Tag Archives: नारायण तिवारी – Narayan Tiwari

संस्मरण : अक्षरहरूसितको भेट

~नारायण तिवारी~ गोरखबहादुर सिंहका बारेमा लेख्न बसेको छु । स्मृतिमा चलचित्र भाँति विभिन्न सन्दर्भ, स्थान र घटनाहरू आउँछन् । गोरखबहादुर सिंहको हँसिलो प्रिय अनुहार आउँछ स्मृतिमा । साहित्य यात्रामा लागेका धेरै यात्रीहरू पत्रपत्रिकाहरूमा प्रकाशित रचनाहरूबाट, पुस्तकहरूबाट परिचित भइरहेकै हुन्छन् । … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

कथा : शत्रु

~नारायण तिवारी~ तासको खाल जमिरेहेको छ। हरियाको हात मालिकको खुट्टामा छ, पैतालामा छ। घरीघरी मालिकको पिठिउँमा हात पुऱ्याउँछ हरिया र आफ्नो हातलाई भरिसक्के नरम तुल्याउँदै मालिस गर्दछ। “एइ मोरा ! खालास् लात्ताले, अलिक बिस्तारो गर् !” मालिकको गर्जनलाई हेक्कामा राख्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भगवानको रूप

~नारायण तिवारी~ अनुज, नमुना, मुकेश र मनीषा स्कुलबाट बाहिरिंदै गर्दा एउटी जिङ्ग्रिङ्ङ कपाल भएकी फोहोरी बूढी आइमाईलाई हात पसारिरहेको देखे। स्कुलको गेटमा पाले दाइ हुनुहुन्थ्यो। उनी पाले दाइसित हात पसारिराखेकी थिइन्। पाले दाइले भने छिःछिः दुरदुर गर्दै ती आइमाईलाई हकार्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सार्वभौमसत्ताको कथा

~नारायण तिवारी~ त्यो दिन म नगरपालिका पुगेको थिएँ । जग्गा पास गराउन नगरपालिकाले मालपोतलाई लेखिदिनु पर्ने अरे– निजको यो जग्गामा घर छैन । घर नभएको खाली जग्गा बेच्नु पर्ने थियो र पनि नगरपालिकाले नलेखदिए नहुने अरे । मेरो घर भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आजकाल म कविता लेख्दिन

~नारायण तिवारी~ ठीकै भन्नुभयो तपाईंले आजकाल म कविता लेख्दिन । आजकाल यो जिन्दगी धेरै फाटेको छ र सिउन तल्लीन छु माता–पिताका कृुराहरू छाडिदिउ“ कर्तव्यपालनका कुराहरू छाडिदिउ“ असमर्थताको हुरीले

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीदकी पत्नी

~नारायण तिवारी~ शहीदकी पत्नी गहभरि आँसु बोकेर भन्छिन् – ख्वै तिमी त अन्धकार चिर्न गएको भन्थ्यौ तिमी त– अलविदा प्रिय † म फर्केर आउन्न होला तर त्यो बिहान तिम्रो आँगनमा आउनेछ तिमीलाई सुम्सुम्याउन, भन्थ्यौ ख्वै तिमी त हुरी बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : कसो खेर गइएन

~नारायण तिवारी~ ठूलो हुरी बोकेको थिए कसो शहीद भइएन ठीकै भएछ– कसो खेर गइएन …. । कहाँ भइरहेछ इमानको पूजा खोइ फेरिएको छ संस्कार । अहिले पनि उस्तै–उस्तै उत्पातहरू छन् उस्तै–उस्तै आघातहरू छन् मोटाउने मोटाएकै छन् कसलाई छ चासो

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : आगलागी

~नारायण तिवारी~ “आगो लाग्यो ! आगो लाग्यो !!” अचानक मेरो कानमा मानिसहरूले चिच्याएको, कराएको, हल्ला गरेको आवाज पर्‍यो । म र दिदी भर्खर स्कुलबाट आएर टुसुक्क मात्र के बसेका थियौं – टोलमा त आगो लागेको हल्लाले उत्पात मच्चाउन थालिहाल्यो । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : परदेशी

~नारायण तिवारी~ “एउटा पिउसो छ, त्यो टाइममा खाँदैन !” आमा भाइका निम्ति ज्यादै चनाखो रहने गर्नुहुन्छ – तर मेरा निम्ति …. ? हामी केटाकेटीका नाउँमा घरमा केवल दुईजना छौँ – भाइ र म । भाइ १० वर्षको छ र म … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : बाढी

~नारायण तिवारी~ घरको आँगन मेरो बाढी पसे पछि मज्जा लाग्यो मलाई हेर्छु बसी-बसी एकै छिनमा देखेँ घरमा पस्यो पानी बल्ल थाहा पाएँ यसले गर्ने हानि

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : मन पर्‍यो/मन परेन

~नारायण तिवारी~ तिमीले कोट-पाइन्ट लगाएको मन पर्यो राष्ट्रियता पोसाकमा नखोजेको मन पर्यो तर, बन्दुक बोकेको मन परेन बन्दुकको धङ्धङीले अझै गाँजेको मन परेन । तिमीले स-साना मानिसहरूको आँसु पुछ्छु भनेको

Posted in कविता | Tagged | Leave a comment

कविता : मधेस

~नारायण तिवारी~ मधेसले मलाई गाली गर्छ म भन्छु- जसले सधैँ अँगालोमा राख्यो उसलाई किन गाली जसले गर्छ तिमीलाई गाली उसलाई पो गर्नुपर्ने हो तिमीले गाली सायद मधेसलाई थाहा छैन उसलाई र मलाई एकैपटक सराप्ने

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : फुच्चे रोबोट

~नारायण तिवारी~ जाडोको महिना । सात बजेको छ । गर्मीको महिना हुँदो हो त सात बज्दा उज्यालै हुन्थ्यो । अहिले त सात बज्दा मध्यराति जस्तो । त्यसमाथि सुमन घरमा एक्लै छ । आमा मामा घर जानुभएको छ । बाबा अफिस … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : माया हाम्लाई बराबरी

~नारायण तिवारी~ म हुँ एक बालक पढ्ने मेरो काम पढी गुनी ठूलो भई राख्छु देशको नाम । दिनभरि स्कुल अनि एकछिन खेल्छु साँझमा पढ्न बस्छु बिहान राति आमाबाका माझमा कुनैबेला हजुरबाको बन्छु सानो साथी

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : गोडधुवा

~नारायण तिवारी~ घरबाट निस्किएको छु । मधेस आन्दोलनको मौसम छ । रिक्सा पाइने हो कि नपाइने हो, सोच्दै अघि बढिरहेको छु पैदल । त्यसो त म रिक्सा चढ्ने मान्छे कहाँ हो ? अहा ! कुनै भारी सामान वा धेरै सामान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : संकेत

~नारायण तिवारी~ मानिसहरू पुरिएका छन् र मेरो मुटु यसबेला कामिरहेको छ । मानिसहरूलाई गिद्ध र स्यालले लुछ्दैछन् म सुनिरहेको छु रेडियो खुल्ला छ- राहतका कार्यहरूमा कुनै कमी भएको छैन मदर टेरेसा आफ्ना दयाका हातहरू रित्तै लिएर फर्किन् !

Posted in कविता | Tagged | Leave a comment

कथा : हुण्डरी

~नारायण तिवारी~ तीस वर्ष भयो होला उसले यो माटोमा नटेकेको । जीवन हिँडिरहेको छ । यो समयको अन्तरलाई मेटाउन । उसको बाल्यकाल यसै माटोमा लडिबुडी गर्दै बित्यो । कति सजिलै बिर्सन सकेको होला आफ्नो माटो । जीवन स्मृतिमा डुब्छ र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम ठूटो

~नारायण तिवारी~ रामाधीन बाहिर आयो। केही छिनअघि मात्र ऊ भित्र बेडमा बसेको थियो। भित्र बच्चालाई काखमा लिएर बखरीवाली बसेकी छे। ‘रोइरहोस् त्यो, कति सुन्नु,’ ऊ फुसफुसायो। बाहिर बेन्चीमा बसेको छ रामाधीन। त्यसो त ऊ पनि कहाँ नरोएको हो र! भित्रभित्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थाहा

~नारायण तिवारी~   ‘‘भोलि म घर जाँदैछु– अति प्रिय विराटनगर…!’’ साथीभाइसित भनेँ । अफिसमा त बिदा मिलाइसकेको थिएँ । दुई वर्ष भइसकेको थियो विराटनगर नगएको – आफ्नो जन्म ठाउँसित टाढिएको । यो चौबीस महिनादेखिको ‘ग्याप’ ले मलाई चिमोटिरहेको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म जुत्ता हुँ

~नारायण तिवारी~ म जुत्ता हुँ कोही लगाउँछ म मर्दछु – कोही फेरि लगाउँछ · · खिइनु पनि मर्नु हो म खिइँदै मर्छु घिर्सार्छन् मलाई मेरो नाम नमेटिउञ्जेल पर्छार्छन् मलाई …

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : समर्पित

~नारायण तिवारी~  भ्रष्टाचारको माखे साङ्लोलाई तोड्न नसकेर एवं उनीहरूसितै कुममा कुम मिलाउन नसकेर , हारेर मैले नोकरी छाडिदिएँ ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दसैं

~नारायण तिवारी~ “आमा–आमा ! पल्ला घरको रेडियोले भनेको दसैं आयो रे !” सुन्तलीले नसुनेझैं गरी । आफ्नै घरभित्रको युद्धमा सम्लग्न भएको आफ्नो लोग्नेलाई सम्भिंmदै अनुहार मलिन पारी । उसको सानोे छोरो फेरि बोल्यो– “आमा– आमा ! रेडियोले भनेको दसैं आयो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बा

~नारायण तिवारी~ बा, एक दिन होइन दुई दिन होइन तीन दिन होइन सधैंभरि घरी– घरी

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अराष्ट्रिय

~नारायण तिवारी~ ‘‘बुभ्mनुभयो जो अमेरिका जान्छन् नि, आफ्नो देशलाई बिर्सिएर सबै अराष्ट्रिय हुन् बुभ्mनुभयो…..!’’         ‘‘तर मलाई त त्यस्तो लाग्दैन….!’’         ‘‘लौ किन नलाग्नु नि ! पढ्नुभा’छैन– जिउँदै म¥यो त्यो जसले बिर्सियो देशको माटो…।’’

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भिखारी

~नारायण तिवारी~ मलाई इच्छा नहुँदा – नहुँदै पनि श्रीमतीले तानेर लगी । साँच्चै मलाई मन्दिर र भगवान कुनैप्रति पनि लगाव थिएन । मेरी श्रीमती भने धर्मप्रति सारै अनुरक्त थिई । घर परिवारको अभाव, दुःख, शोक, सन्ताप, रोगव्याध सबै भगवानले हरण … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : हालखबर

~नारायण तिवारी~ कालीबाबू गाउँमा आउनुभयो । — कालीबाबू आउनुभयो ! …— कालीबाबू आउनुभयो !

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मैले डिभी भरिन

~नारायण तिवारी~ जसले जति उचाले पनि मैले मन गरिन यसपल्ट पनि मैले डि.भि. भरिन ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सुखद मृत्‍यु

~नारायण तिवारी~ – मृत्यु सुखद पनि हुन सक्छ ! – कस्तो     विचित्र कुरा…!        मदनको घरकलहलाई मैले नजिकबाट महसुस गरेको हँु । उसकी स्वास्नीका फाटेका वस्त्र…! केटाकेटीको रुग्ण

Posted in लघुकथा | Tagged | Leave a comment

बाल-कबिता : हाम्री छोरी

~नारायण तिवारी~ छोरी हाम्री सा¥है राम्री मानूँ एउटा फूल हो तिमी रोए सृष्टि रुन्छ भन्दै यो त भूल भो आकाशको परी हौ कि घरकी हाम्री छोरी

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : विपरीत

~नारायण तिवारी~ मैले उसको पसलमा प्रवेश गर्दा उसले मुन्टो उठाएर हेर्दा पनि हेरेन । उसका आँखाले मलाई देखिसकेको थियो । किनभने मेरा आँखा निमेषभर उसका आँखासित जुधेका थिए । मैले साबिकझैँ मुस्कान फालेँ । उसले नचाहेर ओठ खुकुलो पा¥यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार ससुराको फैसला हजुरबाको

~नारायण तिवारी~ हाम्रो समाजमा बिहेको माग राख्ने चलन नभए पनि मागी बिहेमा केही न केही पाइहालिन्थ्यो । केही नभए पनि एकसरो लुगाफाटो र सुत्नलाई एउटा खाट र डसना सिरक कतै नजा ! तर मैले मागी कोइन ‘भागी’ बिहा गरेको थिएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक जुगमा एकदिन

~नारायण तिवारी~ जिन्दगीमा पहिलोपल्ट उसलाई आफ्नो शिर ठाडो भएर उठेको महसुस भएको छ । जतिपटक ब्यारेकअगाडिबाट बाटो काट्थ्यो, त्यतिपटक उसको शिर निहुरन्िथ्यो । ‘श्री ५ महाराजाधिराज सरकारको जय जय जय, श्री ५ बडामहारानी सरकारको जय जय जय ‘ जतिपटक ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment