Tag Archives: kabita

कविता : हामी साहित्यकार हौं

~हरि कंडेल~ हामी अपराधको विरुद्ध बोल्छौं, अन्याय विरुद्ध बोल्छौं, देशको राजनीति खिचातानी विरुद्ध बोल्छौं, किनकि हामी साहित्यकार हौं ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जवानी पानीजस्तो….

~कृष्ण बाउसे~ जवानी पानीजस्तो पोखे निख्रिजाने जतन गर्यौ, जोगाऊँ भन्यो , एकदिन बिग्रिजाने ! गोधूलीको घामजस्तो उसै झुकिदिने मध्यान्हको छायाँजस्तो आफैँ लुकिदिने छोडिदिऊँ मात्र भने सधैँ उडिजाने

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति

~नेकी धनेन्द्र~ शब्दहरुले क्रान्ति हुँदैन भाषणहरुले क्रान्ति हुँदैन क्रान्तिकारी नारा लेखेर भोका, नाङ्गाको ढाडमा टेकेर कुर्सिका महत्वकांक्षि भएर कुर्सिकै विरोध गरेर जनतालाई थाहा नभए जस्तै गरि दश गजाको कुरा गरेर कसैको भाग खोसेर, मारपिट गरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : महाभिनिष्क्रमण

~नयराज पन्त~ थाकेका दुनियाँहरू सब सुते विश्रामका खातिर । बढ्दै गो क्रमले मनुष्यहरुमा सुन्सान चारैतिर ॥ केही नन्द र सुन्दरीहरु यता आनन्द भोग्दै थिए । योटा भावुक राजपुत्र त उता अर्कै कुरा गुन्दथे ॥ सानो बालखरूपमा अगि थिएँ ऐले चढयो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘मेरो प्रतिविम्ब’ प्रति

~बालकृष्ण शम~ क्यै जितेझैँ क्यै सम्झेँझैँ को त्यो पथमा गाइरहेको ? मानिसजस्तै सुरु-सुरु हिँड्दै सवलताले ती निखन्दै को त्यो पथमा गाइरहेको ?

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : लाहुरेकी छोरी

~जीर्ण भागेदार~ छन्द : विद्युन्माला काली-काली गोरी रै’छे कस्ती राम्री मोरी रै’छे मौरी भुल्ने तोरी रै’छे लाहूरेकी छोरी रै’छे ! जुत्ता हेर्दा जुत्तै राम्रा खुट्टा हेर्दा खुट्टै राम्रा

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आमाको पुकार

~हिम कला राई~ बिजयी भए लाउनु है छोरा शिरैमा शिर फूल नभए दुःखी भएर फेरी नजाउ है जंगल । रितीनुसम्म रितीयो आँशु दश महिने कोख पनि सुन्दउ है पुकार नत्र जाने छ बाँकी यो सास पनि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : छेउबाट

~मनप्रसाद सुब्बा~ गाउँका मुखिया बूढा भन्थे- हिँडे छेउ लाग्छ…. अरे ! यहीँ त बसेको छु म शताब्दी शताब्दीको भुइँमुनि पैताला रोपेर बसेको बसेकै बसिराखेकै छु आमाको सालनालसितै

Posted in कविता | Tagged | Leave a comment

कविता : मौन प्रतिध्वनी

~डा.मधु माधुर्य~ डाँडा-पाखा र पर्वतको श्रृङखलाहरुमा आकाससम्मै चुलिएको हिमाल हुँ म पहिरो देखाउंदै भूकम्प मलाई जिस्क्याई रहन्छ तर्साई रहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मौन शोषकको कला हो

~राजव~ मिलियन डलर, बिलियन डलर, ट्रिलियन डलरबीच सिर्फ बीस डलरले निर्धन जर्ज फ्लोयडको ज्यान धर्तीबाट खोस्यो म आफ्नो आक्रोश पोख्न कला पर्खिरहन्न चिच्याउँछु ब्ल्याक्स लाइफ म्याटर

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्व पूँजीवाद र स्वतन्त्रता

~हरि बहादुर भुजेल ‘विभास’~ म चाहान्छु स्वतन्त्रता स्वीकार छैन मलाई भुगोल माथी कोरीएका राजनीतिक सिमाहरु देश विदेशका नाममा ठडाइएका पर्खालहरु थन्काउन चाहन्छु म राजनीतिक नक्सालाई कुनै संग्रालयको भित्तामा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भाँचिएको सियो

~अनिल श्रेष्ठ~ अचानक जूठी दमिनीको हातको सियो भाँचिएको छ सियो भाँचिएदेखिन् निकै चिन्तित छिन् उनी

Posted in कविता | Tagged | Leave a comment

कविता : हिनताबोध

~इन्द्रकुमार ‘विकल्प’~ कुनै अप्रत्यासित/अप्राकृतिक आफूलाई सम्हाल्न नपाउँदै कता कताबाट । कसरी कसरी थिचिदैछ भारी पहाडले “टाउको” उठाउन नसक्ने गरी । टक्क रोकिन खोज्दैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : गन्थन सुभाज्यू संग

~मिजास तेम्बे~ सुभा ज्यू ! यसरी आफ्नो परबेटी कुरा गरेर हजूरलाई बस्नु न उठ्नुको, असमञ्जसमा पार्नु नहुने थियो । यी सन्तानहरु कहिल्यै मिलेर बस्न सकेनन् कहिले रोटीमा झगडा गर्छन् । कहिले भेटिमा लुछाचुडी गर्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रस्थानको तरखर

~इश्वरवल्लभ~ केही असल मानिसहरूजस्तै पन्छीहरू हाँगाहाँगा जम्मा हुँदै थिए आज, अझै त्यो पुर्बेली हावा चलेन सुकेको एउटा पात पनि झरेन हुन त मनको पीर आँधीजस्तै दुख्छ, त्यसैले बिर्सिदिए हुन्छ, यस्ता कुराहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाड र म

~पल हिरा~ पहाड र म अनी अन्तर दन्द्द तीनका चर्केका दरार हरु मेरा भाग्यका हस्तरेखाहरु कतै समानताले खोर्सेका छन कतै अहमता ले अग्लेका छन च्यातिएका टोपी उप्केका भिताहरु देखाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : मनोद्वेगप्रवाह

~मोतिराम भट्ट~ यसरि मकन तिम्ले बिर्सनू धन्य छाती । अझ कति घोचूँ विघ्न निष्ठूर जाति ।। कउन अकल गर्नू लाग्छ हज्जार ठक्कर । न त रहनु नजानू क्या पर्योर आज अक्कर ।। जति जति तिमि मेरो चित्त चोरेर लिन्छयौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : खण्डिताको गुलाबी छेड

~चक्रपाणि चालिसे~ नाथ ! नाथ ! भनि विसमयसाथ, कष्टले वितिसक्यो सब रात । बल्ल दर्शन मिल्यो कुनचार्ही, काममा भुलनुभो र-त-पाई ।।१।। रातमा घुमि घुमीकन अन्न हन्त !! भो-कि-तब(ब) भारि लडन्त । छैन तेज मुखमा, अति खिन्न चेहरा पनि छ आज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उस्तै नियत, उस्तै नियती

~रामकुमार एलन~ थाहै छ सानू, क्षमतावानहरु पछि पारिन्छन् । लखेटिन्छन्, खेदाइन्छन्, उस्तै परे मारिन्छन् । यी सबै सहेर, नदीजस्तै बगेर पुग्यौँ भने गन्तव्य, दिउँला मन्तव्य यसपालि भो हामी मौन बसौँ हो यसपालि भो हामी यहाँ नबसौँ हो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्राउन्डेड जहाज मर्मत भएको छ

~डा. जीवेन्द्रदेव गिरी~ बर्सौं मर्मत नपाएको मेरा फोक्साले छेलोखेलो अक्सिजन पायो नाकभित्र पाइप घुसारेर पठाइयो मनग्गे प्राणवायु फोक्सोको रौनक बढेको छ मसिनमा औँला घुसारेर हेरिरहन्छु म हान्दिन्छ ९४- ९५ – ९६ र अझ बढी पनि बालकको खेल झैँ घरि घरि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम कविता

~विमला तुम्खेवा~ यो हावाको तेज गति भन्दा निष्ठुर मरुभूमिमा एक्लै उभिरहेँ… मसँग न तिम्रो माया छ न कुनै गुनासो। जीवन भन्नु मृत्यु रहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : अनावश्यक गीतका छायाहरू

~इश्वरवल्लभ~ अनायास कहिलेकाहीं गीतका पंक्तिहरु लेख्न बस्छु, फेरि पनि – जसको कुनै आवश्यकता छैन यस्तै आवश्यकता नभएको अभिचार सधैं गर्न खोज्छु, शायद मलाई लाग्न थाल्छ कि त्यसैले पनि हराउँछन् म भित्र भित्रै पानीहरुझैं बगेर जान्छन् तिनका रूपहरू अँध्यारा र अस्पष्ट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समुद्रलहरी

~वसन्त शर्मा लुइटेल~ सुन सुन पाँच हो ! म केही भन्छू । समुद्रका लहरि झैं मनमा गुन्छु ।। छोटा बडा सबल् भन् भन् भन्छू । कर्मविशेषको काज कहन्छु ।। क्षत्रि र वैश्य ब्राह्मण जाहाँ । उत्पत्ति सबको यही लोकमाहा ।। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनि-जुनि सम्म

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ यो जुनि मात्र हैन अर्को जुनि-जुनि सम्म मेरो प्रेम तिमीसम्म तिम्रो मसम्म तिम्रो जीवन-कथा शुरु अनि अन्त्य पनी जताततै मेरो नाम त्यस्तै तिम्रो पनी

Posted in कविता | Tagged | Leave a comment

कविता : पथिक-प्रेम

~सोमनाथ सिग्देल~ सफर गरी अति टाढा आयें आशा लिई गाढा । पाऊँ म आज खास प्रेमसँगै आश (स)पाश (स)मा वास ।।१।। नगरी नगरी-वास त्यागी कान्तारको त्रास । आयें नलिई धन्दा दौडाउँछ कामको फन्दा ।।२।।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : दशै नजिक

~रिजाल किरण “अन्जान”~ छन्द : उपजाति दाह्राहरुमा अब धार लाग्ला पक्कै अनेकौ कति मिष्ट पाक्ला चिच्याउँदै त्यो घर आगनीमा विहान साझै कति कान खाला ।। बन्ला अनेकौं परिकार चट्ट

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सुन्दरी

~पुण्यनाथ लोहनी~ सूधा सरी केहि युरोपि भाषा । टाप्टूप बोली युवतीकी आशा।।

Posted in कविता | Tagged | Leave a comment

कविता : अपेक्षा

~प्रयास लामा~ जिन्दगी त थियो नै गाह्रो। मलाई छोडी उ हिडी, मन बुझाउनै साह्रो। कोरोनाको हावा छ चारैतिर। कहिले काहिँ त सोच्छु, पिडा पनी यसरीनै सरी दिए, सायद उसले बुझथ्यो। हात छुदाँ माया पनी सर्ने भए पुग्थ्यो।

Posted in कविता | Tagged | Leave a comment

कविता : ………….लिएर आएँ ।

~दीपक कुमार ज्ञवाली~ उदाए रवि झमल्ल भएर संसारै उज्यालो भयो हेर कहिँ छैन अँध्यारो कुनाकन्दरामा सुदुर पश्चिमदेखि पूर्व सबै समान कहाँ छ यस्तो सुख सुबिधा सम्पन्न रोग भोक अशिक्षा बिहीन समाज कोहि छैनन् दुःखी मेरो राज माहाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : म धेरै कुरा बुझ्दिन………….

~मिजास तेम्बे~ म आफूलाई हेर्न भ्याएसम्म हेर्छु, धेरै कुरा आफ्नै पनि छेलिदो पो रहेछ, कति कुरा आफ्नै पनि नबुझिदो रहेछ म र मेरा पुर्खा कताबाट आए ? बंशावलीको लहरोले भ्याउँछ ? म पुग्न चाहन्छु धेरै पछिल्तिर……..

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्काइसौं सताब्दीमा पनि मेरो गाउँ

~जे पि राई~ भरखर आज माघको तश्रो हप्ता जाँदैछ धेरै धेरै माघहरु यसरीनै आए गए मैले खुद भोगेको छु अनि देखेको पनि छु कि माघको चिसो ठिहीसंग विवशतावस पौठे जोरी खेलेको छु अनायास महाभारत लडाइ लडेको छु टालेको लुगा त्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चिया र चिन्तन

~निकेश लिम्बु~ उहिले बाजेको पाला देखि नै सुन्दै आएको ‘सुनको बोट’ भन्दै षडयन्त्र र शोषणको जाल बुन्दै आएको। यो कथा यो व्यथा, मर्मको व्याकुलता धेरै पुरानो छ डरले काल्लेको,

Posted in कविता | Tagged | Leave a comment