Tag Archives: लक्ष्मीप्रसाद देवकोटा – Laxmi Prasad Devkota

कविता : उद्बोधन

~लक्ष्मी प्रसाद देवकोटा~ क. हामी खिचडीनिम्ति बिकेका हामी आजका नेपाली, सामन्तका सब ढुकुटी ढुकेका, नूर झुकेका साहित्य–कलाका कोर्काली । ख. टेबिल ताक्छौ जिभ्रो चाटी, युग ढाँटी, पापीहरुसँग नीति सिकेका, परिपाटी, चाकरीबिनु जीवन जिएझैं हुन्न नि साथी !

Posted in कविता | Tagged | Leave a comment

कविता : अहिलेको क्षण

~लक्ष्मी प्रसाद देवकोटा~ क. अहिले, अहिले, यही, यही क्षण ढुकढुक हो परिवर्तनको मधुर ज्वलनको जीवन–नामा स्पन्दनको मुटुका कदमको टुकटुक हो ख. तातो रगतको, जिउँदो रगतको, चल्दो रगतको भकभक हो विश्वको नाडी व्यक्तिको जीवनभित्र घुसेको भित्र चलेको टिकटिक हो

Posted in कविता | Tagged | Leave a comment

कविता : ज्वरशम् प्रकृति

~लक्ष्मी प्रसाद देवकोटा~ भाग १ क. ज्येठको आज मध्याह्न बेला सुस्ताउँछ पवन— थाकेको श्रमझैं, लिनलाई दमझैं, छहारीमुनि बटुवासरि, स्थगित–भ्रमण दुइचार काक हानिए पूर्व शीतलको खोजमा निधारमा लिई संसारको जरो, छु आफ्नो गुँडको झ्यालको चरो, म पनि मनको हपहप मर्ने कुञ्जको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उघ्रेर बिग्रेको बिहान

~लक्ष्मी प्रसाद देवकोटा~ रोई रात, किटेर दन्त, पगली, झाँक्रो फिँजारी, झरी, आत्मा तुल्य स्वदेशकी, दुःख परी, क्रन्दी, पुकारा गरी, धच्की द्धार समस्त न्यायमुखरी घुँक्की, हुरी भै उडी आयो क्रान्तिपछाडि शान्तिसरिको यौटा बिहानी घडी !

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको कोपि प्रति

~लक्ष्मी प्रसाद देवकोटा~ क. अनलशिखाझैं कलिली सुन्दर ! मधु–ज्वाला ! यो दृगपथमा पक्राउ बसे सरि, भन तिमी को ? ए ! बाला ! ख. मधुर रहस्यको मुसमुस ग्रन्थि, रेशमी–तहले बाँधी, वाणी तिरस्कारिणी ! बोल्छयौ सुगन्धका के शव्द–कणीहरु सम्मोहनले साधी ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मानिस विराट

~लक्ष्मी प्रसाद देवकोटा~ क. सहस्रशीर्ष, सहस्रपाद ! झल्किरहेछ एक विराट् ! ख. अल्प सहस्र संवत्सरले केवल, जिनतिन, अल्पोच्चोरित, उसका इङ्गित हामी सारा नेपाली हुँ ! हाम्रो देश छ हाल, एक अनाविष्कृत केवल, एक अनुच्चारित, कल्पनु परको, लोक कमाल ! अदृष्ट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : युग बालक

~लक्ष्मी प्रसाद देवकोटा~ पिन्चे, लुत्याहा, परेवा–छाती छाडा, पुट्ट, सिँगाने, भुस्याहा साथी, काँढा ! घ्यारघ्यार बिरालोको घाँटी, जाँडा । यही न हाम्रो भविष्य सुई हो ! टाढा !

Posted in कविता | Tagged | Leave a comment

कविता : अहो ! मलाई ताजूब लाग्छ

~लक्ष्मी प्रसाद देवकोटा~ क. थलथल माछो नृसिंह जाग्छ ! वानस्पत अणु मङ्गल माग्छ ! बानर एउटा चन्द्रमा ताक्छ ! अहो ! मलाई ताजूब लाग्छ ! ख. मृतकणी औ किरणको शादी, थियो अगाडि ! एक प्यारको स्पन्दन जाग्छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : दार्जिलिंगको बाघचुलिमा

~लक्ष्मी प्रसाद देवकोटा~ क. कञ्चनजङ्घा लेक भरिभर ब्राह्ममुहूर्तमा मिरमिर, मिरमिर, आँग जोरी भेडा उँग्छन् दलका दल, पाठा, माउ सब, बादलका, निश्छल ! भेडीगोठमा उँचाइका, बाफ–पस्विना, परिणत, जल मेषभूत, विभूति रङ्गका बादल ! निशिभर हावाघरका सुतेका बिउँझिन लागे पलपल !

Posted in कविता | Tagged | Leave a comment

कविता : मालकिंदी

~लक्ष्मी प्रसाद देवकोटा~ क. समय बराबर प्यारले फर्की, उल्टो छाल हान्छ कमाल ! किनकि अगाडि क्यै झल्केथ्यो, बेहोश वेगमा, स्वर्गको माल ! ख. सम्झनाले गिज्याइहिछ बोक्रालाई, निद्रालाई तन्द्रालाई, ऊँगलाई आत्माको !

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : साँढे

~लक्ष्मी प्रसाद देवकोटा~ मेरो नाम छ साँढे ! वैज्ञानिक पटु शक्तितन्त्रले मन्त्र गरीकन छाडे ! पशुबल पाँडे ! क्षेत्र क्या फाँडे ! पन्ना पृथिवी उजाडेँ ! “हा ! हा !” गर्दछ तर्सी दुनियाँ, डुक्री, हाँकी–हपारेँ ! मेरो नाम छ साँढे … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : पानी

~लक्ष्मी प्रसाद देवकोटा~ क. पानीजस्तो के छ जगत्मा ? पानी ! रानी, सब रसकी ! ख. आम्लजन औ जलजनकी यी कस्ती मधुर मिलन ! कस्ती तरल मिलन ! दुई प्रेमीले संसार बसाए यस जलमा ! दुई बिलाई एक बनेथ्यो तत्व … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सालपते फट्याङ्ग्रोलाई

~लक्ष्मी प्रसाद देवकोटा~ क. चिल्लो ताजा हरियो सुन्दर सालको नकली पात ! दुरुस्त रेखा, धर्सा, शिरा छन् ! विशालताका साल विपिनको तरु शाखाको ए सुन्दर पतङ्ग ! अभिनवजात ! ख. रुपकी माउ, इच्छाशक्ति, जादूगर्नी खासा !

Posted in कविता | Tagged | Leave a comment

कविता : झञ्झ प्रति

~लक्ष्मी प्रसाद देवकोटा~ क. आ ! फिंजारी घनका भाँक्रा, सगर–सागर गाँसी ! उग्ररुपिणी ! प्रलयसदनि ! वर्षकी वेदनाराशि ! नाश् रे शेष शिशिर, भंडारी ! शोध् रे पृथिवी–वासी ! ख. सत्ययुगको निद्रा तेरो ! कलिको प्रबोधन–वेला ! विकल–प्राण–पवन–संगमा अश्रुकी जलधिवेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जित्नु छ साथी जिल्लाउनु छ साथी

~लक्ष्मी प्रसाद देवकोटा~ क. भूतकालका भूलहरु छन् ! शूलहरु छन् ! क्षेत्र खराब छ ! कष्टहरुको घुइँचो छ ! स्थितिमा थिचो र मिचो छ ! छाती ठोक ! तर, दम रोक ! ‘जित्नु छ’ यत्ति घोक ! तिम्रा मुखमा बादल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम पत्र

~लक्ष्मी प्रसाद देवकोटा~ क. तारीफका कति कुसुम फुलेथे, यात्राको उपवनमा । अरुले आँखा रमाए ! तिमी कुसुमका रुपसँगैमा, काँढा पनि भै मीठो मनमा ! पूरा दिलले अपनाएँ । अरुले पाए अरुझैँ तिमीकन, मैले अलौकिक देखेर आफू भनीकन अपनाएँ । ख. … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बादलको स्वागत

~लक्ष्मी प्रसाद देवकोटा~ ओहो पङ्खे मोती–पोल्टी सागर–चेली चाँदी छाल ! वाष्पिल सिंहमा वायुपङ्खी, हिउँचुलीमा छहरी याल ! भूतल शीतल पारी सियाली, कलिली निलाई पर्वत ढाल, बुरबुर डाली कुइरो चीनी, सल्ला सियामा मर्मर जाल, कृषियुगका सब आदिम गाना गर्छन् छहरी मोती … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दुई प्रवृति

~लक्ष्मी प्रसाद देवकोटा~ छिः छिः जन्तु ! घीनलाग्दो तँ ! मैलो, रोगाहा, मगन्ता ! चिथ्रो कन्था ! भुस्याहा ! शण्ठ ! सिँगान कटकट, छाला चटचट धूलो लटपट ! नाली रट् ! किंकड ! शठ ! जा !

Posted in कविता | Tagged | Leave a comment

कविता : सावन

~लक्ष्मी प्रसाद देवकोटा~ क. आज सावन पावन दिवस, धूमिल, शीतल प्रातः कलिला, नीला, सलिल–ललित अचल, सगर–स्नात चुलीकी मोहनी, शोभा सचेत, तानेर जलको जाली एकान्त स्वर्गमा मुस्किरहिछन्, नरम–शरम–निठुर मोहिनी, बढाउँदी तृष्णालाई, टाली तिमिरबाट किरणी–कदम अनिल लहर भरी भावुक हृदय घण्टध्वनिमा पछयाउँछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सार्की

~लक्ष्मी प्रसाद देवकोटा~ कनिका–टीप, सडल चम्र्ममा राख्छन् सीप, थामन प्राण, विष्णुमतीमुनि अनगिन जल गो करवीर चिताले पुस्तौँ दाबी समाज, व्यक्ति कुन हो पापी ? मलको थुप्रो सडक किनार ज्ञानी गुनीको चल्दछ धार दृगमा दिल खै ? मानवता गीत हजार !

Posted in कविता | Tagged | Leave a comment

कविता : रात कि आत्मा प्रती

~लक्ष्मी प्रसाद देवकोटा~ क. रातकी आतमा झकीझकाउ, आऊ ! स्वर्गकी रानी ! स्वपना–खानी ! मन्त्रमुग्ध छन् प्राणी ! प्रकृतिलाई नश–नश छोई सपनाऊ ख. श्रमको अभिशाप परेको पृथ्वी हिप्नोसिसले सपनिन्छिन् !

Posted in कविता | Tagged | Leave a comment

कविता : शुक्रबार एघार बजे राती

~लक्ष्मी प्रसाद देवकोटा~ क. आज शुक्रबारको भो एघार बजे राती धन्य ! मुक्रि जाती ! सानो यो निर्वाण मेरो, एक घडीको साथी ! सकल प्राणी सुत्दछन्, दिन छ मेरो जाती । ख. हृदय पुग्छ आर्को जगत्, नित्यको, विलास झ्याल खोलूँ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : ईश्वर तैंले रचेर फेरि

~महाकवि लक्ष्मी प्रसाद देवकोटा~ ईश्वर तैंले रचेर फेरि कसरि बिगारिस? सृष्टिको फूल रचेर त्यस्तो कसरि लतारिस? त्यो फूल हरे मलाई दिई कसरि पछारिस? हे दिदि! मैले ती मुना देख्दा मुनाको मुहार ती मुना पनि मर्दछिन भन्ने थिएन विचार मुना! छातीको … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सागर भरी छाती चिरी

~महाकवि लक्ष्मी प्रसाद देवकोटा~ सागर भरी छाती चिरी पहाडबाट आएँ तिन तारे सारंगी लिई क्षण भर गीत गाएँ २ लहरसंग मितेरी लाइ मैले छंद पाएँ कानबात हृदयमा आज गुँड लाएँ २ अघिको म तुना गाउँछु आजको म बाला

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : परुष वचनले छाती फाटयो

~लक्ष्मी प्रसाद देवकोटा~ दप्किरहेछन् शीतका दाना ! कविले गरीकन गिल्ली गाना ! झूसे, पोहाला, छुच्चो भन्छन्, दाँजी कुसुमसँग विषसरि गन्छन्, हुँला असुन्दर, पीरो तातो ! रोप्दछ कसले ? हेर्दछ कसले ? अछूत जातको नित अपयशले निन्दित, वर्जित, त्यक्त कुनामा फस्टिरहेछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : खान्छु हीरा मर्न देऊ

~लक्ष्मी प्रसाद देवकोटा~ दिल कचौरा यो उचालौं खान्छु हीरा मर्न देऊ रित्तो कर को यो भिखारी बर्छ आँशु झर्न देऊ । एक निलमको छ ढोका जो कुवेरको द्वारमा हीरा ढुकुटीबाट एउटा दाना केवल झर्न देऊ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : पाप को गुनासो

~लक्ष्मी प्रसाद देवकोटा~ क. ‘पाप’ हो है नाम मेरो ! पुरुष बाबा, प्रकेति आमा ! देश नरनारीको घेरो ! मासु मन्दिर, बास खास ! मज्जा खोपी ! मन, चमन ! पन्छी, पशुको छुन्न जङ्गल ! मानवता सिमाना मेरो ! त्यसको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ताराहरूसँग

~लक्ष्मीप्रसाद देवकोटा~ नरले पार्यो नर, कस्तो बरबर बा ! कस्तो बरबर ! गोल आँशू ढिका सरी, डोल, जली, पर ! हम्रो यही घर बा, हाम्रो आँशू घर ! बेहोशमा सुन्छ मानिस, आज दिनभर ! बिग्रिएका सपना छन्, हेर ! नभचर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कुहु-कुहु

~लक्ष्मीप्रसाद देवकोटा~ को हँ ? को हँ वनमा कुन को हो गर्छ क्या कुहुकुहू सुन ओहो ! हैन हैन म त हैन म हैन को हँ को हँ तर को चिनिँदैन । फूलमा छ कि ? कि छाँग हरामा ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिनको घँसिया गीत

~लक्ष्मीप्रसाद देवकोटा~ १. मखमल कोमल घाँस फुलेका गिरिको रसिलो सुन्दर काख पातहरूको हरियो छतमा चिरबिर छिरबिर चिडिया लाख । निर्मल गाढा नीर गगनका

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : गाउँ दिने कथा

~लक्ष्मीप्रसाद देवकोटा~ हौदा चढ्यो घोडामाथि हौदामाथि हात्ती चञ्चलेको राजालाई यस्तो भयो पात्ती ।

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : पैसा

~लक्ष्मीप्रसाद देवकोटा~ पैसा छ क्या चमकदार र मोलवाला आँखा हुने जगतका यसमै उज्याला । क्या गोलगोल अनमोल छ चट्ट बान्की

Posted in कविता | Tagged | Leave a comment