Tag Archives: नेपाली कविता

कविता : रुवाउछ

~रीता सञ्जेल~ सृष्टिको सृजना रहस्य केही त छ जन्म किन अन्त्यसँग जोडिएछ दुनियाँ त आज रमिता न हेर्ने रहेछ थाहा छ मृत्यु ढिलोचाडो अकाट्य छ कारण अकाट्य केही कमजोरी बनिदिन्छ । बिस्तारै भुलिदिने बहाना चल्छ कोहिको आखामा पानी पर्छ

Posted in कविता | Tagged | 1 Comment

कविता : मेरा सहर

~श्रीकृष्ण श्रेष्ठ~ मेरो देश नेपाल, काठमाडौं मेरो सहर के छैन यहाॅ, हरेक छ जुन हेर्न लाग्दो हो रहर प्रकृति धाक्दै रमाउने मानवको ठूलो लहर छ देशको मुटु भनि चर्चित, काठमाडौं मेरो सहर छ। यहाँ घर बिनाको लावारिस् मान्छे छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सञ्चेतना

~वासुदेव पाण्डे~ छ फाटो हामीमा कलुष छ सधैँ हुन्छ झगडा सिमाना मिच्दै गो दिनदिन छिमेकी छ तगडा । छ नेता कुर्सीमा फगत उसको दृष्टि धनमा र चिन्ता चासो क्यै मुलुक हितको छैन मनमा ।। नपुग्दा सत्तामा मुलुक हितको गर्जन ठुलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सहिद र समय

~आविष्कार कला~ कोतपर्वले जग हालेको शासनका लागि मात्रै होइन इतिहास देखिको थिचोमिचो १९०३ भन्दा पुर्वको असमानता अमानवीयता र अपराधको राज्य

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको आतङ्क

~अर्जुन दाहाल “अपवाद”~ धेरै भयो अनिँदोमा रात वितेको सपनाहरुसँगको भेट पातालिएर गएको अनि चिसो आच्छ्यानसंग सुतेको । खै कसरी हो

Posted in कविता | Tagged | Leave a comment

कविता : झरि पर्ने आशामा

~महेश्वर नेपाल~ खडेरी परेकोत्योगाउँका असंख्य तृषित्अनुहारहरु आकाशगंगा तिर हेर्दै झरि पर्ने आशामा छटपटाई रहेछन यहि खडेरीका कारण मृग तृषित देहहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्यालेन्टाएन डेको अन्धो प्रेम

~जीवनस्पर्शी~ रोज डेको रातो गुलाफले लजाएर रातो भए प्रपोज डेको प्रेम प्रस्तावले पग्लिएर पागल भए

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गाउँ, मेरो थातथलो

~टंक कार्की~ म यात्रामा थिएँ धेरै डाँडा काटी सकेको थिएँ मेरो गाउँ, मेरो थातथलो अझै टाढा थियो धेरै टाढा थियो बसन्तपुर पारी तीनजुरे नाघेर खोजीमा निसकेको म लखतरान थिएँ तै पनि म बसन्तपुरको बीचो–बीच गुराँसको बागमा आइपुगेको थिएँ गोधुलीको बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : मिस्टर भ्रष्टाचारी

~खगेन्द्र न्यौपाने~ जग्गा जमिन धरो थेन खुर्सानीको बारी अहिले भने डल्लु कपन नैकाप सल्लाघारी महिनैपिच्छे विदेश भ्रमण चिल्लो छ सवारी मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी । हिजोसम्म नामर्द छ भन्थे ज्वाईं छुसी

Posted in कविता | Tagged | Leave a comment

कविता : बिना सालिकका नायकहरू

~प्रदीप ज्ञवाली~ निहुरेर अलिकति खसाइदेउ ए आकाश ! नबिटुलिएका शीतका थोपाहरू ताराको टल्किने जर्री बादलको श्यामश्वेत पछ्यौरी र रेसुङ्गाको शिरमाथि पोतिएका अलिकति गोधुली रङ्गहरू म बनाउँदैछु अक्षर कुँदेर यौटा सालिकस

Posted in कविता | Tagged | Leave a comment

कविता : संविधान लेखिदैन ….

~कल्पना खरेल यी नेताहरुको छाँट राम्रो देखिंदैन ! यसपाली पनि संविधान लेखिंदैन ! पटक पटक संविधान गर्भमै तुईन्छ, हर्कत इतिहासमा कहिल्यै मेटिंदैन ! नेतामा इन्मान्दारी कहिल्यै भेटिंदैन !

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : छक्का सत्ता र अट्ठाको फरक

~चट्याङ मास्टर~ महँगी किन बढेको हो ? हातमा सत्ता छ भने अन्तर्राष्टिय स्तरमै भाउ बढेर हो हातमा अट्ठा छ भने नेता र कर्मचारीले घपलाबाजी गरेरै हो । देश विकास किन नभएको हो ? हातमा सत्ता छ भने अट्ठाले काम गर्नै … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नयाँ नेपालमा

~सविता शर्मा~ नेपालमा मानव–अधिकार सधैँ–सधैँ कुण्ठित रह्यो दानव–अधिकारवादीहरूबाट चुरे पहाडको यति दोहन हुँदैछ कि कालान्तरमा सगरमाथाको देश नेपाल

Posted in कविता | Tagged | Leave a comment

कविता : अलाप

~मीन राना~ यहाँ ठगिएकाहरूको सूची हेर्ने हो भने पढे लेखेकाहरू पनि बढी नै ठगिएका छन् बेचेर राष्ट्रको स्वाभिमान उर्बर मगजहरूलाई एक्कामा टाँगिएको छ

Posted in कविता | Tagged | Leave a comment

छोक : संविधान

~यकिना अगाध~ यो देशको संविधान ? साइनबोर्ड मन्दिरको

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव

~दीपक कुमार ज्ञवाली~ ऋतुराज वसन्त बयष्कतामा पदार्पण उद्बेगमा अबिछीन्न विचरण कटाक्षीत अपल्वीत बृक्षहरु बाँझोपनको विरहले लोलाय झैं सर्माय झैं मुर्झाय झैं आफ्ना नमुजुरायका लतीकाहरुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : नकावधारी मान्छे

~रमेश भट्टराई ‘सहृदयी’~ तिमीले मलाई सोचे जति….. भगवान्को सुमीरण गर्‍या भए तिम्रो मोक्षको ढोका खुल्थ्यो सायद म तिम्रो शुभ चिन्तक तिमी मनभित्र कुँडिन्छौ पोखिएका क्रोधी नजर नकाव र मान्छेमा अलमल्ल भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : ज्यूँदो लास रहेछ छोरी मान्छे

~लक्ष्मी बिष्ट~ कस्तो बुझ्नै नसकिने, छोरीले घर स्वर्ग बनाउँछे रे आमाको कोखबाटै, मरेतुल्य जन्मेकी छोरी मान्छे । सुन्दा अनौठो लाग्छ, शान्ति, खुसी, गिता र लक्ष्मी रे

Posted in कविता | Tagged | Leave a comment

कविता : जिउँदाको आगो आफैंभित्र हुन्छ….

~ज्ञानेन्द्र खतिवडा~ शेली र देवकोटाले मुर्दा प्रमिथसलाई आगो चोर्न पठाए… के शेली र देवकोटा पनि मुर्दा नै थिए ! आफुलाई चाहिने आगो आफैं बाल्न सक्दैनथे,,,? म त गर्भमा छँदा नै आगोसितै हुर्किएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा पुजारीको आत्मव्यथा

~मातृका पोखरेल~ म प्रत्येक बिहान शहीदलाई पूजा गर्न शहीदगेट जान्छु तर शहीदभन्दा माथि ढसमस्स बसेको मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक शहीदभन्दा पहिले आफ्नो घाँटीमा माला थाप्छ म शहीदगेटको एउटा पीडित पुजारी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हे पैसा तँ कति शक्तिशाली ?

~प्रल्हाद बुढाथोकी~ मै हुँ भन्नेलाई तँ थुक चटाउन सक्छस् नैतिक अनैतिक सबै भेद मेटाउन सक्छस् इमान र बलिदानको तँ बजार लगाउन सक्छस् मौका परे देशकै सीमा हटाउन सक्छस् हे पैसा तँ कति शक्तिशाली ? न्यायको चिहान त कति खनिस खनिस

Posted in कविता | Tagged | Leave a comment

कविता : कलुवा डोमको समाजवाद

~घनश्याम शर्मा पौड्याल~ क्रान्ति भइसक्यो आइसक्यो गणतन्त्र ढोकैमा हाजिर छ समाजवाद गाऔँ अब सबले एकसाथ : ‘सबै नेपाली समाजवादी सबै समाजवादी नेपाली ।’ मेरो देशमा छन् छत्तीसको अङ्क जस्ता दुई समाजवाद नं.१ हो सिंहदरवारको समृद्ध समाजवाद

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुहार

~इन्द्र गिरी~ यो अनुहार कस्तो कस्तो भर्खरै ब्युटिपार्लरबाट फेसियल गरेर निस्किएकी काली केटीको उज्यालो अनुहारजस्तो यो अनुहार कस्तो कस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक अनुभुती

~घनश्याम प्याकुरेल~ एकदम फरक अनुभुती एकदम फरक मान्छे बाट महसुस गर्दै छु अचेल सोचिराको पनि छु फरक कोणबाट फरक के हामी बिच म आफूलाई अरु भन्दा फरक ठान्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : माफ गरिदेउ

~रिजन ताम्राकार~ माफ गरिदेउ मलाई ए मेरा मित्र झाक्न सकिन मैले तिम्रो मन भित्र बुझ्न सकिन तिम्रो सुन्दर हृदय चित्र छोडेँ सदा मैले तिमीलाई अलपत्र असल मान्छे बन्ने नै हो मेरो रहर कोसिस गरिरहेको छु म हर प्रहर

Posted in कविता | Tagged | Leave a comment

कविता : म मधेस बोल्दैछु

~ऋतिक यादव~ विभेदको खुल्ला तरङ्गमा पराधीन म सहारा वेगर विमार छु राजनीतिको तकरारमा सीमित म सधैं आन्दोलन गर्न तयार छु म मधेस बोल्दैछु।।

Posted in कविता | Tagged | Leave a comment

कविता : ज

~अनुपम ‘नवोदित’~ जतिवेला अन्यायले सीमा नाघ्दै थियो त्यतिबेला पसेको हुँ बाक्लो-बाक्लो जनताको जङ्गल गाएको हुँ स्वतन्त्रताको गीत लाएको हुँ वर्गीय प्रीत लगाएको हुँ जङ्गल जस्तै पाटे लुगा बोकेको हुँ आफूभन्दा अग्लो बन्दुक

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गाउँ

~चन्द्र मेघि गुरुङ्ग~ मेरो गाउँ गाउँ थियो जहाँ चरक्क चहर्‍याउने घाउ थियो हामी सुम्सुम्याउथ्यौं माया गर्थ्यौ ती घाउहरुलाई अब अहिले न गाउँ गाउँ रह्यो न घाउहरु रहे न रहे ती मायालु स्पर्श गर्ने हातहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : बगैंचाहरु

~दिल थापा~ मैले हिड्ने बाटोको दायाबायाँ तिरै किन बनाउछन् बगैंचाहरु मेरै आंखा पर्ने दिशातिरै किन फुल्छन् फुलहरु ।l टिप्नलाई मनाही छ भनेर लेखेको हुन्छ फूलनिरको सुचनापाटीमा टिप्न मनाही छ भन्ने कुरा थाहा हुँदा हुदै

Posted in कविता | Tagged | Leave a comment

कविता : न म न मन

~श्रीकृष्ण श्रेष्ठ~ यो नाता म र मेरो मनको कथा यो मन अनि धड्कनको आफ्नो हर सोचमा उनको हस् छ सोच मेरो, सोचमा उनैको बस् छ एक अर्कालाई बुझ्ने हामी दुर्इ आहा॥ यो त रह्यो बितेको पलको कुरा आज अलग छौँ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना किन मर्यो ?

~जीवन स्पर्शी~ रातो क्षितिज छुने सपनाहरु जब मेटिन्छन डस्टरले पेनका निबहरुले किचिएर लास बन्छन बाध्यतामा तिमी सोध्छौ सपना किन मर्यो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्घर्ष

~तुल्सी श्रेष्ठ~ हरेक रात मेरा मधुर सपनाहरु पानीमा कोरिएको रेखा झै बिलाए पनि हरेक दिन म मृत्यूसंग सङ्घर्ष गर्छु । यथार्थ खोतल्ने प्रयासको क्रममा मेरो वर्तमान अतीतमा हराए पनि

Posted in कविता | Tagged | Leave a comment