Tag Archives: kabita

कविता : ….सपना….!

~सुधिर ख्वबी~ रातभर सपना बुनेर बसें कहाँ के मिलेन कुन्नि ! बिहानभर मिलाई बसें कुनै बेला आकार न मिले झैं कुनै बेला यसका बुट्टा म दिनभर सपना केलाई बसें

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखाले

~गोपाल पौडेल “बसन्त”~ आँखाले रोजें मनले ताकें यो मेरो साथी हो गुराँस फूल टिपेर दिउँला गजव सृष्टि हो कल्पना भित्र उडेको उडै्य कुन ठाउँ पुगें छु हिडेको बाटो विर्सेर मैले हिमाल छुएँ छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नाे भूगाेल हराएको देश

~हिमाेढ पहाडी~ हाइबुन शैली नालापानीमा पूर्खाहरुले देखाएको वीरता विश्वयुद्धमा गाेर्खालीहरुले अार्जेकाे शान हिङ सिद्धिए पनि अझैसम्म त्यस्तै त्यस्तै वीरताकाे वासना छरिरहेछ । एउटा दस्तावेज हाे सुगाैली सन्धि प्याराे भूगाेल मुटुबाट चाेइटिएकाे कथा

Posted in कविता | Tagged | Leave a comment

लिमरिक : गर्दभ राग

~सोफिया शर्मा रेग्मी~ संगीत सिक्न आएकी नेपालबाट तर सबै हांस्छन् मेरो गर्दभ रागबाट । अरुका मीठा स्वरहरु सुन्छु

Posted in लिमरिक | Tagged , | Leave a comment

कविता : छटपटी

~रमण घिमिरे~ आँधी-हुरी झेलुँजस्तो आगोसँगै खेलुँजास्तो बस्तीबाट निस्किएर एकान्तमा कराऊँजस्तो के-के हुन्छ अचेल मलाई सारा रहर पुरुँजस्तो आफन्तको आँसु पुछ्न घरी-घरी मरुँजस्तो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यदि म नदि भए भने !

~सुजन बुढाथोकी ‘कान्छा’~ सबैभन्दा सुरुमा म समुन्द्रबाट त्यो निलो आकासको प्रकासहरुसङ्गै बादलहरुमा बिलय भएर अनि फेरि झर्नेछु झरीहरुबाट पृथ्बिका यि नाङ्गा बगरहरुमा । र भर्नेछु कसैका उदाङ्गा रहरहरुलाइ

Posted in कविता | Tagged | Leave a comment

कविता : काँन्लोको रूख नबन्नू छोरी

~टंक विकल्प~ छोरी ! म त समाजको काँन्लोमा उभिएको रुख बनेछु जो कोहीले परबाट हेर्दा पनि नजिकैबाट हेर्दा पनि ठिङ्ग उभिएको रुख नै भएछु कसैले आफ्नो मनस्थिति बिग्रिएको बेला रातमा तर्साउने देखे होला दिनमा वर्षाउने देखे होला

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले बाँचेको शहर-१

~चन्द्र गुरुङ~ यो शहरको शरीरैभरि च्याउसरी उम्रेका कंक्रीट बील्डिङ्गहरू सबका सब -तन्काउँदै जीवन थाकेका ढाडहरू -उचाल्दै शान झुकेका टाउकाहरू -फुलाउँदै स्वाभिमान खुम्चिएका छातिहरू -उघार्दै सपना थुनिएका आँखाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै आँखाहरू छोपेर

~जंगब चौहान~ गाउने नै हो भने अब पत्थरको होइन मान्छेकै गीत गाउनुपर्छ । ए, मेरो देशका गायकहरू अब भजन हैन जीवन्त गीत गाउनुपर्छ । लौ हेर यो ढुगोलाई

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : लडेछु भने म

~मधुश्री~ यो लामो यात्रा अप्ठ्यारो बाटो लडेछु भने म । शिखर चढ्दा खोँचमा कतै ढलेछु भने म ।। नझारे आँशु, हिम्मत बोकी अगाडि बढ है । दुस्मन सामु नझुक सधैँ डटेर लड है ।।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : देश विग्रेकै छैन

~रविन साम्पाङ राई~ भुगोल उस्तै छ । सगरमाथाले शिर झुकाएको छैन उ चमचम विश्वको शिर भई चम्किरहेकै छ । पूर्खाले कोरेको राष्ट्रको सिमारेखा, आज पनि उस्तै छ यौद्धाको रातो रगत अझ तैनाथै छ । न त शहिदहरु क्रान्ती गर्न खोज्दैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : मिलनको आह्वान

~राजु परियार~ डराउन पर्दैन नडराई आउ तिमी संकिर्णताका पर्खालहरु भत्काएर आउ म पनि आउछु असमानताका कांडे तारहरु चुडालेर तिम्रो र मेरो मिलनले समाजलाई नौलो उर्जा दिनेछ त्यसैले हाम्रो मिलन अपरिहार्य छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भावना

~आदर्श प्रधान~ मष्तिष्कले नै सम्हाल्न सकेन आरुनै कथाहरुका ब्यथाहरु जिन्दगीले नै बुझ्न सकेन आरुनै भावनाहरुका चाहहरु ।। कथा र ब्यथा बताउन अब यहाँ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नयाँ कविता

~गोविन्दराज विनोदी~ छन्द : शार्दूलविक्रीडित भत्के यो धरती प्रकम्पित भई हाम्रा अनेकौँ घर केही दुःख अवश्य भो तर यहीँ बन्छन् नयाँ सुन्दर छन् हाम्रा मनमा भने प्रगतिका विश्वास आशा नव कल्ले सक्तछ रोक्न आखिर नयाँ निर्माणलाई अब ज्यादै क्रूर भई … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : कहाँ पुग्छन होला यी वाटाहरु?

~सुनील बाबु श्रेष्ठ~ लमतन्न पसारिएका यी वाटाहरु मेरै घरको आँगन हुँदै अगाडी कहाँसम्म पुग्छन होला? अनि यी वाटाहरु हुँदै हरेक बिहानी उषाहरु झर्नुअघि नै सयौ सपनाका गरुँगो भारीहरु बोकेर खै कताको गन्तव्यतिर हिडेका हुन् उर्लदो नदीका बहाव झै हुलका हुल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुरबा

~सकुन्तला जोशी~ पहाडमा दुःखको खुब असिना छेल्दै फाटेको टोपीले पसिना पुछ्दै हिउँद लाग्यो, पल्लो बारीमा गोठ सारीरा’ होलान् हजुरबा हजुरबा सधैं

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो बूढी औँला

~रुपा जोशी~ आज मात्तिएको छ यो औँला मेरो देब्रे बूढी औँला गाढा पोटासे रङ्गले टाटेपाटे बनेको छ नङ्ग तर त्यही पोताइमा रमेको छ मेरो बूढी औँला

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : के तिमीलाई थाहा छ?

~निर्मला पुतुल~ अनुवाद : विक्रम सुब्बा पुरुषहरूको भन्दा स्त्रीहरुको नितान्त एकान्तका बारेमा तिमीलाई थाहा छ? घर, प्रेम र जातिभन्दा अलग एक स्त्रीको आफ्नो जमीनका बारेमा बताउँन सक्छौ? सदियों देखि आफ्नो

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : क्षितिजमा अस्ताउन लागेका रहेछन्

~इश्वरवल्लभ~ सृष्टि सुरु भएपछि यता धेरिसुकै अरु पनि भै सकेका रहेछन् रंगले भिजेका अनुहार पाखालिइसकेछन् तैपनि न मैले मौरीका गॅुडहरु नै देखें, न त गुम्बजहरु नै देखें, त्यसैले म भन्न थालिरहेको छु अचेल,

Posted in कविता | Tagged | Leave a comment

कविता : म निर्वस्त्र : शान्ति केमा थापुँ ?

~नर्मदेश्वर प्रधान~ शान्ति अगाडि राखेर तिनीहरूले भने, ‘राम्ररी थाप्नू खस्ला… … ।’ शान्ति अगाडि राखेर तिनीहरूले भने ‘लुकाउनू चोरी होला… … ।’

Posted in कविता | Tagged | Leave a comment

कविता : अमर गुलाबहरु

~प्रेम राई परिक्षित~ अनगिन्ती पीडाहरुको घेराभित्र सुरक्षित तिमी लाखौं प्रेमील मनहरुको स्पर्श सङ्गै आफ्नो अस्तित्व

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई ‘प्रजातन्त्र’ चाहिँदैन

~डा. मधु “माधुर्य”~ देश ‘प्रजातन्त्र’ भनेर रोईरहेछ म पनि त्यो बिजोग देखेरै रोईरहेछु र मलाई प्रजातन्त्र चाहिँदैन शहीदका अलपत्र सपना छोप्न एकसरो कात्रो भए पुग्छ अब टुहुराका भोका पेट र नाङ्गो आङ छेक्न अलिकाति फाँडो र टालो भए पुग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मन रिसाएको बेला

~पल हिरा~ मन रिसाएको बेला मनहरु तल माथी गर्दै छटकेको भात झैँ छटकिन्छ हो मनहरु उताउली गाई झैँ भड्किन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : डोभर वीच

~देवेन्द्र खेरेस~ इङलीस च्यानलको काखमा ढोभरवीच दिशाहिन हावाको गतिले पानीको छालहरू तर्काइरहन्छ घरि एता.. घरि उता… वैंसको नग्नताहरू समरमा ग्लामर शो वीन्टर नछिप्पिदै आत्माहत्या हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : डुङ्गा राखे जलमा तिमीले

~भिमदर्शन रोका~ डुङ्गा राखे जलमा तिमीले हातको पतवार दिउँला । उत्थान—पतनको माझमा तूफानको किनार दिउँला ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : ढल्मल ढल्मल गरी

~भिमदर्शन रोका~ ढल्मल ढल्मल गरी सेता सेता बादलसरी मलाई आकाशतिर जान नदेऊ मेरो आफ्नै धरती छाडी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म मरिसक्या छैन

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ म मरिसक्या छैन छोएर हेर म मरिसकेको छैन यी मेरा आँखाले अझै हेर्दै छन् नासिकाको घ्राणशक्ति विलुप्त छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी नै रित्यार त्यागिदेउ

~पल हिरा~ पत्थर नै होस् तिम्रो मुटु मेरो प्रेम गल्ने छैन अथाह नै होस तिम्रो सामु मेरो माया ढल्ने छैन चुलिएर फुटोस ज्वालामुखी,

Posted in कविता | Tagged | Leave a comment

कविता : बीज

~सञ्जय बान्तवा~ यो चित्रमा एक वृक्षले भन्यो – हे ईश्वर! मलाई एउटा मात्र एउटा, प्रत्येक समयमा बीज देऊ म आफ्नो फेदमा धरतीलाई रोमाञ्च दिनेछु।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाढीको आँखा

~उर्मिला कोईराला ‘आँसु’~ खाटभरि किताब फिँजाएर बसेथेँ दाइले भन्नुभो -किताब थन्क्या र घाँस काट्न हिँड पढाइभन्दा काम ठूलो ठानेँ र हिँडे मलाई फूल खुब मन पर्छ आँगनको डिलभरी फूल सारेँ भाइले सबै उखेलिदियो केटाकेटी यस्तै हो भनेर सहेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर

~दाजु गुरुङ~ शहर न तिमी जस्तो छ न म जस्तो छ तिमीलाई कसरी भनूँ, शहर कस्तो छ ? बैसले उन्मुक्त कुनै षोडसी टपमा नुहाउनु बसेजस्तो छ शहर ललाटमा वर्षेको पानीका वुँदहरु उन्नत अवयहरुलाई घात गर्दै नाभिस्थलबाट जलासयमा समाहित हुँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे र कविता

~तीर्थ गुरुङ~ पहिल्यै, निकट भूतमै कविताको ढोका ढक्ढक्याइसकेको हो । भावनाको संघारमै पदाक्षर गरेको हो । कृतिम बुद्धिले । र मलाई लघुमानव जस्तो बनाइदिएकै हो । हो, जब ‘डीप ब्लू’सँग पराजित भएको थियो

Posted in कविता | Tagged | Leave a comment