Tag Archives: लक्ष्मीप्रसाद देवकोटा – Laxmi Prasad Devkota

कविता : कुखुरो

~लक्ष्मी प्रसाद देवकोटा~ रातले रोइरहिथिन् लाखन जलदाना, मैले कनिका जस्ता मानी टिपी निलेँ ती नाना ! पुछेँ गगनको छाती— बालेँ दीप प्रभाती ! तारानलको अन्तर ज्वलनले म भएँ रातो—

Posted in कविता | Tagged | Leave a comment

कविता : एक सुन्दरी बेश्या

~लक्ष्मी प्रसाद देवकोटा~ छ प्राप्तिको सुरा शरद् ! सुखोत्सवी छ मानव ! फली, फुकी, धनी धरा सुनौलिएर मुस्किइन् ! सुधा–उरीज सप्किंदी ! स्वभावमस्त ! मुस्कुरी ! ए सुन्दरी ? रसा सरी रुमाल फर्फराउँछयौ ? रसाल भार रेशमी विचित्र चित्र रेखिए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक बिहान

~लक्ष्मी प्रसाद देवकोटा~ क. उषा चढिन् रे सल्लो ! स्वर्ग भयो आकाश उपल्लो ! त्यसको मछाया, ताल धरामा, तल्लो ! सुन्दरताले झस्केको, वायुमण्डल हाल्यो ! प्रतिस्पर्शले क्या बादल बल्लीे , फुल्दै झल्क्यो ! फुल्दै झल्क्यो ! ख. पन्छी–गाना उडाइन् तिनले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चराको भजन

~लक्ष्मी प्रसाद देवकोटा~ क. पङ्खमा फ्यार फ्यार, यात्रामा ग्वारग्वार बिहानी आकाशमा बिउँझी चलेका पन्छी हामी हरहर बतासमा ! चुँचुँको स्पन्दन, चींचींको क्रन्दन हर्ष र अतासमा यो वायुमण्डल गिरीको अर्को चढ्दछौं विश्वासमा उज्यालो लेकको सुनौला मन्दिर भज्दछौ उच्छ्वासमा, उक्लन्छौं कहिले, लच्कन्छौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आरोही

~लक्ष्मी प्रसाद देवकोटा~ क. चढ्, चढ् सेर्पा ! पर्वत बने चढ्नका नै चुनौति ! बढ् बढ् पठ्टा ! युवकहरुको हाँक माग्दो छ धर्ती ! पूरा मान्छे कसरि हुनु हो ? टाकाुरा यो नहाँके ! मानीसैमा प्रगति दिनको उच्चता बोलि डाके … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भूतलाई झटारो

~लक्ष्मी प्रसाद देवकोटा~ प्रकृतिले जब व्यङ्ग्य रेखिन् चेहरा तिनका बने नेपालीको भान लेखिन् बान् भो हाम्रो भने । सब गधाले खुशले ऐंके भ्यागुताले गाए कें कें भो भुजङ्गजाति प्रसन्न मातृभूका पुष्प रोए धन्य तिनको जन्म धन्य (हुन त केवल शुक्र-कीरा!)

Posted in कविता | Tagged | Leave a comment

कविता : गैंडोपासना

~लक्ष्मी प्रसाद देवकोटा~ क. प्रभु गैँडा ! प्रभु गैँडा ! देऊ घिउ, चिनी, मैदा ! तातो हलुवा गर पैदा ! कर्कलोले पेट दुख्यो अति ! खल्लो भयो अब कैँडा ! अभावदेखिन् विरक्त भएका भक्तहरुको आवाज सुन ! दुःख सागरमा सुख–वन्दरगाह … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिहानको आकाशलाई

~लक्ष्मी प्रसाद देवकोटा~ क. आकाश ! तँ लुकी पालिरहेछस् आफू खाने केवल अँध्यारो ! ए चोरीको ए रे अँध्यारो ! बिक्रीको, हुँडारहरुको उल्लूकहरुको षड्यन्त्रीको दुःस्वपनीको, निशाचरको, निर्भीकताको साम्राज्य ! ठुक्री, टुक्री, टुक्री जा फुस्री, धुस्री, बिलाई जा जा खण्डहरको बाटो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्षा

~लक्ष्मी प्रसाद देवकोटा~ आइन् वर्षा हररर चढी वायुपङ्खी विमान, पाङ्ग्रा घर्षी शिखर गरजी थर्कियो आसमान । झिल्के झिल्का, अचल मुख भो त्रासले नील गाढा, चूली नाघिन् प्रकृति कलिलिन्, देखिंदै दूर टाढा । बाफैको हो रथ त हलुका, शानले त्यो विशाल

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा

~लक्ष्मी प्रसाद देवकोटा~ निशिको बेला, चल्छु अकेला, मिरमिर सडककिनार । अरण्य सदृश यो जगतीतलको फोटो खिच्छ गगनले जलको, जनमन–आँशु हजाराँ ! पवन, रुदित शिशु, शिथिल निदाउँछ, घोप्टी द्रुमको सहारा ! थोपा चुहाउँछ कहिलेकाहीँ, मूर्छित स्मृतिको किनारा ! बुद्ध चलेथे यी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फागुन फुल्छ संसारसारा

~लक्ष्मी प्रसाद देवकोटा~ क. फागुन फुल्छ संसार सारा अत्तर छिटी ऐशको । रङ्गमहल यो कसको होला ? परी–रानी बैंशको । ख. रुपको शरम लाल लाल हुन्छ फुस्केको छाती सँभाल्न । चुलबुल गुलाफ–कोपिलाले सकिन सप्को बसाल्न । ग. लुक्ने कोशिश मोहिनीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किन मुस्कान

~लक्ष्मी प्रसाद देवकोटा~ क. किन ? वयसी ! भन यस जनपथमा, चोछर्यौ, चिनेझैं, मृदु मुसकान ? ख. पल्लव अधर सरस लम्याउँछ, कुन स्वपनाको मधुर उडान ? दिनको मुटु पनि डुब्दछ जलमा, प्यार गरेझैं हिम–चूलीसँग, सुम्पी, जलेको प्राण ! मेरो पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माघको खुलेको बिहानको जप

~लक्ष्मी प्रसाद देवकोटा~ क. क्या खुल्यो बिहान आज ! नीलिमाले फाली सकल घुम्टो जाली ! ख. वाल्मीकिको हृदयतुल्य व्योम निर्मलायो ! अभिराम क्या यो ! रात प्रातः आयो ! क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो ! दिविमा जन्म ली दयाले ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : सङ्कल्प हाम्रो फलोस्

~लक्ष्मी प्रसाद देवकोटा~ संसारै घुमियो भएर विषयी मीठो विषै पो पिएँ, लेख्थें धेर वितर्क तर्क मनमा उल्टो भई पो जिएँ, आयो धेर तनै प्रलय भो आगो जल्यो लौ जलोस्,

Posted in कविता | Tagged | Leave a comment

कविता : सघन तमिस्रा प्रति

~लक्ष्मी प्रसाद देवकोटा~ क. ए आलोक–विलोपिनी ! घन–कजली निशि ! लाश दिवसकी निस्पद ! रुप, रागका वैभव बहुविध अस्ताचलमा सल्काई, ध्वान्तजटा बाक्ला बिखरी, विश्वभस्मालेपा ? बाँध्यौ अचल समाधि, निस्तब्ध, विलीन हिमाली डाँडामा ? महामृत्युकी छाया सरि ए ! विशाल शून्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : इन्द्रेणी

~लक्ष्मी प्रसाद देवकोटा~ क. पग्ले सृजन–घन, हे साउन रङ्ग–धनी लच्की ललित रे चुली चुली गाँसी, कलाकी इन्द्रेणी ! ख. वाष्पद्रवमा किरण–बुना यो धनुष नवीन ! हान्दछ, कुसुमशर दृग–दिलमा ! झन्कार्दछ क्या भाव नवीन !

Posted in कविता | Tagged | Leave a comment

कविता : राजा, केवल एक कलम देऊ !

~लक्ष्मी प्रसाद देवकोटा~ राजा, केवल एक कलम देऊ ! सावनमा ! क¥याङकुरुङको प्वाँखको डन्डी, हिमाली बादल छोएको, मानसरोवर सलिल उछाली, धोएको ! निर्जन–बासा, एकलासी, प्रेमको बिन्दु रोएको, जीवनमा ! राजा, केवल एक कलम देऊ !

Posted in कविता | Tagged | Leave a comment

कविता : भूत स्वर

~लक्ष्मी प्रसाद देवकोटा~ क. थिए सिकन्दरका जुँघा क्या बाघका ! करमा कस्तो करवाल ! मुठी कस्ता ! लाख, लाखका ! ख. झोक्रिरहन्थ्यो, झोक्रिरहन्थ्यो, लहडी एक ! भाग्यो केही ?

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘वनकुसुम’ महाकाव्यमा प्रकृति प्रयोग

~प्रा.गोपीकृष्ण शर्मा~ महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) प्रकृतिका कवि हुन् । यिनका प्रायः कविता-काव्यहरूमा प्रकृतिको महिमा गाइएको छ । सुन्दरीजल, सन्ध्या, झञ्झाप्रति, रानीवनमा, ज्वरशमना प्रकृति आदि कविताहरू प्रकृतिकै महत्व दर्शाउने गरी प्रस्तुत भएका छन् । कुञ्जिनी, म्हेन्दु, लूनी आदि खण्डकाव्य र … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : रानी बन

~लक्ष्मी प्रसाद देवकोटा~ क. यिन गिरिमा, हो सभ्यताका नीला, गाढा, प्रकृत गढमा, फरफर पताका, शाखा ! बल्लीहरुको दरबाजामा, फूल छन् पहरा लाखाँ ! ख. शीतलताको दरवार बनाई वन–रानी, वायु–पङ्खी अख–परीसँग,

Posted in कविता | Tagged | Leave a comment

कविता : धोबिनीले पगली बोली

~लक्ष्मी प्रसाद देवकोटा~ क. ओखरको त्यो हाँगामाथि कुखुराहरुले कनिका चोर्दा, ब्रह्मवेला झुकी सोहोर्दा, दोसाँध हुँदामा दिनको जाति, मारी एक चरीले गोली, मीठो, तीखो, भनूँ के ? साथी ! मीठो, तीखो, भनूँ के ? साथी ! धोबिनीले पगली बोली ! ख. … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मातृभूमिको माटो रुन्छ !

~लक्ष्मी प्रसाद देवकोटा~ कसले सुन्छ ? कसले सुन्छ ? मातृभूमिको माटो रुन्छ ! तुहिनाचलले आफ्नो छाती, च्याती, च्याती, उर्वर साधन पारे छरवर ! स्वर्गका नव किरणहरुका फेर समाती, मन्त्रै साधी समाधि बाँधी— वर्षा, वज्र, विजुलीहरुका मन्त्रोच्चारणहरुले बाँधी, नटिनीहरुकन बोक्न लगाए, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रलय वेदना

~लक्ष्मी प्रसाद देवकोटा~ यस दुनियाँमा सुखदुःख दुईको गहिराइमा डुबियो खरुब, दुःख भो अतिशय सुख भो अतिशय प्रभुले पु¥यायो मनसुव । विषको महको चाखी मिठास जगमा बसियो अन्धसरी, तर प्रभुको क्यै चेत खुलेन अब दुःखीको लौ मसरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एशिया

~लक्ष्मी प्रसाद देवकोटा~ अमृत कलकल वाणी ! ज्वालामुखको तिम्रो माला, द्धीपपुञ्जको भूषण । “आमा” भन्दछ आधा मानव, लाख विहङ्गम वाणी ! अगणित तिम्रा राष्ट्र–अङ्गमा जागृतिको छ तरङ्ग, रङ्ग छ एक बिहानी ! जाग जाग हे ! शिखर लाग हे ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~लक्ष्मी प्रसाद देवकोटा~ स्वर्ग र भूको सूक्ष्म हुँ स्पन्दन– दाना तिलको, यति छु मसिनो ! सक्छ को सम्झन ? दिल झिल्को ? अलग सचेतन सागर चेतन कण जलको ! जति जति गिर्दछु उति उति उठ्दछु !

Posted in कविता | Tagged | Leave a comment

कविता : नीलकण्ठको आवाज

~लक्ष्मी प्रसाद देवकोटा~ क. छीः छीः दूरदूर गरिएको हुँ ! सबले आँखा तरिएको हुँ ! आदिम मनुको बदमाशीले तर पृथिवीमा बरिएको हुँ ! दिव्य शल्यको दैनिक साधनमा स्रष्टाले दरिएको हुँ ! ख. बेकार सराप्छौ तिमी मलाई सुन रे मेरा शठ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आर्यघाट तिर

~लक्ष्मी प्रसाद देवकोटा~ क. प्राची सुत अति प्रतिभ प्रतापी दिव्य दिवसको अब अवसान ! आलोक प्रवच्चित आशामुख छन् सविषाद गवाही गाढा ! किरण दृष्ण ती तुहिन महीधर मौन खडा छन् मुख म्लान ! रुदित वाग्मती–जल छटपटले विलपी बग्दछ टाढा ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीपेच

~लक्ष्मी प्रसाद देवकोटा~ क. यो राजा, जसमा हामी खण्ड, खण्ड सब जोहिई बन्छौं एक, हामी अनगिन जराहरुको एउटा बोटको पुष्प उदेक, जसका छत्र विशाल बनाउन हामी बन्यौं डाँडी, डाँडी, खाल्डा, डाँडा, लेक ! यो हाम्रो हो सगरमाथा, आदि ज्योतिका वाचाल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक तिमी

~लक्ष्मी प्रसाद देवकोटा~ क. ‘हुन्न’ भन्नु तिमीले केवल आफूलाई नचिन्नु हो आफूलाई नगन्नु हो ! स्रष्टाका ए प्रतीक अदर्पण परिस्थितिको स्रष्टालाई, धुस्नाहरुमा चट्ट सुताई, कैद गरीकन थुन्नु हो ! ख. किन हुन्न ? किन हुन्न ? यस माटोमा अङ्गुर स्याउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : दशैं ताका

~लक्ष्मी प्रसाद देवकोटा~ त्यो बोकोले खाइरहेछ खास घाँस ! हामीहरुको आर्कै यहाँ छ अनाज, काँढा, काँढा !

Posted in कविता | Tagged | Leave a comment

कविता : पुतली

~लक्ष्मी प्रसाद देवकोटा~ म रङ्गीचङ्गी छु वसन्त छोरी । म जन्मिएँ कोकिलले कर्राई ।। झुसिल्किराको सपना सिँगारी । दिए पखेटा प्रभुले मलाई ।।१।। म हूँ पहीली बुझ पङ्खदार । वसन्तको फूल लिँदी सिँगार ।। कता कताको सुकुमार सार । फुलेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : संध्या

~लक्ष्मी प्रसाद देवकोटा~ ललितपुरको हाइ–कलाको शिल्प–कोविदले छिनो मन्त्रियो कस्तो कमाल ! सन्तुलित कोमल चिनाले, बुट्टा कस्ता बान्कियो लौ ! वाष्प–मरमर माथि लाल ! वसन्त–महलमा आदिकालीन पश्चिमा भो आँखीझ्याल ! चन्द्रागिरि माथि विशाल ! जलपियो क्या ! सुनले त्यल्ले झल्ल पारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment