Tag Archives: kabita

कविता : स्केच प्रेमको

~विद्या सापकोटा~ बिहानै, बच्चो घामको इन्द्रणी आँखा हुदैं देखिए–केही राता पत्रहरु मुसुक्क–मुसुक्क आफ्नै मुटुको गमलामा फूलको (?) सायद ! गुलाफको (??)

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरानो मानिस

~श्रवण मुकारूङ~ यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न सबभन्दा नयाँ कुरा चाहिन्छ तिमीसित अब के छ त्यस्तो कुरा ? सुधारिएको प्रजातन्त्र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा मिठो कविता लेख्न सकिएन

~आर. आर. चौलागाईं~ कुन विषयमा लेख्ने निर्णय गर्न सकिएन आरम्भ, मध्यान्तर र उपसंभार कस्तो हुन्छ पहिल्याउन सकिएन लेख्दै जाँदा नारा मात्रै हुने हो कि ! त्यसमा विम्ब र प्रतीकहरूको पाइन हाल्न सकिएन

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~राज थापा~ नारी तिमी हौ सत्य रूपा ,जननी मायाँकी खानी तिमी हौ धर्ती ,सागर,उस्तै छेऊ घाम,जुन पनी !

Posted in कविता | Tagged | Leave a comment

कविता : छिमेकी

~नाकिमा~ कसले भन्छ ? छिमेकीको साँढे पसेर कोदोबारी दल्दैन । कसले भन्छ ? छिमेकीले साँधको ढुङ्गा अरुकोतिर सार्दैन ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : जाबो एउटा भोट !

~चट्याङ मास्टर~ भोट मात्रै तपाईँको हो, नोट मेरै कमाई हो ! दिएर मात्र एउटा भोट, कत्रो आस गराइ यो ? शिक्षा, स्वास्थ्य, सडक, बत्ती चाहिएको छ कतिकति ! जाबो एक भोटको बद्ला कहाँ पाइन्छ खोजे जति ? !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बन्द

~चट्याङ मास्टर~ न स्कुल खोल्छ नेताले, न त उद्योग चलाउँछ, आफू काम गरुँ भन्छु, ऊ जुलुसमा बोलाउँछ, भाषण के-के ठूलै गर्छ, ताली पिट्न लगाउँछ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : बेकार लाग्छ

~सुरेश खनाल ‘बिर्खे माईला’~ बास्ना आफ्नो ठाउँमा छ, कोमलता आफ्नो ठाउँमा छ, सौन्दर्य आफ्नो ठाउँमा छ, र फक्रेर बिहानि बोलाउने कोपिला आफ्नो ठाउँमा छ! तर सुगन्ध भेट्न जरा देखि उकालो लागेको म;

Posted in कविता | Tagged | Leave a comment

कविता : कालुको कलम

~छक्कु उदासी~ कसैसँग नडराउने निदर कालुको कलम कसैसँग नझुक्ने स्वाभिमानी कालुको कलम झुटो बोल्न नजान्ने निर्दोष कालुको कलम सत्य तथ्य ओकल्ने निष्कपट कालुको कलम यति मात्रै हैन ! कालुको कलम

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तरमन

~छक्कु उदासी~ साहित्य त धेरै पढें, एउटै भावले मन छोयो गाली बचन धेरै सहें, एउटै शब्दले मन रोयो फूल त धेरै देखें, एउटै फूलले सुवास छरिरह्यो रंगी बिरंगी धेरै थिए, एउटै रंगले मन रंगिरह्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : लोकलहरी

~छक्कु उदासी~ दुधको भारा आमालाई नतिरी ए..होई.. मर्नु हुन्न स्वदेशमा नफ़िरी जाउँ खोली तिरै तिर, बिदेशैमा लाली जोवान बित्योनी मन भरी पिरै पिर स्वदेशमै पाए त राम्रो काम ए…होई… कल्ले खान्थ्यो बिदेशको चर्को घाम जाउँ खोली तिरै तिर, सोचे जस्तो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बैगुनी

~छक्कु उदासी~ मारे पाप पाले पुण्य भनेर सिंगो जीवन सुम्पेकै थिएँ बैगुनी ! छाती चिरी देखाउन पो सकिन चोखो मायाँ गरेकै थिएँ बैगुनी !

Posted in कविता | Tagged | Leave a comment

कविता : आज भैली खेल्ने दिन

~छक्कु उदासी~ हे…..भैली त भैली भन भैली त स्वर मिलाई कन भै..ली…. भैली.. कथैबरा, तिन दिने तिहार

Posted in कविता | Tagged | Leave a comment

कविता : देउसी रे

~छक्कु उदासी~ ए.. है …झिलीमिली देउसी रे… ए..है…तिहारै आयो देउसी रे… ए..है…दाजु र भाइको

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली नयाँ बर्ष

~छक्कु उदासी~ गाउ घर तिरको नयाँ बर्ष नेपालीको ओठमा नयाँ बर्ष आयो कसैको गोठमा भैसीले रांगो ब्यायो पल्ला गाउको भैरेले स्वास्नी ल्यायो भुन्टीले फेरी लोर्के छोरो पायो तल्ला घरे कान्छी पोईला गयो वल्ला गाउको जेठो अरव गयो

Posted in कविता | Tagged | Leave a comment

कविता : जापानमा साकुरा फुल्दा

~छक्कु उदासी~ सर्वसम्पन्न सुर्योदयको देश जापानमा हिउ भरिको जाडोसंग पैथेजोडी खेलेर बिजय उत्सव मनाउन फुल्ने, साहसी हो साकुरा सबैमा दुःखपछि पक्कै सुख आउछ भनेर पतझरमा पनि धकमक्कै फल्ने, धन्य हो साकुरा न जाडो, न गर्मीको मौसममा

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्सी

~छक्कु उदासी~ धनिको महल र मुखमा पनि सुहाई दिने गरिबको गोठ र ओठमा पनि रर्साई दिने शुभ, अशुभकार्य सबैमा प्रयोग भई दिने भेदभाव रहित उपभोग भएको छ रक्सी

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो बाको शिरको टोपी

~छक्कु उदासी~ हलोजुवा र डोकानाम्लाहरुसंग मितेरी लगाउदै कोइली र न्याउलीहरुको भाखामा मुरली रसाउदै सेता हिमाल र लालीगुंरासको मोहनीमा रमाउदै उकाली ओराली र भन्ज्यांहरुमा हुर्केको बाको टोपी

Posted in कविता | Tagged | Leave a comment

कविता : रन्थनिएर ईलाका, बस्ती र गाउँ

~छक्कु उदासी~ बेर छैन अब चुनामीको रुप बनेर एकै चोटि बडार्न बेर छैन कालो बत्छिम र कालो अरींगाल बनेर घेर्न बेर छैन गोमन सर्प बनेर पाउ देखी सिर सम्म बेर्न बॆर छैन अब पापहरु सबै एक एक भन्डाफोर गर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~छक्कु उदासी~ आमा ! अपुताली जोगाउन हो की ? कुरौते समाजको मुखमा बुजो लाउन आमा ! नारीत्व ढान्न हो की ? आफनो कोमलता सन्तानमा बिसाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : हो, म एक्लै छु

~भूपी शेरचन~ हो, म एक्लै छु, तर, मेरो साथ दिने मसँगै सिङ्गै, अँध्यारो रात छ, झ्यालसम्म नाँङ्गिएको रूख हेर्छु त्यहाँ पनि एक्लो पहेंलो पात छ । हो, म एक्लै छु………

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई सम्झँदा

~हरिवंश आचार्य~ तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे। कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।। हेरेर घडी, खुवाउँथे ओखती। त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।।

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसु

~श्रवण मुकारुङ~ आँसु नआउँदै– तस्वीर आउँछ आँसु पलाउँदा– सम्झना झाँगिन्छ÷क्षितिज धमिलिन्छ आँसु झर्दा– आँखामा खस्छ÷बालक चलमलाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : के देख्छन् उनीहरु

~जनक शर्मा लामिछाने~ दृष्टिसहितका आंखाहरु नभै दिएका भए त्यहां जहां उनीहरु छन् दुलादुला खोजेर, पहिल्याएर डुडेलो घुसार्न कसरी सक्थे ? जब शक्ति के आउंछ हातमा मदोन्मक्त हुंदै देवदुत सम्झंदै आफुलाई बर्बराउन किन सक्थे ? महावाणि, आश्वासन र प्रतिबद्धताहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : शङ्खधुनी सँगै बज्न थाल्यो

~राज थापा~ शङ्खधुनी सँगै बज्न थाल्यो मन्दिरमा घण्ट धुप ,दिप मग्मगाउने बासना मन्दिर वरपर ! भजन,किर्तन भइेरहेछ हार्मोनियमको तालमा भक्तजनको लाम लस्कर मन्दिर परिसरमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि मित्र

~ओमप्रसाद घायल~ अस्ति भर्खर जस्तो लाग्छ तिमीले कविता लेख्न थालेको साहित्यको खुल्ला बजारमा फेरि पनि लोकापर्ण गरेछौ अर्को नयाँ किताव

Posted in कविता | Tagged | Leave a comment

छोक : शहरमा रात

~आभास~ कुकुरको एकनासे भुकाइ प्वाल पारिरहेछ मथिँगल किथ्राको किर्किर् झमझमाइरहेछ रक्सीको नशा झैँ विजुलीको तारमा बसेर

Posted in कविता | Tagged | Leave a comment

कविता : म बुझ्दिन

~नदीश~ हिजो, हिड्थेँ म पाँच घण्टा मेरो छिमेकमा साइनो गाँस्न आज, छिमेकी हिँड्छ पाँच मिनेट मसँग साइनो गाँस्न म बुझ्दिन कतै पृथ्वी साँघुरिदै त छैन ? हिजो, शान्ति क्षेत्र घोषित थिए बस्ती र सुनसान सन्नाटा थियो

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : जीवन र मृत्यु

~जापानी कवि मित्सुरू त्सुगाने~ अनुः अभय श्रेष्ठ हाइस्कुल पढ्ने एउटी केटीले डस्नामा छाडेकी छ ‘डेथ नोट’ सुरूदेखि अन्त्यसम्म मृत्यको प्रशंसा ! के मृत्युले स्वर्गको बगैंचामा गौरवमय जीवन दिने हो ? अवश्य एउटा सुन्दर छायाँ मृत्युको अन्तरंगबाट उफ्रेर आउँछ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : पलहरु र वास्तविकता

~विद्या सापकोटा~ उसका ती सजल नेत्र आकर्षक/मायालु अनुहार अनि आद्र ओंठहरुले गरिरहे निरन्तर आमन्त्रण ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : एकै बगैंचाको दुई गुलाफ

~विद्या सापकोटा~ चौघेरो उही काख-पोल्टो एउटै अथाह प्रेम र स्नेहबीच रगमगाउँदैं/खितखिताउँदैं

Posted in कविता | Tagged | Leave a comment

कविता : लक्ष्मी तिम्रो अभाव नखट्कियोस

~हरि शर्मा~ रंगी बिरंगी दीप्त उज्यालो झलमल लक्ष्मी पूजाको त्यो साँझ् प्रसब पिडामा छट्पटाई रहेकी माता अमर राज्यलक्ष्मी आज् घर घरमा हुँदै थियो रमझम लक्ष्मीको पूजा पाठ ताहाँ पैदा भए एक वालक सोही घडी हलचल मच्चाई यहाँ ।।

Posted in कविता | Tagged | Leave a comment