Tag Archives: kabita

कविता : संवेदनहीन बागबजार

~अनु~ लम्पसार सुतेको बागबजार भित्र अनेकौ गल्ली छन् अर्थहीन सुताइएको केहि अर्थ दिने वाहियातका सपना मध्ये ती धेरै गल्ली मध्ये एउटा गल्लीसंग मेरो आत्मीयता छ व्यथाका सपनाहरुबाट कुनै सपनामा सपनाको अर्थ खोज्ने बाध्यता छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना

~अनु~ कहिल्यै एकान्तमा तिमीलाई सम्झदा मेरो आउँछ नै न तिमी हाँस्न सक्छौ, न त तिमी रुन नै सक्छौ, पिरौल्छ यादले मेरो तिमीलाई तिम्रो आत्मालाई बढाउँछ ढुकढुकी तिम्रो, विथोल्छ तिम्रो जीवन नै,

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~घायल श्री~ सांसद् ज्यू, तपाईं सामु सानो निवेदन पेश गरेको छु प्रतिनिधिसभामा लगी पेस गरिदिनु हुन्छकि ? मेरो विनम्र अनुरोध । सांसद ज्यू , हिजै मात्रै हो हाम्रा गाउँको हर्केले कालीसँग आई लभ यु को प्रस्ताव राख्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : देशसँग

~विवश पोखरेल~ बादलको कालो घुम्टो उघार्दै समयको साँघुरो आँखीझ्यालबाट अनिमेष जीवन चिहाइरहेकी तिमी एउटा सुकिलो जून हौ । सौन्दर्यको मनोरम उद्यानमा तिखा काँडाहरूसँग जुध्दै निर्बाध ढकमक्क फुलिरहेकी तिमी सुन्दर फूल हौ । रोक्न खोज्दाखोज्दै पनि व्यवधानका कुइनेटाहरू छिचोलेर अविचलित बगिरहेकी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गीत गाएर मात्र कहाँ पुग्छ !

~नारायण अधिकारी~ अब गीत गाएर मात्र कहाँ पुग्छ ! सूर्यको प्रकाशलाई बेमौसममै बादलले कैयौं दिन अबरोध गरेपछि जून अथवा जुनकीरीको पुच्छ्रे बत्तीले अब अन्धकारमा बाटो देखाउने बेला गइसक्यो । अब गीत गाएर मात्र कहाँ पुग्छ ! सडक, कुना, सार्वजनिक स्थल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो दिन

~सिजन नयन~ कहिल्यै हल्लिन नरुचाउने पातका मुटुहरू समेत हल्लिएर गए यो दिन यहीँबाट कसैले भन्यो- “पक्कै पनि गएको हुनुपर्छ प्रेमको भुइँचालो यतैकतै”

Posted in कविता | Tagged | Leave a comment

कविता : म युद्धको घोषणा गर्छु

~बसन्त श्रेष्ठ~ म भित्र आक्रोशको ज्वालामूखी फुटेको छ म भित्र धैर्यको बाँध फुटेको छ त्यसैले म अब भीषण युद्धको तयारीमा छुँ । सुतेको ठानेर थिच्दा थिच्दै लाटो सम्झेर मिच्दा मिच्दै सोझो भनेर हेप्दा हेप्दै सह्यको सीमा नाघेपछि म अब पुनर्जीवनकोलागी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आव्हान नारीलाई

~माया शर्मा~ नबिर्सौं आज हामीले नारी म को हुँ भनेर नबिताउँ हाम्रो यो सिङ्गो जिवन दासिनी बनेर यो पुरुष प्रधान समाजमा हामी जन्मेर हुर्केर नबिर्सौं हामीले अस्तित्व आफ्नै छ केहि भनेर भृकुटी, सीता, पासाङ्गपनि के नारी होईन र? नारीको शक्ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई खोजुँ कहाँ?

~सानु शर्मा~ कहाँ गयौ कता गयौ माता जननी? खोजुँ म तिमीलाई कसोरी कुन देशमा पुग्यौ कुन देशमा जाऊँ म , कुन देशमा खोजुँ म? जता जान्छु म, तिमीलाई नै खोज्छु म।

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो पुरस्कार मैले नै पाउनुपर्छ

~किथ शर्मा~ मलाई पुरस्कार र सम्मानपत्र चाहिएको छ । त्यो पुरस्कार र सम्मानपत्र मैले पाउनुपर्छ । नत्र म कार्यक्रम नै बहिस्कार गर्छु यसैले अहिल्यै नै भनेको छु त्यो सम्मान मलाई चाहिन्छ । मैले यतिका समयसम्म नेपाली भाषा साहित्यको सेवा गरेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हाम्रो देशमा नाटक र जात्रा

~रमेश पल्लव~ एउटा नाटक अर्को नाटक कति धेरै नाटक दलहरु हानाथापमै को चाहि होला घातक ? एउटा भन्छ ठीक छु म त अर्को भन्छ त्यस्तै जनतालाई झुक्याएर पाउ मोल्न व्यस्तै । दिनैपिच्छे बल्झिरहन्छ जनताको घाउ नेतादेखि मन्त्रीसम्म कुर्सी पाउने दाउ … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : जापान

~कविताराम श्रेष्ठ~ फेरी एकपल्ट एकान्ततिर आमूख भएँ । घण्टौसम्म आफैँमा हराउन फेरि लालायित हुन लागेँ । कलमसँग आसक्ति बढ्यो । कलमहरु फेरी रसाउन लागे । कुनै पनि सुगन्धित मिठो खानाले अब लोभ्याउन छाड्यो । सडकमा लुढ्किएर हिँड्ने गह्रौँ नितम्बले आकार्षित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो तिहारमा……..

~राम प्रसाद खनाल~ दिदी बहिनीको घरमा जान पाईयोस उनीहरूले पकाएका सेल रोटी खान पाईयोस मखमली र सयेपत्रीको माला लाइयोस हरेक घरमा रुवावासी होइन देउसी भैलो गाईयोस

Posted in कविता | Tagged | Leave a comment

कविता : नाटक, रंगमंच र प्रचन्ड़हरु

~हेमन्त श्रेष्ठ~ धेरै जीवन फेर्यो रङ्गहरुले राता नीला हरिया सेता काला पहेँला निरन्तर उत्साहित भईरहे सेलोफेनहरु स्पटलाईटमा उज्याला क्षणहरु कति भए कति क्षणहरु अँध्यारोमा डुबे रंङ्गमाचको त्यो कुना अझै जीवन्त छ प्रचण्डको सास जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : बाईबाई ……छ

~गोबिन्दसिंह रावत~ आयो नयाँ वर्ष पुरानोलाई बाईबाई नयाँ पाए ग्रह नक्षत्रमा प्लाटोलाई बाईबाई सत्तामा आए माओवादी जंगललाई बाईबाई नेपाल सरकार भयो अब श्री५कोलाई बाईबाई

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी नेपाली

~होमनाथ सुवेदी~ नेपाल भित्र बाहिरै विश्वका सारा नेपाली पहिचान दिगो राख्न जुटौं हे! हामी नेपाली । पश्चिम पुगी युएस्ए पूर्वमा पुगी जापान चन्द्रसूर्यको सारैमा गाउँछौं हामी नेपाली ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमको अनुरोध

~मिरा प्रसाई शर्मा~ मलाई मन छ म मरेको थाहा नहोस् मेरो पतिलाई म जलेको पनि थाहै नहोस् मेरो उनीलाई औधी माया गर्छन् उनी मलाई | मलाई थाहा छ भक्कानिने छन मेरो बिछोडमा उनी पिताम्बर बिच मेरो चिता जल्दा सँग सगै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना

~नन्दलाल आचार्य~ दुःख र सुख खहरे खोला आउने र जाने तिनेरको काम न आयो सुख न गयो दुःख सुखले बाटो नै देखेन दुःखले बाटो नै भेटेन विगत वर्ष पात्रो फेरियोमनस्थिति फेरिएन वसन्त आयो पालुवा लागेन । नेतानेतृ मात्र जन्मिए जनता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नदेखिन्जेल अमेरिकाको शौन्दर्य

~होमनाथ सुवेदी~ नदेखिन्जेल अमेरिकाको शौन्दर्य सजिएर आयो, पुगेपछि अमेरिका त्यो अनौठो भूत बनेर आयो । नजिकको तीर्थ हेला पाएपछि सस्तो के विधान हो! हुनुभन्दा न हुनुमै त्यो हिमाल काल चढेर आयो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो चन्द्रमा…… मेरो मंगल ग्रह

~सुदर्शन गौतम~ २१औँ शताब्दी, युग परिबर्तन को शताब्दी मेरो देशमा श्रृङखलाबद्ध परिबर्तन आर्थिक परिबर्तन – लुट राजनैतिक परिबर्तन – फुट न्यायिक परिबर्तन – छुुट जनसाँखिक परिबर्तन – शुट देशमा अनेक परिबर्तनका संकेत

Posted in कविता | Tagged | Leave a comment

कविता : मुर्दा हुँ या जिउँदो

~चन्द्र राइ ‘आकाश’~ म ढुङ्गा भएको छु सकेसम्म र भनेसम्म सस्तोमा किनिएको छु न रुन सकेको छु न हाँस्न सकेको छु मुर्दा हुँ या जीउँदो चौबाटोमा याँकिएको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यो देह सेलाई

~चन्द्र राइ ‘आकाश’~ कसलाई श्रद्धा गरें पत्थरलाई फूल चढाइ ख्वै मैले के पाएँ आत्मा यो बलि चढाइ । ख्वै मैले के मागे आफैला ई नाङ्गंो बनाइ केवल पाएँ एउटै नाम आफूलाई पागल बनाइ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मनचरी

~चन्द्र राइ ‘आकाश’~ पौडिएको देख्छु मनचरीलाई कञ्चन तलाउमा पौडिएरै छुन पुग्छु मनचरी लाई मुलायन नितम्बमा भोक या क्रोध हो यो सेलाइ दिउँ “मनचरी” शान्त तलाउमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म मुर्ती हुँ

~चन्द्र राइ ‘आकाश’~ कानले नसुन्ने आँखाले नदेख्ने केवल स्तम्भ झैं उभिएको म मूर्ति हुँ । मेरा कानले सुन्ने ओठका हाँसो अभिशाप हुन् मेरा आँखा अगाडि नाच्ने मारुनी प्रतिरोध हुन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनको सितलतामा

~चन्द्र राइ ‘आकाश’~ जूनको शीतलतामा भुल्दा जिन्दगी बिचल्ली बन्छ फूलको मोहमा रम्दा यहाँ जिन्दगी आशुमा डुब्छ । जिन्दगीका सारा कथा सुम्पी दिएँ एक जुनलाई हजूर, भुल्नै सकिएन केही क्षण रामछायाँ बनिदिनेलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : बुकी र बिनायो

~चन्द्र राइ ‘आकाश’~ प्रभातको सूर्यौदयमा बुकी मुस्कुराउँथ्यो पाखा र चौरभरि सेताम्मे मधुमासको सन्ध्यामा बिनायो गाउँथ्यो चखेवा र भञ्याङ्गमा माधुर्य । बुकी, सगरमाथादेखि माछापुछ्छ्रे सम्म सौन्दर्य भर्थिन बिनायो, धूपी र सल्लाघारीभरि गीत गाउँथ्यो चौर बुकी छात्तीमा सजाइ हाँसि रहन्थ्यो बुकी बिनायोको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समिर

~चन्द्र राइ ‘आकाश’~ किन कुन्नी आज मन्द अनि शीतल । कहीँ गुलावी, कहीँ केसरी कहीँ वावरी, कहीँ चुवारीको सुगन्ध छर्छु भन्ने समीर यात्राहरुमा सुस्ताए आकाश कुहिरोले छोपिए प्रभात किरण को प्रतिक्षामा मौन छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे

~चन्द्र राइ ‘आकाश’~ पिए मात अवश्य लाग्छ नपिई पनि यहाँ मात लाग्छ नशा र विष नपिउनेलाई मान्छे किन पिउन लाउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति

~चन्द्र राइ ‘आकाश’~ हामी सारा नेपालीलाई लाग्नु खुशी लागेको छ स्पन्दनभरि, आशाको छाल छल्किएको छ ओहो ! पुनः देशमा शान्ती छाएको छ बुद्ध अब हामी माझ आएको छ गाउँदेखि शहरसम्म ओठहरूमा मुस्कान पलाएको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एकताको अविरल ईन्द्रवती

~मनु लोहोरुङ राई~ एक अध्याँरो वस्तीका असंख्या बासिन्दाहरु हो, मै जस्तो थुप्रै प्रतिनिधी हो, दीनहरुको भोकको निमित्त रातहरुसंग उज्यालो माग्नू ! मान्छे हुनुको कर्तव्य- जिम्मेवारी=समातामूल चेत सम्भावको अमूर्त चिन्तन- नरक कुण्डबाट मुक्ति मार्ग खोज्न

Posted in कविता | Tagged | Leave a comment

कविता : इज्जतको रिहाई

~मनु लोहोरुङ राई~ आमा ! म आज तिमीसंग एउटा कुरा मन खोलेर भन्छु कि इज्जतको रिहाई माँग्छु | तिम्रो छाती चिथोर्ने तिम्रै छोराहरुसंग म घोर विरोध जनाउँछु | धेरै संघर्ष गर्दै आएँ र फेरि गरिरहन्छु |

Posted in कविता | Tagged | Leave a comment

कविता : सोल्टीलाई प्रेमिलो सम्बोधन

~मनु लोहोरुङ राई~ सोल्टी ! यो मनको खोपीमा कुन सम्साँझ देखि आरती जगायौ ? थाहै भएन | खै कुन बिहान देखि हो ? प्रेमिलो सूर्य उदाएछौ मेरै हृदयको श्रीअन्तु डाँडामा- रातो गुलाफ बोकेर अनुरागका चिमल थुंगाहरु यै सिक्रे रुखको थाप्लोमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment