Tag Archives: जोतारे धाईबा – Jotare Dhaiba

कविता सङ्ग्रह : गणतन्त्रको खेती: आन्दोलन कविता २०६३

जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १ संयोजक नेपालीकविता डट कमको लागि विक्रम सुब्बा

Posted in कविता सङ्ग्रह | Tagged , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a comment

कविता : मरुभूमि र जरुवा

~जोतारे धाइवा~ भेडीगोठको दुर्घन्धित घेरोमा कैद कुनै चतुवाको जस्तो हेर्दै विवशताको कथा पाइला–पाइलामा उम्रिएर साथ लाग्छ, झोपडीको

Posted in कविता | Tagged | Leave a comment

कविता : र

~जोतारे धाईबा~ म… तिमी, यो बीचमा पहाडी इलाकाको लचिलो झोलुङ्गे पुलझैं अथवा राजमार्गको भेलग्रस्त फेदीमा एउटा तुइनसमान अ ल्झिएको छ र ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : ‘फाइभ स्टार जेल’ बाट नेपाल चियाउँदा

~हिरण्य भोजपुरे~ अस्थिर राजनीति र जुनसुकै क्षेत्रमा लथालिंग अवस्था । नेपालको यो हालतदेखि दिक्क भएर यहाँ केही हुन सक्दैन भन्दै विदेश जान खोज्नेहरु धेरै हुन्छन् । त्यसमा पनि युरोप र अमेरिका धेरैको सपनामा हुन्छ । सांगीतिक जोडी हिरण्य भोजपुरे र … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

संस्मरण : भुस मान्छे ! ओ भुस मान्छे !!

~जोतारे धाईवा~ समय, मैले सधैँ मनमै जपिराख्ने ‘प्रिय’ विशेषण यस पत्रमा तिम्रो नामअघि लेख्न सकिनँ । खोइ जाँगरै चलेन, मन बन्द भएजस्तै भयो । यसको लागि सुरुमै माफी माग्छु । प्रिय सम्बोधन पनि कतै तिम्रो लागि दोहोरिइरहने झर्को कुरा बन्ला … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : म एउटा श्रद्धाञ्जली

~जोतारे धाइबा~ ठेट्ना मनहरूले चपाएका मिहीन सपनाहरूबाहेक केही रहने छुइनँ म माझी घामले बिछ्याएको जालमा पर्छ एका बिहानै,

Posted in कविता | Tagged | Leave a comment

कविता : समय-प्रस्थान

~जोतारे धाइबा~ मनतातो हाउभाउसहित एकैफेरा जाग्नु छ अकस्मात् सुर्योदयसँग र निभ्नु छ कुनै साँझ जस्तो चिसो एस्ट्रेमा, ताप्नु छ आफैँलाई भरदिन हाल्नु छ आकाङ्क्षाको तरल-तरल बग्दैजाने तेलधारा थप्नु छ खिइँदै गएको ठूटे उत्साहमा नयाँ सलेदो यसरी नै त जिउनु छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मकैबारी लभ

~जोतारे धाइबा~ गर्मीले बाँसका सुकेका पात जसरी लुगा खोलेको थियो । बलौटे सडकमा बाफको रिदममा नाच्न मग्न थियो, नाङ्गै । भित्री मधेसमा पर्ने उदयपुर गर्मी मौसममा घाम उदाउनासाथै तापमा पुरिन्थ्यो । घामले निष्फिक्री डाम्न सक्ने खुला आँगनमा थियो स्कुल । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : जागिर

~जोतारे धाइबा~ काम गरेको वर्ष दिनपछि पत्रिकाका मालिकले एक दिन भने, “तिमीले पत्रकारिता गरेर खाँदैनौ ।” साक्खै छोराको चिन्ता गरेझैँ जुँगे ओठ खुम्च्याउँदै उनले तीतो पोखे । त्यो जँुगाले मलाई सिस्नुले घोचेजस्तै रनक्क पार्‍यो । ढंग पुर्‍याएर लेख्न नजानेको भन्दै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : बल्छी

~जोतारे धाइबा~ मणि हराएको सर्प जस्तो किन एकसुर छ मन ? कसले च्यात्यो सात चिरा इन्द्रेणी, किन छ यति सादा मौसम ? निराशा आफैं चकित पर्ने गरी यो नौजवान किन छ यति गलित र थकित ?

Posted in कविता | Tagged | Leave a comment

कथा : जिन्दगी, खजाना र हामी

~जोतारे धाइबा~ ‘गमका खजाना तेरा भी है मेरा भी ये नजराना तेरा भी है मेरा भी… ।’ – (जगजीत/लता) जब-जब गजलका तिनै सेरहरू अति जतनसाथ आवाजमा पाउजु चलाउँछन्, म शून्यमा बस्न पुग्छु । अर्थात् यसदेखि बाहेक कतै छँदै छैन अर्को … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : भरप्रसाद र आसमाया

~जोतारे धाइबा~ घुम्दैफिर्दै सहरको मध्यभागमा पुग्दा थकाइ र भोकले लखतरान भएपछि भरप्रसादलाई औडाहा भयो । टन्टलापुर घाममा झट्ट आँखाले केही खुट्याउन नसक्दा उसले आँखीभौँमाथि हत्केलाको छाता बनाएर यसो नजर दौडायो । छउछाउमा कोही फेला परेनन् । चाल्नासमान बर्को शिरमा सिउरिएकी … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : छाता र युवती

~जोतारे धाइबा~ करङ भाँच्चिन लागेका, समाउने हृयान्डल जसोतसो थामिएका अनि ओढिने छानो चाल्नोसमान पारदर्शी भएका । यस्ता धेरैथरी छाता बजारमा पाइन्छन् । आकारको त कुरै नगरौँ, चाहे भने मुसोले ओढ्न सुहाउने ‘मिनी अम्ब्रेला’देखि संयुक्त परिवारै अटाउने जम्बो छाता पनि किन्न … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

संस्मरण : फ्युज गएको ज्यान, बिजुली मन !

~जोतारे धाइबा~ उहिले मकै र कोदोबारी रहेको थुम्कोमाथि बिजुली चुरोटको फाँकोमा रङमङिदै गर्दा चेतमानसिंहको दिमागी पत्रमा पारिवारिक हिसाबको गोलचक्कर उम्रिरहेछ । चेतमान अर्थात् नेपाली कथासाहित्यका एक खेताला- मनु ब्राजाकी । अमेरिकालाई हाईहाई भन्नुअघि राजधानीस्थित आफ्नै घर भैँसेपाटीमा टोलाइरहेका थिए उनी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : लेखिकालाई सम्पादकको प्रेमपत्र

~जोतारे धाइबा~ स्नेही लेखिका ! प्रेमिल कामना । तिम्रो प्रश्न र अनन्त विरक्तिको अनुहार लिएर सम्पादकलाई पत्र आउनुभन्दा धेरैअगाडि नै यो पत्र लेखिनुपर्थ्यो । तर समय हुने रहेछ कुनै पनि कुरा र काम आयोजनाको । भनौँ न, भेट भएर पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

समिक्षा : जगदीश अवतार : संक्षिप्त आराधना

~जोतारे धाइबा~ यस पुस्तकको विक्रीबाट प्राप्त सबै रकम जगदीश घिमिरे प्रतिष्ठानको अक्षयकोषमा जम्मा गरिनेछ र प्रतिष्ठानको मूल उद्देश्यअनुरुप रामेछापका अति विपन्न जनताको अत्यावश्यक स्वास्थ्योपचारमा खर्च गरिनेछ । २०६४ सालको मदनपुरस्कारविजेता कृति अन्तर्मनको यात्राको पेटबोली हो यो ।

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : फोन शिरोमणि

~जोतारे धाइबा~ सबेरै उठ्नासाथै ‘हाइ, गुडमर्निङ !’ को थेगो अनि बेलुका सुत्‍ने बेलामा ‘राम्रो सपना देख्‍नू है, गुड नाइट !’ भन्ने नियमित लय । फोन शिरोमणिहरूको परिचय नै यस्तो हुन्छ, मानौं

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment