Tag Archives: kabita

कविता : ‘दशैंहरु’ पछिको दशैं

~डा.मधु माधुर्य~ ….. कहिले थिएन र यहाँ दशैं ? र दशैं आयो भनेर रमाउने गर्छौं हामी “बोका”हरू ?? ….. * * * * * ….रातो टीका, हरियो जमरा र मायालु घाम

Posted in कविता | Tagged | Leave a comment

कविता : किनारको बोधि छैन

~इश्वरवल्लभ~ किनारको अतिरिक्त नदीको दायाँ बायाँ केही छैन, नदी बग्छ त्यसैले किनार बग्दैन त्यो स्थिर स्थापत्य जस्तो नदी हेरिरहन्छ । अनेकौं युगहरुदेखिन्को यो क्रम,कहिल्यै परिवर्तन भएन, त्यो अग्लो विश्वास जस्तो नदी हेरिरहन्छ।

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : अन्तर्मन

~मधुश्री~ म खोजेर रोएँ मेरो शान्त मन म रोजेर रोएँ अशान्त जिवन नदेखेर रोएँ प्रतिबिम्ब आफ्नो म देखेर रोएँ ज्ञान कुँञ्ज सानो

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : तिमी हिमाल झै अटल हुनु

~पल हिरा~ तिमी हिमाल झै अटल हुनु म सेती झै भासिए पनि तिमी फूल झै फक्रिनु म नुन खाए झै ओइले पनि तिम्रो लागि सिङो जिबन हारी दिन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : बिवसताले जन्माएका लाखौं बुद्धहरु

~बि कुलुङ रंगबुले राई~ ओ बुद्ध ! तिमीले त केवल त्यो सत्य युगमा एक भोक एक रोग र एक शोकहरुको टेलर के मात्र नै देखेको थियौं मन खिन्न पार्यौ त्यसरी

Posted in कविता | Tagged | Leave a comment

कविता : भिडभित्रको मान्छे

~स्वर्निम गुरुङ~ सडकको छाती भरि जीवन धान्ने क्रममा धनार्जन गर्न रोजगारी गर्नैपर्ने वाध्यतावश कहिले गर्मीको तापमा पसिनाको बलिन्द्र धारा बगाउदै कहिले कठ्यांग्रिने जाडाले सन्न भएको शरिरलाई वस्त्रले तातो पार्ने असफल प्रयास गर्दै कहिले एकोहोरो बर्षामा रूझ्दै भिज्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : मुख् हँसाई

~शम्भुप्रसाद ढुङ्गेल~ जुटेको कलेजा छुटाई बलैले शरद्चन्द्र झैं मुख् हटाई करैले । अलिक् दिन् वियोग्को गरम् स्वास् बहाई बिदा हुन्छु देऊ प्रिये ! मुख् हँसाई ।।१।। फुलेको छ भर्खर् कलो छाइ वास भमर्लाइ सर् ख्वाउने गर्छ आश ।

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको नक्सा

~कविता राई~ म कोरिरहेकी छु देशको सग्लो नक्सा । खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा आफ्नी आमाको मुहारचित्र । अनायस करेसाको डिल भत्किन्छ पर्खाल उठाउँछु सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र उमेर

~भीष्म जोशी~ गाउँ-घरमा, टि.भी थिएन, टेलिफोन थिएन । इन्टरनेट झन् कसरी हुन्थ्यो? अफसोच! बत्ती पनि थिएन ।। तर, रानीकुला थियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हगि बा !

~प्रकाश सापकोटा~ चढाएर पिठ्युँमा टेकेर चार हात-खुट्टा समात्न लगाउँदा आफ्नै कान तानिदिन्थेँ मैले दायाँ र बायाँ पालैपालो हट् घोडा हट् भन्दै लगाउँदै आँगनमा चौध चक्कर मलाई कहिल्यै नदेखाएको त्यो घुँडा पत्र पत्र छाला जाँदै पुरिँदै जोत्दा जोत्दा बुढो भइसकेको

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : सच्चा सुत कहलाइ

~रिजाल किरण~ छन्द : दोहा अनुहार जति भद्र रह्यो भित्र भित्र छलछाम बकबास बेसि नगर है हे विदेशी गुलाम मीठा मीठा बातको अब हुने छैन काम हामी लोक झुक्याउने कदापी त्यो नठान । देश द्रोहको काम यो छोड्देउ गर्न लाई

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : असीम माया

~बिष्णु खरेल~ बशन्त यो सुवास छायो , कोपिला मुस्कुरायो। मायालु मन हृदय छोयो , संसारै रमायो। स्वप्निल संसार ,मायाको साथ भाग्यको खेल यो। मोहनी रुप , त्यो कर्के नजर अनौठो मेल यो।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम मातृभूमिप्रति

~डम्बर बिकेल~ छु म आमा, सात समुद्रपारि ठूलो सहरमा किनेको छु मैले सुन्दर एउटा महल त्यही सहरमा वरिपरि ठुलाठुला महलहरूबिच एक्लो छ मेरो महल त्यही एक्लो महलभित्रका मान्छेहरूबिच

Posted in कविता | Tagged | Leave a comment

कविता : पानीको कथा

~सीमा थापा ‘सीमाना’~ पानी जो यत्र तत्र सर्वत्र छ जसको न स्वाद छ कुनै आफ्नो रङ्ग हुन्छ न कुनै सीमितता न कहीँ बासस्थानको स्थाइत्व न कुनै उमङ्गले छुन्छ शिलशिला हो जो बगिरहन अटुट हजार नागवेली घुम्तीहरु मोड्दछ बाटोभरि कयौं अपरिचित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तमोर र काबेली

~राज मावाे~  ए कुंबा!     कुम्भकर्णको दायाँ बायाँ, केसरासी जस्तै भई बसी, आकास र धर्तीलाई साछी राखेर…. तमोर र काबेलीले अजम्बरी माया माथी एउटा बाचा हालेछन्। हामी तल-तल दोभानमा भेट्ने अनि तिमी ममा म तिमीमा समर्प्रीत हुने… तमोर दाईने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कलिजुग लागेको सवाई

~वसन्त शर्मा लुइटेल~ सुन सुन पाच सुन सत्यजुग गयो कलिजुग लागेको सवाई कहन्छु बुझिनसक्नु कलिको रङ्ग चौथो प्रहरमा पार्‍यो भताभुङ्ग डगमग पृथिवी भयो कम्पमान भतगाउन लाग्यो देउताको थान भदगाउ तलेज्यु सतिकि माई भैचालो आयो भदगाउ जाई झिङटिको छाना भताभुंग पार्‍यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हुने बिरूवाको चिल्लो पात डा. महेन्द्र पी लामा

~स्नेहलता राई~ हुने बिरूवाको चिल्लो पात भारतीय गोर्खाहरूका श्रीपेच डा. महेन्द्र पी लामा. म यस्तै सम्झन्छु जब सिंहमारी तेस्रोमा भानुग्रामको त्यो प्राथमिक पाठशालालाई देख्छु उऩको विद्याको प्रथम घडेरी म जस्तै शिक्षक-शिक्षिकाको काखमा

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा कविताहीन कविता

~मनप्रसाद सुब्बा~ अखबारको पृष्टमा ऐना हेरेर शुरू हुन्छ उसको दिन… आधुनिक दन्त्यकथाको एक देवता ऊ रिमोट-कन्ट्रोल हातमा लिएर टी.भी. स्क्रीनको अँध्यारो शून्यमा संसार बनाउँछ बद्लाउँछ, अल्पाउँछ साबुन-पानीका फोकाहरू सानो पाइपबाट उडाउऩे खेले झैं

Posted in कविता | Tagged | Leave a comment

कविता : धेरै दिनपछि आँखा उघारेर हेर्दा !

~सुजन बुढाथोकी ‘कान्छा’~ उज्यालो प्रकृति आफै कालो भयो जब एक अलौकिक ईतिहास बोकेर यो सृस्टिमा सबैभन्दा ठूलो दृष्टि बिनासक ग्रह खस्यो,र बस्यो आकासको सट्टामा जिवनभर त्यही डेरा जमाएर । बिकिरणबाला रे

Posted in कविता | Tagged | Leave a comment

कविता : वियोगिनी सन्ताप

~पुण्यनाथ लोहनी~ सासू देखिसहन्न नन्द बजिनी आँखा तरी मर्दछे जेठानी मुसुमुन्द्रि क्यै चुक भये लाई खुशी पार्दछे । चाकरहेरु नटेरने पति भने पर्देशमा राज् हुने चिर्छन छाति चरक्क कामशरले कुन् युक्तिले बाँचने ।।१।। देख्दा हाय ! वसन्तको समय यो छाती … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा प्रश्न ?

~द्वारिका छेत्री~ यदि नहुदो हो संसारमा हवशको पुजारी वेश्या कदाचित हुने थिएन नारी जन्मैले कोही वेश्या हुदैन वेश्या हो अवसरवादी समसमाजको मानसिक विकृतिको चिन्हारी। सम्भव थिएन देहको व्यापार यदि नहुँदो हो शहरमा खरिदार

Posted in कविता | Tagged | Leave a comment

कविता : समस्यापूर्ति

~शम्भुप्रसाद ढुङ्गेल~ वचनका रचन्मा फसेको छु आज तिमीदेखि क्यै छैन मेरो इलाज । कडा इश्कका आँचले चित्त भूटयो तिमी तीमि भन्दा घरैबार छूटयो ।।१।। मुहार्को जुहार् चम्किलो देखि आयें

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो विन्ति छ कान्छा, दसैंमा चाँडै घर फिरी आउ

~स्वर्णिम गुरुङ~ पोहोर सालै किरिया हालेथ्यौ कान्छा, दसैंमा घर फिरि आउने चौबन्दी,चुरा र फुलबुट्टे फरिया, दसैंको कोशेली बोकी ल्याउने । डाँडा घरे जेठा तामाङ घर फिरि आका , गोडा दशेक दिन भई सक्यो क्यारे।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अकविता

~घनश्याम शर्मा पौड्याल~ आँखा रसाउँदैन उसको कसैको दुःखमा अब अहँ, चस्किएन मुटु र झरेन आँसुको थोपा उखुबारीमा रक्ताम्य लाश देख्दा नि आफ्नै छोरीको । ऊ त उफ्रयो झन् उन्मत्त खुसीले घिसारेको देख्खा एउटा सहयोद्धालाई काँडाघारीमा पुलिसले ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश नेपाल

~बाबु रोकामगर~ कति लेख्ने माया प्रेम र मिलन बिछोड का कुरा मात्र अब त देशको वारेमा पनि केही लेखांै न है मित्र के–के भईरहेको छ हाम्रो देशभित्र मेरो देश नेपाल उच्च शिर सगरमाथा विर गोर्खालीहरुले गाउँने विरताको गाथा मेरो देश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खाईमा

~निशा कटवाल~ तिमी बिनाको जीवन कहिले पर्खाईमा बिते, कहिले आँशुमा डुबेर बिते,, एकान्तमा बसेर तिमीलाई नै सम्झेर बिते, कयौं रात कयौं दिन ओजलमै बिते कहिले कहालिँदो रातमा ब्युझेर

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी पो भैसकेछु

~सागर बोहरा~ नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हराई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबिसकेछु नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रभात

~सोमनाथ सिग्देल~ हटयो मलिन आसुरी स्थिति विभावरीको विभा, प्रभात अति शोभियो, लिइ अपूर्व दैवी प्रभा। – विवेक सब वस्तुको हुनगयो नवालोकमा, खुल्यो विमल विम्बको उदय भित्र प्राकाशमा ।।१॥ उड़े करुण-केशरी उद्य-शैलको शृङ्गमा, सदा फटफटाउंदै किरण-सङ्घको रङ्गमा ‘

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव–अधिकार

~गोपाल विरही~ (१) मानव–अधिकार कागतिजस्तो– जति टुक्रा हुञ्जेल काटे पनि हुने जसरी निचोरे पनि हुने जसरी चुसे पनि हुने पानीमा हालेर सर्बत बनाउन सकिने चियामा हालेर ‘लेमन टी’ पनि बन्ने भातमा मुछेर पनि खान सकिने

Posted in कविता | Tagged | Leave a comment

कविता : यहाँका यथार्थहरु

~बि. कुलुङ्ग राई रंगबुले~ एकदिन यथार्थले भावनाको खाँबो अडाएर उत्तोलक भइदिने निधो गरे किनकि छुनु थियो उसलाई सान्त्वनाको आकाश । सान्त्वनामै भए पनि स्वतन्त्रतासित

Posted in कविता | Tagged , | Leave a comment

कविता : उपदेश-शतकबाट

~सोमनाथ सिग्देल~ लक्ष्मणखातिर बूटी खोज्नाको रामले दिदा काम । हनुमान् गएर ल्याए, ‘सक्नेलाई दिनू काम’ ॥ (१) जाली दानव वृकले शिवको सेवा गरी लिएर वर । गौरी नै लिन खोज्यो, ‘नगरे ठगमा पत्यार भर’ ॥

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्योग के भन्छ ?

~चक्रपाणि चालिसे~ (१) अर्काकै भरमा छ बिल्कुल खुपो आफूमहाँ शून्य छ । इच्छा राख्छ करोडको जिउभने आलस्यको दास छ ॥ डिल्ली हाँक्तछ जोडिदिन्छ गफले आकाश पाताल नै । शूरो झै अघि सर्न खोज्छ रणमा ताऊ जुगामा दिदै ॥ (२) खूबै … Continue reading

Posted in कविता | Tagged | 1 Comment