽऽऽऽऽऽ माथी डाॅड़ोमा कुइरो ड़म्म बसेको छ। घड़ी हेरिरहेछु मध्यान्न समय छ। । बाह्र नांग्दैछ। । अचानक अध्यारिन्दैछ उज्यालोहरू लेख्दैछु, हेर्दैछु। । कान टाड़ो पारेर सुन्दैछु बड़ो आनन्दित भइरहेछ मन ।।

Posted in कविता | Tagged | Leave a comment

कथा : कथा लेख्न गाह्रो छ

~पारिजात~ एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु–बर्ष७, पूर्णाँक २२ उत्साह को एउटा कथा पढ्न बाँकीछ –मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर कथा पढ्न थाल्छु । यसै पनि नाउँ चलेको लेखक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ईश्वर र फूलहरू-१

~रामगोपाल आशुतोष~ इश्वरद्वारा इश्वरहरूकै लागि इश्वरकै स्पर्षले फुल्छन् फूलहरू इश्वर कै इशारामा सुगन्ध फैलाउँछन् मनमोहक फूलहरू इश्वरकै देशमा । फूलहरू इश्वरको स्पर्षमा फक्रन्छन् फूलहरू

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : अविरल बग्दछ इन्द्रावती अविरल बग्दैन जीवन

~जयदेव भट्टर्राई~ ‘अविरल बग्दछ इन्द्रावती’ रमेश विकलले भनेजस्तै इन्द्रावती अविरल बगिरहेछ । इन्द्राबती जस्तै मान्छेको जीवन हुँदो रहेनछ । कतै न कतै पुगेर रोकिनुपर्ने, पूर्ण विराम लाउनै पर्ने, विश्राम लिनैपर्ने । रमेश विकल अविरल साहित्यमा लागेर ८१ वर्षको उमेरमा रोकिनु … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : एउटा बिग्रीएको घरपरिवारको इजलास!

~सुजन बुढाथोकी ‘कान्छा’~ सधै घर झगडा भैरहने परिवारको बिसयलाइ लिएर एकदिन नगरकार्यलयमा छलफल भयो । उपस्थित दुबै जना लोग्ने स्वास्निले आफुलाइ बढो पिडित बताइरहेका थिए । जहाँ ,लोग्ने आरोप लगाइरहेको थियो र यो बताइरहेको थियो कि

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आँगनमा

~तीर्थराज वन्त~ मेरो आँगनको डील सम्म क्रान्तिका लहरहरू आउँदै जाँदै गर्छन्, अनि मेरा साथीहरू इतिहासका पाना पल्टाउँदै भन्छन् – अब त पर्खाल तोडिन्छ होला

Posted in कविता | Tagged | Leave a comment

कविता : मेनेज आ थ्वाँ

~विप्लव प्रतीक~ आज ऊ फेरि आउनेछ तिम्रो घरमा बाहिर उसको पदचापले नै तिमीलाई थाहा हुनेछ ऊ आइपुगेको कुरा । तिम्रा ढुकढुकी बढ्नेछन् र, लाली छाउनेछ गालामा जूनको उज्यालो आँखामा आउनेछ शरीरलाई खहरेको चञ्चलताले बेर्नेछ पाइलाले हरिणको चाल पाउनेछ आँखीभौँ तिम्रा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : समध

~मुना चौधरी~ मुसनी गरिब परिवारकी छोरी थिइन्।  उनले भर्खरै १७ वर्षमा पाइला टेकेकी थिइन्। उनका  बाआमा गाउँको गिरहतको खेतमा मेलापात गरेर जीवन निर्वाह गरिरहेका थिए। गाउँलेले उनका बाआमालाई मुसनीको बिहे कहिले गर्ने भनेर सोधिसकेका थिए। बाआमा राम्रो घर र बेहुला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुन प्रिये

~भानुभक्त आचार्य~ बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस् ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस् तिम्रो त्यो मुख चन्द्र

Posted in कविता | Tagged | Leave a comment