Tag Archives: कथा

कथा : अच्छा भैल

~तृष्णा कुँवर~ ‘चुनरीके केहु अरहर बेरामें दबोच लेहलस, अब का मुँह लेके यी गाँवमे जियल जाई?’ (चुनरीलाई कसैले बेज्जत गर्यो अब के मुख लिएर यो गाउँमा बस्नु ? ) झिनका बतासजस्तो भएर खरको झुप्रोभित्र पस्यो। दिनभरि खेतमा बैठौनी (रोपाइँ) सकाएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्धविश्वासको जाँतोमुनि

~श्यामल~ असीवर्षे उद्या ढोली राति एघार बजे हामी सुतिरहेको घरमा आयो र ढोका ढकढ्क्यायो । अपरिचित ठाउँमा यसरी अबेर राति कसैले ढोका ढ्कक्याएपछि एक छिन मेरा सहयोगीहरू डराएझैं गरे । तर मैले को हो यतिबेला भनेर सोध्दै ढोका उघारिदिएँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : उपपति

~रामप्रसाद दाहाल~ १ ठेलागाडीको सामान आफ्नो डेराकोठामा पुर्या्ई सकेपछि अनिलले एकपल्ट लामो सास फेरेर रित्तो खाटमा बस्दै कोठाका बीचमा थुप्रो लागेका सामानतिर हेर्योख। डेरा सर्ने कामजस्तो झन्झट उसलाई अरू केही पनि लाग्दैनथ्यो तर घरबारविहीनहरूको भाग्यमा लेखिएको बराबर अर्काको घरमा आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शुभयात्रा -अविनाश ! शुभयात्रा !!

~विवश पोखरेल~ एक्कासि झस्किएँ म । बसपार्कनजिकको सडकछेउमा र्दुइ तीनवटा बेडिङ र असरल्ल सामानको आडमा उत्तानो पल्टिएको थियो अविनाशको नामअङ्कित साइनबोर्ड – अविनाश शर्मा । हेल्थ असिस्टेन्ट, टी यू । अविनाश यहाँ कसरी आयो ? एउटा कौतूहलले पखेटा हाल्यो मभित्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोप्यकुरा

~सागर बस्नेत~ बेलुकाको खानापछि टिभी हेर्दैथिएँ, धन्दा र थान्कोमुन्को सकेर रमा शयनकक्षमा पसिन्| मपनि उनको पछिपछि गएर बिच्छ्यौनामा पल्टिएँ, उनी श्रींगारऐनाको अगाडी बसेर खोई के गर्दैथिन| उनले प्रसन्न मुद्रामा सुस्तरी भनिन् “हजुरलाई थाह छ, देवकीले छ नि कुमारेको बच्चा सफा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म तिम्रो सोकेशकी परी होइन

~रामनाथ खनाल~ ‘हिजोआज मेरो जीवन यही रक्सीको नशा झैँ लाग्न थालेको छ’ ऊ मदहोसमै बोली । थाहा छैन अव कतिञ्जेल बाँच्छु ? बाचुञ्जेल वाइन र ह्विस्कीको नशा अव सायदै मेरो जीवनबाट छुट्छ । उसको मायावी संसारबाट पार पाउने यो नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्जुलिमा नअटाएको प्रेम

~संगीता भट्टराई~ मन्दिरा हतार हतार कलेज को लागि निस्कन्छे,आज उसको कलेज मा पहिलो दिन हो | भर्खर मात्र एस एल सी को बोर्ड परिक्षा उर्तिण गरेर गाउबाट काठमाडौँ पढ्न भनेर आएकी छे , नयाँपरिवेश, नयाँ रहनसहन उसलाई यो कोलाहलमा मिसिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एपीएफ दाइ

~अन्वेश राई थुलुङ्ग~ केहि समय अगाडि म मेरो ज्यादै पूरानो साथीको विवाहको निम्तो स्वीकार्दै झापा चन्द्रगढी गएको थिएँ । लाज पचाएर भन्नुपर्दा म अहिलेसम्म चन्द्रगढी पुगेकै रहेनछु । सोझै म विर्तामोड हानिएँ । विवाहको समय बितिरहेको थियो र उनले भने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आवश्यकता

~विपुलविक्रम सिजापति~ लगभग चार वर्षको अन्तरालपछि अध्यात्माको फोन आयो। एक मनले त नउठाउद्द जस्तो पनि लाग्यो। फेरि सोचेँ, फोन उठाउँदैमा के फरक पर्ला त। उताबाट निकै नै हौसिएको स्वरमा उनले सोधिन,”सरोज के छ हाल खबर मलाई बिर्सियौ हगि ” “मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहानीको कथा

~गंगा बीसी~ यसपटक तिहारमा घर गएको बेला भेट भएका एक पात्रले अहिले पनि चिमोटिरहेको छ । उनको कथाले दिनदिनै घच्घच्याइरहेको छ । जबसम्म यो कथा लेखिने छैन, तबसम्म म चिमोटाइमा परिरहनेछु । बिहानी बुढाथोकी, वर्ष १६ । उनको छोटो परिचय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मनमाया

~उपेन्द्र सुब्बा~ बाख्राको टाट्नोछेउ माउ कुखुरा कराउँदै निस्क्यो– ‘क क कुदे, ग…, क क कुदे, ग…!’ सुँगुरखोरको छानामा बसेको नाहेन भाले पनि उसरी नै कराउन थाल्यो । बाँसको फकफकेलाई डोरीले तान्दै मनमाया कराई– ‘हरेरे… हरे… हरे… !’ फकफके दुईपल्ट मधुरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के गल्ती भएकै हो त?

~अजबी राधा~ रातको १२ बज्यो, छिप्पिदो रात निकै पट्यारलाग्दो छ। बर्खायामको समय पानी परिरहेको छ। कता कता कुकुर भुकेको आवाजले पनि कोठा त्रासदियुक्त बनाइदिएको छ। आँखामा निद्राको लेस पटक्कै छैन, कता कता अकल्पनीय दुर्घटनाको भयले अठ्याएको छ मलाई। भोलि बिहानसम्म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : युद्धबाट युनिकालाई चिट्ठी

~जगत नवोदित~ युनिका, मैले चिट्ठी कोर्न छोडेको धेरै भयो। झन् यो विद्युतीय संसारको मार्गले आफ्नो सन्जाल फैलाएपछि त हामीले कोर्ने चिट्ठीलाई धेरै अर्थमा अपाङ्ग नै बनाइदियो। जेहोस् मेरो अतितको प्रिय साथी चिट्ठीलाई आज तिमीसामु पेश गर्न खोजिरहेछु। आशा छ, यसले … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : रात पर्नु अगाडि

~शुषमा मानन्धर~ अहिले आइपरेको यो जटिल परिस्थितिको लागि म कत्तिको दोषी छु,मलाई थाहा छैन तर आफूलाई दोषैरहित पनि भन्न सक्दिन। विवेक शून्य छु,कुनै निर्णय गर्न सकेकी छैन। प्रमोदसँग धेरै पटक फोन गरेर कुरा गर्ने कोशिश गरिसकेँ,पहिला त उसको मोबाइलमा कल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शनिबारको अर्को एउटा बिहानी

~विजय महर्जन ‘श्रीजय’~ दिक्क लागिरहेको छ। बिहान बिहान अर्को कोठामा घन्किएको कर्कश गीतले कान खाइसक्यो, उफ! सुन्न मन लागे आफ्नो मात्र कानमा ठोस्नु नि। झन हिजो रातीको डान्स र रक्सिले टाउको फुट्ला जस्तो भएको बेला। आमा कसम! आज त शरीरको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झाँक्री कान्छा

~शुभचन्द्र राई ‘सुवास’~ झाँक्री कान्छालाई गाउँको डाक्टर नै भने पनि हुन्छ। उनको घरमा रात दिन बिरामीहरुको घुइँचो लाग्छ। टाउको दुख्यो झाँक्रीकान्छा, भुँडी दुख्यो झाँक्रीकान्छा, ज्वरो आयो झाँक्रीकान्छा, पखाला चल्यो झाँक्रीकान्छा, त्यति मात्र होइन गाई, भैसी, सुँगुर बिरामी भए पनि झाँक्रीकान्छाकैमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमेरिकी ‘श्रीमती’

~गोपिचन्द्र कार्की~ सिन्धुलीको रातो माटो खेलाउँदै काठमाडौं आइपुगेको हरिकृष्ण काठमाडौंसँग लड्दै जुध्दै यहीँ थचिन्छ। पासाङ तामाङले बेच्न लागेको फोटोकपी पसल किनेर चलाउन थाल्छ। बौद्ध धर्मका अनुयायीहरु प्रायः त्यो पसलमा फोटो कपी गराउन आउथे। त्यसो त विदेशीहरु पनि आकलझुकल आइरहन्थे। यही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चेलीको पीडा

~कल्पना पौडेल ‘जिज्ञासु’~ दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् मिना । कान्छो भाइ गर्भमा हुँदा लाहुर गएका बाउ अझै फर्केका थिएनन् । तीन जना बहिनी मुनि जन्मिएको भाइ पनि अहिले पाटी बोकेर स्कुल जान सक्ने भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सत्य कथा : सातौं नम्वर

~सीताराम नेपाल~ “बर्बाद हुन लाग्यो भनेर म कराएको करायै छु । तिमी भने कानमा तेल हालेर बस्या छौँ बाई ।” रागिनी खराल अलि हडबडाई –“ऊ त आउनै लाग्यो । हाम्रो मोज गर्ने दिन जानै लाग्यो ।” यो सुन्ने बित्तिकै –‘म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रमितानगर

~विजय महर्जन ‘श्रीजय’~ एकादेशमा एउटा रमितानगर भन्ने ठाँउ थियो। त्यहाँ एउटा इँट्टा खसेछ। घटना यती नै हो। भएछ के त भन्दा रमितानगरको एउटा पूरानो कोही नबस्ने बङ्ला रहेछ त्यही बङ्लाको इँट्टा खसेको रहेछ अनी त्यही इँट्टाले नजिकैबाट हिडिरहेको यात्रीको पुर्पुरोमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झुकेनौ लडयौ र जित्यौ

~पुन्यराज पुडासैनी~ हाम्रो नेपालग्राम गाऊ एकदमै शान्त र सुन्दर गाऊ थियो | विबिध जात जाती र समुदायका मानिस हरुको बसोवास रहेको यो गाऊ नमूना गाऊ थियो | यस गाऊ को एउटा विशेषता के थियो भने जून सुकै काम गर्दा पनी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्याफे वान

~जीवन देवान ‘गाउँले’~ ‘नेपाली सांस्कृतिक धमका २००८’-को मैझारो कार्यक्रम क्याफे वानमा हुदैछ भन्ने खवर पाए पछि हामी तीन जना त्यता तिर हान्नियौं । म देवुलाई पछ्याउदै थिए भने सोम मलाई । क्याफे वानको दोस्रो तलामै गेट पाले बसेको रहेछ, उनले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेरि भेटौंला

~सन्तोष खतिवडा~ जेष्ठ महिनाको प्रचण्ड गर्मी, हाम्रो गाडीको एयरकण्डिसन कच्चा भएकोले हो या गर्मी ज्यादा भएकोले हो गाडीभित्र पनि हामी पसिना पसिना भएका थियौं । पोखराबाट हिंडेको करिब ६ घन्टापछि बुटवल पुग्दा गाडीमा रहेको एफएम रेडियोले अघिल्लो दिनको मौसमको विवरण … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : अन्त्यहीन प्रतिक्षा

~माया ठकुरी~ ससाना सेता बुट्टा भएको गुलाबी रङको घाँघर लाएकी एघार वर्षीया सुमीको कम्मरदेखि माथिको भाग र टाउको हरबखत एकनाससँग हल्लिरहन्छ । मुखबाट राल चुहाउँदै लगातार हुँ हुँ हुँ गरेर आवाज निकालिरहन्छे । ‘छोरी हेर ! यता मतिर हेर त’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भीरमौरी

~डा. सुष्मा आचार्य~ साँझ झमक्क पर्दा सुन्तलीका बाबुआमा घरमा आइपुगे । आज त साह्रै थाकियो, भोक पनि त्यस्तै लागेको छ, म त भात खाएर एकछिन पनि बस्न सक्दिन, सुतिहाल्छु भन्दै सुन्तलीको बाबु घरभित्र पसेर सुन्तलीलाई बोलाए । तर घरबाट कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : कल्पना – एक पत्र कथा

~ज्ञानेन्द्र स्थापित~ प्रिय कल्पना, मिठो सम्झना, आज फेरी अकस्मात किन हो अतीतका ब्यथाहरुले सताईरहेको छ| तसर्थ यो रित्तेका पिडाहरु यी पानाहरुमा पोखेर आफुलाई सान्त्वना दिने असफल प्रयास गरिरहेको छुं| कल्पना… मैले कस्तो प्रेम गरें, त्यो मलाई नै थाहा छैन| तिमी … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : बिचरी

~प्रकाश प्रसाईं~ साँझको समय, गौचरन बाट गाईवस्तुहरु फर्किरहेका थिए, चराचुरुंगी आ-आफ्नो बासस्थान फर्कने तरखर गर्दै थिए। डाँडा माथिको घाम ओरालो झर्दै थियो। उनी एकदम अत्तालिएकी जस्ती देखिन्थिन्। निधारबाट चिटचिट निस्केका पसिना उनको चिउँडोभन्दा तल खस्न हतारिरहेका थिए, तर त्यो भन्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पेशा

~महेन्द्र महक~ गोलो गोलो अनुहार । आँखामा गाजल । सानो ल्वाङ्गे फुली । रातो लिपिस्टिकले कामुक देखिएका गोल गोल रसिला ओठ । नुहाएर सुकाउन फुक्का छोडेको भिजेको कपाल । कसिलो छाती । रातो कुर्ता सलवारमाथि कालो रंगको छालाको ज्याकेट । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छे हराएको सूचना

~लेखनाथ काफ्ले~ घर पूर्व रामेछाप, पकरबास। म भर्खरै कलेजबाट स्नातक। म सँग उच्चतम अंक, उच्चतम आशा र उच्चतम हौशला र बेजोड कल्पना शक्ती छ। जब म कल्पनामा बेसरी डुब्छु, कल्पना भित्रै सपना देख्छु। म बेरोजगारहरुको लाममा एक जना पनि थपिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रथम खगोलीय शिखर सम्मेलन

~भुवन त्रिपाठी~ “मार्च १० को कार्यक्रमको तयारी पूरा भयो ?” पहिलो पटक संयोजक निकोलसले प्रत्यक्ष रूपमा भेटेर कार्यक्रमको बारेमा जानकारी मागेका थिए । सबै कुरा प्रविधिले प्रत्यक्षरूपमा जानकारी दिइसकेको भए पनि विशेष महत्त्वको कार्यक्रम भएकाले यसरी सोधेका थिए । यसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अप्सरा

~पुष्कल श्रेष्ठ~ न्वारानको नाम जेसुकै भए घरका र वाहिरका सबैले उनलाई अप्सरा भनेर बोलाउँथे। अप्सरा जन्मँदै साच्चिक्कै लोककथामा वर्णित अप्सरा जस्ती नै थिई। त्यसैले उनले यो नाम पाएकी हुन्। असाध्यै मिलेको जीउडाल, धपक्क बलेझैं लाग्ने तेजिलो अनुहार र ‘न-न-न’ गर्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : कसको भन्ने खै ?

~पुष्कर लोहनी~ दिउँसो बाहिर जाने काम थियो, त्यसैले सबेरै नुहाइहालुँ कि भनेर बाथरुमभित्र पसेँ । दाह्री काटेँ । अनि बिस्तारै लुगा फुकाल्दै टपभित्र गएँ । धेरैबेर लगाएर आनन्द मान्दै र कल्पना गर्दै नुहाइ नै रहेँ । सम्झिँदै जाँदा आफूले चिनेकाहरुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment