Tag Archives: kabita

कविता : यो दलन

~भुपी शेरचन~ माथि माथि अरूहरू तल म छु छायाँ एक्लै जन्म उस्तै, मृत्यु उस्तै बाँच्नुपर्ने ढङ्ग बेग्लै

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~भुपी शेरचन~ नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर छानामाथि वैशाख हिँडिरहेछ भारी अल्छी पाइला सारेर

Posted in कविता | Tagged | Leave a comment

कविता : भैरहवा

~भुपी शेरचन~ टाढा-टाढासम्म जता हेर्यो उतै मैलो, फुस्रो धरती उजाड, उदाङ्ग आदिदेखि अन्तसम्म एकनास

Posted in कविता | Tagged | Leave a comment

कविता : 'भूपि' शेरचन

~भुपी शेरचन~ केही लेख्छन् यसो हेर्छन् चित्त बुझ्दैन अनि केर्छन् पुन: लेख्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी

~भुपी शेरचन~ हामी जतिसुकै माथि उठौं, जतिसुकै यताउति दगुरौं, जतिसुकै ठुलो स्वरमा गर्जौं तर, हामी फगत् पानीको थोपा हौं

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो चोक

~भुपी शेरचन~ साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन? सबथोक छ असङ्ख्य रोग छ, केवल हर्ष छैन,

Posted in कविता | Tagged | Leave a comment

कविता : घुम्ने मेच माथी अन्धो मान्छे

~भुपी शेरचन~ दिनभरि सुकेको बाँसझैँ आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर, दिनभरि रोगी मलेवाझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : दाल भात डुकू

~लक्ष्मीप्रसाद देवकोटा~ दुःखको लामो सडकमा पीरको केही छडकमा चल्दथे ‘टुक टुक टुकू !’ आफूजस्तै लाख हेरी बेला-बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : पागल

~लक्ष्मीप्रसाद देवकोटा~ जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई संबाद लिन्छु ।

Posted in कविता | Tagged | 1 Comment

कविता : घाँसी

~भानुभक्त आचार्य~ भर् जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एक मन चित्त लगाइ चाकरी गर्या

~भानुभक्त आचार्य~ एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि । मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बाल कविता : गाई

~शिवगोपाल रिसाल~ गाई हाम्रो पशुधन, गोठको शोभा गाई गाईजस्तो अरू छैन गाउँघरलाई गाई पाल्ने देश हाम्रो गाईलाई मान्छ वर्षैपिच्छे तिहारमा गाईको पूजा हुन्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बिहानीको गीत

~गणेश ‘विषम’~ चिरबिर गर्छ गौँथली हाम्रै घर आँगनमा फुरफुर गर्छ पुतली हाम्रै फूलबारीमा हाम्रा राम्रा वनचरी बिहानी पो डाक है आजभन्दा भोलि झन् अझ राम्रो पार है

Posted in बाल कविता | Tagged | Leave a comment

मेरो सानो खरायो

~कल्पना प्रधान~ मेरो सानो खरायो आज कता हरायो। हिजो सँगै खेलेथ्यौँ घर भित्रै भुलेथ्यौँ

Posted in बाल कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : खोल

~भैरब अर्याल~ अस्पतालको सगाल पलङमा सेतो सुकिलो ओच्छ्यान पाई नयाँ रोगी रम्दछ पहिले खोल र तन्ना सुम्सुम्याई अहा ! कस्तो सफा विच्छौना, हातको मयल पनि सर्ला जस्तो कति नरम औ कति मनोरम खोपीभित्रको शैय्या जस्तो ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कारिन्दा

~भैरब अर्याल~ उठ् पुछ् खा चुठ् दुगुर्–दुगुर् स्वाँ–स्वाँ बस् धस् हस् हजुर लुखुर–लुखुर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : वैशाख चतुर्दशीकी चाँदनीसँग

~लक्ष्मीप्रसाद देवकोटा~ “हिम-स्तनी ए ! हिउँमा टेकी, किन आ’की ?” “दिवस-ज्वरको ज्वलनको आगो निभा’की ! ”

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो प्यारो ओखलढुंगा

~युग कवी सिद्दीचरण श्रेष्ठ~ जब म चढेर भावको डुंगा सयर गर्छु स्मृतिको प्रिय गंगा स्वप्न गगनबाट सुशीतल जल सुख-स्मृतिको बर्सिन्छ रिमझिम मेरो प्यारो ओखलढुंगा !

Posted in कविता, नेपाली गीत | Tagged | Leave a comment

कविता : आन्दोलन

~पारिजात~ चुँडालेर बन्धनबाट आँप, बेल र पीपलको पातहरूका एउटी विवश बेहुलीको चाहना जस्तो उम्कन नसक्ने होइन मुक्ति पर्यावरण नमिलेको माटोमा फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति

Posted in कविता | Tagged | Leave a comment

कविता : जूनी काट्नु एउटा बाजी

~पारिजात~ धमिरा लागेको धरतीमाथि उभिएर माटोको माया ? एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति म कसरी व्यक्त गरुँ ? मैले जमिन नखोजेको विरोध

Posted in कविता | Tagged | Leave a comment

कविता : एक गीत

~गोपाल प्रसाद रिमाल~ हिजोसम्म रोईरोई बाँचिरहेका थिए । आज तिनै हाँसीहाँसी मर्न तयार छन् । हिजोसम्म जसको बोलीमा केही थिएन; मनको प्रतिध्वनिसम्म थिएन, मानिसले बोलेजस्तै थिएन; केवल शब्द थियो, अर्थ थिएन;

Posted in कविता | Tagged | Leave a comment

कविता : जुरेली को गान

~लक्ष्मी प्रसाद देवकोटा~ के बोल्छे यो जुरेली ? सगरभरभुवा आँसुका बान्किला छन् ! राम्री ती इन्द्र–रानीतिर दिल–उछला छालझैं भङ्गिला छन् ! रोएका ली जवानी दिलभर तिनको बोल्दछे यो निचोर ! चिर्छे एकान्तलाई पिउ पिउ स्वरले, गीतले चित्त चोर !

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त

~लक्ष्मीप्रसाद देवकोटा~ क्या ऋतु आयो, भू–इन्द्रेनी शश–पागल ! मौरी गुनगुन खग चञ्चल ! स्नायु चपल औ मुटु खलबल !

Posted in कविता | Tagged | Leave a comment

कविता : इच्छा

~बाल कृष्ण सम~ इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नोत्तरमाला

~भानुभक्त आचार्य~ अपार-संसार-समुद्रमाहाँ डुब्याँ शरण् कुन् छ मलाइ याहाँ ? चाँडो कृपाले अहिले बताऊ श्रीरामको पाउ छ मुख्य नाऊ ।।१।। कुन हो सदा बन्धनमा पर्याको ? जस्ले छ यो मन् सुखमा धर्याको । मुक्ती भन्याको त पदार्थ कुन् हो ? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई पत्र लेख्दैछु

~कमला सरुप~ देश, भन्ज्याङ भरि भरि सयपत्री फुल्न म संघारमा उभिएर सपनाभरि र तिम्रा पोल्टा भरि भरि शान्ति पस्किन हतारिएकी छु……………..

Posted in कविता | Tagged | Leave a comment

कविता : गंगा सम्झेर गंगाको किनारमा

~मनप्रसाद सुब्बा~ आफ्ना पापहरू जे जति छन् (अञ्जानमै गरिएका भएतापनि) पखालेर यति सहजै मुक्त हुन चाहन्न म

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी माया ठूली

~माधव घिमिरे~ यसै राम्रो हिमचुली-सुनपानीमा चोपली बिहानीमा उचाली त्यसैमाथि झन् राम्रो-कसैमाथि माया बसाली । कति राम्रो हिमचुली घामको रेखी हाली

Posted in कविता | Tagged | Leave a comment

रत्‍न शमशेर थापाको मुक्तक

~रत्‍न शमशेर थापा~ १.  कुल्ची हिंड हाँसी-हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह त केही होइन केवल एक थुप्रो माटो हो गालाको पाटाको लामो धर्सो त्यो घाउ होइन, त्यो त झरी सुकेको आँसुको एक थोपा टाटो हो !

Posted in मुक्तक | Tagged | Leave a comment

रत्नशमशेर थापाका ८ हाइकु

~रत्न शमशेर थापा~ १) नाङ्गिदै छन्, हिउँको अभावमा हिमालहरू ।

Posted in हाइकु | Tagged | 1 Comment

ब्यङ्ग्य कविता : देउताहरू कस्ता कस्ता

~चट्याङ् मास्टर~ बहुदलबादी थिए राम, बाँदरलाई मात्र साथी लिए निर्दलबादी थियो रावण, दैंत्यले मात्र साथ दिए जनवादी भए शंकर, ताण्डव नृत्य गरि गरि साँढे, र्सप, पिचास,भुत,भोका, नाङ्गा वरीपरि 

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य कविता : ह्याप्पी न्यू यर !

~चट्याङ मुरारि (चट्याङ माष्टर)~ पुरानै वर्ष फेरि आयो दुइशय पाँच उही लिई आठको सट्टा नौ ल्यायो दुःख कष्ट अनेक दिई

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment