Tag Archives: नेपाली कविता

कविता : आवाज दबाउन खोज्ने

~राकेश कार्की~ आवाज दबाउन खोज्ने, हत्यारा गोली हेर आखिर सकेन छेड्न लोकतन्त्रको बोली हेर खहरे भइ सुके पनि बाढी आइ उर्ले पनि आखिर सकेन मोड्न आंशू रगतको खोली हेर

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको फूलबारी

~राजेन्द्र~ यो माया ममताले सिंचिएको, उत्साह उमङ्गले रमाईलो वातावरणमा रहेको, यो मनको सुन्दर फूलवारीमा, तिमी कोपिला भए फक्रिने छौ । फूल तिमी सूर्यमुखी, संधै सूर्यसंगै मुस्कुराउछौ, त्यो तिम्रो चोखो मुस्कानलाई चुम्न भनी, सूर्य सधै विहानीमा उदाईरहनेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यतिबेला मेरो देश र मनहरु

~केशर थुलुङ~ चैतका दिनहरु झैं फुङ्ग उडेका मनहरु पनि यतिबेला, सङ्कल्पित छन् उच्छ्वसित देखिन्छन् सुनाखरी, लालुपाते र लालीगुराँस झैं मनहरु मात्र होइनन् सिङ्गो मेरो राष्ट्र/देश

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी सिक्

~महेन्द्र बिक्रम कुंवर~ स्वार्थी मात्र हैन तिमी सहयोगी बन्न सिक् एक अर्काको दुखमा पिडाहरु भुझ्न सिक् संघर्षा गर्न सिक तिमी परी श्रमी बन्न सिक् सुखमा मात्र हैन दुखमा हासेर बाच्न सिक

Posted in कविता | Tagged | Leave a comment

कविता : रूपान्तरण

~हरिमाया भेटवाल~ भृत्युसँगको जम्काभेटले म बदलिएकी छु मैले देखेँ कुइरोले आत्माहत्या गर्दै तल झरेर पानी बनेको पानीले आत्महत्या गर्दै आकाशिएर कुइरो बनेको आहा … ! कति आनन्ददायी रूपान्तरण प्रकृतिसँग प्रकृतिको

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी लेखौ प्रेम कविता …….?

~हरिमाया भेटवाल~ तिमी प्रेम कविता लेख भन्छौ मलाई .. आफ्नै पहिचान पत्तो नपाई को हो ! को हो भन्दै उडेको कोयेली चरो झैँ पंख फिजाउन खोज्दा आकाशमा….. म ठोकीनेगर्छु पर्खालमा अनि पछारिन्छु आफ्नै आगनमा हो त्यो बेला म कसरि लेखौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मनमाया को सपना !!!

~हरिमाया भेटवाल~ तप्किए झैँ बलेसीमा सीत को थोपा किन तप्प तप्प झर्छ होला मनमायाका स साना सपनाहरु ………..? उसैको आखा अगी , पानी जमिनमा भिज्छ माटोको प्यास बुज्छ.. मनमाया तिर्खाउछे हिजो पल्लोघरको सुबेदी बाजेले भनेको सम्झन्छे उ …

Posted in कविता | Tagged | Leave a comment

कविता : हिजो जस्तो लाग्छ

~हरिमाया भेटवाल~ आमाले भनेको – ‘घाम र तँ सँगै–सँगै आयौ यो धर्तीमा एकाबिहानै’ मलाई सम्झना छैन पहिलो चोटी म यो धर्तीमा आएको तर सम्झनामा अरु थुप्रै कुरा छन् आज पनि मसँग ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समिश्रण हो ‘जीवन’

~हरिमाया भेटवाल~ हिँड्दा–हिड्दै शरीरभरी चिसो हावा खसेजस्तो अलिपर पुगेपछि झिल्को आगो पसेजस्तो अझ पर हिँड्दै जाँदा फूलमा मौरी बसेजस्तो सम्बन्धले सम्बन्धलाई बिष घोली डसेजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : म सडकतिर जान्छु

~हरिमाया भेटवाल~ बिद्रोह सदियौ देखि … मेरी आमाले बाचेको जिन्दगी हेरेर अब म बाकी यात्रा तय गर्ने छैन तिमी बिद्रोही भन वा जे भन गुन्रुक हाले झैँ खाल्डोमा मेरा सपनाहरु पुरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : मभित्रको मन मौलाएको छैन !!!!!

~हरिमाया भेटवाल~ तिमीलाई धेरैदिन पछि देख्दा तिमी मैलिएको देखेँ, खै के के ले हो साह्रै मैलिएछौ तिमी ! सायद तिमी मैलिएको तिम्रो आँखाले नै देखेनौ तिमीले तर मैले परबाट नै तिमी मैलिएको देखे मेरो आँखाले, तिमीले आफ्नै अनुहार हेर्‍यौ कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उखाडिंदैछ

~युद्धप्रसाद मिश्र~ प्रचण्ड निम्न वर्गमा उठी उठी बहादुरी विपन्न पूँजीवादीता छ भत्कँदै गयो धुरी बुझिसक्यो मनुष्यका दिमागले सही कुरा अकाट्य देश मुक्तिको खुलिसक्यो दिशा पूरा

Posted in कविता | Tagged | Leave a comment

कविता : के पढ्ने

~नयराज पन्त~ अहिले कसको छ हातमा प्रभु–शक्ति, प्रभुको विचारमा। कुन वस्तु छ, के गरीकन हुन जाला प्रभुको खुशी मन।। यति वस्तु गरेर चिन्तन कवितामा त्यति वस्तु ल्याउन।

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्य-सन्देश(ग)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ विद्याको, वयको र बुद्धिको, बलको, सौन्दर्यको, मानको प्रज्ञाको, कुल-जातिको, इलमको,

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्य-सन्देश(ख)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ मेरा जीवन-पुष्पको जगतले पाओस् मिठो बासना आओस् सौरभ

Posted in कविता | Tagged | Leave a comment

कविता : विवेक-बाटिकाको सानू फूल (ख)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ होच्याई अरूलाई क्यै किसिमले आफू ठुलो भैकन बस्ने खायस गर्छ धेर दुनियाँ,

Posted in कविता | Tagged | Leave a comment

कविता : विवेक-बाटिकाको सानू फूल (क)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ केही विद्वान कहन्छन् ऋषिमुनितकले ब्रह्माचिन्हू छ गाह्रो ।

Posted in कविता | Tagged | Leave a comment

छोक : केदार दर्शनको रहस्य

~कवी शिरोमणी लेखनाथ पौड्याल~ लाखौँ चोसे र मोसे विषयसुख-शिलाशैल चिर्दै बहेकी श्रद्धा-मन्दाकिनीको विकट तटतटै भै चनाको विवेकी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सधैं-सधैं मेरो सपनामा

~भुपी शेरचन~ सधैं-सधैं मेरो सपनामा असङ्ख्य युवति आमाहरू मेरो अगाडि आउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~हरीभक्त कटुवाल~ बा, पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको खिया लागेका कलका पुर्जाहरू जस्तै गणितका शुत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने केवल इतिहास पानाहरूमा, मैले त बाँच्नुपर्छ आउने दिनहरूमा इतिहासको गतिलाई उछिनेर इतिहासभन्दा बढी अरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो दलन

~भुपी शेरचन~ माथि माथि अरूहरू तल म छु छायाँ एक्लै जन्म उस्तै, मृत्यु उस्तै बाँच्नुपर्ने ढङ्ग बेग्लै

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~भुपी शेरचन~ नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर छानामाथि वैशाख हिँडिरहेछ भारी अल्छी पाइला सारेर

Posted in कविता | Tagged | Leave a comment

कविता : भैरहवा

~भुपी शेरचन~ टाढा-टाढासम्म जता हेर्यो उतै मैलो, फुस्रो धरती उजाड, उदाङ्ग आदिदेखि अन्तसम्म एकनास

Posted in कविता | Tagged | Leave a comment

कविता : 'भूपि' शेरचन

~भुपी शेरचन~ केही लेख्छन् यसो हेर्छन् चित्त बुझ्दैन अनि केर्छन् पुन: लेख्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी

~भुपी शेरचन~ हामी जतिसुकै माथि उठौं, जतिसुकै यताउति दगुरौं, जतिसुकै ठुलो स्वरमा गर्जौं तर, हामी फगत् पानीको थोपा हौं

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो चोक

~भुपी शेरचन~ साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन? सबथोक छ असङ्ख्य रोग छ, केवल हर्ष छैन,

Posted in कविता | Tagged | Leave a comment

कविता : घुम्ने मेच माथी अन्धो मान्छे

~भुपी शेरचन~ दिनभरि सुकेको बाँसझैँ आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर, दिनभरि रोगी मलेवाझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : दाल भात डुकू

~लक्ष्मीप्रसाद देवकोटा~ दुःखको लामो सडकमा पीरको केही छडकमा चल्दथे ‘टुक टुक टुकू !’ आफूजस्तै लाख हेरी बेला-बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : पागल

~लक्ष्मीप्रसाद देवकोटा~ जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई संबाद लिन्छु ।

Posted in कविता | Tagged | 1 Comment

कविता : घाँसी

~भानुभक्त आचार्य~ भर् जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एक मन चित्त लगाइ चाकरी गर्या

~भानुभक्त आचार्य~ एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि । मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बाल कविता : गाई

~शिवगोपाल रिसाल~ गाई हाम्रो पशुधन, गोठको शोभा गाई गाईजस्तो अरू छैन गाउँघरलाई गाई पाल्ने देश हाम्रो गाईलाई मान्छ वर्षैपिच्छे तिहारमा गाईको पूजा हुन्छ

Posted in बाल कविता | Tagged | Leave a comment