Tag Archives: Kamal Prakash Paudel

गजल : खेती गर्न थालेको छु

~कमल प्रकाश पौडेल ~ सिर्जनाको बारीभित्र, खेती गर्न थालेको छु यहींबाट केही मिल्ने, सानो इच्छा पालेको छु ।। मनलाई फराकिलो, गराउँँछु भन्दै–भन्दै मस्तिष्कको शब्दज्ञान, थोरै–थोरै गालेको छु ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : कसैलाई काँडा लाग्छ

~कमल प्रकाश पौडेल ~ संसार एउटै हुन्छ सानु, कसैलाई काँडा लाग्छ | कसैलाई नैतिकता त, कसैलाई छाडा लाग्छ || समथर सतहमा, चरित्र छन् अनेकथरी | मनभित्र पस्ने सिंढी, उकाला र ठाडा लाग्छ ||

Posted in गजल | Tagged | Leave a comment

गजल : सास धानेको छु सानी

~कमल प्रकाश पौडेल ~ तिमीलाई देखेर नै, सास धानेको छु सानी तिम्रो साथ छ र पो त, बाँच्न जानेको छु सानी ।। नपाइने हैनन् काली, सँगै जिउँछु मर्छु’ भन्ने तिमीसँगै यात्रा गर्नु, युक्त ठानेको छु सानी ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : उल्टोपाल्टो सोच्यौ आँसुु

~कमल प्रकाश पौडेल ~ तिम्रै लागि भनेपनि, उल्टोपाल्टो सोच्यौ आँसुु त्यै वाणीको प्रत्युत्तरमा, तिखो वाणले घोच्यौ आँसु ।। मैले लुट्नु के नै थ्यो र, मीठो बोल्न धक मान्यौ सङ्कुचित छैनौ ठाने, तर जेलमा कोच्यौ आँसु ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : सम्झिनु नै कस्लाई छ र ?

~कमल प्रकाश पौडेल ~ तिमीलाई विर्सिएर, सम्झिनु नै कस्लाई छ र ? सारा जीवन जवानी, आजन्म नि तिम्रै भर ।। सुनैसुनको महल् बन्छ, तिम्रो मनमा बस्दाखेरि झुपडी नै किन नहोस्, छाउने होस् न सुकेको खर ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : अन्नदाना फलेकै राम्रो

~कमल प्रकाश पौडेल ~ गरीवको खेतबारीमा, अन्नदाना फलेकै राम्रो तिमी मण्डलेलाई बेच्न, बेसारमा पिठो मलेकै राम्रो ।। जनतामारा सरकार आउँछ, फेरि तिमी गएपनि त्यसैले त हाम्रो निम्ति, जनादेश चलेकै राम्रो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : डढेलोको बाली लाग्यो

~कमल प्रकाश पौडेल ~ माया रोप्न भनी थालें, डढेलोको बाली लाग्यो तिमीसँग भेट्न खोज्दा, काँडेतारको जाली लाग्यो ।। साह्रै निष्ठुरी पो रैछौ, एक् झल्को नि देखिइनौ खै कसरी बोलेकी हौ, चर्काे डाँको गाली लाग्यो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : आउँ लाग्छ चुल्ठी बाट्न

~कमल प्रकाश पौडेल ~ फुकेको त्यो कपालमा, आउँ लाग्छ चुल्ठी बाट्न जिन्दगीका सुखदुःख, मन लाग्यो त्यहीं साट्न ।। अरू ठाउँ कहाँ जाने, कोसँग पो नाता गासूँ विछोड नै चुलिएमा, के बेर हुन्छ मुटु फाट्न ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : पग्लिएर तरल बन्छ

~कमल प्रकाश पौडेल ~ ठोस पार्छु भनी सोच्यो, पग्लिएर तरल बन्छ बिर्सूं, बिर्सूं, फेरि बिर्सूं, सम्झना नै हरपल बन्छ ।। साँच्चै खोज्यो नसम्झन, प्रयास ग¥यो बिर्सन मन मुटु तिर्सनाले, खहरेको भेल बन्छ ।।

Posted in गजल | Tagged | Leave a comment

लेख : नेपाली गजलको इतिहास र विकास सिद्धान्त

~कमल प्रकाश पौडेल ~ खण्ड – क परिच्छेद–एक – सिर्जना परिचय १.१ सिर्जनाको परिचय सिर्जना शब्द आफँैमा चामत्कारिक शब्द हो । जो, जहाँ, जसरी रहेको हुन्छ त्यसरी नै सिर्जनाको अध्याय पूरा गरेको हुन्छ । संयोग सबैलाई मिल्दैैन; अर्थात् सिर्जना भन्ने … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गजल : भर्खर गाल्न तयार छु

~कमल प्रकाश पौडेल ~ सून हुन्छ भने पित्तल, भर्खर गाल्न तयार छु जति लाग्छ लागोस् पाप, सब पखाल्न तयार छु ।। तिम्रो माया दिन्छ्यौ भने, पर्दैन भो केही खान भोकै पेट दिन रात, गिट्टी चाल्न तयार छु ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मुस्किल छ काठमाडौँमा

~कमल प्रकाश पौडेल ~ एक जागिरले पेट पाल्न, मुस्किल छ काठमाडौँमा | दश हजारले मैना फाल्न, मुस्किल छ काठमाडौँमा || किन यस्तो सस्तो पैसा, जीवन भने महँगो भो | एकसरो लुगा हाल्न, मुस्किल छ काठमाडौँमा ||

Posted in गजल | Tagged | Leave a comment

गजल : कल्पना भण्डार हुन्छ

~कमल प्रकाश पौडेल ~ सिर्जनाको शक्तिभित्र, कल्पना भण्डार हुन्छ कल्पनाले दिने अर्थ, नबुझे दोधार हुन्छ ।। मान्छे भन्छन् सजिलो छ, सर्र कलम डुलाउन कोरेपछि यस्तो कोर्नू, बुझाई अपार हुन्छ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : डिङ्गो कैल्यै मर्दैन नि

~कमल प्रकाश पौडेल ~ झिङ्गे, माखे सरापले, डिङ्गो कैल्यै मर्दैन नि वकम्फुसे धाक दिई, मलाई पीर पर्दैन नि ।। अरू गन्नु परै जाओस्, आँफै मपाईं भन्ने रैछौ रातो पहरोमा गाई , यो दुनियामा चर्दैन नि ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : बारै घोकी आउन थाली

~कमल प्रकाश पौडेल ~ कैलेकाहीं आउ भन्थें, बारै घोकी आउन थाली सर्माएर सम्साँझैमा, औलै टोकी आउन थाली ।। नआउ कैल्यै नभनेनि, सँधै आउ त भन्दैनथें सुटुक्क ! आ मोरी भन्यो, ढोकै ठोकी आउन थाली ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मनपनि स्थिर छैन

~कमल प्रकाश पौडेल ~ बिर्सन त सकिएन, मनपनि स्थिर छैन पछि भनी टार्नलाई, दुवै मुुटु धीर छैन ।। चटक्कै माया मार्न, पापै लाग्ने डर लाग्छ ।। साटिएको छाती रोप्न, कसैसँग झीर छैन ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : बाँच्ने आत दह्रो छैन

~कमल प्रकाश पौडेल ~ कति दयनीय जीवन, बाँच्ने आत दह्रो छैन निर्लज्ज भै उभिन नि, टाउको धन्ने जरो छैन ।। दैवको नै नियतिले, हान्यो लात कति रुखो दुनियाका महल हुँदा, ऊ ओत्ने टहरो छैन ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : सुनें ! बुझें ! भन्थिस् माइला

~कमल प्रकाश पौडेल ~ अभिनन्दन मञ्चनमा, सुनें ! बुझें ! भन्थिस् माइला सेना पुलिस जम्मा गरी, समर्थक गन्थिस् माइला ।। देखिस् तेरा मान्छेहरू, कति रैछन् सडकमा स्वतन्त्रता दिन भन्दा, ठस्ठसी कन्थिस् माइला ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मस्तसँग घुलिदिन्छु

~कमल प्रकाश पौडेल ~ मान्छे हेरी मान्छेसँग, मस्तसँग घुलिदिन्छु मन्का कुरा साट्नलाई, निष्कपट खुलिदिन्छु ।। अघि बढौं हातेमालो, दुई हात दुई गोडा समानान्तर पथभित्र, सारा पीडा भुलिदिन्छु ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : गजल फुर्दा रैछन् निरु

~कमल प्रकाश पौडेल ~ सुन्ने तिमी रैछौ र त, गजल् फुर्दा रैछन् निरु तिम्रो अनुपस्थितिमा, श्रोता कुर्दा रैछन् निरु ।। गजल छैन आज ?’ भन्यौ, आतुर हुँदोरैछ मन तिम्लाई भनेपछि कलम्, झन् दगुर्दा रैछन् निरु ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : कोठाभित्र बास छैन

~कमल प्रकाश पौडेल ~ सुन्छु आजभोलि तिम्रो, कोठाभित्र बास छैन उनैविना तड्पिदिने, मुखभित्र गास छैन ।। हुन त खै सँधैभरि, जानिराख्या वानी तिम्रो उनै आडमा हुन्छन् सुन्थें, अरू तिम्रो पास छैन ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : आई मस्त चर्यौ आँसु

~कमल प्रकाश पौडेल ~ उदास् मनको चहुरमा, आई मस्त चर्यौ आँसु यस्तो मन नि डढाएर, गर्नु घात गर्यौ आँसु ।। तिमीले त हल्का लियौ, पर्नु पीर मलाई पर्यो मन, मुटुभित्र भित्रै, विष प्याला छर्यौ आँसु ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : धेरै भएन र सुधा

~कमल प्रकाश पौडेल ~ तिमीलाई नचुमेको, धेरै भएन र सुधा कोमल् सतहमा स्पर्श, ग¥या याद छ र सुधा ।। कहाँ होस् त्यस्तो अब, माया मा¥यो भनी ठान्यौ ? तिमीविना मेरो मन, एक्लै बस्दछ र सुधा ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : खुस्स पस्ने जून बन्छु

~कमल प्रकाश पौडेल ~ मध्यरात ¤याल चिर्दै, खुस्स पस्ने जून बन्छु तिम्रो कोमल तनभित्र, लेप लाग्ने ऊन बन्छु ।। साँच्चै राख्छु भन तिमी, हृदयको कठघरामा छातीभित्र बाटै बग्ने, तातो रातो खुन बन्छु ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मैले नाना थरी देखें

~कमल प्रकाश पौडेल ~ साँच्चै देखें आज देखें, मैले नाना थरी देखें मनै छताछुल्ल हुने, स्वर्गकी नै परी देखें ।। चिल्लो सडकमा गुड्ने, चिल्लो कार सिसाभित्र सब्को हृदयमा पस्ने, पुतली कि चरी देखें ?

Posted in गजल | Tagged | Leave a comment

गजल : देशमा मारमार भो

~कमल प्रकाश पौडेल ~ लड्यालड्यौ गर्दागर्दै, देशमा मारमार भो सोझा गाउँलेका निम्ति, गोली बन्दुक भार भो ।। उच्च पदमा बस्नेहरू, आनन्दले खाइरा’छन् क्यै नहुने निमुखालाई, दुईतिरै धार भो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : अब मैले सुरु गरें

~कमल प्रकाश पौडेल ~ साहसी जीवन जिउन, अब मैले सुरु गरें पीर चिन्ता हटाएर, क्रान्ति बोकी अघि सरें ।। साँच्चै कति सुखी हुन्छ, चिन्ताविना बस्न सके उन्नति र उत्साहको, बीज जीउभरि छरें ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : पैले तिम्ले गरेकै हौ

~कमल प्रकाश पौडेल ~ बोल्ने नाममा चिनाजानी, पैले तिम्ले गरेकै हौ तल देख्दा माथिबाट, गजल सुन्न झरेकै हौ ।। कति नजिक सम्झी बोल्थ्यौ, आजभोलि टाढा मान्यौ कैल्यै नविर्सने गरी, मनमा नाम भरेकै हौ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : न्यानो माया मार्दै जानू

~कमल प्रकाश पौडेल ~ आस्तै–आस्तै म तिरको, न्यानो माया मार्दै जानू अनर्थ कल्पना हैन, भुल्ने बानी पार्दै जानू ।। मैले हैन हतारमा, वल्छी थाप्ने तिमी नै हौ दुवोमाला लगाउने, उसैलाई तार्दै जानू ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : जवानी नै कालो भयो

~कमल प्रकाश पौडेल ~ कसैलाई जोडी हेर्दा, जवानी नै कालो भयो माया गर्छु भन्दै जाँदा, वखानी नै कालो भयो ।। कहाँ सहज् मानेथेंर, स्वयम्वरी दिन सोच्न रुढी ग्रस्त समाजमा, वगानी नै कालो भयो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : कति तीखो काँडा देख्यौ

~कमल प्रकाश पौडेल ~ फूल भई फुलिराथें, कति तीखो काँडा देख्यौ मन, मुटुभित्रै हुँदा, पनि कति टाढा देख्यौ ?? यै चालाले कठीन छ, पिरतीको गाऊँ पुग्न सोझै सिधा बाटालाई, उकाला र ठाडा देख्यौ ??

Posted in गजल | Tagged | Leave a comment

गजल : एउटा यात्रा तय भयो

~कमल प्रकाश पौडेल ~ प्रीतिभित्र बाँध्नलाई, एउटा यात्रा तय भयो सुस्तै–सुस्तै दिनसँगै, छोटो परिचय भयो ।। नजिकियौं कति छिटो, मन खोल्ने चौतारीमा शितल ताप्दा दुनिँयाको, आँखा पर्ने भय भयो ।।

Posted in गजल | Tagged | Leave a comment